समाचार
२८ असार, काठमाडौं । अर्जेन्टिनाले आइतबार २८ वर्षे अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा यो जेनेरेसनकै उत्कृष्ट खेलाडी लिओनल मेस्सीको चर्चा धेरै भयो । स्वभाविक पनि थियो । मेस्सीले राष्ट्रिय टिमका लागि यसअघि चार फाइनल हारिसकेका थिए । पाँचौ प्रयासमा सफल भए र १६ वर्षे अन्तर्राष्ट्रिय करियरमा पहिलो मुख्य उपाधि जिते । कोपा […]
२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर देखाएका छन् । हेर्नुहोस् तस्वीरहरु
२८ असार, काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेको छ । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि गर्दै आएको प्रहारलाई सर्वोच्च अदालतले संवैधानिक अनुशासनमा बाँधेको उसको निष्कर्ष छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त पार्टीले भनेको छ, ‘पछिल्लो समयमा निरन्तर प्रधानमन्त्री ओलीको कठपुतली बनेर राष्ट्रपति भण्डारीले संविधानमाथिको […]
२८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्दै गर्दा उनकै नेकपा एमालेकै २३ सांसदको बलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारोहण गर्नेछन् । प्रतिनिधिसभा पुनर्स्थापना गरेको सर्वोच्चले १४६ सांसदसहित संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी गरेका देउवालाई मंगलबार साँझसम्म नियुक्त गर्न परमादेश दिएको छ । सर्वोच्चले ७६(५) मा प्रधानमन्त्रीलाई समर्थन गरेकै आधारमा सांसदलाई […]
२८ असार, वीरगञ्ज। बारामा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका-८ जमुनिया बस्ने अब्दुल कलामकी ९ वर्षीया छोरी रोशन ताराको नदीमा डुबेर मृत्यु भएको हो । उनी जमुनी नदीको किनारमा बाख्रा चराउन गएकी थिइन् । नदीमा हात खुट्टा धुने क्रममा लड्दा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव […]
२८ असार, काठमाडौं । भारतीय युवा गजलकार शकील आज्मीको एउटा चर्चित शेरले भन्छ– ‘तमाशा गर्दागर्दा म आफैं तमाशा बन्न पुगेँ ।’ केपी ओलीको समर्थनमा पाँच वर्षदेखि सडक तताउने युवाहरू सोमबार आफैं तमाशा बन्न पुगेको देखिन्थ्यो । सर्वोच्च अदालतको फैसलालाई मात्र होइन न्यायाधीशहरूलाई ‘विदेशी दलाल’ करार गर्दै उनीहरूले प्रधानन्यायाधीशको पुत्ला जलाए । आइतबार साँझ नै शान्तिनगरमा […]
२८ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान […]
२८ असार, धनगढी । धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरिएको छ । नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु कैलालीले प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरेको हो । सो क्रममा उनीहरुले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध नाराबाजी गर्दै पुतला समेत दहन गरेका छन् । धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि उनीहरुले […]
२८ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या सात लाख नाघेको छ । पछिल्लो २४ घण्टामा (आरटी-पीसीआर र एन्टिजेन) ११,५८४ परीक्षण गर्दा २,३७० संक्रमित थपिएसँगै संक्रमितको संख्या सात लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १ हजार ४५८ जना पुगेको छ । पीसीआर विधिबाट ३४ लाख २३ […]
२७ असार, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटबारे अन्योल बढेको छ । जेठ ७ गते प्रतिनिधिसभा विघटनपछि अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते अध्यादेशमार्फत बजेट सार्वजनिक गरेका थिए । संसद पुनर्स्थापना भएपछि र नयाँ सरकार बनेपछि त्यो बजेट के […]
२८ असार, काठमाडौं । नेकपा(एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्दलीय व्यवस्था फेरि जस्केलाबाट प्रवेश गराउन खोजेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा गरेको फैसलाबारे सोमबार बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिंदै उनले ३२ वर्षअघि नै समाप्त पारेको निर्दलीय व्यवस्था फेरि ल्याउन खोजेको टिप्पणी गरेका हुन् । ‘सर्वोच्च अदालतको आजको […]
