समाचार
१७ फागुन, काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ सुरु भएको जनाएको छ । अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा […]
१७ फागुन, पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्चले खारेज नगर्दासम्म पोखरामा फागुन १५ गतेका लागि ओली समूहले आमसभा आयोजना गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले संसद विघटन गर्ने ओलीको कदम बदर गरिदिएपछि १५ गते अमरसिंह चौरमा गर्ने भनिएको आमसभा पनि स्थगित भयो । आमसभा स्थगित गरेर ओली समूहले पोखरा […]
१७ फागुन, काठमाडौं । गैरन्यायिक सडक विस्तारको विरोधमा नागरिक अधिकारकर्मी र पीडितहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । वृहत नागरिक आन्दोलन र सडक विस्तार पीडितहरुको सहभागीतामा आज बिहान माइतीघरमा प्रदर्शन भएको हो । बालाजु बाइपास, कालिमाटी, लगनखेल–गोदावरी लगायत सडक विस्तारको क्रममा पीडित भएकाहरु प्रदर्शनमा सहभागी छन् । प्रदर्शनमा सहभागीहरुले ‘गैरन्यायिक सडक विस्तार मुर्दावाद’ लगायत नारा […]
१७ फागुन, काठमाडौं । उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्न उद्योग विभाग र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालबीच आइतबार एक कार्यक्रमका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला क्षमताका उद्योगहरूसँग […]
१७ फागुन, काठमाडौं । संघीय सरकार र प्रदेश सरकार बीच तालमेल नमिल्दा ट्याक्सीको नयाँ मापदण्ड उल्झनमा परेको छ । यातायात व्यवस्था विभागले २०७६ मंसिर २ गते जारी गरेको नयाँ मापदण्ड अझै लागू हुन सकेको छैन । यसले गर्दा एक वर्षदेखि ट्याक्सीको सट्टाभर्ना रोकिएको छ । २० वर्ष आयु पुगेका दर्जनौं ट्याक्सी धनीले नयाँ मापदण्डअनुसार ट्याक्सी […]
१७ फागुन, काठमाडौं । नेकपा ओली समूहको प्रमुख सचेतकमा नियुक्त विशाल भट्टराईको कार्यकक्ष तयार भएको छ । दलको प्रमुख सचेतक परिवर्तनको निर्णय जानकारीमा आएपछि तत्कालीन एमाले संसदीय दल रहेको ठाउँमा भट्टराईको कार्यकक्ष तयार गरिएको संसद सचिवालयले जनाएको छ । भट्टराईलाई गाडीसँगै ऐन अनुसारका अन्य सुविधा समेत प्रदान गरिएको छ । र, गुरुङलाई गाडी फिर्ता गर्नेबारे […]
१७ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । तर, बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको चिकित्सकले निष्कर्ष निकालेको भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले जानकारी दिए […]
१७ फागुन, विराटनगर । ढुङ्गागिट्टी कारोबारमा लागेका जनप्रतिनिधि र क्रसर उद्योगीका कारण बस्ती नै उठीबास हुने अवस्था आएको भन्दै मोरङको केराबारी गाउँपालिका-८ आमजुङ्गीवासी आन्दोलनमा उत्रिएका छन् । तर जथाभावी उत्खनन् रोक्न स्थानीय प्रशासनले कुनै कदम चालेको देखिएको छैन । आमजुङ्गीबस्ती भएर खदम खोला बग्छ । खदम मोरङ जिल्लामा सबैभन्दा बढी ढुङ्गागिट्टी उत्खनन हुने खोला पनि […]
१७ फागुन, पोखरा । अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुँदै छ । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा आउने छन् । पोखरा ओर्लेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश […]
१७ फागुन, सोलुखुम्बु । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए । सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकर्डिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट रु एक करोड बराबरको […]
१७ फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर […]
१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर अगाडि बैठक सुरु भएको हो । संसद् बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालयका नेताहरु छलफलमा जुटेको जनाइएको छ । सचिवालय बैठक भनिए पनि राजेन्द्र पाण्डे, भीम रावल , देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेललगायत नेताहरु पनि […]
१७ फागुन, काठमाडौं । ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा गरेका छन् । कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले सो कुरा बताएका हुन् । ट्रम्पले नयाँ पार्टी खोल्ने अड्कलबाजी भइरहेको बेला उनले त्यसलाई गलत खबर भनेको बीबीसीले जनाएको छ । उनले भनेका छन्, […]
१६ फागुन, काठमाडौं । वैशाख २०६७ मा तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले कमल गाउँपालिका–५ मा रंगशाला निर्माणको शिलान्यास गरेकी थिइन् । आदिवासी जनजातिले समाधिस्थलको रुपमा प्रयोग गरेको जग्गामा रंगशाला बनाइने भएकाले नाम आदिवासी रंगशाला राख्ने सहमति पनि भएको थियो । रंगशाला निर्माणले गति लिन सकेको थिएन । २०७२/७३ को बजेट भाषणमा रंगशालाका लागि ४० लाख बजेट […]
१६ फागुन, काठमाडौं । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले किन राजीनामा दिएनन् ? धेरैको प्रश्न छ । तर प्रधानमन्त्री ओलीले आफूलाई सर्वोच्च प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको बताए । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा उनले आफूमाथि नैतिक प्रश्न छ भन्ने पनि नरहेको जिकिर छ । सर्वोच्चको फैसलाले संवैधानिक […]
१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहका अनुसार जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री […]
१६ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि नयाँ सरकारको समीकरणबारे विभिन्न कसरतहरु भइरहेका छन् । यहीबेला अर्को विषय पनि चर्चामा छ- फेरि संसद विघटन हुने र हिउँदमा ‘अर्ली’ चुनाव हुने । यदि नेपाली कांग्रेसलाई फाइदा हुने भयो र आगामी भदौमा महाधिवेशन सकियो भने कांग्रेसले मंसिरमा चुनाव गराउने भूमिका खेल्न सक्ने सो पार्टीका नेता डा. नारायण खड्काको […]
१६ फागुन, काठमाडौं । नेपालकै ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन-नेपाल मैत्री औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शिलान्यास गरेका छन् । झापाको दमकस्थित रतुवा र मावा नदीबीचको एक हजार ४२२.२५ हेक्टर क्षेत्रफलमा उक्त पार्क दुई वर्षभित्र निर्माण सम्पन्न हुने चिनियाँ कम्पनीले जनाएको छ । चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) […]
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन गरेका छन् । उनले मदनभण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि आइतबार नै शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर कमल खोला पुल, मावाबेतिनी पुल र रतुवा खोलाका २ वटा […]
१६ फागुन, काठमाडौं । सर्वोच्चको आदेश अनुसार अब बस्ने संसद बैठकमा यसअघि सामान्य लाग्ने दृश्य अब नौलो रुपमा देखिनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी औपचारिक रुपमा विभाजन नभए पनि अहिले केपी ओली समूह र प्रचण्ड– माधव समूह बेग्लाबेग्लै रुपमा सक्रिय छन् । तर संसदमा भने उनीहरु संगै बस्नुपर्नेछ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार […]
१६ फागुन, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बीएण्डसी कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय (केयू)लाई अनुचित दबाब दिएका छन् । शिक्षामन्त्री श्रेष्ठले राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ विपरीत केयूलाई दबाव दिएका हुन् । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको विज्ञ टोलीले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ बुझाएको थियो । माथेमा प्रतिवेदन कार्यान्वयन […]
from समाचार – Online Khabar https://ift.tt/306ic0d
via IFTTT






















