Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

उर्लाबारीमा एकीकृत सन्थाल बस्ती बनाइँदै, प्रधानमन्त्रीले आज शिलान्यास गर्ने

१८ फागुन, काठमाडौं । सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्ने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत बस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको छ । एकीकृत […]

भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै

१८ फागुन, काठमाडौं । वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह-आयोजनामा मंगलबार विराटगरमा स्मृति सभा आयोजना गरिँदै छ । स्मृति सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि छन् । नेपाल उक्त फाउण्डेशनका संरक्षकसमेत हुन् । स्वर्गीय […]

बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

१८ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् । स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली […]

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

१७ फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ […]

विप्लव समूहका सर्लाही महोत्तरी इन्चार्ज पक्राउ

१७ फागुन, जनकपुरधाम । नेत्रबिक्रम चन्द विप्लव समुहको नेकपाका सर्लाही र महोत्तरी जिल्लाका इन्चार्ज सोमबार पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ स्थित ताराचौरीबाट विप्लव समूहका सर्लाही र महोत्तरी इन्चार्ज कमलबहादुर सुस्लिङ मगरलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका ६ बस्ने मगरलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट शान्तिविरुद्धको […]

जुद्धशमशेरको शालिकमुनि सडक विस्तार पीडितको प्रदर्शन

१७ फागुन, काठमाडौं । नागरिक सम्पत्ति कब्जाको विरोधमा सोमबार काठमाडौंको माइतीघर र न्युरोडमा प्रदर्शन भयो । सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका अभियन्ता पक्राउ परेपछि पीडित र नागरिक अभियन्ताले सोमबार प्रदर्शन गरेका हुन् । न्युरोड विशालबजारस्थित जुद्धशमशेरको शालिकमुनि नागरिक समाज, सम्पदा संरक्षणकर्मी तथा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अधिकारकर्मीले सरकारी कदमलाई ‘गैरन्यायिक सडक विस्तार’ भन्दै […]

बाबुको बिँडो थाम्दै आन्दोलनमा

१७ फागुन, काठमाडौं । १४ फागुन यता बालाजुकी शोभा शाही दिनहुँ जसो सडकमा चर्को नारा लगाइरहेकी छिन् । शुक्रबार वृहत् नागरिक आन्दोलनद्वारा माइतीघर मण्डलामा आयोजित ‘विकासको नाममा जारी प्रतिगमन विरुद्ध प्रतिरोध’ कार्यक्रममा सहभागी उनी आइतबार काठमाडौं महानगरपालिका घेर्न गर्न पुगिन् । सोमबार फेरि माइतीघर मण्डलामा आएर प्रश्न गरिन्, ‘नागरिकलाई सडकछाप बनाउने कस्तो नीति ? कस्तो […]

प्रधानमन्त्रीको चुनौती : संसदीय दलको बैठक बोलाइदिन्छु, विधिवत भेटौं

१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड– माधव समूहलाई चुनौती दिएका छन् । प्रचण्ड– माधव समूहले आफूलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको दावी गरिरहेकोतर्फ इंगित गर्दै उनले पोखरामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा आफूलाई विधि र पद्धतिबाट हटाउन चुनौती दिएका हुन् । ‘विधिवत भेटौं, बैठक […]

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

१७ फागुन, काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् । सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्‍याएको […]

‘निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय कार्यान्वयन नगर्नू’

१७ फागुन, विराटनगर । प्रदेश १ को सार्वजनिक लेखा समितिले सवारी लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टर निजी क्षेत्रलाई जिम्मा दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । सार्वजनिक लेखा समिति प्रदेश १ को सोमबारको बैठकले निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो । सरकारको निर्णयले जनताले दुःख […]

ओलीले राजीनामा दिनेमा विश्वस्त छु : योगेश भट्टराई

१७ फागुन, हेटौंडा । नेकपा प्रचण्ड–माधव समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा सोमबार आयोजित दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने र उनले त्यसो गर्नेमा आफू विश्वस्त रहेको बताए । […]

