Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद

२९ असार, काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले अन्नपूर्ण हिमाल सुनचाँदी पसलबाट नक्कली नोट बरामद गरेको हो । अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्‍ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुईजना महिलाहरुले २ लाख ८० […]

थुम्कावासीको खानेपानी सपना पूरा हुँदै

२९ असार, बागलुङ । एक समय थियो तिर्खा मेट्न बागलुङको थुम्कावासी कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठूलो सास्ती गृहिणीले व्यहोर्थे ।   अहिले त घरघरै धारा, चाहिएजति पानी । थुम्काको मात्र होइन, गलकोट नगरपालिका–२ नरेठाँटीका सबै गाउँबस्तीको खानेपानी सपना अब पूरा हुँदैछ । गाउँलेको दैनिकी बदलिँदै छ । ‘एक घर, एक […]

युवा संघले ब्यूँतायो युथफोर्स

२९ असार, काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवासंघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो । कार्यक्रममा युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकुरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताए । […]

कोरोना खोप माग गर्दै यातायात व्यवसायी धर्नामा

२९ असार, काठमाडौं । भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप लगाउन पाउनुपर्ने लगायतका ७ बुँदे माग राख्दै यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् । यातायात व्यवसायीहरुले यातायातसँग सम्बन्धित व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्ने लगायतका ७ बुँदे माग राख्दै मंगलबार यातायात व्यवस्था विभागको […]

ओलीले गरेका खराब काम नयाँ सरकारले सच्याउनुपर्छ : कांग्रेस नेता सिंह

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खराब काम सच्याएर अघि बढ्न नयाँ सरकारलाई सुझाव दिएका छन् । सर्वाेच्च अदालतको फैसलापछि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त हुँदैछन् । नेता सिंहले ओलीले गरेका खराब कामलाई नयाँ सरकारले सच्याउनुपर्ने बताए । ‘तीन वर्षमा ओलीले गलत शासनका […]

नर्भिक अस्पताल बन्यो पब्लिक कम्पनी, आईपीओ ल्याउने योजना

२९ असार, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अब पब्लिक कम्पनीमा रुपान्तरण गरेको छ । नर्भिक अस्पतालको क्षमता काठमाडौंमा बढाउने र उपत्यकाबाहिर समेत बिस्तार गर्ने योजना सहित कम्पनीले पुँजीवृद्धि गर्न लागेको छ । सो क्रममा सर्वसाधारण लगानीकर्तालाई समेत प्राथमिक साधारण सेयर निष्कासन गरिने कम्पनीका सूचना अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिए । ‘हामी पब्लिक कम्पनीमा रुपान्तरण हुने […]

निस्दी गाउँपालिका-४ का वडाध्यक्षको निधन

२९ असार, पाल्पा। पाल्पाको निस्दी गाउँपालिका-४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहेका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार मेडिकल कलेजमा उपचारको लागि लगिएको थियो । सुनारीको कमजोरी महशुस हुने पहिल्यैदेखिको समस्या […]

राष्ट्रिय गौरवको महाकाली पुल आयोजनामा रोयल्टी विवाद

२९ असार, धनगढी । कञ्चनपुरमा राष्ट्रिय गौरवको चार लेनको महाकाली पुल आयोजनामा करीब पाँच करोड रुपैयाँको रोयल्टी संकलनबारे विवाद उत्पन्न भएको छ । महाकाली पुल निर्माणको ठेक्का पाएको कुमार श्रेष्ठ निर्माण सेवाले लागत ‘स्टमेट’मा उल्लेख नै नभएका कारण नदीजन्य वस्तु उत्खनन् गरेर प्रयोग गरेवापतको रोयल्टी नतिर्ने बताएपछि विवाद सिर्जना भएको हो । आर्थिक वर्ष २०७५/७६ […]

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

२९ असार, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री परिवर्तन हुने भएपछि महान्यायाधिवक्ता बडालले राजीनामा दिएका हुन् । बडालले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् । महान्यायाधिवक्ता कार्यालयमा मंगलबार दिउँसो एक बजे उनको विदाइ कार्यक्रम राखिएको छ । ‘प्रधानमन्त्रीमार्फत राष्ट्रपतिलाई राजनीनामा बुझाएँ । […]

