Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

निरीक्षणका लागि नेपाल-चीन सीमाको लाप्चामा पुगे कर्णालीका मुख्यमन्त्री

२७ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोलीले उत्तर छिमेकी मुलुक चीनसँगको सीमा क्षेत्रको अनुगमन गरेको छ । मुख्यमन्त्रीसहितको एक सरकारी टोलीले शनिबार चीनसँगको सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका-६ लाप्चा (लोलुङजोङ) क्षेत्रको स्थलगत अनुगमन गरेको हो । लोलुङजोङ विवादित क्षेत्र हो । गत असोजमा चीनले लोलुङजोङ क्षेत्रमा केही भवनहरु बनाएपछि सीमा मिचिएको भन्दै […]

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा पक्का

बार्सिलोना। एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित हुने भएकी छिन्। शुक्रबार सम्पन्न मनोनयन दर्ताको समयावधिमा अध्यक्षमा लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बन्ने पक्का भएको हो। विगत चार दशकदेखि स्विट्जरल्याण्डमा बस्दै आएकी लामा सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकालसम्म संघको महिला संयोजकमा रहेर काम गरेकी थिइन् । वर्तमान कार्यसमितिकी उपाध्यक्षसमेत रहेकी […]

देउवाको पक्षमा संस्थापन समूह एक ढिक्का

२६ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी सभापतिमा शेरबहादुर देउवाको पक्षमा अभियान थालेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरु शनिबार मध्यबानेश्वरस्थित आनन्द पार्टी भेन्यूमा भेला भएका थिए, जहाँ देउवालाई कसरी जिताउन सकिन्छ भनेर छलफल भएको छ । भदौ १६–१९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन भएकै दोस्रो दिन केन्द्रीय सदस्यहरुलाई बोलाएर सभापतिमा […]

दिनभरको वर्षाले काठमाडौंमै डुवान

२६ असार, काठमाडौं । शनिबार दिनभर काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा ठूलो वर्षा भयो । दिउँसो केहीबेर त घनघोर वर्षा पनि भयो । वर्षामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौंका धेरै क्षेत्र जलमग्न भए भने खोलामा पानीको सतह बढ्दा किनार क्षेत्रका सडक, घर र संरचना डुवानमा परेका छन् । काठमाडौंको पुतलीसडक न्युप्लाजामा भने ढल थुनिएका […]

अदालतको मुद्दाबारे मौन बस्न ओली पक्ष तयार, सहमतिको भाका आइतबार

२६ असार, काठमाडौं । नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलले सहमतिका लागि आइतबारको अर्को भाका राखेको छ । नेताहरुका अनुसार कार्यदल स्तरमा भोलि आइतबारसम्म निष्कर्षमा पुग्न प्रयास हुनेछ । लामो समय अनौपचारिक र सोमबारदेखि निरन्तर कार्यदलस्तरमा वार्ता गरेका दोस्रो तहका नेताहरुले शुक्रबार नै सहमतिनजिक पुगेको दाबी गरेका थिए । तर शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले […]

गलैंचा कारखानाबाट भागेकी निशा

२६ असार, काठमाडौं । गत वर्ष लकडाउन हुनुअघिसम्म निशा परियार घरेलु सहयोगीको रूपमा काम गरिरहेकी थिइन् । लकडाउनसँगै बेरोजगार बनिन् । उनका श्रीमान् रोहण भण्डारी गाडीमा सिमेन्ट लोड/अनलोडको काम गर्थे । लकडाउनकै कारण उनको पनि रोजगारी गुम्यो । दैनिक कमाउँदै खाँदै गरिरहेका निशा दम्पतीलाई लकडाउनमा निकै गाह्रो पर्‍यो । दुई बच्चा सहितको परिवारको अवस्था निकै […]

सर्लाहीमा करेन्ट लागेर एक एक जनाको मृत्यु

२६ असार, जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर ८ बस्ने ५५ बर्षीय जयनारायण महतोको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घरमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि जिल्ला अस्तपाल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी […]

‘अफगानिस्तान अस्थिरताको बाछिटा नेपालसम्म आइपुग्छ’