२८ असार, जनकपुरधाम । सिरहा प्रहरीले इटालियन पेस्तोलसहित गोलबजार नगरपालिकाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका ९ बाट उनीहरुलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० बस्ने २६ बर्षीय रामकुमार यादव […]
२८ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो । बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा […]
२८ असार, काठमाडौं । विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग र लागूऔषध मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए । पक्राउ पर्नेमा ज्यान मार्ने उद्योगमा तनहुँ जिल्ला अदालतबाट ८ वर्ष कैद र ५२ हजार जरिवाना तोकिई १८ […]
२८ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सोमबार सुनाएको फैसलाले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनका लागि बाटो खुलेको बताएको छ । सोमबार राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विघटित संसदको पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनी सर्वोच्च अदालतद्वारा आज जारी गरिएको उत्प्रेषणयुक्त […]
२८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसलाले विधिको शासनको जित भएको बताएका छन् । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी शासनको पराजय भएको उनको प्रतिक्रिया छ । ‘आज फेरि विधिको शासनको जित भएको छ । अधिनायकवाद विरुद्ध नेपाली जनताको जित भएको छ । सर्वसत्तावाद पराजित भएको छ,’ पूर्वमहामन्त्री सिंहले […]
२८ असार, काठमाडौं । बृहत् नागरिक आन्दोलनले सर्वोच्च अदालतको फैसलाले निरंकुशता र स्वेच्छाचारिताको नग्न अभ्यासलाई खारेज गरेको बताएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार सर्वोच्च अदालतले फैसला गरेपछि विज्ञप्ति निकालेर बृहत् नागरिक आन्दोलनले फैसलाले ओली प्रवृत्ति परास्त भएको उल्लेख गरेको छ । ‘सर्वोच्च अदालतले आज गरेको संसद पुनःस्थापनासहितको फैसलाले संवैधानिक सर्वोच्चता स्थापना गर्न मात्र होइन […]
२८ असार, काठमाडौं । सरकारले भोलि (मंगलबार)देखि तीनवटा प्रदेशमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले भोलि (मंगलबार)देखि नै खोप सञ्चालन गर्ने निर्णय भएको बताए । मन्त्रीस्तरीय निर्णय बमोजिम नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मंगलबारदेखि खोप […]
२८ असार, रामेछाप । सशस्त्र प्रहरीले रामेछापबाट बुद्धचित्तसहित चारजनालाई पक्राउ गरेको छ । खाँडादेवी गाउँपालिका-१ स्थित खैरेनीघाट पुलबाट १२ केजी बुद्धचित्तसहित चारजनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेको तिमाल गाउँपालिका-९ का ३८ वर्षीय डुप्साङ्ग थोकर, ३१ वर्षीय धिरज तामाङ, ३५ वर्षीय रबिन लामा र २९ वर्षीय जगत तामाङ रहेका छन् । […]
२८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् । उनले सर्वोच्चको फैसला जनता र लोकतन्त्रका पक्षमा ऐतिहासिक भएको प्रतिक्रिया दिए । ‘लामो रस्साकस्सीपछि सर्वोच्च अदालतले आज जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको छ,’ उनले भने, ‘सर्वोच्चको उक्त फैसलाले संविधानको रक्षा गरेको […]
२८ असार, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसला बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलामा एमालेको स्पष्ट विमति रहेको उनको भनाइ छ । सर्वोच्चको आदेशबारे सोमबार पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव पोखरेलले सर्वोच्चको आदेशले बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत लोकतन्त्रमा आघात पु¥याउने […]
from समाचार – Online Khabar https://ift.tt/3k6qyjU
via IFTTT