Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आयल निगम घेराउ गर्ने ६ विद्यार्थी संगठनको निर्णय

१८ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने भएका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले भोलि मध्यान्ह १२ बजे आयल निगम घेराउ गर्ने घोषणा गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् । यस्तै […]

वनमन्त्री आलेको दाबी : एक अर्बको प्रलोभन देखाए

१८ फागुन, काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी गरेका छन् । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषदममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न आर्थिक प्रलोभन आएको बताएका हुन् । ११ माघमा बसेको मन्त्रिपरिषद् […]

दशरथ रंगशालामा हुने भनिएको नेपाल र अष्ट्रेलियाबीचको खेल अन्यौलमा

१८ फागुन, काठमाडौं । सन् २०२२ को कतार विश्वकप र सन् २०२३ को एसिया कपको संयुक्त छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल अन्यौलमा परेको छ । समूह बी अन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल मार्च ३० (चैत १७ गते) काठमाडौंको दशरथ रंगशालामा सञ्चालन हुने खेलतालिका थियो । तर एसियाली फुटबल महासंघ (एएफसी) ले कोभिड-१९ को यात्रा र […]

ताप्लेजुङका आगलागी पीडितलाई सक्दो सहयोग गर्छु : योगेश भट्टराई

१८ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट भएको भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराईले मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा भएको आगलागीबाट ठूलो भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गरेका हुन् । उनले आगलागी पीडितहरुलाई तत्काल राहत […]

ताप्लेजुङका आगलागी पीडितलाई राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह

१८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छन् । राष्ट्रपति भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता […]

बेपत्ता भएको १८ दिनपछि भेटिएको युवतीको शव पोस्टमार्टम गरिँदै

१८ फागुन, गुल्मी । गुल्मीको भाडगाउँमा सोमबार विहान फेला परेको युवतीको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाइएको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१ वर्षीया सम्झना बोहराको शव मुचुल्का उठाएर गुल्मी अस्पताल ल्याइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । युवतीको शव सोमबार फेला परे पनि माइती पक्ष […]

मुख्यमन्त्रीको आश्वासन पूरा भएन, राउटेले पाएनन् भत्ता

१८ फागुन, सुर्खेत । गत कात्तिक ८ गते कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही राउटे बस्ती पुगेर दशैं मनाए । दुई मन्त्रीसहित चिंगाड-४, देउरालीस्थित राउटे बस्ती पुगेका मुख्यमन्त्री शाहीले प्रदेश सरकारकातर्फबाट मासिक दुई हजार भत्ता दिने घोषणा गरे । ‘आजकै दिनदेखि लागू हुने गरी प्रदेश सरकारको तर्फबाट तपाईहरुलाई मासिक थप २ हजार भत्ता दिने घोषणा […]

बीएण्डसीलाई सम्बन्धन दिने प्रधानमन्त्रीको वचन

१८ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजलाई छिट्टै काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने दाबी गरेका छन् । प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको सिनेटबाट सम्बन्धन प्रक्रिया अगाडि बढाइएको छ । तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित सम्बन्धन दिन खोजिएको भन्दै सिनेटकै सदस्यहरुले विरोध गरेका छन् । मंगलार […]

नेप्से परिसूचक ५९ अंकले घट्यो, ६ अर्ब ११ करोडको कारोबार

१८ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार घटेर राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहहरुको सबइन्डेक्स घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ७० अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ५९ दशमलव ७० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ३३ […]

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जले

१८ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले अनलाइनखबरलाई जानकारी दिइन् । उनले भनिन्, ‘३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएका छन् । जसमा २२ जना […]

मलेसियामा मृत्यु हुने श्रमिकको परिवारलाई आजीवन सामाजिक सुरक्षा

२८ माघ, काठमाडौं । मलेसियामा वैधानिक रुपमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाबापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउनेबारे मलेसिया र नेपालबीच सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ । वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (सस्को)बीच नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्धन सम्बन्धी सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाली राजदूतावास क्वालालम्पुरको सक्रियतामा […]

