Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

खाद्यले किन्यो सवा लाख क्विन्टल धान

९ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारसम्म एक लाख १८ हजार क्विन्टलभन्दा धेरै धान किसानसँग खरिद गरेको छ । कात्तिक २८ गतेबाट थालिएको धान खरिद कार्य जारी रहेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । सरकारले धानको सर्मथन मूल्य तोकेपछि कम्पनीले उपत्यका बाहिरका ८ कार्यालयबाट धान खरिद गर्न थालेको थियो […]

विदेशी विमान कम्पनीलाई भ्रमण वर्षको जिम्मा, सरकारी ध्वजावाहकलाई उपेक्षा

९ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष सचिवालयले निजी लगानीको विदेशी वायुसेवा कम्पनी टर्कीस एयरलाइन्सलाई भ्रमण वर्षको आधिकारिक एयरलाइन्स तोकेको छ । यो कम्पनीसँग सचिवालयले ४ पुसमा सम्झौता गरेको हो । विदेशी निजी कम्पनीलाई यस्तो जिम्मा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम असन्तुष्ट देखिएको छ । निगमले आधिकारिक एयरलाइन्स बन्न सरकारसँग ईच्छा व्यक्त गरेको थियो […]

उपेन्द्रको प्रस्ताव रोकेको भन्दै मसालले दियो प्रधानमन्त्रीलाई धन्यवाद

९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले समाजवादी पार्टी (सपा) का अध्यक्ष उपेन्द्र यादवकाे संविधान संशोधनसम्बन्धी प्रस्ताव रोकेर प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त निर्णय लिएको भन्दै त्यसकाे सराहना गरेकाे छ । यादवले यसअघिको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव राख्न खोजेपछि प्रधानमन्त्री ओलीले रोकेका थिए । प्रधानमन्त्रीले प्रस्ताव रोकेपछि यादवसहित समाजवादी पार्टीका मन्त्रीले राजीनामा […]

ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजदेखि तेस्रो चरणको खेल हुँदैछन् ।आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार आज दुई खेल हुँदैछन् । अहिले मध्याह्न १२ बजे हुने पहिलो खेलमा मछिन्द्र र फ्रेण्ड्स क्लब भिड्ने छन् भने ३ बजे च्यासल र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । आज कुनै एक खेलाडीले गोल गरेमा त्यो […]

डेढ वर्षदेखि संसदीय समितिमा थन्कियो बीमा विधेयक

९ पुस, काठमाडौं । बीमा समितिको अध्यक्षको कार्यभार सम्हालेको पहिलो दिन नै चिरञ्जीवी चापागाईंले बीमा ऐन समयसापेक्ष बनाउन आफू लागीपर्ने बताएका थिए । उनी अध्यक्ष नियुक्त भएपछि बीमासम्बन्धी नयाँ ऐन संसदमा पुग्यो पनि, तर त्यही विधेयकले उनको जागिर धरापमा पारिदियो । विधयेक संसदमा पुगेसँगै अध्यक्ष चापागाईं आफैंले खनेको खाल्डोमा आफैं पर्ने स्थितिमा पुगेका थिए । […]

अभियन्ताहरूले सुस्ताको अतिक्रमित भूभाग समेटेर अर्को नक्सा जारी गर्ने

९ मंसिर, काठमाडौं । नेपालको अतिक्रिमित भूमि लिम्पियाधुरालगायत क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेका अभियन्ताहरूले नवलपरासीको सुस्ताको अर्को अतिक्रमित भूभागसमेत समेटेर नक्सा निकाल्ने तयारी गरेका छन् । सीमा बचाऔं अभियानले नापी विभागलाई स्रोत मानेर सुस्तालगायतका अतिक्रमित क्षेत्रको नक्सा सार्वजनिकको तयारी गरेको हो । ‘हामीले यसअघि जारी गरेको नक्सामा सुस्ता समेट्न जनस्तरबाट व्यापक सुझाव आएकाले अर्को नक्सा […]

