Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

युवकको मृत्युपछि केआई सिंह र भीमदत्त राजमार्ग अवरुद्ध

९ पुस, डोटी । बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको बिषयलाई लिएर के आई सिंह राजमार्ग र भीमदत्त राजमार्ग अवरुद्ध पारिएको छ । मंगलबार महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना ७ ख ६५२२ नम्बरको बसले डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारदेखि सकायलतर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अमरगढी नगरपालिका–११ सल्लाघारीका […]

बिमा समितिका अध्यक्ष भन्छन् : बिमा पुलले विकृति हटायो

९ पुस, काठमाडौं । विभिन्न देशमा रोजगारीका लागि जानेहरुलाई सरकारले वैदेशिक रोजगार (म्यादी) बिमा अनिवार्य गरेको छ । यसले गर्दा बिमा कम्पनीहरुका लागि यो बिमा आम्दानीको राम्रो श्रोत भनेको छ भने विदेश जानेका परिवारले पनि सुरक्षित महसुस गर्न थालेका छन् । तर, यस्तो कार्यक्रमले विदेश जाने युवाहरुलाई झण्झट र आर्थिक दायित्व थपेको भनेर आलोचना पनि नभएको […]

उपसचिव र सहसचिवको आन्तरिक प्रतियोगिता हटाइँदै

९ पुस, काठमाडौं । निजामती सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारी (सहसचिव र उपसचिव) को पदपूर्तिमा विद्यमान आन्तरिक प्रतियोगिता नहुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक उच्च तहका कर्मचारी परीक्षाको तयारीका लागि पढ्नमा व्यस्त हुँदा प्रशासनिक कार्य नै अवरुद्ध हुन गएको टिप्पणीका साथ ती पदमा आन्तरिक प्रतियोगिता हटाउने सहमतिको […]

जेठाजुद्वारा खुकुरी प्रहार गरी बुहारीको हत्या

९ पुस,  जनकपुरधाम । धनुषामा घरायसी विवादका कारण एक महिलाको हत्या भएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ बडहरीमा आफ्नै जेठाजु्ले बुहारीको हत्या गरेका हुन् । बुधबार दिउँसो श्रीप्रसाद पञ्जियारले आफ्नै भाइकी श्रीमती रानीदेवी पञ्जियारको हत्या गरेका हुन् । ३८ वर्षीया रानीलाई श्रीप्रसादले खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको […]

मुलुक विधिले चलेको छैन : मन्त्री ढकाल

९ पुस, विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मुलुक विधि र प्रक्रियाबाट नचलेको भन्दै सुधार गरेर अगाडि बढ्नु पर्ने बताएका छन् । विगतका दिनमा स्वास्थ्य मन्त्रालय समेत थितिभन्दा बाहिर गएर चलेको भन्दै मन्त्री ढकालले अहिले लक्ष्य भेट्टाउनै नसकिएको बताए । प्रदेश १ मा स्वास्थ्य जीवन प्रवर्द्धन अभियानको शुभारम्भ गर्दै उनले स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकोे […]

एमसीसी कार्यान्वयन नगरे नेपालको विश्वसनीयता गुम्छ : परराष्ट्रमन्त्री ज्ञवाली

९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन नगरे नेपालको विश्वसनीयता गुम्ने बताएका छन् । बुधबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ अनुदान दिनुले नेपालमा राजनीतिक स्थिरता र लगानीको वातावरण छ भन्ने सन्देश जाने अन्तर्राष्ट्रिय स्तरमा पुगेको उल्लेख गरे । ‘यो […]

त्रिशूलीमा डुबेर बालकको मृत्यु   

९ पुस, विदुर । नुवाकोट, विदुर नगरपालिका–७ का एक बालकको बुधबार बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो । शङ्कर र उनका दुई साथी प्रातः भ्रमणमा निस्किएका थिए । काफ्लेका अनुसार घटना विदुर –१० […]

चिसो बढेपछि तिलोत्तमाका विद्यालय बन्द

९ पुस, बुटवल । अत्यधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार र शुक्रवार (दुई दिन) विद्यालय बन्द गर्ने भएको हो । तिलोत्तमा नगरपालिकाको पुस ९ गते बसेको वैठकले नगरपालिकाभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय […]

साढे ८ हजार घुससहित पशुसेवा विभागका अधिकृत पक्राउ

९ पुस, काठाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ हजार ५ सय रुपैयाँ घुससहित पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीलाई पक्राउ गरेको छ । कार्यालयको सूचनालाई पत्रिकामा विज्ञापन प्रकाशित गरेबापतको भुक्तानी दिने रकमबाट सेवाग्राहीसँग उक्त रकम घुस लिएको अवस्थामा कार्कीलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवाग्राहीसँग घुस मागेको सूचनाको […]

प्रदेश १ ले १० लाख पर्यटक भित्र्याउने

९ पुस, विराटनगर । प्रदेश १ सरकारले पर्यटन वर्ष २०२० मा १० लाख पर्यटक भित्र्याउने दाबी गरेको छ । यही पुस १६ गते १० लाख पर्यटक भित्र्याउने योजनासहित भ्रमण वर्षको भव्य कार्यक्रमकाबीच शुभारम्भ गरिने प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले जनाएको छ । समितिअन्तर्गत गठित मुल समारोह व्यवस्थापन उपसमितिले बुधबार पत्रकार सम्मेलन गरी १० हजार जनाको उपस्थितिमा कार्यक्रम […]

महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु   

९ पुस, काठमाडौं । महोत्तरीको बर्दिबासमा ट्रकले मोटरसाइकललाई ठक्करदिँदा बुधबार मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिबास नगरपालिका-३ पाटुस्थित सडकमा ना.६ ख २६४५ नम्बरको ट्रकले ग.६ प १७८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुली तीनपाटन गाउँपालिका-१० बस्ने २१ वर्षीय टेक बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार सिन्धुली तिनपाटन गाउँपालिका-१० बस्ने २३ […]

प्राधिकरण टुक्र्याउन नदिने भन्दै कर्मचारी आन्दोलनमा

९ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक मन्त्रिपरिषदमा दर्ता भएसँगै कर्मचारीले विरोधमा उत्रेका छन् । प्राधिकरण नटुक्राउन माग गर्दै उनीहरुले आन्दोलन कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । प्राधिकरणको आधिकारिक ट्रेड युनियनले बुधबार पत्रकार सम्मेलन गरी भ्रमण वर्षकै मुखमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित कार्यक्रममा कालोपट्टी बाँध्नेदेखि नेपालका सम्पूर्ण विमानस्थलको सेवा ठप्प पार्नेसम्म […]

गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद

९ पुस, काठमाडौं । गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद भएको छ । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् । जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । ‘उहाँहरुले सम्बन्ध […]

सरकार छाडेपछि उपेन्द्रले भने : हेरौं राजपाले के गर्छ अब ?

९ पुस, काठमाडौं । सरकारबाट बाहिरएपछि समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चाहेमा पार्टी एकता हुने बताएको छ । पछिल्लो समय राजपाले एकीकरणका लागि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने शर्त राखेको थियो । आफूहरु सरकारबाट बाहिरिएपछि राजपाको त्यो शर्त पूरा भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए । ‘राजपासँग पार्टी एकताका लागि धेरै कुरा मिलिसकेको […]

७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

९ पुस, काठाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार घुससहित सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ । उद्योग दर्ताका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ७० हजार घुस लिइसकेको अवस्थामा कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवाग्राहीसँग घुस […]

भ्रमण वर्षमा सरकारले नयाँ केही दिनुपर्‍यो : विद्यासुन्दर

९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी सरकारले कुनै नयाँ घोषणा नगरेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाले भने भ्रमण वर्षमा सफा र सुन्दर शहर बनाएर पर्यटकलाई आकर्षित गर्नेै योजना उनले सुनाए । ‘२०२० मै किन नेपाल जाने त भन्नेबारे त केही न केही नयाँ घोषणा हुनुपर्ने […]

यूरो ६ मापदण्डको पेट्रोल प्रयोगमा ल्याउन अध्ययन सुरु

९ पुस, काठमाडौं । नेपाल आयल निगमले उच्च गुणस्तरको यूरो–६ पेट्रोल प्रयोगमा ल्याउन डिपोहरुमा अध्ययन सुरु गरेको छ । पहिलो चरणमा निगमको थानकोट र त्रिभुवन विमानस्थल डिपोको स्तरोन्नतीको लागि काम सुरु गरिएको निगमले जनाएको छ । निगमसँगको सहकार्यमा भारतीय आयल निगमको विज्ञ टोलीले दुई डिपोको स्तरोन्नतीका लागि अध्ययन थालेको निगमका निर्देशक एवं इन्जिनियरिङ विभाग प्रमुख […]

साइकल लेन विदेशीले खुब मन पराउँदा रहेछन् : चिरिबाबु

९ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगरपालिकाले सुरु गरेको साइकल लेनलाई अन्य नगरपालिकासँग जोडेर तन्काउन प्रस्ताव गरेका छन् । भ्रमण वर्ष अवधिमा काठमाडौं उपत्यकामा विदेशीका लागि साइकल यात्रा मुख्य आकर्षण बन्न सक्ने भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘साइकल लेनलाई विदेशीले खुब मन पराउने रैछन,’ बुधबार संस्कृति, पर्यटन तथा नागरिक […]

बिहीबार बुटवलका विद्यालयमा बिदा

९ पुस, बुटवल । बुटवल उपमहानगरपालिकाले बिहीबार नगरभित्रका विद्यालयमा विदा दिएको छ । बिहीबार विहान ८ देखि ११ः ४५ बजेसम्म सूर्यग्रहण लाग्ने भएकाले बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ । वैज्ञानिक मान्यताअनुसार उक्त समयमा सूर्यबाट अल्ट्राभायोलेट किरण आउने भई आँखालाई हानी पुर्‍याउने हुँदा विद्यालयमा विदा दिएको उपमहानगरपालिकाका अधिकृत टीकाराम पन्थीले जानकारी दिए । बिहीबारको विदा स्थानीय […]

ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

९ पुस, काठमाडौं । ललितपुरबाट भरुवा बन्दुकसहित बुधबार एक जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१० का पूर्णबहादुर तामाङ भरुवा बन्दुकसहति पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तामाङलाई लाकुरी भञ्ज्याङबाट लुभु आउने क्रममा नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रनरेटमा बाजी मार्दै विराटनगर पीपीएलको इलिमिनेटरमा

९ पुस, काठमाडौं । बुटबल ब्लास्टरमाथि ठूलो जित हात पार्दै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल)को ‘इलिमिनेटर’ मा प्रवेश गरेको छ । बुटबलले यसअघि नै इलिमिनेटरमा स्थान बनाइसकेकाले उसलाई यो हारले फरक परेन । पोखरामा बुधबार बुटबलले दिएको १३४ रनको लक्ष्य, विराटनगरले आक्रामक ब्याटिङ गर्दै ११.४ ओभरमै लक्ष्य भेट्टायो । यसबाट उसको रनरेटमा सुधार गर्दै […]



from समाचार – Online Khabar https://ift.tt/2Ms5GSx
via IFTTT
Powered by Blogger.