जापानले कोभ्याक्समार्फत नेपालसहित एसियाली देशलाई कोरोना खोप दिने

२९ असार, काठमाडौं । जापानले कोभ्याक्स कार्यक्रममार्फत् नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप नेपालसहितका मुलकलाई अनुदानमा दिने घोषणा गरेका हुन् । उनले गरेको घोषणा अनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै विभिन्न […]

बालिकामाथि करणी गरेको अभियोगमा एक पक्राउ

२९ असार, ललितपुर । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोन्ज्योसोम गाउँपालिका-१ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावा रहेका छन् । घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीको दावी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेमकिपाले भन्यो – सर्वोच्चको फैसलाले राजनीतिक अन्योलता सम्बोधन हुँदैन

२९ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सर्वोच्च अदालतको फैसलाले वर्तमान राजनीतिक अन्योलताको सम्बोधन नहुने बताएको छ । सर्वोच्चले सोमबार संसद पुनर्स्थापना तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सांसदहरुलाई दलको ह्विपसमेत नलाग्ने गरी फैसला आएको भन्दै नेमकिपाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको बताएको छ । मंगलबार पार्टी […]

पानामा पठाइदिने भन्‍दै ठगी गरेको अभियोगमा एकजना पक्राउ

२९ असार, काठमाडौं । वैदेशिक रोजगारीका लागि पानामा पठाउँछु भन्दै ठगी गरी फरार भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका-१० बस्ने उदयपुर घर भएका ३४ वर्षीय गणेश राउत भन्ने लोक बहादुर राउत रहेका छन् । राउतले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पूरा गरी पानामा पठाउँछु भनेर नक्कली ई-भिसा बनाइ पीडितबाट पटक-पटक […]

कार्यदलले माधव नेपाललाई बुझायो १० बुँदे सहमति

२९ असार, काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको छ । कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् । कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा […]

एकै व्यक्तिलाई दुई फरक-फरक कम्पनीको खोप दिंदै थाइल्याण्ड

२९ असार, काठमाडौं । मुलुकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै थाइल्याण्डले आफ्नो कोरोना खोप नीति परिवर्तन गरेको छ । थाइल्याण्डले मानिसहरुलाई कोरोनाबाट थप सुरक्षा प्रदान गर्न फरक-फरक खोपको दुई डोज दिने नीति लिएको हो । यससँगै अब थाइल्याण्डले एक डोज खोप चिनियाँ कम्पनी सिनोभ्याक र एक डोज एस्ट्राजेनेकाको खोप दिनेछ । थाइल्याण्डमा सिनोभ्याकको पूरा […]

बझाङमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

२९ असार, धनगढी । बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय  बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बालिकाका छिमेकीसमेत रहेका जोशीलाई […]

एमाले स्थायी कमिटी बैठक स्थगित

२९ असार, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको हो […]

देउवासँग छलफल गरेपछि माओवादीले मन्त्री टुंगो लगाउने

२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । त्यसका लागि देउवासँग अध्यक्ष प्रचण्डले छलफल गर्ने छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पहिला त अध्यक्ष कमरेडले शेरबहादुर देउवा जीसँग […]

‘राष्ट्रिय जनमोर्चा आजै सरकारमा जाने सम्भावना कम’

२९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा आजै सरकारमा सहभागी हुने सम्भावना कम रहेको सो पार्टीकी उपाध्यक्ष दूर्गा पौडेलले बताएकी छन् । पार्टीको बैठक नै नबसेकाले सरकारमा सहभागी हुने सम्भावना कम रहेको उनको भनाइ छ । उपाध्यक्ष पौडेलले अनलाइनखबरसँग भनिन्, ‘पार्टीको बैठक सायद भोलि बस्छ होला । त्यसपछि संस्थागत निर्णय होला । आजै चाहिं सरकारमा जाने […]

ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु

२९ असार, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् । समाचार […]



from समाचार – Online Khabar https://ift.tt/3yRnAUC
via IFTTT
Powered by Blogger.