डोटीका निजी बैंकले बुझ्दैनन् कर, सदरमुकाम धाउनैपर्ने बाध्यता

९ पुस, डोटी । डोटीको सायल गाउँपालिकाका लेखापाल प्रयागराज उपाध्याय नबिल बैंकको चेक बोकेर सदरमुकाम आए । उनी खल्तीमा चेक बोकेर जिल्ला सदरमुकाम रहरले आएका भने होइनन् । गाउँपालिकामा नबिल बैंकले सेवा प्रदान गरिरहेको छ, तर गाउँपालिकाले तिर्नु पर्ने बिभिन्न शीर्षकको राजश्व भने जम्मा गर्दैन । त्यसैले हरेक महिना सदरमुकाममै धाउनुपर्ने बाध्यता छ उनलाई । […]

काठमाडौंमा जुम्लापछिकै बढी चिसो, न्यूनतम तापक्रम २.९

९ पुस, काठमाडौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको मौसमविद् सजिना शाक्यले अनलाइनखबरलाई जानकारी दिइन् । सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ […]

भूकम्पले क्षति पुगेका गुम्बा बनाउन ६ अर्ब लाग्ने, पाँच श्रेणीमा राखेर काम

९ पुस, काठमाडौं । भूकम्पले भत्काएका गुम्बाहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय तहको साझेदारीमा पुनर्निर्माण हुने भएका छन् । भूकम्पमा क्षति पुगेका १२ सय २७ गुम्बाको पुनर्निर्माण तथा मर्मतका लागि ६ अर्ब लाग्ने अनुमान छ । क्षति पुगेकामध्ये ८ सय ९५ वटा गुम्बाहरुको जगैदेखि पुनर्निर्माण गर्नुपर्ने देखिएको प्राधिकरण स्रोतले बतायो । यी गुम्बामध्ये २ सय […]

सागमा रजत र कास्य जित्ने खेलाडीलाई पनि पुरस्कार घोषणा गर्न माग

९ पुस, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत र कास्य पदक जित्ने खेलाडीलाई पनि पुरस्कारको घोषणा गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं सागमा व्यक्तिगतर्फ तीनवटै पदक जित्ने खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको थियो । यस्तै टिम इभेन्टमा पनि स्वर्ण जित्ने खेलाडीलाई […]

क्रिसमस लगायतका पर्व हाम्रा बहुमूल्य सम्पदा हुन्, यिनको संरक्षण गर्नुपर्छ : राष्ट्रपति

९ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् । क्रिश्चियनहरूको पर्व क्रिसमसका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण […]

धर्म–संस्कृति मानौं, तर प्रलोभनमा पारेर परिवर्तन नगराऔं : उपराष्ट्रपति

९ पुस, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले करकाप र प्रलोभनमा पारेर धर्म परिवर्तन नगराउन सबैमा आग्रह गरेका छन् । पछिल्लो समयदेखि क्रिश्चियन धर्मालम्बीमाथि आफ्नो धर्ममा तान्न नागरिकहरूलाई प्रलोभन देखाउने गरेको आरोप लाग्दै आइरहेकाे छ । यसैतर्फ संकेत गर्दै उपराष्ट्रपति पुनले त्यसो नगर्न आग्रह गरेका छन् । संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको […]

आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई बिदा

९ पुस, काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको […]

‘राजपा सरकारमा जाँदैन र प्रदेश २ मा सरकार फेरिँदैन’

८ पुस, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका दुई जना सदस्यले चर्चामा आएजस्तो राजपा सरकारमा जाने सम्भावना नभएको बताएका छन् । अध्यक्ष मण्डलका सदस्यद्वय शरदसिंह भण्डारी र राजकिशोर यादव राजपा सरकारमा नजाने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनीहरुले सरकारलाई दिएको समर्थन लिइसकेकाले स्थितिमा कुनै परिवर्तन नहुँदै फेरि समर्थन गर्ने सम्भावना नरहेको बताएका […]

समाजवादी पार्टीले सरकार छाड्यो, उपेन्द्र यादवले बुझाए राजीनामा

८ पुस, काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेको छ । उसका दुई मध्य उपेन्द्र यादव र मो. इस्तियाक राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । उपप्रधान तथा कानूनमन्त्री यादवले सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री ओलीले रोकेका थिए । त्यसको भोलिपल्ट मंगलबार समाजवादी पार्टीका दुई अध्यक्ष डा. बाबुराम […]

