Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

१९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड-माधव समूहका नेताले दौडधूप गरिरहेका छन् । […]

आज सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउँदै

१९ फागुन, काठमाडौं । आज सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाइँदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी,  दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ । आजै प्रतिनिधि सभा […]

हटाउन सक्छ भने हटाओस्, अर्को चुनावमा दुई तिहाइ ल्याउँछु : ओली

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, खुशीसाथ हट्छु, तर आउँदो चुनावमा ….डेढ दुई वर्षपछि त चुनाव त आइसक्छ, दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ […]

कर तिर्न घण्टौं लाइनमा बस्नुपर्छ सवारीधनी

१८ फागुन, काठमाडौं । गोंगुब, काठमाडौंका श्रीराम महर्जन कारको कर तिर्न यातायात व्यवस्था कार्यालय साना ठूला सवारी, एकान्तकुनामा ३ घण्टादेखि लाइनमा छन् । विहान ११ बजे पुगेका उनले २ बजेसम्म कर तिर्न पालो पाएनन् । टोकन लिएर बसेका महर्जनलाई भने अस्पताल पुग्न हतारो थियो । ‘गर्भवती श्रीमतीलाई अस्पताल पठाएर कर तिरेर आइहाल्छु भनेर आएँ’ उनी […]

बंगलादेशबाट आएको मल बुधबार कोलकात्ताबाट नेपालतर्फ छुट्ने

१८ फागुन, काठमाडौं । सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मलको पहिलो खेप बुधबार कोलकात्ताबाट नेपालतर्फ हिडाइँने भएको छ । पहिलो खेप अन्तरगत २२ हजार ५ सय मेट्रिकटन मल बुधबार रेलमा लोड भएर नेपालतर्फ आउने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । सरकारले प्रक्रिया थालेको ६ महिनापछि बल्ल बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित भएको […]

‘मेरो भाषा बोल्दा रोक्ने तिमी जातिवादी हो ?’

१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतको आदेशमा बालाजु सडक विस्तारको विरोधका पक्राउ परेका अभियन्ताहरू रिहा भएको  खुशियालीमा  मंगलबार साँझ काठमाडौंको इन्द्रचोकमा मैनबत्ती जुलुस गरियो । देश संघीय गणतन्त्रमा गइसक्दा पनि न्याय अनुभूत नभएको भन्दै ‘उपत्यका सडक विस्तार पीडित संघर्ष समिति’ तथा बृहत् नागरिक आन्दोलनले सांकेतिक विरोधस्वरुप मैनबत्ती जुलुस गरेको हो । इन्द्रचोक आकाश भैरवअगाडि जम्मा […]

सुनको आयात कोटा बढाउन सुनचाँदी व्यवसायीको माग

१८ फागुन, काठमाडौं । कच्चा सुनको आपूर्ति कोटा बढाउन सुन चाँदी व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको हो । महासंघको प्रतिनिधि मण्डलले वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भेटेर कच्चा सुन अभावका कारण […]

सहमतिमा चुनावी सरकार बनाऔं : बाबुराम भट्टराई

१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनाव सरकार बनाउन प्रस्ताव गरेका छन् । अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्किएको राजनीतिक सहमति भएको भन्दै उनले पुरानै ठाउँमा फर्किएर ‘फर्गिभ एण्ड फर्गेट’ (माफ गर र बिर्सिदेऊ) को स्पिरिटमा राजनीतिक सहमति गर्नुपर्ने बताएका हुन् । स्वास्थ्य उपचार […]

कर्मचारीलाई दुर्व्यवहारको आरोपमा सिमेन्ट उद्योगका महाप्रबन्धक पक्राउ

१८ फागुन, हेटौंडा । हेटौंडाको रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ल महिला कर्मचारीमथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । उद्योगमै कार्यरत कर्मचारीलाई हातपात र दुर्व्यवहार गरेको भन्दै पीडितले उजुरी दिएपछि मल्ल पक्राउ परेका हुन् । नेपाल प्रहरीको पूर्व एसएसपीसमेत रहेका मल्ललाई प्रहरीले सोमबार नै पक्राउ गरेर मंगलबार जिल्ला अदालतबाट थप ७ दिन थुनामा राख्न […]

नेपालमा संग्रहालयको ८२ वर्ष : भीमसेन थापाको निवासमा के–के हेर्न पाइन्छ ?