२६ असार, काठमाडौं । अमेरिकी सेना फिर्तासँगै तालिवान र उप्रति नरम नीति लिने कट्टरपन्थी समूहहरुले अफगानिस्तानमा आफ्ना गतिविधि बढाएका छन् । यससँगै त्यहाँ राजनीतिक अस्थिरता बढ्ने र सुरक्षा अवस्था थप बिग्रिने चिन्ता बढेको छ । अफगानिस्तान अशान्त हुँदा यसले पार्न सक्ने क्षेत्रीय प्रभावबारे बहस शुरु भएको छ । दुई छिमेकी मुलुक भारत र चीनले अमेरिकी […]

भारतमा फैलिएको जिका भाइरस के हो ?

२६ असार, काठमाडौं । भारतको केरला राज्यमा जीका भाइरसका १४ संक्रमित फेला परेसँगै त्यहाँको सरकारले सतर्कता बढाएको छ । केरलाकी स्वास्थ्यमन्त्री विना जर्जले तिरुअनन्तपुरम जिल्लामा जिका भाइरसका संक्रमित फेला परेको पुष्टि गरेकी हुन् । विनाले भनेकी छिन्, ‘राज्यको सबै स्वास्थ्य निकायलाई सतर्क गराइएको छ । सबै जिल्लाको मेडिकल अधिकारीलाई पनि विशेष गरी गर्भवती महिलाको ख्याल […]

वृहत नागरिक आन्दोलनले सिंहदरबार घेर्ने

२६ असार, काठमाडौं । वृहत नागरिक आन्दोलनले आइतबार सिंहदरबार घेराउ गर्ने भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कर्मचारी, विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै वृहत नागरिक आन्दोलनले सिंहदरबार घेराउ कार्यक्रम राखेको हो । धरानमा आन्दोलनरत् सरोकारवाला पक्षहरूलाई देशव्यापी रुपमा जनताको साथ चाहिएको भन्दै नागरिक आन्दोलनले सिंहदरबार घेराउ कार्यक्रम राखेको जनाएको छ । ‘प्रतिष्ठानका विद्यार्थी, […]

इजलासमा भानुभक्त

२६ असार, काठमाडौं । प्रत्येक वर्ष असार–२९ को सेरोफेरोमा नेपाली भाषा–साहित्यका कवि भानुभक्त आचार्यको पक्ष विपक्षमा बहस हुने गरेको छ । एक पक्ष उनको भाषिक एकता र सिर्जनाशीलताको पैरवी गर्छन् भने अर्को पक्ष भानुभक्तलाई एकल राष्ट्रवादी नीतिले मात्रै केन्द्रमा उठाएको पैरवी गर्छन् । गणतन्त्र स्थापनासँगै मुलुक बहुजाति, बहुभाषा, बहुसंस्कृतिको संगम भएको अवस्थामा भानुभक्तलाई मात्र आदिकवि […]

महामारीका बीचमा एक वर्षमै थपिए ५८ लाख इन्टरनेट प्रयोगकर्ता

२३ असार, काठमाडौं । विगत करीब डेढ वर्षदेखि विश्वभर नै अधिकांश व्यवसाय कोभिड-१९को महामारीसँग जुधिरहेको छ । तर, यही महामारीका बीचमा नेपालमा इन्टरनेट व्यवसायमा भने उछाल नै आयो । २०७७ वैशाखदेखि २०७८ वैशाखसम्म एक वर्षका बीचमा मात्रै ५८ लाख इन्टरनेट ग्राहक थपिएका छन् । बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् […]

मेलम्ची बजारलाई सुरक्षित स्थानमा सार्छौं : प्रधानमन्त्री ओली   

२६ असार, मेलम्ची । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले शनिबार बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने […]

दुई पांग्रे सवारीको बजारमा देखिएन उत्साह

२५ असार, काठमाडौं । अघिल्लो वर्ष १ असारमा लकडाउनलाई खुकुलो गरेसँगै धेरै मोटरसाइकल सो-रुमले ग्राहकको माग थेग्न सकेनन् । नेपालमा मोटरसाइकल एसेम्बल र आपूर्ति गरेर बेच्ने सबै कम्पनीका लागि त्यो अवस्था अनपेक्षित थियो । कोरोना माहामारीको मारमा परेका व्यवसायीहरुका लागि त्यसले ठूलो राहत दियो । कोभिड-१९ को दोस्रो लहरका कारण यो वर्ष पनि वैशाखदेखि निषेधाज्ञा […]