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने ३ प्रावधान

८ पुस, काठमाडौं । प्रतिनिधिसभामा १७ सीटको प्रतिनिधित्व गरिरहेको समाजवादी पार्टी मंगलबारदेखि सरकारबाट बाहिरिएको छ । उसले सरकार छाडे पनि ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ या कायमै राख्छ भन्ने टुंगो लाग्न अब एक दिन बाँकी छ । यसबारे बुधबार निर्णय लिइने समाजवादी पार्टीले जनाएको छ । उपप्रधानमन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री इस्तियाक […]

अर्जुनले छोरालाई स्कुलसम्म पुर्‍याउन पाएनन्

८ पुस, काठमाडौं । कलंकीस्थित एलआरआई स्कुलको १० कक्षामा अध्ययनरत अर्पण केसी हरेक दिन झिसमिसेमा घरबाट निस्कन्छन् । विहान १० बजेबाट स्कुल लाग्ने भएपनि एसईई परीक्षाको तयारीका लागि विहानैबाट कोचिङ क्लास राखिएको छ । त्यसैले उनी पनि विहान ६ बजे नै स्कुल पुग्नुपर्छ । चन्द्रागिरि नगरपालिका-७ चेकपोस्टबाट  विद्यालय झण्डै २ किलोमिटर टाढा छ । विहानै […]

जुन स्कुल बसमा छोरीलाई चढाइन्, त्यसैले सरिताको ज्यान लियो

८ पुस, पोखरा । सरिता पौडेल सुवेदीलाई हरेक दिन बिहान छोरीलाई समयमै स्कुल बस चढाउन हतार हुन्छ । मंगलबार पनि बिहान १० बज्नै लागेको थियो, सरितालाई छोरीलाई बस चढाउने हतारै भयो । पोखरा–१७ बिरौटा रामबजार नजिकै बस रोकिरहेको थियो । २ वर्षकी काखकी छोरीलाई कोठामै राखेर सरिता कक्षा १ मा पढ्ने छोरीलाई हतार हतार बससम्म […]

बिहे गर्ने प्रलोभन देखाएर किशोरीमाथि बलात्कार

८ पुस, वीरगञ्ज । विवाह गर्छु भन्दै फकाएर १४ बर्षकी किशोरी बलात्कार गरेको आरोपमा बाराको कलैयाबाट प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । किशोरको उमेर पनि १८ वर्षभन्दा कम भएको कारण प्रहरीले उसको नाम गोप्य राखेको छ । बारा कलैया उपमहानगरपालिका– ७ रंगपुर बस्ने १४ बर्षकी किशोरीलाई गत मंसिर २६ गते बलात्कार गरेको आरोप ती […]

प्रदेशको नाम र राजधानीमा सहमति भइसकेको छ : मुख्यमन्त्री पौडेल

८ पुस, हेटौंडा । प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा सहमति भइसकेको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको नेतृत्वको टोलीलाई स्वागत गर्दै उनले प्रदेशको नामाकरण र राजधानीको विषयमा सहमति भइसकेको बताएका हुन् । प्रदेश ३ को राजधानी र नामाकरणको बिषयमा गण्डकी प्रदेशले राखेको जिज्ञासाको […]

२० वर्षे युवक ६ महिनादेखि अस्पतालमा बन्धक !

८ पुस, विराटनगर । २० वर्षका जीवन भुजेलको गत भदौमा आमाको मृत्यु भएको एक वर्ष पुग्यो । एक महिनाअघि दाजुको मृत्यु भयो । तर बिडम्बना न उनी आमाको बर्खान्तमा पुग्न पाए न दाजुको दाहसंस्कारमा । ६ महिनाअघि भएको अकल्पनीय घटनाले उनलाई विराट नर्सिङहोम (विराटनगर अस्पताल) मा बन्धक बनेर बस्न बाध्य बनाएको छ । संखुवासभाको खादबारी […]



from समाचार – Online Khabar https://ift.tt/3785LCS
via IFTTT
Powered by Blogger.