Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रचण्ड–माधव समूहमा नै रहेको सांसद गोपाल बमको स्पष्टीकरण

१९ फागुन, काठमाडौं । मुगुका सांसद गोपाल वमले आफू नेकपाको प्रचण्ड–माधव समूहमा नै रहेको स्पष्टीकरण दिएका छन् । उनले विज्ञप्ति जारी गरी आफू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपामै रहेको बताएका छन् । उनले आफूले वर्तमान सरकारको पक्षमा नलागेको र संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख […]

६३ प्रतिशत महिला हिंसाका घटना पतिबाटै

१९ फागुन, काठमाडौं । नेपालमा ६३ प्रतिशत महिला हिंसाका घटना श्रीमानबाटै हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । महिला आयोगको तथ्यांकअनुसार ६३ प्रतिशत महिला श्रीमानबाट पीडित हुने गरेको देखिएको हो । राष्ट्रिय महिला आयोगले बुधबार पत्रकारसँगको अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरेको हो । आयोगमा दर्ता भएका महिलाविरुद्ध हुने हिंसाका उजुरीहरुको अध्ययनमा १९ प्रतिशत महिला परिवारका […]

महासंघको निर्वाचनमा १३ पत्रकार संगठनको गठबन्धन

१९ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा विभिन्न १३ पत्रकार संघले गठबन्धन गरेका छन् । पाँच बुँदे प्रतिबद्धतापत्रमा संयुक्त हस्ताक्षर गर्दै महासंघको निर्वाचनमा गठबन्धन गर्ने सहमति जुटेको जनाइएको छ । महासंघको नेतृत्वमा सबै संघसंगठनको अनिवार्य प्रतिनिधित्व हुने गरी अन्य पत्रकार संगठनहरुसँग पनि वार्ता तथा संवाद गर्न संयुक्त गठबन्धन बनाइएको क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष एवं […]

आफताब आलमलाई छुटाउन लागिरहन्छु : देउवा

१९ फागुन, रौतहट । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको बचाउ गरेका छन् । पुरानो झुटो मुद्दामा आलमलाई फसाइएको भन्दै उनले आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताए । गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा बुधबार विष्णु पुराण महायज्ञको शुभारम्भ गर्दै देउवाले भने, […]

दलित विकास समितिका पदाधिकारीले पाए नियुक्ति

१९ फागुन, जनकपुरधाम। प्रदेश २ सरकारले केही दिनअघि गठन गरेको दलित विकास समितिका पदाधिकारीलाई बुधबार नियुक्ति पत्र प्रदान गरिएको छ । समाजिक विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । त्यस अवसरमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशका १८ प्रतिशत दलित समुदायको पहिचान र अधिकार संरक्षण गर्नका लागि सरकारले […]

प्रधानमन्त्री ओली चिडियाखाना भ्रमणमा

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमणमा गएका छन् । उनले त्यहाँ जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गर्दै हिँडेका छन् । त्यस्तै चिडियाखानामा अवलोकनकर्ताको मनोरञ्जनका लागि राखिएको ट्रली प्रधानमन्त्री र उनकी पत्नी राधिका शाक्यले चढेका छन् ।

निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई १ अर्ब ८ करोड बजेट निकासा

१९ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्ऽका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासाको स्वीकृति दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्ऽको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिएको […]

जनकपुर-अयोध्या हवाई उडान गर्ने तयारी

१९ फागुन, काठमाडौं । नेपालको जनकपुर र भारतको अयोध्याबीच हवाई सेवा सञ्चालनको तयारी सुरु भएको छ । यि दुई शहरलाई जोड्ने गरी निजी वायुसेवा कम्पनी बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । सहजीकरणका लागि प्रदेश २ सरकारसँग समेत आग्रह गरिएको कम्पनीका एक अधिकारीले जानकारी दिए […]

प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यहरुको तीन ठाउँमा हस्ताक्षर संकलन

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरिएको छ । पेरिसडाँडामा बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई तीन ठाउँमा हस्ताक्षर संकलन गरिएको हो । ‘यसअघिको हस्ताक्षर व्यवस्थित थिएन । त्यसैले तीनपानेमा ओरिजिनल हस्ताक्षर गरिएको हो’, स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने । केन्द्रीय सदस्यहरुको नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र पनि संकलन […]