१८ फागुन, काठमाडौं । तत्कालीन प्रधानमन्त्री जुद्द शमशेरले देशकै पहिलो संग्रहालय ‘नेपाल म्युजियम’ वि.सं. १९९५ सालमा स्थापना गरेको थिए । संग्रहालय स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते संग्रहालय दिवस मनाइन्थ्यो यस वर्ष भने १८ गते मनाइएको छ । संग्रहालय दिवसको अवसरमा राष्ट्रिय संग्रहालयको वेभसाइटबाट निःशुल्क भर्चुअल टुर गर्न सकिने सुविधा समेत सार्वजनिक गरेको […]

पर्साबाट तीन जुवाडे पक्राउ, १५ जना फरार

१८ फागुन, काठमाडौं । पर्साको बहुदरमाईबाट मंगलबार तीन जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ का ४० वर्षीय गुरदेली साह, बाराको कलैया उपमहानगरपालिका-२३ का २३ वर्षीय जंगबहादुर साह र कलैया-१४ का ४० वर्षीय राजेश मेहता रहेका छन् । बहुदरमाई-१ स्थित बाँसघारीमा जुवा खेलीरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा […]

सर्वोच्चकाे फैसलाले प्रचण्ड-माधव पक्ष संकटमा : महेश बस्नेत

१८ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड-माधव पक्ष संकटमा परेको जिकिर गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न चाहने प्रचण्ड-माधव पक्ष नै संकटमा परेको जिकिर गरेका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकट […]

ज्यानमाथि खतरा छ भन्ने प्रधानमन्त्री चाहिँदैन : गगन थापा

१८ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिएका छन् । सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने बताए । ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान […]

प्रधानमन्त्री ओलीबाट नैतिकताको अपेक्षा गर्ने कि नगर्ने ?

१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेको चार दिनपछि एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना भयो, राम्रै भयो । जब तपाईंहरूले मुद्दा लडेर संसद फिर्ता गरेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुस् ।’ १६ फागुनमा झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा निर्मित औद्योगिक पार्कको शिलन्यास […]

सेफ सन्तोष साह पर्यटन बोर्डबाट सम्मानित

१८ फागुन, काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० का उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता सन्तोष साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएकोमा सम्मान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा […]

‘कम्युनिस्ट कार्यकर्ता हुँ भन्दा लाज हुने स्थिति आइसक्यो’

१८ फागुन, विराटनगर । नेपाली कम्युनिस्ट आन्दोलनमा मनमोहन र भरतमोहन अधिकारी दाजुभाइको योगदान ठूलो छ । २५ वर्षअघि सरकारमा पुग्दा दाजुभाइले सुरु गरेको वृद्धभत्ता अहिले हरेक दलको महत्वपूर्ण चुनावी एजेण्डा बन्ने गरेको छ । नेपालमा पहिलो पटक कम्युनिस्ट दललाई सरकारमा पुर्‍याएको श्रेयको प्रमुख भागीदार यी अधिकारी दाजुभाइको परिवारका कोही सदस्य पनि अहिले पूर्णकालीन राजनीतिमा छैनन् […]

कोसी नदीमा बगिरहेका एक व्यक्तिको उद्धार

१८ फागुन, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-७ सिसौली घाटस्थित कोसी नदीमा बगिरहेका एक व्यक्तिलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । मोरङको कानेपोखरी गाँउपालिका-४ बस्ने ४० वर्षीय दुर्गा माझीलाई एपीएफ टोलीले मंगलबार सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित खटिएको टोलीले उनको तत्कालै उद्धार […]

कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

१८ फागुन, कर्णाली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्य भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो । मन्त्रालयको स्वास्थ्य सेवा […]

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

१८ फागुन, काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा गए । त्यसक्रममा उनी जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको छ । कतिपयले जनतालाई अगाडि राखेर अन्तिम सिटमा बसेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरिरहेका छन् भने कतिपयले चर्चाका लागि प्रधानमन्त्रीले त्यस्तो गरेको भन्दै ब्यंग्य गरेका छन् । के साँच्चिकै सर्वसाधारणलाई अगाडि […]

एक अर्ब घुस अफर गर्नेलाई किन दिए मन्त्रीले माफी ?

१८ फागुन, काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाइएको बताएका छन् । मन्त्री आलेले सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद्मा मंगलबार व्यक्त गरेको यो धारणाले उनी पनि सन्देहको घेरामा परेको जानकारहरू बताउँछन् । सरकारको जिम्मेवार मन्त्रीले एक–एक अर्ब रुपैयाँ घुस […]

प्रवीण बास्तोला मृत्यु प्रकरण : थप एकजनालाई थुनामा राख्ने आदेश

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले १९ वर्षीय सुदीप परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । बिहीबार लामिछानेको इजलासले अर्का आरोपी मेहरमान दर्जीलाई पनि थुनामा […]



from समाचार – Online Khabar https://ift.tt/3sMZPK3
via IFTTT
Powered by Blogger.