Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रभाकरको प्रस्ताव- सचिवालय सदस्यबाहेकका सबै सांसदबीच छलफल गरौं

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्मा (प्रभाकर)ले नेकपाका सबै सांसदहरुबीच संयुक्त छलफल गर्न प्रस्ताव गरेका छन् । संसद पुनःस्थापनापछि प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको भन्दै उनले सचिवालय सदस्यहरु बाहेकका सांसदबीच छलफल गर्न प्रस्ताव गरेका हुन् । जनमतको सम्मान र जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र […]

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक पेरिसडाडाँमा शुरु भएको छ । केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो । स्थायी कमिटी पछि केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठक पनि पेरिसडाडाँमा बस्दैछ । केन्द्रीय कमिटी बैठक एक बजे शुरु हुँदैछ । संसद् पुस्र्थापना पछि पहिलो […]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाएको हो । फागुन २३ गते अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने नेपाली […]

सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप

१९ फागुन, काठमाडौं । प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरुले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सांसदहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा नेता देवप्रसाद गुरुङलगायतले खोप लगाएका छन् । खोप लगाउने कार्यक्रम जारी छ । अपराह्न ४ […]

सीआईबीलाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउने त्यो अनुसन्धान

१८ फागुन, काठमाडौं । प्रहरी निरीक्षक सुदर्शन पन्थीले जागिर सुरु गरेको पाँच वर्षमै अन्तर्राष्ट्रिय समुदायले पत्याउने अनुसन्धान अधिकृत बन्छु भन्ने सायदै सोचेका थिए । नेपाल प्रहरीमा आधा दशकको सेवा अवधि खासै धेरै होइन । अधिकृतहरुका अनुसार यो अवधि सिनियरको मातहतमा बसेर काम सिक्ने समय हो । तर, अर्घाखाँची घर भएका इन्स्पेक्टर पन्थीले यही अवधिमा अन्तर्राष्ट्रिय […]

सेयर बजारलाई तरलता र ब्याजदरको त्रास

१७ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विगत ४–५ वर्षदेखि लगानीयोग्य रकम (तरलता) को निकै ठूलो समस्या झेले । लगानी योग्य रकम अभाव हुँदा बैंकहरुले माग भइ आएको कर्जाको फाइल टेवलमा थन्काएर बस्न बाध्य भए । तर, कोरोना पछि भने अवस्था फरक रह्यो । लामो समय भएको लकडाउनका कारण व्यापार व्यवसायहरु ठप्प रहे । […]

नेपाली सेनाको पृतनापति सम्मेलन सुरु हुँदै

१९ फागुन, काठमाडौं । नेपाली सेनाको पृतनापति सम्मेलन बुधबारबाट सुरु हुँदै छ । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले फागुन तीन दिने पृतनापति सम्मेलन आयोजना गर्न लागेको हो । २१ गतेसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्ने छन् । साथै जङ्गी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक […]

सभामुख सापकोटाले लगाए कोरोनाविरुद्धको खोप

१९ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सभामुख सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिए । खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर […]

फेवातालको नयाँ मापदण्ड तोकिँदै, दूषित जग्गा खोजिँदै

१९ फागुन, पोखरा । तत्कालीन १५औं जिल्ला परिषदको निर्णयपछि पोखरा उपत्यका नगर विकास समितिले २०६५ सालमा फेवातालको मापदण्ड ६५ मिटर कायम गर्ने निर्णय गर्‍यो । २०३३ सालमा भौतिक विकास गुरुयोजना निर्माण गर्दा बाराहीघाटदेखि गैह्राको चौतारासम्म २ सय फिटभित्र स्थायी संरचना निर्माण नगर्ने नीति लिइएको थियो । त्यही २ सय फिटलाई मिटरमा रुपान्तरण गरी फेवातालको सबैतिर […]

मदन भण्डारी राजमार्ग दमकको भ्युटावरतर्फ सोझिएपछि …

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको आइतबार एकैपटक शिलान्यास गरे । प्रधानमन्त्रीले शिलान्यास गरेका पुलहरुमा बजेटको अभाव नहोला । तर, प्रधानमन्त्रीको गृहनगर दमकलाई लक्षित गरेर राजमार्गको घुमाउरो बनाइएको भन्दै यो सडक खण्डमा स्थानीयवासीको असन्तुष्टि देखिएको छ । शिलान्यास भएका ३१ वटा पुल बनाउन १३ […]

कांग्रेस सभापति देउवासहितका शीर्ष नेता चितवन आउँदै

१९, फागुन, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता आज चितवन आउने भएका छन् । दिवंगत भएका नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सहभागी हुन कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेता चितवन आउन लागेको कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । सभापति देउवा हेलिकोप्टरमा […]

नख्खुदोबाटोमा जिपको ठक्करबाट किशोरीको मृत्यु

१९ फागुन, काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल छिन् । आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी किशोरीलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा आज […]

किन शुक्रबार नै निष्कासन हुन्छ आईपीओ ?

