समाचार
१७ फागुन, वीरगञ्ज । बाराको आदर्श कोतवाल गाउँपालिका चिउटाहास्थित श्रीराम चरित्र माध्यमिक विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । लामो समयदेखि विषयगत शिक्षक शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालयमा कक्षा ६ देखि १२ सम्म नेपाली विषय पढाउने शिक्षक नहुँदा आफूहरुको पठनपाठन प्रभावित बनेको उनीहरुको गुनासो छ । ०६७ […]
१७ फागुन, काठमाडौं । स्याङजाको गल्याङ नगरपालिका-१ मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव खेपिरहेका मालुङ्गाका स्थानीयवासीले खानेपानीको धारा घरघरमा जडान भएसँगै राहत महसुस गरेका छन् । ‘मालुङ्गा चिदेपानी खानेपानी योजना’ अन्तर्गत गाउँमा खानेपानी वितरण गरिएको गल्याङ नगरपालिका–१ का वडाध्यक्ष गणेश बस्यालले बताए । ‘साविकको मालुङ्गा […]
१७, फागुन, काठमाडौं । चिनियाँहरुको पर्व ल्होसारका कारण रसुवागढी नाका १८ दिनदेखि बन्द छ । नाका ठप्प हुँदा सो नाका भएर हुने व्यापार प्रभावित भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । माघ २९ गतेबाट केही दिनका लागि भन्दै बन्द गरिएको नाका अझै सञ्चालनमा नआएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले अनलाइनखबरलाई बताए । नाका १८ […]
१७ फागुन, काठमाडौं । प्युठानको एक आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा त्यहाँ कार्यरत एक किशोरको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आइतबार साँझ भएको आगलागीमा परी १५ वर्षीय हेम विकको परी मृत्यु भएको हो । यसैगरी दाङको गढवा गाउँपालिका-७ शान्तिपुरका मणिराम रिजालको गोठबाट आइतबार साँझ आगलागी हुँदा २४ लाख रुपैयाँ बराबरको […]
१७ फागुन, काठमाडौं । बागलुङको गल्कोट नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । गल्कोट नगरपालिका-३ हटिया गल्कोट सप्लायर्समा काम गर्ने १४ वर्षीय सुमन विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो । मोटर जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका सुमनको उपचारका लागि स्थानीय पोलिक्लिनिकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
१७ फागुन, सप्तरी । सप्तरीको सीमावर्ती क्षेत्रमा हुण्डी कारोबारमा वृद्धि भएको छ । एक साताभित्रै दुई पटक स्रोत नखुलेको रकमसहित महिलाहरु पक्राउ परेपछि यो क्षेत्रमा हुण्डी कारोबारमा वृद्धि भइरहेको देखिएको हो । पछिल्लो पटक सोमबार सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको तीन लाख रुपैयाँसहित एकजना महिलालाई पक्राउ गरेको छ । बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका-१ […]
१७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो । भोलि मंगलबार स्थायी कमिटी र पर्सि बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बोलाइएको हो । यसअघि ७ फागुनमा […]
१७ फागुन, काठमाडौं । सुनसरीको इटहरीमा नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । नहरको डिलमा लुगा धुने क्रममा डुबेर इटहरी उपमहानगरपालिका-१८ का ४५ वर्षीय प्रेम चौधरीको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी बाराको निजगढ नगरपालिका-८ ठाडोलाइनमा एक चार वर्षीय बालकको धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको छ । स्थानीय सरोजकुमार […]
१७ फागुन, काठमाडौं। वि.सं. २०७८ मा तीन दशैं परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैं परेको छ । वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार […]
१७ फागुन, काठमाडौं । आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले झापाबाट एकजनालाई पक्राउ गरेको छ । ३४ वर्षीय कुसुम राईलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा झापाको अर्जुनधारा नगरपालिका-१० कालीझोडाका ३३ वर्षीय वसन्त राई पक्राउ परेका हुन् । कुसुमको घरमा दुवै जनाले मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा […]
