Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एक निर्वाचन क्षेत्र एक सडकमा ढिलासुस्ती

१७ फागुन, गोरखा । पालुङटार नगरपालिकाको राधाकृष्ण मन्दिर–कालामाटा–पौवाटार–विरुवाटार–मिलनचोक–सलाङगिरी–हटिया–मझुवा सडक कालोपत्रेमा ढिलाइ भएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत सुरु भएको काम ठेकेदारको लापरवाहीले ढिलाइ भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । २०७८ असार १५ सम्ममा सक्नुपर्ने भएपनि हालसम्म १५ प्रतिशत मात्र काम भएको कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए । दश […]

सिरहामा युवकको शङ्कास्पद मृत्यु

१७ फागुन, लहान । सिरहा नगरपालिका–१८ इटारीमा स्थानीय २२ वर्षीय अजितकुमार यादवको शंकास्पद मृत्यु भएको छ । आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति बाटोमै मृत्यु भएको मृतकका भाइ नवीनकुमार यादवले जानकारी दिए […]

काठमाडौंभित्र र बाहिर सँगसँगै स्मार्ट सिटी बनाउँछौं : मन्त्री साह

१७ फागुन, काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौंभित्र र बाहिरका स्मार्ट सिटी निर्माणलाई समानान्तर ढंगले अघि बढिरहेको बताएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा आयोजित छलफलमा मन्त्री साहले काठमाडौंमा बन्ने ४ स्मार्ट सिटीमध्ये ३ वटाको काम अगाडि बढेको भन्दै काठमाडौं बाहिरका स्मार्ट सिटीको काम पनि सँगै अघि बढाउने जानकारी दिए । ‘काठमाडौंभित्रका स्मार्ट […]

शान्ति स्थापनामा सशस्त्र प्रहरीको फर्म्ड पुलिस युनिट सर्वोत्कृष्ट

१७ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ विभिन्न देशका युनिटहरु मध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट (एफपीयू–१) सर्वोत्कृष्ट ठहरिएको जनाइएको छ । अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मूल्यांकन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपीयूहरु […]

‘संवैधानिक आयोगका नियुक्ति तत्काल खारेज गर’

१७ फागुन, काठमाडौं । मानव अधिकारसँग सम्बन्धित तीनवटा संस्थाले संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइ बिना गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् । ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर यस्तो माग गरेका हुन्। माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत […]

गुल्मीमा बोराभित्र युवतीको शव भेटियो

१७ फागुन, गुल्मी । गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । शवको पहिचान खुल्न नसकेको उनले बताए । सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता […]

डोजरले फालेको माटोमा पुरिएर एक महिलाको मृत्यु

१७ फागुन, काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा डोजरले फालेको माटोमा पुरिएर एकजना महिलाको मत्यु भएको छ । सोमबार सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी-१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो । सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्ने क्रममा कुमाल पुरिएको जिल्ला प्रहरी कार्यालय […]

पशुपति आर्यघाटमा निःशुल्क दाउरा उपलब्ध गराइन्छ : मन्त्री आले

१७ फागुन, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक दुईदिने राष्ट्रिय गोष्ठीको उद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । दाह संस्कारका […]

बागलुङ कालिका दर्शन वर्ष अभियान सुरु   

१७ फागुन, गलकोट । बागलुङ कालिका मन्दिरले घोषणा गरेको ‘कालिका दर्शन वर्ष २०८०’ सफल पार्न विभिन्न अभियान सुरु गरेको छ । उक्त अभियान सफल पार्नका लागि कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई बाहिर ल्याउन थालेको छ । मन्दिरले आफ्नो ऐतिहासिक महत्वका विषयमा आम जनमानसमा पुर्‍याउनका लागि आइतबार कालिका मन्दिर परिसरमा […]

ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला : प्रधानमन्त्री

१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए । ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो […]

विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित

१७ फागुन, वीरगञ्ज । बाराको आदर्श कोतवाल गाउँपालिका चिउटाहास्थित श्रीराम चरित्र माध्यमिक विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । लामो समयदेखि विषयगत शिक्षक शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालयमा कक्षा ६ देखि १२ सम्म नेपाली विषय पढाउने शिक्षक नहुँदा आफूहरुको पठनपाठन प्रभावित बनेको उनीहरुको गुनासो छ । ०६७ […]

