समाचार
९ मंसिर, काठमाडौं । नेपालको अतिक्रिमित भूमि लिम्पियाधुरालगायत क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेका अभियन्ताहरूले नवलपरासीको सुस्ताको अर्को अतिक्रमित भूभागसमेत समेटेर नक्सा निकाल्ने तयारी गरेका छन् । सीमा बचाऔं अभियानले नापी विभागलाई स्रोत मानेर सुस्तालगायतका अतिक्रमित क्षेत्रको नक्सा सार्वजनिकको तयारी गरेको हो । ‘हामीले यसअघि जारी गरेको नक्सामा सुस्ता समेट्न जनस्तरबाट व्यापक सुझाव आएकाले अर्को नक्सा […]
९ पुस, डोटी । डोटीको सायल गाउँपालिकाका लेखापाल प्रयागराज उपाध्याय नबिल बैंकको चेक बोकेर सदरमुकाम आए । उनी खल्तीमा चेक बोकेर जिल्ला सदरमुकाम रहरले आएका भने होइनन् । गाउँपालिकामा नबिल बैंकले सेवा प्रदान गरिरहेको छ, तर गाउँपालिकाले तिर्नु पर्ने बिभिन्न शीर्षकको राजश्व भने जम्मा गर्दैन । त्यसैले हरेक महिना सदरमुकाममै धाउनुपर्ने बाध्यता छ उनलाई । […]
९ पुस, काठमाडौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको मौसमविद् सजिना शाक्यले अनलाइनखबरलाई जानकारी दिइन् । सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ […]
९ पुस, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत र कास्य पदक जित्ने खेलाडीलाई पनि पुरस्कारको घोषणा गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं सागमा व्यक्तिगतर्फ तीनवटै पदक जित्ने खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको थियो । यस्तै टिम इभेन्टमा पनि स्वर्ण जित्ने खेलाडीलाई […]
९ पुस, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले करकाप र प्रलोभनमा पारेर धर्म परिवर्तन नगराउन सबैमा आग्रह गरेका छन् । पछिल्लो समयदेखि क्रिश्चियन धर्मालम्बीमाथि आफ्नो धर्ममा तान्न नागरिकहरूलाई प्रलोभन देखाउने गरेको आरोप लाग्दै आइरहेकाे छ । यसैतर्फ संकेत गर्दै उपराष्ट्रपति पुनले त्यसो नगर्न आग्रह गरेका छन् । संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको […]
९ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् । क्रिश्चियनहरूको पर्व क्रिसमसका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण […]
९ पुस, काठमाडौं । भूकम्पले भत्काएका गुम्बाहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय तहको साझेदारीमा पुनर्निर्माण हुने भएका छन् । भूकम्पमा क्षति पुगेका १२ सय २७ गुम्बाको पुनर्निर्माण तथा मर्मतका लागि ६ अर्ब लाग्ने अनुमान छ । क्षति पुगेकामध्ये ८ सय ९५ वटा गुम्बाहरुको जगैदेखि पुनर्निर्माण गर्नुपर्ने देखिएको प्राधिकरण स्रोतले बतायो । यी गुम्बामध्ये २ सय […]
९ पुस, काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको […]
९ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले विविध विषय उठाएका भए पनि सरकारबाट समाजवादी पार्टीले रोजेको वहिर्गमन पहिलो प्राथमिकतामा परेको छ । अखबारहरूले औपचारिक समाचारसँगै समाजवादीको हठात् वहिर्गमन, यसले भावी दिनमा राजनीतिमा पार्ने प्रभावबारे पनि विश्लेषण गरेका छन् । स्थानीय तहको लेखा प्रणालीमा आएको खराबी, चामल लिन हुम्लाका जनताले भोगेको सास्ती, […]
८ पुस, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका दुई जना सदस्यले चर्चामा आएजस्तो राजपा सरकारमा जाने सम्भावना नभएको बताएका छन् । अध्यक्ष मण्डलका सदस्यद्वय शरदसिंह भण्डारी र राजकिशोर यादव राजपा सरकारमा नजाने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनीहरुले सरकारलाई दिएको समर्थन लिइसकेकाले स्थितिमा कुनै परिवर्तन नहुँदै फेरि समर्थन गर्ने सम्भावना नरहेको बताएका […]
८ पुस, काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेको छ । उसका दुई मध्य उपेन्द्र यादव र मो. इस्तियाक राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । उपप्रधान तथा कानूनमन्त्री यादवले सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री ओलीले रोकेका थिए । त्यसको भोलिपल्ट मंगलबार समाजवादी पार्टीका दुई अध्यक्ष डा. बाबुराम […]