१७ फागुन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर उनले सोमबार कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
१७ फागुन, काठमाडौं । अवैध रुपमा ल्याएको भारतीय नोटसहित प्रहरीले सिरहाबाट एकजनालाई पक्राउ गरेको छ । २ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी २ लाख ५० हजार भारतीय रुपैयाँको नोटसहित भारतको सहरसा ग्राम किसनपुर पञ्चायत-२ का ६० वर्षीय चतुरी यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । […]
१७ फागुन, काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ सुरु भएको जनाएको छ । अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा […]
१७ फागुन, पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्चले खारेज नगर्दासम्म पोखरामा फागुन १५ गतेका लागि ओली समूहले आमसभा आयोजना गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले संसद विघटन गर्ने ओलीको कदम बदर गरिदिएपछि १५ गते अमरसिंह चौरमा गर्ने भनिएको आमसभा पनि स्थगित भयो । आमसभा स्थगित गरेर ओली समूहले पोखरा […]
१७ फागुन, काठमाडौं । गैरन्यायिक सडक विस्तारको विरोधमा नागरिक अधिकारकर्मी र पीडितहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । वृहत नागरिक आन्दोलन र सडक विस्तार पीडितहरुको सहभागीतामा आज बिहान माइतीघरमा प्रदर्शन भएको हो । बालाजु बाइपास, कालिमाटी, लगनखेल–गोदावरी लगायत सडक विस्तारको क्रममा पीडित भएकाहरु प्रदर्शनमा सहभागी छन् । प्रदर्शनमा सहभागीहरुले ‘गैरन्यायिक सडक विस्तार मुर्दावाद’ लगायत नारा […]
१७ फागुन, काठमाडौं । उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्न उद्योग विभाग र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालबीच आइतबार एक कार्यक्रमका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला क्षमताका उद्योगहरूसँग […]
१७ फागुन, काठमाडौं । संघीय सरकार र प्रदेश सरकार बीच तालमेल नमिल्दा ट्याक्सीको नयाँ मापदण्ड उल्झनमा परेको छ । यातायात व्यवस्था विभागले २०७६ मंसिर २ गते जारी गरेको नयाँ मापदण्ड अझै लागू हुन सकेको छैन । यसले गर्दा एक वर्षदेखि ट्याक्सीको सट्टाभर्ना रोकिएको छ । २० वर्ष आयु पुगेका दर्जनौं ट्याक्सी धनीले नयाँ मापदण्डअनुसार ट्याक्सी […]
१७ फागुन, काठमाडौं । नेकपा ओली समूहको प्रमुख सचेतकमा नियुक्त विशाल भट्टराईको कार्यकक्ष तयार भएको छ । दलको प्रमुख सचेतक परिवर्तनको निर्णय जानकारीमा आएपछि तत्कालीन एमाले संसदीय दल रहेको ठाउँमा भट्टराईको कार्यकक्ष तयार गरिएको संसद सचिवालयले जनाएको छ । भट्टराईलाई गाडीसँगै ऐन अनुसारका अन्य सुविधा समेत प्रदान गरिएको छ । र, गुरुङलाई गाडी फिर्ता गर्नेबारे […]
१७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए । तर, दुवै बैठकको मिति भने तोकिएको छैन । […]
१७ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । तर, बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको चिकित्सकले निष्कर्ष निकालेको भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले जानकारी दिए […]
१७ फागुन, विराटनगर । ढुङ्गागिट्टी कारोबारमा लागेका जनप्रतिनिधि र क्रसर उद्योगीका कारण बस्ती नै उठीबास हुने अवस्था आएको भन्दै मोरङको केराबारी गाउँपालिका-८ आमजुङ्गीवासी आन्दोलनमा उत्रिएका छन् । तर जथाभावी उत्खनन् रोक्न स्थानीय प्रशासनले कुनै कदम चालेको देखिएको छैन । आमजुङ्गीबस्ती भएर खदम खोला बग्छ । खदम मोरङ जिल्लामा सबैभन्दा बढी ढुङ्गागिट्टी उत्खनन हुने खोला पनि […]
from समाचार – Online Khabar https://ift.tt/37XfazI
via IFTTT






