कांग्रेस विपक्षी दलको भूमिकाबाट पछि हट्नु हुन्न : रामचन्द्र पौडेल

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताएका छन् । चितवनमा बुधबार आयोजित कार्यक्रममा उनले यतिबेला नेपाली जनताले कांग्रेसबाट धेरै आशा गरेका भन्दै कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न नहुने बताएका हुन् । ‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । […]

उपभोक्ता ठगीमा संलग्न १६५ व्यवसायिक फर्मलाई जरिवाना

१९ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा एक सय ६५ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । उपभोक्ता हित विपरितको काममा संलग्न रहेका ती फर्मलाई जरिवाना गरिएको छ । आर्थिक जरिवानाबापत ४६ लाख २३ हजार रूपैयाँ राजश्व संकलन भएको पनि विभागले जनाएको छ । उपत्यकाबाहिरका पाँच […]

जाजरकोटको बारेकोटमा ८८ प्रजातिका चरा भेटिए

१९ फागुन, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेका जाजरकोटका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेका हुन् । विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, संकटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आईआईमा)मा सूचीकृत […]

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाका तीन आयाम

२०७७ फागुन ११ गते सर्वोच्च अदालतको संवैधानिक इजसलासको पाँचैजना न्यायाधीशको सर्वसम्मत फैसलाको संक्षिप्त आदेशले देशभरि नै खुसियाली तरंग सञ्चार गरेको छ । यस फैसलाले २०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेवमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिदिएको घोषणालाई बदर गरिदिएको छ । संविधान, कानूनका विद्यार्थीहरुका लागि फैसला अनपेक्षित पक्कै […]

यौन दुर्व्यवहारको आरोपपछि कर्नाटकका मन्त्रीले दिए राजीनामा

१९ फागुन, काठमाडौं । भारतको कर्नाटकका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको उल्लेख गरेका छन् । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ । उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका […]

सुस्तायो सेयर कारोबार : व्यापार र होटल समूहले कमाए, अरुले गुमाए

१९ फागुन, काठमाडौं । साताको चौथो दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने व्यापार र होटल तथा पर्यटन बाहेकका सबै समूहका सबइन्डेक्स घटेका छन् । व्यापार समूहमा भने उल्लास छाएको छ । यो समूह ९ प्रतिशतसम्दा धेरैले बढेको छ । होटल तथा पर्यटन समूह १ प्रतिशत भन्दा […]

वार्ताको परिणाम सुखद आउनेछ : गृहमन्त्री थापा

१९ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपासँगको पहिलो चरणको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच भएको पहिलो चरणको वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन् । वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति […]

भारतको विद्युत व्यापार नीति : नेपालमा चिनियाँ लगानी रोकिने डर

१९ फागुन, काठमाडौं । भारतले २६ फेब्रुअरी २०२१  ( १४ फागुन २०७७) जारी गरेको अन्तर्देशीय विद्युत् व्यापार कार्यविधिले नेपाललाई भारतसँग सरकारीस्तर तथा निजी क्रेता–विक्रेताबीच द्विपक्षीय सम्झौता र बोलपत्रबाट विद्युत् व्यापार गर्ने बाटो खोलिदिएको छ । तर, यो कार्यविधिले नेपालको जलविद्युत् क्षेत्रमा आउन सक्ने चिनियाँ लगानी निरुत्साहित हुने चिन्ता पनि प्रकट हुन थालेको छ । भारतले […]

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चैत २ मा सर्‍यो

१९ फागुन, विराटनगर । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्ता पछि धकेलिएको छ । फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए । बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो […]

स्वास्थ्य सेवा दिन ‘गाउँघरैमा चिकित्सक’ कार्यक्रम

१९ फागुन, काठमाडौं । डोटीको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँघरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो । जिल्लाका नौवटै स्थानीय तहमा लागू गर्ने योजनाअनुसार सुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट सुरु गरिएको हो । […]

प्रचण्ड-माधव समूहद्वारा सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि कारबाही

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको हो । पार्टी हित विपरीत गतिविधि गरेकाले उनीहरुमाथि कारबाही गरेको नेता भीम रावलले […]

प्रचण्ड–माधवसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छ : शशांक कोइराला

१९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव प्रचण्ड–माधव समूहले या कांग्रेसले ल्याउनेसमेत बताए । बुधबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले नेकपालाई टुटाउनका लागि भए पनि कांग्रेस सरकारमा जानुपर्ने बताए । उनले भने, […]



from समाचार – Online Khabar https://ift.tt/308EA9C
via IFTTT
Powered by Blogger.