Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गण्डकीमा आजदेखि साढे १ लाख डोज कोरोना खोप लगाइँदै

२९ असार, पोखरा । गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्धको १ लाख ४२ हजार ६ सय ५० डोज भेरोसेल खोप आजदेखि लगाइँदै छ । नवलपरासी, म्याग्दी, मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा खोप पुगिसकेको छ । नवलपरासी र म्याग्दीका लागि गाडीमा पठाइँदै छ भने मनाङ र मुस्ताङका लागि हेलिकप्टरमा पठाउने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक खिम बहादुर खड्काले […]

हराएको पर्स बुझाउने भारतीय अटो रिक्सा चालक पुरस्कृत

२९ असार, धनगढी । कञ्चनपुरमा हराएको पर्स भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाउने भारतीय अटो रिक्सा चालकलाई पुरस्कृत गरिएको छ । भारतबाट पेन्सन बुझेर फर्किने क्रममा भीमदत्त नगरपालिका-२ मौलियाका ४४ वर्षीय भुपेन्द्रसिंह बिष्टको हराएको पर्स बुझाउने भारतीय नागरिक ओमप्रकाश विजय पाललाई पुरुस्कृत गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले अटो चालकलाई पर्स भेटाएर […]

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप लगाइँदै

२९ असार, काठमाडौं । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउन आजबाट सुरु गरिंदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ५५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाउने निर्णय गरेको छ । सो निर्णयअनुसार गण्डकी प्रदेशमा १ लाख ४२ हजार ६ सय ५० डोज र लुम्बिनी प्रदेशमा […]

आज भानुजयन्ती मनाइँदै

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा आज बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम छ । यस वर्ष पनि विगत वर्ष जस्तै कोरोना भाइरसको संक्रमण फैलन सक्ने भएकाले […]

अब के हुन्छ विवादित संवैधानिक नियुक्ति ?

२९ असार, काठमाडौं । सर्वोच्च अदालतबाट सोमबार विघटित प्रतिनिधिसभा पुनस्थापना भएको छ । सर्वोच्चले परमादेश जारी गर्दै आज साँझसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिएको छ । योसँगै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्पत गरेका विवादित संवैधानिक नियुक्तिको भविष्य के हुन्छ ? भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्री ओलीले ३० मंसिर […]

देशभर साढे २१ हजार आयातकर्ता, कर छल्न बहुफर्म दर्ता गर्ने क्रम बढ्दो

२९ असार, काठमाडौं । करछलिको प्रयोजनका लागि निश्चित अवधिका लागि फर्म दर्ता गर्ने प्रवृत्ति मौलाएसँगै मुलुकमा आयातकर्ताको संख्या अत्यधिक बढेको छ । कुनै एक व्यवसायीले अनेकौं व्यक्तिको नाममा व्यवसायिक फर्म, व्यवसायिक पान र मूल्य अभिवृद्धि कर दर्ता गरि मालवस्तु आयात गर्ने र करछलीको नियोजित उद्देश्य पूरा भएपछि ती फर्मबाट कारोबार नगर्ने प्रवृत्ति बढेको सरकारी अध्ययनले […]

अर्जेन्टिनालाई च्याम्पियन बनाउने नायक स्कालोनी : २००६ मा मेस्सीसँगै खेलेका थिए विश्वकप

२९ असार, काठमाडौं । अर्जेन्टिनाले आइतबार २८ वर्षे अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा यो जेनेरेसनकै उत्कृष्ट खेलाडी लिओनल मेस्सीको चर्चा धेरै भयो । स्वभाविक पनि थियो । मेस्सीले राष्ट्रिय टिमका लागि यसअघि चार फाइनल हारिसकेका थिए । पाँचौ प्रयासमा सफल भए र १६ वर्षे अन्तर्राष्ट्रिय करियरमा पहिलो मुख्य उपाधि जिते । कोपा […]

सडकमा ओली समर्थकको प्रदर्शन : सबै फैसला मानिंदैन

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर देखाएका छन् । हेर्नुहोस् तस्वीरहरु

राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाऊ : विवेकशील साझा

२८ असार, काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेको छ । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि गर्दै आएको प्रहारलाई सर्वोच्च अदालतले संवैधानिक अनुशासनमा बाँधेको उसको निष्कर्ष छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त पार्टीले भनेको छ, ‘पछिल्लो समयमा निरन्तर प्रधानमन्त्री ओलीको कठपुतली बनेर राष्ट्रपति भण्डारीले संविधानमाथिको […]

ओलीको बहिर्गमन, संसद पुनर्स्थापनासँगै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । जेठ ७ गते मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत रहेको भन्दै सर्वोच्चले संसद पुनर्स्थापना हुने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई […]

सर्वोच्चको फैसलाले दिएका पाँच सन्देश

२८ असार, काठमाडौं । केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन पनि बदर गरिदिएको सर्वोच्च अदालतले यसपटक भने प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्तिको परमादेश नै दियो । सोमबार दिउँसो सर्वोच्चले सुनाएको फैसलामा सरकार गठनसम्बन्धी संविधानको व्यवस्था, संसदको अधिकार, राष्ट्रपतिको सीमालगायत धेरै विषयमा व्याख्या गरिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा सरकारले आफ्नो इच्छा अनुसार चलाउन सक्ने […]

