समाचार
१८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छन् । राष्ट्रपति भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता […]
१८ फागुन, गुल्मी । गुल्मीको भाडगाउँमा सोमबार विहान फेला परेको युवतीको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाइएको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१ वर्षीया सम्झना बोहराको शव मुचुल्का उठाएर गुल्मी अस्पताल ल्याइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । युवतीको शव सोमबार फेला परे पनि माइती पक्ष […]
१८ फागुन, सुर्खेत । गत कात्तिक ८ गते कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही राउटे बस्ती पुगेर दशैं मनाए । दुई मन्त्रीसहित चिंगाड-४, देउरालीस्थित राउटे बस्ती पुगेका मुख्यमन्त्री शाहीले प्रदेश सरकारकातर्फबाट मासिक दुई हजार भत्ता दिने घोषणा गरे । ‘आजकै दिनदेखि लागू हुने गरी प्रदेश सरकारको तर्फबाट तपाईहरुलाई मासिक थप २ हजार भत्ता दिने घोषणा […]
१८ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार घटेर राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहहरुको सबइन्डेक्स घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ७० अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ५९ दशमलव ७० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ३३ […]
१८ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले अनलाइनखबरलाई जानकारी दिइन् । उनले भनिन्, ‘३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएका छन् । जसमा २२ जना […]
२८ माघ, काठमाडौं । मलेसियामा वैधानिक रुपमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाबापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउनेबारे मलेसिया र नेपालबीच सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ । वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (सस्को)बीच नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्धन सम्बन्धी सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाली राजदूतावास क्वालालम्पुरको सक्रियतामा […]
१८ फागुन, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न […]
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने पनि बताए । दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेको प्रहरीको भनाइ छ । मंगलबार बिहान मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, […]
१८ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भोलिदेखि दलहरुसँग परामर्श सुरु गर्ने भएका छन् । सापकोटाले सोमबारसंसद भवन बानेश्वर पुगेर २३ गते बोलाइएको संसद अधिवेशनको तयारीको अवलोकन गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सापकोटाले संसद सचिवालयले गरेको तयारीप्रति सन्तुष्टि व्यक्त गरे । बैठकको तयारीका लागि आफूले भोलिबाट दलहरुसँग परामर्श सुरु गर्न लागेको समेत उनले […]
१८ फागुन, गुल्मी । यतिबेला गुल्मीको रेसुङ्गा क्षेत्रमा ढकमक्क लालीगुराँस फुल्ने समय हो । तर यस वर्ष लालीगुराँस फुल्ने मौसम सुरु भएपनि गुराँस नफुल्दा घुम्न आउने पर्यटकहरुको चहलपहल छैन । प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल रेसुङ्गामा अहिले गुराँस नफुलेकाले पनि चहलपहल नभएको हो । रेसुङ्गा क्षेत्रको वनैभरि राताम्य फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन […]
१७ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति बनाएको छ । मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ । विप्लव समूह स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सरकारले समिति बनाएपछि हाम्रोतर्फबाट पनि समिति बन्छ ।’ सम्भवतः समूहका प्रवक्ता […]
१८ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री आफ्नै पार्टीबाट हुनुपर्छ भन्ने चाहना आफूहरुको नभएको बताएका छन् । आफूहरुले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन चाहेको उनले बताए । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध उभिएका सबै दलहरुसँग सहकार्य गर्न चाहेको बताए । ‘जसलाई सहमति गर्ने हो […]
१८ फागुन, काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका-६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई काठमाडौंको गौरीघाटस्थित उनकै डेराबाट सोमबार राति पक्राउ गरेको हो । भन्सार छली ल्याएका विभिन्न ब्राण्डका मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा […]
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताको साथ लिएर वनसँग सम्बन्धित नीतिहरु बनाउने बताएका छन् । वनको अधिकतम सुरक्षा र विकास गरी अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनले बताए । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद् भेलाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको […]
१८ फागुन, काठमाडौं । वीरगञ्ज कारागारमा थुनुवा भेट्न आएका एक व्यक्ति लागूऔषध चरेससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का २२ वर्षीय मिङमा शेर्पा रहेका छन् । लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा पक्राउ परेका हुन् । कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी […]
१८ फागुन, वीरगञ्ज । प्रायः कार्यक्रमहरुमा जनप्रतिनिधिहरुले आफ्ना कुरा सुनाएर जान्छन् । आफूलाई अति नै व्यस्त जनाउन तोकिएको समयभन्दा ढिलो आउने र भाषण गरेर जाने चलन छ । तर शनिबार बाराको प्रसौनी गाउँपालिकास्थित बेंगा साह माविमा दृश्य फरक देखियो । त्यहाँ न कुनै मञ्च थियो, न पाल टाँगिएको थियो । गाउँपालिका अध्यक्ष भोला गुप्ता र […]
१८ फागुन, काठमाडौं । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् । प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूह शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले […]
१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसले शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपल श्रेष्ठले झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई एमबीबीएस सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयलाई दबाब दिएकोप्रति विरोध जनाएको छ । नेपाली कांग्रेसको शिक्षा विभागका सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गरी सरकार आफैंले बनाएको ऐन, नियम र विभिन्न समयमा गरेको सम्झौता विपरीत बारम्बार विश्वविद्यालयमाथि हस्तक्षेप गर्नु […]
१८ फागुन, काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६० ग्राम अवैध सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त परिमाणको सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका-६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना सोमबार राति पक्राउ परेका हुन् । हिमालय एयरलाइन्सको विमानबाट साउदी अरेबियाको रियादबाट आएका रानालाई जाँच गर्दा अवैध रुपमा ल्याएको […]
१८ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् । गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङले गाडीबाट ८ लाख रुपैयाँ धनुषाको छिरेश्वर नगरपालिका ५ मा बाटोमा फालेर राउत फरार भएका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी […]
१८ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको संकट सुरु भएको छ । गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो । डेढ लाख हाराहारी जनसंख्या रहेको वीरेन्द्रनगर उपत्यका प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनघनत्वका कारण वर्षेनी खानेपानीको समस्या झेल्दै आएको छ । अबदेखि वीरेन्द्रनगरका उपभोक्ताले ४८ घण्टापछि मात्रै […]
from समाचार – Online Khabar https://ift.tt/3dWLV45
via IFTTT






















