Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रधानमन्त्री भन्छन्– वैज्ञानिक वन व्यवस्थापन भनेको त सखाप पार्ने नीति पो रहेछ !

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताको साथ लिएर वनसँग सम्बन्धित नीतिहरु बनाउने बताएका छन् । वनको अधिकतम सुरक्षा र विकास गरी अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनले बताए । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद् भेलाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको […]

भाइ भेट्न कारागार पुगेका युवक चरेससहित पक्राउ

१८ फागुन, काठमाडौं । वीरगञ्ज कारागारमा थुनुवा भेट्न आएका एक व्यक्ति लागूऔषध चरेससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का २२ वर्षीय मिङमा शेर्पा रहेका छन् । लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा पक्राउ परेका हुन् । कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी […]

विद्यार्थीको प्रश्न- योजना छनोटमा खोई बाल सहभागिता ?

१८ फागुन, वीरगञ्ज । प्रायः कार्यक्रमहरुमा जनप्रतिनिधिहरुले आफ्ना कुरा सुनाएर जान्छन् । आफूलाई अति नै व्यस्त जनाउन तोकिएको समयभन्दा ढिलो आउने र भाषण गरेर जाने चलन छ । तर शनिबार बाराको प्रसौनी गाउँपालिकास्थित बेंगा साह माविमा दृश्य फरक देखियो । त्यहाँ न कुनै मञ्च थियो, न पाल टाँगिएको थियो । गाउँपालिका अध्यक्ष भोला गुप्ता र […]

सरकारका प्रवक्ता भन्छन् : विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्छौं

१८ फागुन, काठमाडौं । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् । प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूह शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले […]

कांग्रेसले भन्यो : बीएण्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्रीले दबाव दिनु आपत्तिजनक

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसले शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपल श्रेष्ठले झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई एमबीबीएस सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयलाई दबाब दिएकोप्रति विरोध जनाएको छ । नेपाली कांग्रेसको शिक्षा विभागका सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गरी सरकार आफैंले बनाएको ऐन, नियम र विभिन्न समयमा गरेको सम्झौता विपरीत बारम्बार विश्वविद्यालयमाथि हस्तक्षेप गर्नु […]

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एकजना पक्राउ

१८ फागुन, काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६० ग्राम अवैध सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त परिमाणको सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका-६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना सोमबार राति पक्राउ परेका हुन् । हिमालय एयरलाइन्सको विमानबाट साउदी अरेबियाको रियादबाट आएका रानालाई जाँच गर्दा अवैध रुपमा ल्याएको […]

अख्तियारको टोलीले पिछा गरेपछि ८ लाख रुपैयाँ फ्याँकेर भागे गाउँपालिकाका अध्यक्ष

१८ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् । गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङले गाडीबाट ८ लाख रुपैयाँ धनुषाको छिरेश्वर नगरपालिका ५ मा बाटोमा फालेर राउत फरार भएका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी […]

गर्मीयाम सुरु भएसँगै वीरेन्द्रनगरमा खानेपानीको संकट

१८ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको संकट सुरु भएको छ । गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो । डेढ लाख हाराहारी जनसंख्या रहेको वीरेन्द्रनगर उपत्यका प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनघनत्वका कारण वर्षेनी खानेपानीको समस्या झेल्दै आएको छ । अबदेखि वीरेन्द्रनगरका उपभोक्ताले ४८ घण्टापछि मात्रै […]

७ सातापछि पुनः बढ्यो विश्वव्यापी कोरोना संक्रमण

१८ फागुन, काठमाडौं । गत साता विश्वभर कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार दिएको जानकारीअनुसार सात सातापछि पहिलोपटक विश्वभर कोरोना संक्रमणमा वृद्धि भएको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसले सोमबार एक ब्रिफिङमा बोल्दै विश्वभर कोरोना संक्रमण बढ्नु दुखद् भए पनि अनौठो भने नरहेको बताए । उनले […]

दुई महिनामा भित्रिए १८ हजार पर्यटक, वृद्धिदर न्युन

१८ फागुन, काठमाडौं । नेपालमा सन् २०२१ पछि पर्यटक आगमनमा सुधार देखिएको छ । यद्यपि आगमन वृद्धिदर भने न्यून छ । अध्यागमन विभागका अनुसार जनवरी र फेब्रुअरी महिनामा गरी कुल १८ हजार २० जना पर्यटक नेपाल आएका छन् । जनवरीमा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल आएका छन् । फेब्रुअरीमा आगमन सामान्य सुधार […]

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० बढी घर जले

१८ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् । आगो निभाउन ताप्लेजुङ […]

प्रवीण बास्तोला मृत्यु प्रकरण : थप एकजना पक्राउ

१८ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको हो । परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई […]

सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

१८ फागुन, काठमाडौं । सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारकालागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै […]

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० गते

18 फागुन, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा केन्द्रित भएको छ । २०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीमा जुटेको राप्रपाले जनाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनको मितिसमेत तोकेको छ । प्रतिनिधिको निर्वाचन २०७८ वैशाख १० गते […]

तनहुँको होटलमा आगलागी हुँदा ४० लाखको क्षति

१८ फागुन, तनहुँ । जिल्लाको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गए राति करिब २ बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने […]

अभियन्तालाई भेट्न गएका पत्रकार पक्राउ

१८ फागुन, काठमाडौं । सडक विस्तारको विरोध गर्दा पक्राउ परेका नागरिक आन्दोलनका अगुवाहरुलाई भेट्न गएका पत्रकार विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । फ्रि प्रेस नेपालमा कार्यरत श्रेष्ठलाई सोह्रखुट्टे प्रहरीले आज बिहान पक्राउ गरेको हो । अभियन्ताहरुबारे रिपोर्टिङ गर्न गएको बेला प्रहरीले पक्राउ गरेको श्रेष्ठले बताए । प्रहरीले भने अनुमतिविना अभियन्ताहरुको फोटो खिचेकाले नियन्त्रणमा लिइएको […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल

१८ फागुन, कर्णाली । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा मङ्गल रावललाई जिम्मेवारी दिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद आइतबारदेखि खाली भएको थियो । प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा रावललाई सोमबार निमित्त […]

भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

१८ फागुन, सउल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग गरेको छ । समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समूहले भट्टको घरमै गई बैतडी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की र वडाध्यक्ष भरतसिंह महरालगायतको उपस्थितिमा […]

प्रधानमन्त्री ओली आज झापा र मोरङ जाँदै

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा जाँदैछन् । दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए । आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । दुर्गा प्रसाईंले सन्चालन गरेको क्यान्सर अस्पताल तीन सय शय्या […]

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा जेल सजाय

१८ फागुन, काठमाडौं । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप छ । सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु पनि मुछिएका छन् । सन् २०१४ मा सार्कोजीले […]

नवलपरासीको दुम्कौलीमा दुईवटा ट्रक जुध्दा दुवै चालकको मृत्यु

१८ फागुन, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक गएराति १२ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका वडा नं. १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक […]



from समाचार – Online Khabar https://ift.tt/3810AYg
via IFTTT
Powered by Blogger.