राष्ट्रपतिको निर्णयमा न्यायिक परीक्षण नभए निरंकुशता जन्मिन्छ

२८ असार, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश लिने फैसला गरेको सर्वोच्च अदालतले संविधानले राष्ट्रपतिलाई कति अधिकार दिएको छ ? राष्ट्रपतिले गरेको कामकारबाहीमा अदालतमा प्रश्न उठाउन पाइने छ कि पाइन्न ? भन्ने पनि प्रष्ट व्याख्या गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. […]

‘निरंकुशता नरोक्ने हो भने संविधान परास्त हुन्छ’

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेज गरेर राजनीतिलाई फेरि लोकतान्त्रिक लयमा फर्काइदिएको छ । विधि छाडेर सत्ता जब अहं र जबर्जस्तीको बाटो समाउँछ त्यसलाई संविधान बमोजिमको बाटो देखाइदिने काम न्यायालयको हो । राजनीतिलाई योभन्दा अगाडि हिंडाउने काम फेरि पनि राजनीतिक दलहरूले नै गर्नुपर्छ । सोमबारको सर्वोच्च अदालतको बहुचर्चित फैसलाको सार यत्ति हो । प्रतिनिधिसभामा […]

माधव समूहले उठाएको जोखिम र एमालेले चुकाएको मूल्य

२८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्दै गर्दा उनकै नेकपा एमालेकै २३ सांसदको बलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारोहण गर्नेछन् । प्रतिनिधिसभा पुनर्स्थापना गरेको सर्वोच्चले १४६ सांसदसहित संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी गरेका देउवालाई मंगलबार साँझसम्म नियुक्त गर्न परमादेश दिएको छ । सर्वोच्चले ७६(५) मा प्रधानमन्त्रीलाई समर्थन गरेकै आधारमा सांसदलाई […]

नदीमा डुबेर बालिकाको मृत्यु

२८ असार, वीरगञ्‍ज। बारामा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका-८ जमुनिया बस्ने अब्दुल कलामकी ९ वर्षीया छोरी रोशन ताराको नदीमा डुबेर मृत्यु भएको हो । उनी जमुनी नदीको किनारमा बाख्रा चराउन गएकी थिइन् । नदीमा हात खुट्टा धुने क्रममा लड्दा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव […]

फैसलाको विरोध र ओलीको समर्थनमा तातेको सडक

२८ असार, काठमाडौं । भारतीय युवा गजलकार शकील आज्मीको एउटा चर्चित शेरले भन्छ– ‘तमाशा गर्दागर्दा म आफैं तमाशा बन्न पुगेँ ।’ केपी ओलीको समर्थनमा पाँच वर्षदेखि सडक तताउने युवाहरू सोमबार आफैं तमाशा बन्न पुगेको देखिन्थ्यो । सर्वोच्च अदालतको फैसलालाई मात्र होइन न्यायाधीशहरूलाई ‘विदेशी दलाल’ करार गर्दै उनीहरूले प्रधानन्यायाधीशको पुत्ला जलाए । आइतबार साँझ नै शान्तिनगरमा […]

ओली समर्थकले प्रधानन्यायाधीशको पुत्ला जलाए

२८ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान […]

‘सर्वोच्चको सन्देश- म संविधानको संरक्षण गर्न छडी लिएर बसेको छु’

आजको फैसला पूरै पढें । आजको फैसलापछि हाम्रो सर्वोच्च अदालत सार्कका विकसित मानिएका अदालतहरुको समकक्षमा उभिएको छ । यहाँ जस्तै भारतमा इन्दिरा गान्धी जाज्वल्यमान थिइन्, उनले हार्छिन् भनेर कसैले पनि कल्पना गरेको थिएन । तर, उच्च अदालतले उनलाई हराइदियो । त्यसैगरी श्रीलंकामा पनि हाम्रो जस्तै घटना भएको थियो । सन् २०१८ मा त्यहाँ रनिल बिक्रमासिंघे […]

दुई तिहाइ बहुमतमा उदाएका ओलीको बिर्सनलायक ४० महिना

२८ असार, काठमाडौं । दुई तिहाइ बहुमत नजिक रहेको नेकपाको अध्यक्ष रहेर सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले २०७४ फागुन ३ गतेदेखि यता ४० महीनाभन्दा बढी समय सरकारमा बिताए । दुई तिहाइ बहुमतको सरकारमा शक्तिशाली ‘इन्ट्री’ गरेका ओलीको अन्ततः विश्वासको मत पाउन नसक्ने अवस्थाबाट दयनीय ‘एक्जिट’ हुँदैछ । इतिहासकै दुर्लभ अवसर र शक्तिसहित ओली सरकारमा […]

धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुस

२८ असार, धनगढी । धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरिएको छ । नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु कैलालीले प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरेको हो । सो क्रममा उनीहरुले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध नाराबाजी गर्दै पुतला समेत दहन गरेका छन् । धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि उनीहरुले […]

नेपालमा कोरोना संक्रमितको संख्या सात लाख नाघ्यो

२८ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या सात लाख नाघेको छ । पछिल्लो २४ घण्टामा (आरटी-पीसीआर र एन्टिजेन) ११,५८४ परीक्षण गर्दा २,३७० संक्रमित थपिएसँगै संक्रमितको संख्या सात लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १ हजार ४५८ जना पुगेको छ । पीसीआर विधिबाट ३४ लाख २३ […]



from समाचार – Online Khabar https://ift.tt/3AQiF8d
via IFTTT
Powered by Blogger.