८ पुस, काठमाडौं । प्रतिनिधिसभामा १७ सीटको प्रतिनिधित्व गरिरहेको समाजवादी पार्टी मंगलबारदेखि सरकारबाट बाहिरिएको छ । उसले सरकार छाडे पनि ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ या कायमै राख्छ भन्ने टुंगो लाग्न अब एक दिन बाँकी छ । यसबारे बुधबार निर्णय लिइने समाजवादी पार्टीले जनाएको छ । उपप्रधानमन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री इस्तियाक […]
८ पुस, काठमाडौं । कलंकीस्थित एलआरआई स्कुलको १० कक्षामा अध्ययनरत अर्पण केसी हरेक दिन झिसमिसेमा घरबाट निस्कन्छन् । विहान १० बजेबाट स्कुल लाग्ने भएपनि एसईई परीक्षाको तयारीका लागि विहानैबाट कोचिङ क्लास राखिएको छ । त्यसैले उनी पनि विहान ६ बजे नै स्कुल पुग्नुपर्छ । चन्द्रागिरि नगरपालिका-७ चेकपोस्टबाट विद्यालय झण्डै २ किलोमिटर टाढा छ । विहानै […]
८ पुस, पोखरा । सरिता पौडेल सुवेदीलाई हरेक दिन बिहान छोरीलाई समयमै स्कुल बस चढाउन हतार हुन्छ । मंगलबार पनि बिहान १० बज्नै लागेको थियो, सरितालाई छोरीलाई बस चढाउने हतारै भयो । पोखरा–१७ बिरौटा रामबजार नजिकै बस रोकिरहेको थियो । २ वर्षकी काखकी छोरीलाई कोठामै राखेर सरिता कक्षा १ मा पढ्ने छोरीलाई हतार हतार बससम्म […]
८ पुस, वीरगञ्ज । विवाह गर्छु भन्दै फकाएर १४ बर्षकी किशोरी बलात्कार गरेको आरोपमा बाराको कलैयाबाट प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । किशोरको उमेर पनि १८ वर्षभन्दा कम भएको कारण प्रहरीले उसको नाम गोप्य राखेको छ । बारा कलैया उपमहानगरपालिका– ७ रंगपुर बस्ने १४ बर्षकी किशोरीलाई गत मंसिर २६ गते बलात्कार गरेको आरोप ती […]
८ पुस, हेटौंडा । प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा सहमति भइसकेको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको नेतृत्वको टोलीलाई स्वागत गर्दै उनले प्रदेशको नामाकरण र राजधानीको विषयमा सहमति भइसकेको बताएका हुन् । प्रदेश ३ को राजधानी र नामाकरणको बिषयमा गण्डकी प्रदेशले राखेको जिज्ञासाको […]
८ पुस, विराटनगर । २० वर्षका जीवन भुजेलको गत भदौमा आमाको मृत्यु भएको एक वर्ष पुग्यो । एक महिनाअघि दाजुको मृत्यु भयो । तर बिडम्बना न उनी आमाको बर्खान्तमा पुग्न पाए न दाजुको दाहसंस्कारमा । ६ महिनाअघि भएको अकल्पनीय घटनाले उनलाई विराट नर्सिङहोम (विराटनगर अस्पताल) मा बन्धक बनेर बस्न बाध्य बनाएको छ । संखुवासभाको खादबारी […]
८ पुस, काठमाडौं । गृह मन्त्रालयले महिनावारी भएको बेला महिलाहरुलाई छाउगोठमा राख्नेहरुको सामाजिक सुरक्षा भत्ता रोक्का गर्न परिपत्र गरेको छ । मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुलाई तीनबुँदे परिपत्र गरेको हो । जसमा महिलाहरुलाई छाउगोठमा राख्नेहरुको बृद्धसहित सबै सामाजिक सुरक्षा भत्ता र सहुलियत कर्जा रोक्न भनिएको छ । गृहको परिपत्रमा छाउगोठहरुमा बस्ने महिलाहरुलाई […]
८ पुस, काठमडौं । खाने तेलमा हानिकारक रङ्ग मिसाइएको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सबै तेलको नमूना परीक्षणमा कडाइ गरेको छ । मानव स्वस्थ्यमा प्रतिकुल असर पार्ने रङ्ग खाने तेलमा प्रयोग गरिएको पाइएपछि नयाँ तेल कम्पनीको दर्ता र नविकरण तथा पूर्व नमूना परीक्षणमा कडाइ गरिएको हो । तेलको गुणस्तर परीक्षण पास भएपछि […]
८ पुस, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा पठाइदिने भन्दै रकम असूली गरेको आरोप लागेपछि नेपाली सेनाका सेनानी (मेजर) सुवास थापामाथि अनुसन्धान सुरु भएको छ । नेपाली सेनाको तालिम निर्देशनालय, भद्रकालीमा कार्यरत थापालाई हिरासतमा लिएर सैनिक प्रहरी गणले अनुसन्धान थालेको हो । जंगीअड्डा स्रोतका अनुसार थापाविरुद्ध १२ जनाले सैनिक मुख्यालयमा उजुरी दिएपछि छानबिन थालिएको […]
८ मंसिर, काठमाडौं । तमु समुदायले आफ्नो महान पर्व तमु ल्होसार धुमधामले मनाउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पुस १५ गते काठमाडौंको टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । ‘राष्ट्रिय पर्व तमु ल्होसार च्यु ल्हो (मुसा वर्ग) २०७६ को आव्हान, अस्तित्व र मौलिक पहिचानका लागि तमुवानको अभियान’ भन्ने मूलनारासहित […]
from समाचार – Online Khabar https://ift.tt/2Sq9OGk
via IFTTT






















