समाचार
१७ फागुन, विराटनगर । सेनिटाइजर सेवनका कारण विराटनगरमा एकैदिन दुईजनाको मृत्यु भएको छ । कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको […]
१७ फागुन, काठमाडौं । आइतबार ७९.७४ अंकले घटेको सेयर बजारमा सोमबार ४०.६४ अंकको सुधार देखिएको छ । योसँगै सेयर बजारले पुनः २५ सय अंक पार गरेको छ । बजारको भविष्यलाई लिएर लगानीकर्ता अन्योलमा परेपनि बजार भने दोहोरो अंकले बढेर बन्द भएको हो । सोमबार दोस्रो बजारमा २०७ कम्पनीका एक करोड १८ लाख ३८ हजार ४८८२२ […]
१७ फागुन, वीरगञ्ज । बाराको कलैयालाई फ्रि वाइफाइ क्षेत्र घोषित गरिएको छ । कलैया उपमहानगरपालिकाले वर्ल्ड लिंकसँगको सहकार्यमा कलैयालाई फ्रि वाइफाइ क्षेत्र घोषित गरिएको हो । तत्कालका लागि कलैया उपमहानगरपालिका कार्यालय परिसर, भरत चौक, कलैया बजार, जिल्ला प्रशासन कार्यालय बारा, कलैया अस्पताल, जिल्ला अदालत/मालपोत कार्यालय, कलैया बसपार्क, राम जानकी मन्दिर, दुर्गा मन्दिर बरेवा, देवकोटा चौक, […]
१७ फागुन, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्वसाधारणले कुर्सीमा नाम लेखाउन पाउने भएका छन् । फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने जानकारी दिएको छ । कसैले आफू वा आफ्नो परिवारका […]
१७ फागुन, गोरखा । पालुङटार नगरपालिकाको राधाकृष्ण मन्दिर–कालामाटा–पौवाटार–विरुवाटार–मिलनचोक–सलाङगिरी–हटिया–मझुवा सडक कालोपत्रेमा ढिलाइ भएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत सुरु भएको काम ठेकेदारको लापरवाहीले ढिलाइ भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । २०७८ असार १५ सम्ममा सक्नुपर्ने भएपनि हालसम्म १५ प्रतिशत मात्र काम भएको कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए । दश […]
१७ फागुन, लहान । सिरहा नगरपालिका–१८ इटारीमा स्थानीय २२ वर्षीय अजितकुमार यादवको शंकास्पद मृत्यु भएको छ । आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति बाटोमै मृत्यु भएको मृतकका भाइ नवीनकुमार यादवले जानकारी दिए […]
१७ फागुन, काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौंभित्र र बाहिरका स्मार्ट सिटी निर्माणलाई समानान्तर ढंगले अघि बढिरहेको बताएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा आयोजित छलफलमा मन्त्री साहले काठमाडौंमा बन्ने ४ स्मार्ट सिटीमध्ये ३ वटाको काम अगाडि बढेको भन्दै काठमाडौं बाहिरका स्मार्ट सिटीको काम पनि सँगै अघि बढाउने जानकारी दिए । ‘काठमाडौंभित्रका स्मार्ट […]
१७ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ विभिन्न देशका युनिटहरु मध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट (एफपीयू–१) सर्वोत्कृष्ट ठहरिएको जनाइएको छ । अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मूल्यांकन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपीयूहरु […]
१७ फागुन, काठमाडौं । मानव अधिकारसँग सम्बन्धित तीनवटा संस्थाले संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइ बिना गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् । ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर यस्तो माग गरेका हुन्। माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत […]
१७ फागुन, गुल्मी । गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । शवको पहिचान खुल्न नसकेको उनले बताए । सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता […]
१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड– माधव समूहलाई चुनौती दिएका छन् । प्रचण्ड– माधव समूहले आफूलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको दावी गरिरहेकोतर्फ इंगित गर्दै उनले पोखरामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा आफूलाई विधि र पद्धतिबाट हटाउन चुनौती दिएका हुन् । ‘विधिवत भेटौं, बैठक […]
१७ फागुन, काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा डोजरले फालेको माटोमा पुरिएर एकजना महिलाको मत्यु भएको छ । सोमबार सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी-१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो । सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्ने क्रममा कुमाल पुरिएको जिल्ला प्रहरी कार्यालय […]
१७ फागुन, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक दुईदिने राष्ट्रिय गोष्ठीको उद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । दाह संस्कारका […]
१७ फागुन, गलकोट । बागलुङ कालिका मन्दिरले घोषणा गरेको ‘कालिका दर्शन वर्ष २०८०’ सफल पार्न विभिन्न अभियान सुरु गरेको छ । उक्त अभियान सफल पार्नका लागि कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई बाहिर ल्याउन थालेको छ । मन्दिरले आफ्नो ऐतिहासिक महत्वका विषयमा आम जनमानसमा पुर्याउनका लागि आइतबार कालिका मन्दिर परिसरमा […]
१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए । ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो […]
१७ फागुन, वीरगञ्ज । बाराको आदर्श कोतवाल गाउँपालिका चिउटाहास्थित श्रीराम चरित्र माध्यमिक विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । लामो समयदेखि विषयगत शिक्षक शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालयमा कक्षा ६ देखि १२ सम्म नेपाली विषय पढाउने शिक्षक नहुँदा आफूहरुको पठनपाठन प्रभावित बनेको उनीहरुको गुनासो छ । ०६७ […]
१७ फागुन, काठमाडौं । स्याङजाको गल्याङ नगरपालिका-१ मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव खेपिरहेका मालुङ्गाका स्थानीयवासीले खानेपानीको धारा घरघरमा जडान भएसँगै राहत महसुस गरेका छन् । ‘मालुङ्गा चिदेपानी खानेपानी योजना’ अन्तर्गत गाउँमा खानेपानी वितरण गरिएको गल्याङ नगरपालिका–१ का वडाध्यक्ष गणेश बस्यालले बताए । ‘साविकको मालुङ्गा […]
१७ फागुन, पोखरा । नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्याउन प्रचण्ड–माधव समूहलाई आग्रह गरेका छन् । उनले प्रचण्ड–माधव समूह सच्चिने यो अन्तिम अवसर भएकोसमेत बताए । पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर […]
१७, फागुन, काठमाडौं । चिनियाँहरुको पर्व ल्होसारका कारण रसुवागढी नाका १८ दिनदेखि बन्द छ । नाका ठप्प हुँदा सो नाका भएर हुने व्यापार प्रभावित भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । माघ २९ गतेबाट केही दिनका लागि भन्दै बन्द गरिएको नाका अझै सञ्चालनमा नआएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले अनलाइनखबरलाई बताए । नाका १८ […]
१७ फागुन, काठमाडौं । प्युठानको एक आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा त्यहाँ कार्यरत एक किशोरको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आइतबार साँझ भएको आगलागीमा परी १५ वर्षीय हेम विकको परी मृत्यु भएको हो । यसैगरी दाङको गढवा गाउँपालिका-७ शान्तिपुरका मणिराम रिजालको गोठबाट आइतबार साँझ आगलागी हुँदा २४ लाख रुपैयाँ बराबरको […]
१७ फागुन, काठमाडौं । बागलुङको गल्कोट नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । गल्कोट नगरपालिका-३ हटिया गल्कोट सप्लायर्समा काम गर्ने १४ वर्षीय सुमन विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो । मोटर जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका सुमनको उपचारका लागि स्थानीय पोलिक्लिनिकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
from समाचार – Online Khabar https://ift.tt/304abc8
via IFTTT






