१८ फागुन, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले पूर्वनिर्धारित समय परिवर्तन गर्दै आगामी शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला गर्ने भएको छ । यसअघि आइतबारदेखि सुरु हुने भनिएको आईपीओ निष्कासन ज्योतिले २ दिन अगाडि सार्दै शुक्रबारदेखि नै निष्कासन शुरु गर्ने भएको हो । यस कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ […]

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

१९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड-माधव समूहका नेताले दौडधूप गरिरहेका छन् । […]

आज सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउँदै

१९ फागुन, काठमाडौं । आज सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाइँदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी,  दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ । आजै प्रतिनिधि सभा […]

सरकार–विप्लव समूह वार्ता नजिक

१७ फागुन, काठमाडौं । सरकार र भूमिगत नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच वार्ता हुने भएको छ । पटकपटकको अनौपचारिक संवाद र छलफलपछि वार्ताको टेबलमा बस्न दुवै पक्ष तयार भएका हुन् । यसका लागि दुवै पक्षले वार्ता समिति बनाएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला […]

हटाउन सक्छ भने हटाओस्, अर्को चुनावमा दुई तिहाइ ल्याउँछु : ओली

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, खुशीसाथ हट्छु, तर आउँदो चुनावमा ….डेढ दुई वर्षपछि त चुनाव त आइसक्छ, दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ […]

कर तिर्न घण्टौं लाइनमा बस्नुपर्छ सवारीधनी

१८ फागुन, काठमाडौं । गोंगुब, काठमाडौंका श्रीराम महर्जन कारको कर तिर्न यातायात व्यवस्था कार्यालय साना ठूला सवारी, एकान्तकुनामा ३ घण्टादेखि लाइनमा छन् । विहान ११ बजे पुगेका उनले २ बजेसम्म कर तिर्न पालो पाएनन् । टोकन लिएर बसेका महर्जनलाई भने अस्पताल पुग्न हतारो थियो । ‘गर्भवती श्रीमतीलाई अस्पताल पठाएर कर तिरेर आइहाल्छु भनेर आएँ’ उनी […]

बंगलादेशबाट आएको मल बुधबार कोलकात्ताबाट नेपालतर्फ छुट्ने

१८ फागुन, काठमाडौं । सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मलको पहिलो खेप बुधबार कोलकात्ताबाट नेपालतर्फ हिडाइँने भएको छ । पहिलो खेप अन्तरगत २२ हजार ५ सय मेट्रिकटन मल बुधबार रेलमा लोड भएर नेपालतर्फ आउने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । सरकारले प्रक्रिया थालेको ६ महिनापछि बल्ल बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित भएको […]

‘मेरो भाषा बोल्दा रोक्ने तिमी जातिवादी हो ?’

१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतको आदेशमा बालाजु सडक विस्तारको विरोधका पक्राउ परेका अभियन्ताहरू रिहा भएको  खुशियालीमा  मंगलबार साँझ काठमाडौंको इन्द्रचोकमा मैनबत्ती जुलुस गरियो । देश संघीय गणतन्त्रमा गइसक्दा पनि न्याय अनुभूत नभएको भन्दै ‘उपत्यका सडक विस्तार पीडित संघर्ष समिति’ तथा बृहत् नागरिक आन्दोलनले सांकेतिक विरोधस्वरुप मैनबत्ती जुलुस गरेको हो । इन्द्रचोक आकाश भैरवअगाडि जम्मा […]

सुनको आयात कोटा बढाउन सुनचाँदी व्यवसायीको माग

१८ फागुन, काठमाडौं । कच्चा सुनको आपूर्ति कोटा बढाउन सुन चाँदी व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको हो । महासंघको प्रतिनिधि मण्डलले वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भेटेर कच्चा सुन अभावका कारण […]



from समाचार – Online Khabar https://ift.tt/3qcE3Oc
via IFTTT
Powered by Blogger.