विप्लव समूहले प्रकाण्डको नेतृत्वमा वार्ता टोली बनायो

१८ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् । सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि […]

विप्लवसँग वार्ता गर्न सरकारले बनायो बादल नेतृत्वको टोली

१८ फागुन, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न […]

दोभान बजार पुनर्निर्माण गर्छौं, पीडितलाई राहत दिन्छौं : प्रधानमन्त्री

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने पनि बताए । दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेको प्रहरीको भनाइ छ । मंगलबार बिहान मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, […]

दलहरुसँग परामर्श गर्ने सभामुखको तयारी

१८ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भोलिदेखि दलहरुसँग परामर्श सुरु गर्ने भएका छन् । सापकोटाले सोमबारसंसद भवन बानेश्वर पुगेर २३ गते बोलाइएको संसद अधिवेशनको तयारीको अवलोकन गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सापकोटाले संसद सचिवालयले गरेको तयारीप्रति सन्तुष्टि व्यक्त गरे । बैठकको तयारीका लागि आफूले भोलिबाट दलहरुसँग परामर्श सुरु गर्न लागेको समेत उनले […]

रेसुङ्गा क्षेत्रमा यस वर्ष फुलेन लालीगुराँस

१८ फागुन, गुल्मी । यतिबेला गुल्मीको रेसुङ्गा क्षेत्रमा ढकमक्क लालीगुराँस फुल्ने समय हो । तर यस वर्ष लालीगुराँस फुल्ने मौसम सुरु भएपनि गुराँस नफुल्दा घुम्न आउने पर्यटकहरुको चहलपहल छैन । प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल रेसुङ्गामा अहिले गुराँस नफुलेकाले पनि चहलपहल नभएको हो । रेसुङ्गा क्षेत्रको वनैभरि राताम्य फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन […]

विप्लव समूह पनि वार्ता समिति बनाउने तयारीमा

१७ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति बनाएको छ । मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ । विप्लव समूह स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सरकारले समिति बनाएपछि हाम्रोतर्फबाट पनि समिति बन्छ ।’ सम्भवतः समूहका प्रवक्ता […]

जसलाई सहमति गर्ने हो गरौं, हामी आफैंलाई प्रधानमन्त्री चाहिँदैन : माधव नेपाल

१८ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री आफ्नै पार्टीबाट हुनुपर्छ भन्ने चाहना आफूहरुको नभएको बताएका छन् । आफूहरुले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन चाहेको उनले बताए । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध उभिएका सबै दलहरुसँग सहकार्य गर्न चाहेको बताए । ‘जसलाई सहमति गर्ने हो […]

भन्सार छलेर ल्याएको मोबाइलसहित एकजना पक्राउ

१८ फागुन, काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका-६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई काठमाडौंको गौरीघाटस्थित उनकै डेराबाट सोमबार राति पक्राउ गरेको हो । भन्सार छली ल्याएका विभिन्न ब्राण्डका मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा […]

प्रधानमन्त्री भन्छन्– वैज्ञानिक वन व्यवस्थापन भनेको त सखाप पार्ने नीति पो रहेछ !

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताको साथ लिएर वनसँग सम्बन्धित नीतिहरु बनाउने बताएका छन् । वनको अधिकतम सुरक्षा र विकास गरी अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनले बताए । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद् भेलाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको […]

भाइ भेट्न कारागार पुगेका युवक चरेससहित पक्राउ

१८ फागुन, काठमाडौं । वीरगञ्ज कारागारमा थुनुवा भेट्न आएका एक व्यक्ति लागूऔषध चरेससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का २२ वर्षीय मिङमा शेर्पा रहेका छन् । लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा पक्राउ परेका हुन् । कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी […]



from समाचार – Online Khabar https://ift.tt/3b5ziBJ
via IFTTT
Powered by Blogger.