प्रचण्ड–माधवको दावी : निर्वाचन आयोगले केही दिनमै हाम्रो पक्षमा निर्णय गर्छ

१७ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै निर्वाचन आयोगले आफूहरुलाई आधिकारिकता प्रदान गर्ने दावी गरेका छन् । सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका हुन् । प्रधानमन्त्री केपी […]

३ हजार ४९ नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण

१७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४९ जनाको नमुना परीक्षण गर्दा २९ महिला र ४४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । तीमध्ये सोमबार […]

हुण्डीको रकमसहित भारतीय नागरिक पक्राउ

१७ फागुन, वीरगञ्ज । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पूर्वी चम्पारण बिहार मोतिहारी जिल्ला सुगौली थाना बस्ने २५ वर्षीय सोनु साह पक्राउ परेका हुन् । भारतको रक्सौलबाट नेपालतर्फ बीआर २२ एआर ३६८६ नम्बरको मोटरसाइकल चढेर आइरहेको अवस्थामा वीरगञ्ज- १६ स्थित रजतजयन्ती चोकमा रोकेर चेकजाँच गर्ने […]

पर्साबाट गाँजासहित दुई पक्राउ

१७ फागुन, काठमाडौं । लागूऔषध गाँजासहित प्रहरीले पर्साबाट एक महिलासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-८ का सुकराम तामाङ र सोही ठाउँकी १९ वर्षीया अस्मिता तामाङ रहेका छन् । पर्सागढी नगरपालिका-९ स्थित बडेर्वाबाट एकटाँगातर्फ जाने कच्ची सडकमा शंकास्पद ढंगले पैदल हिँडिरहेको अवस्थामा उनीहरुको शरीर खानतलासी गर्दा प्लाष्टिकले बेरेको २-२ केजी गाँजा […]

बास्तोला मृत्यु प्रकरणमा १ लाख धरौटी बुझाएर छुटे घरबेटी

१७ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका– ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका रमेश गिरीलाई जिल्ला अदालत मोरङले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । सोमबार थुनछेक बहसपछि उर्लाबारी– ६ का ६० वर्षीय गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको हो । गिरी प्रवीणको मृत्यु भएको घरका घरधनी हुन् । हत्या आरोपमा मंगलबार […]

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

१७ फागुन, काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दाका एकजना फरार प्रतिवादी ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका-१३ का ४८ वर्षीय गुरुदत्त पौडेल रहेका छन् । वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ साल माघ १७ गतेको फैसला अनुसार वैदेशिक रोजगार ठगी मुद्दामा पौडेलविरुद्ध १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना […]

काठमाडौं, पाेखरा र गुल्मीमा गरी तीनजना मृत फेला

१७ फागुन, काठमाडौं । काठमाडौंको जितपुरफेदी खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तार्केश्वर नगरपालिका-३ का ६२ वर्षीय रामकृष्ण शाही सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै पोखरा महानगरपालिका-२० भलामस्थित मौजा कच्ची सडकको नालामा पनि एकजना मृत अवस्थामा फेला परेका छन् । दाङ लमही घर भई पोखरामा बस्दै आएका ३६ […]

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका ५ कार्यकर्ता पक्राउ  

१७ फागुन, काठमाडौं । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेस निकट विद्यार्थीहरु पक्राउ परेका छन् । नेकपा ओली समूहको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघमा आवद्ध विद्यार्थीहरुले कालो झण्डा देखाउने प्रयास गरेका थिए । कालोझण्डा देखाउने क्रममा पोखराको नदीपुरबाट नेवि संघका प्रताव बानिया, अशिम शुवेदी, […]

पोखरा रंगशालामा ओलीले भने : म पनि अलिअलि टोले खेलाडी हुँ

१७ फागुन, पोखरा । प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्नेबित्तिकै सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली पोखरा रंगशाला निरीक्षणमा पुगे । रंगशालामा राजनीतिक नेताहरु, खेलप्रेमी, प्रशिक्षक र खेलाडी ओलीलाई स्वागत गर्न पुगेका थिए । पोखरा रंगशालाको अवस्थाबारे बुझ्ने र निर्माणाधीन योजनाहरु हेर्न रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले जवानीमा आफू पनि खेलाडी रहेको सम्झिए । […]



from समाचार – Online Khabar https://ift.tt/3q71F6U
via IFTTT
Powered by Blogger.