स्याङ्जा मालुङ्गाका ३९४ वटै घरमा धारा जडान

१७ फागुन, काठमाडौं । स्याङजाको गल्याङ नगरपालिका-१ मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव खेपिरहेका मालुङ्गाका स्थानीयवासीले खानेपानीको धारा घरघरमा जडान भएसँगै राहत महसुस गरेका छन् । ‘मालुङ्गा चिदेपानी खानेपानी योजना’ अन्तर्गत गाउँमा खानेपानी वितरण गरिएको गल्याङ नगरपालिका–१ का वडाध्यक्ष गणेश बस्यालले बताए । ‘साविकको मालुङ्गा […]

प्रचण्ड–माधव समूहलाई सच्चिने अन्तिम अवसर : गृहमन्त्री थापा

१७ फागुन, पोखरा । नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउन प्रचण्ड–माधव समूहलाई आग्रह गरेका छन् । उनले प्रचण्ड–माधव समूह सच्चिने यो अन्तिम अवसर भएकोसमेत बताए । पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर […]

रसुवागढी नाका नखुल्दा गर्मीको लत्ताकपडा रोकिने चिन्ता

१७, फागुन, काठमाडौं । चिनियाँहरुको पर्व ल्होसारका कारण  रसुवागढी नाका १८ दिनदेखि बन्द छ । नाका ठप्प हुँदा सो नाका भएर हुने व्यापार प्रभावित भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । माघ २९ गतेबाट केही दिनका लागि भन्दै बन्द गरिएको नाका अझै सञ्चालनमा नआएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले अनलाइनखबरलाई बताए । नाका १८ […]

आगलागीमा परी एक किशोरको मृत्यु

१७ फागुन, काठमाडौं । प्युठानको एक आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा त्यहाँ कार्यरत एक किशोरको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आइतबार साँझ भएको आगलागीमा परी १५ वर्षीय हेम विकको परी मृत्यु भएको हो । यसैगरी दाङको गढवा गाउँपालिका-७ शान्तिपुरका मणिराम रिजालको गोठबाट आइतबार साँझ आगलागी हुँदा २४ लाख रुपैयाँ बराबरको […]

करेन्ट लागेर एकजनाको मृत्यु

१७ फागुन, काठमाडौं । बागलुङको गल्कोट नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । गल्कोट नगरपालिका-३ हटिया गल्कोट सप्लायर्समा काम गर्ने १४ वर्षीय सुमन विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो । मोटर जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका सुमनको उपचारका लागि स्थानीय पोलिक्लिनिकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ बजे बोलाइयो

१७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन […]

स्रोत नखुलेको ३ लाख रुपैयाँसहित एकजना महिला पक्राउ

१७ फागुन, सप्तरी । सप्तरीको सीमावर्ती क्षेत्रमा हुण्डी कारोबारमा वृद्धि भएको छ । एक साताभित्रै दुई पटक स्रोत नखुलेको रकमसहित महिलाहरु पक्राउ परेपछि यो क्षेत्रमा हुण्डी कारोबारमा वृद्धि भइरहेको देखिएको हो । पछिल्लो पटक सोमबार सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको तीन लाख रुपैयाँसहित एकजना महिलालाई पक्राउ गरेको छ । बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका-१ […]

प्रचण्ड-माधव समूहको स्थायी कमिटी मंगलबार, केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

१७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो । भोलि मंगलबार स्थायी कमिटी र पर्सि बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बोलाइएको हो । यसअघि ७ फागुनमा […]

डुबेर बालकसहित दुईको मृत्यु

१७ फागुन, काठमाडौं । सुनसरीको इटहरीमा नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । नहरको डिलमा लुगा धुने क्रममा डुबेर इटहरी उपमहानगरपालिका-१८ का ४५ वर्षीय प्रेम चौधरीको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी बाराको निजगढ नगरपालिका-८ ठाडोलाइनमा एक चार वर्षीय बालकको धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको छ । स्थानीय सरोजकुमार […]

विसं २०७८ मा तीन दशैं   

१७ फागुन, काठमाडौं। वि.सं. २०७८ मा तीन दशैं परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैं परेको छ । वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार […]



from समाचार – Online Khabar https://ift.tt/3b45khN
via IFTTT
Powered by Blogger.