समाचार
१८ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको हो । परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई […]
१८ फागुन, काठमाडौं । सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारकालागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै […]
18 फागुन, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा केन्द्रित भएको छ । २०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीमा जुटेको राप्रपाले जनाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनको मितिसमेत तोकेको छ । प्रतिनिधिको निर्वाचन २०७८ वैशाख १० गते […]
१८ फागुन, तनहुँ । जिल्लाको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गए राति करिब २ बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने […]
१८ फागुन, काठमाडौं । सडक विस्तारको विरोध गर्दा पक्राउ परेका नागरिक आन्दोलनका अगुवाहरुलाई भेट्न गएका पत्रकार विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । फ्रि प्रेस नेपालमा कार्यरत श्रेष्ठलाई सोह्रखुट्टे प्रहरीले आज बिहान पक्राउ गरेको हो । अभियन्ताहरुबारे रिपोर्टिङ गर्न गएको बेला प्रहरीले पक्राउ गरेको श्रेष्ठले बताए । प्रहरीले भने अनुमतिविना अभियन्ताहरुको फोटो खिचेकाले नियन्त्रणमा लिइएको […]
१८ फागुन, कर्णाली । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा मङ्गल रावललाई जिम्मेवारी दिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद आइतबारदेखि खाली भएको थियो । प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा रावललाई सोमबार निमित्त […]
१८ फागुन, सउल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग गरेको छ । समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समूहले भट्टको घरमै गई बैतडी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की र वडाध्यक्ष भरतसिंह महरालगायतको उपस्थितिमा […]
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा जाँदैछन् । दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए । आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । दुर्गा प्रसाईंले सन्चालन गरेको क्यान्सर अस्पताल तीन सय शय्या […]
१८ फागुन, काठमाडौं । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप छ । सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु पनि मुछिएका छन् । सन् २०१४ मा सार्कोजीले […]
१८ फागुन, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक गएराति १२ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका वडा नं. १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक […]
नेपाल टेलिभिजनबाट प्रसारण भएको सांगीतिक रियालिटी शो ‘नेपाली तारा’ एक यस्तो प्लेटर्फम थियो, जहाँ टेकेर कतिपयले फड्को मारे । जस्तो, इन्दिरा जोशी, धमेन्द्र सेवान, रुपक डोटेल, दुर्गा खरेल । यसको अग्रपंक्तिमा थिए, दीपक लिम्बु । ‘नेपाली तारा’का यी शीर्ष विजेता अहिले भने यो लहरभन्दा पछाडि छन् । अझ भनौं, गुमनाम जस्तै छन् । करियरको पूवार्द्धमा […]
१८ फागुन, काठमाडौं । सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्ने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत बस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको छ । एकीकृत […]
१८ फागुन, काठमाडौं । वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह-आयोजनामा मंगलबार विराटगरमा स्मृति सभा आयोजना गरिँदै छ । स्मृति सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि छन् । नेपाल उक्त फाउण्डेशनका संरक्षकसमेत हुन् । स्वर्गीय […]
१८ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् । स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ । उनी दिउँसो २ बजे दिल्लीबाट काठमाडौं प्रस्थान गर्ने भट्टराईका […]
१७ फागुन, काठमाडौं । विभाजित नेकपाका दुवै समूह संसद् पुनर्स्थापनापछि प्रमुख विपक्षी दल नेपाली काँग्रेस रिझाउने प्रयासमा छन् । प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी शर्मा ओली र अर्का समूहका अध्यक्षहरू पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहकार्यका निम्ति प्रत्यक्ष/अप्रत्यक्ष आग्रह गरिरहेका छन् । चितवनको कार्यक्रम छोडेर १२ फागुन विहान काठमाडौं फर्किएका प्रचण्ड र माधव […]
१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए । ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो […]
१७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा मुलुकका चार सुरक्षा निकायबाट दुई सय बढी सुरक्षा अधिकारी २४ सै घन्टा खटिन्छन् । नेपाली सेनाले पहिलो घेरामा रहेर प्रधानमन्त्रीको सुरक्षा नेतृत्व गर्छ भने त्यसपछि क्रमशः नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट टोली खटिन्छन् । हालै ओलीको सुरक्षामा नेपाली सेनाले विशेष हतियारसहित सादा […]
१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै […]
१७ फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ […]
१७ फागुन, काठमाडौं । सरकारले करिब ३३६ अर्ब लगानीमा काठमाडौंमा बन्ने तीन वटा स्मार्ट शहरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को सारसंक्षेप सार्वजनिक गरेको छ । सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा शहरी विकास मन्त्रालयले काठमाडौंमा प्रस्तावित इशान, उत्तर (हरित) र आग्नेय शहरको प्राविधिक र कानूनी तयारीबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार यी शहरहरु बन्न सम्बन्धित क्षेत्रका स्थानीयबासीले […]
१७ फागुन, काठमाडौं । पोखरा पुगेका प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले बहुमत पुर्याएर संसदीय दलको नेताबाट आफूलाई हटाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । ‘विधिवत भेटौं, बैठक बोलाइदिन्छु आउनुस् न’, ओलीले दलभित्र प्रक्रिया खुला गरिदिने बताए । जबकी, संसद् पुनर्स्थापना भएको भोलिपल्टै (१२ फागुनमा) बालुवाटारमा आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएर […]
from समाचार – Online Khabar https://ift.tt/3bU2b34
via IFTTT






