ब्लड क्यान्सरसँग जुधिरहेका विजयलाई उपचारमा आर्थिक समस्या

२५ असार, वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका–३ का ३२ वर्षीय विजय साह जीतपुरमा कस्मेटिक पसल चलाउँथे । घर व्यवहार ठीकै चलिरहेको थियो । कोरोना महामारीले उनको व्यवसायमा मन्दी ल्यायो । तर उनको जीवनमा महामारी भन्दा पनि ठूलो बज्रपात आइलाग्यो । ०७७ फागुनमा उनलाई ढाड दुख्ने समस्या देखियो । वीरगञ्जमा उपचार गराउँदा नसा च्यापिएको पत्ता लाग्यो […]

म, विमलेन्द्र र प्रकाशमानमध्ये एक जना मात्र उठ्छौं : शशांक

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र आफूमध्ये एक जना मात्र उम्मेदवार हुने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले महाधिवेशनबाट जसरी पनि नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै त्यसका लागि तीनै जना नेतापुत्र एक ठाउँमा रहने बताएका हुन् । ‘हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन […]

कथा : विदेश सपनाले गुमाएको प्रेम

‘सर आज छुट्टी छ ! मेरो स्टोरी सुनाउँछु नि है ?’ कृष्णले भने, ‘अनेक प्रश्न सोधेर नरुवाउनु नि फेरि !’ कृष्ण केही दिन अगाडि आफ्नो चलचित्रजस्तै जीवन कथा सुनाउँछु भन्दै थिए । उनको प्रस्तावले मेरो कान ठाडो भयो । सायद आज मनको बह सुनाएर मन हलुका बनाउन चाहन्छन् । प्रसङ्ग हो-विदेशिएको वर्षौसम्म बेखबर आफ्नी प्रियसी […]

सुदूरपश्चिमका यातायात व्यवसायीको ७ बुँदे माग

२६ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीले सरकार र बैँक तथा वित्तीय संघसंस्थासँग ७ बुँदे माग अघि सारेका छन् । कञ्चनपुरमा बसेको यातायात व्यवसायीको प्रदेशस्तरीय भेलाले महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तको संयोजकत्वमा संघर्ष समिति गठन समेत गरेको छ । उनीहरुले यातायात व्यवसायी र मजदुरलाई कोरोनाको खोप लगाउनुपर्ने, निजी सवारी साधनलाई यात्रु बोक्न रोक लगाउनुपर्ने, […]

अझै सहमतिमा पुग्न सकेन एमाले कार्यदल

२६ असार, काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन । यद्यपि भोलिसम्म सहमतिमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् । शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । पार्टी एकतामा समस्या के थिए ? कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य गोकर्ण विष्टले […]

सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

२६ असार, काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन नेपाल वित्तीय क्षेत्र कर्मचारी संघ (फियन) ले आन्दोलन कार्यक्रमहरु घोषणा गरेकाे छ । खाइपाइ आएको सेवा सुविधा समेत कटौति हुने गरी कोषमा आफूहरुलाई आवद्ध गराउन लागिएको भन्दै फियनले आन्दोलनको घोषणा गरेको हो । शनिबार फियनको तर्फबाट अध्यक्ष पदमराज रेग्मी र महासचिव […]

लुम्बिनीको सञ्चार विधेयक पुनर्लेखन गर्न माग

२६ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक पुनर्लेखन गर्न सरोकारवालाले माग गरेका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति, नेपालबार एशोसिएसन, मानव अधिकार तथा शान्ति समाज लगायतका संघसंस्थाका प्रतिनिधिले उक्त विधेयकका कयौं प्रावधान संविधान र संघीय कानून विपरीत रहेको भन्दै पुनर्लेखनको माग गरेका हुन् । नेपाल पत्रकार महासंघ लुम्बिनी […]



from समाचार – Online Khabar https://ift.tt/3AOEBAy
via IFTTT
Powered by Blogger.