समाचार
९ पुस, विदुर । नुवाकोट, विदुर नगरपालिका–७ का एक बालकको बुधबार बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो । शङ्कर र उनका दुई साथी प्रातः भ्रमणमा निस्किएका थिए । काफ्लेका अनुसार घटना विदुर –१० […]
९ पुस, बुटवल । अत्यधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार र शुक्रवार (दुई दिन) विद्यालय बन्द गर्ने भएको हो । तिलोत्तमा नगरपालिकाको पुस ९ गते बसेको वैठकले नगरपालिकाभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय […]
९ पुस, काठाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ हजार ५ सय रुपैयाँ घुससहित पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीलाई पक्राउ गरेको छ । कार्यालयको सूचनालाई पत्रिकामा विज्ञापन प्रकाशित गरेबापतको भुक्तानी दिने रकमबाट सेवाग्राहीसँग उक्त रकम घुस लिएको अवस्थामा कार्कीलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवाग्राहीसँग घुस मागेको सूचनाको […]
९ पुस, विराटनगर । प्रदेश १ सरकारले पर्यटन वर्ष २०२० मा १० लाख पर्यटक भित्र्याउने दाबी गरेको छ । यही पुस १६ गते १० लाख पर्यटक भित्र्याउने योजनासहित भ्रमण वर्षको भव्य कार्यक्रमकाबीच शुभारम्भ गरिने प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले जनाएको छ । समितिअन्तर्गत गठित मुल समारोह व्यवस्थापन उपसमितिले बुधबार पत्रकार सम्मेलन गरी १० हजार जनाको उपस्थितिमा कार्यक्रम […]
९ पुस, काठमाडौं । महोत्तरीको बर्दिबासमा ट्रकले मोटरसाइकललाई ठक्करदिँदा बुधबार मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिबास नगरपालिका-३ पाटुस्थित सडकमा ना.६ ख २६४५ नम्बरको ट्रकले ग.६ प १७८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुली तीनपाटन गाउँपालिका-१० बस्ने २१ वर्षीय टेक बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार सिन्धुली तिनपाटन गाउँपालिका-१० बस्ने २३ […]
९ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक मन्त्रिपरिषदमा दर्ता भएसँगै कर्मचारीले विरोधमा उत्रेका छन् । प्राधिकरण नटुक्राउन माग गर्दै उनीहरुले आन्दोलन कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । प्राधिकरणको आधिकारिक ट्रेड युनियनले बुधबार पत्रकार सम्मेलन गरी भ्रमण वर्षकै मुखमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित कार्यक्रममा कालोपट्टी बाँध्नेदेखि नेपालका सम्पूर्ण विमानस्थलको सेवा ठप्प पार्नेसम्म […]
९ पुस, काठमाडौं । गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद भएको छ । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् । जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । ‘उहाँहरुले सम्बन्ध […]
९ पुस, काठमाडौं । सरकारबाट बाहिरएपछि समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चाहेमा पार्टी एकता हुने बताएको छ । पछिल्लो समय राजपाले एकीकरणका लागि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने शर्त राखेको थियो । आफूहरु सरकारबाट बाहिरिएपछि राजपाको त्यो शर्त पूरा भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए । ‘राजपासँग पार्टी एकताका लागि धेरै कुरा मिलिसकेको […]
९ पुस, काठाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार घुससहित सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ । उद्योग दर्ताका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ७० हजार घुस लिइसकेको अवस्थामा कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवाग्राहीसँग घुस […]
९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी सरकारले कुनै नयाँ घोषणा नगरेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाले भने भ्रमण वर्षमा सफा र सुन्दर शहर बनाएर पर्यटकलाई आकर्षित गर्नेै योजना उनले सुनाए । ‘२०२० मै किन नेपाल जाने त भन्नेबारे त केही न केही नयाँ घोषणा हुनुपर्ने […]
९ पुस, काठमाडौं । नेपाल आयल निगमले उच्च गुणस्तरको यूरो–६ पेट्रोल प्रयोगमा ल्याउन डिपोहरुमा अध्ययन सुरु गरेको छ । पहिलो चरणमा निगमको थानकोट र त्रिभुवन विमानस्थल डिपोको स्तरोन्नतीको लागि काम सुरु गरिएको निगमले जनाएको छ । निगमसँगको सहकार्यमा भारतीय आयल निगमको विज्ञ टोलीले दुई डिपोको स्तरोन्नतीका लागि अध्ययन थालेको निगमका निर्देशक एवं इन्जिनियरिङ विभाग प्रमुख […]
९ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगरपालिकाले सुरु गरेको साइकल लेनलाई अन्य नगरपालिकासँग जोडेर तन्काउन प्रस्ताव गरेका छन् । भ्रमण वर्ष अवधिमा काठमाडौं उपत्यकामा विदेशीका लागि साइकल यात्रा मुख्य आकर्षण बन्न सक्ने भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘साइकल लेनलाई विदेशीले खुब मन पराउने रैछन,’ बुधबार संस्कृति, पर्यटन तथा नागरिक […]
९ पुस, बुटवल । बुटवल उपमहानगरपालिकाले बिहीबार नगरभित्रका विद्यालयमा विदा दिएको छ । बिहीबार विहान ८ देखि ११ः ४५ बजेसम्म सूर्यग्रहण लाग्ने भएकाले बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ । वैज्ञानिक मान्यताअनुसार उक्त समयमा सूर्यबाट अल्ट्राभायोलेट किरण आउने भई आँखालाई हानी पुर्याउने हुँदा विद्यालयमा विदा दिएको उपमहानगरपालिकाका अधिकृत टीकाराम पन्थीले जानकारी दिए । बिहीबारको विदा स्थानीय […]
९ पुस, काठमाडौं । ललितपुरबाट भरुवा बन्दुकसहित बुधबार एक जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१० का पूर्णबहादुर तामाङ भरुवा बन्दुकसहति पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तामाङलाई लाकुरी भञ्ज्याङबाट लुभु आउने क्रममा नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
९ पुस, काठमाडौं । बुटबल ब्लास्टरमाथि ठूलो जित हात पार्दै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल)को ‘इलिमिनेटर’ मा प्रवेश गरेको छ । बुटबलले यसअघि नै इलिमिनेटरमा स्थान बनाइसकेकाले उसलाई यो हारले फरक परेन । पोखरामा बुधबार बुटबलले दिएको १३४ रनको लक्ष्य, विराटनगरले आक्रामक ब्याटिङ गर्दै ११.४ ओभरमै लक्ष्य भेट्टायो । यसबाट उसको रनरेटमा सुधार गर्दै […]
९ पुस, जाजरकोट । ‘एक घर, एक रोजगार’ कार्यक्रम लागू भएपछि डोल्पाका दुई स्थानीय तहका बासिन्दा खुशी भएका छन् । जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका र जगदुल्ला गाउँपालिकामा ‘एक घर एक व्यवसाय’ कार्यक्रमले स्थानीयवासी खुशी भएका हुन् । पचास प्रतिशत स्थानीय सरकार र ५० प्रतिशत स्थानीयवासीले रकम पठाउने सर्तमा सो कार्यक्रम लागू गरिएको शे-फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत […]
९ पुस, जाजरकोट । गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिने भएको छ । नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा गाडेर सहयोग गर्ने भएको छ । नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाड्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । गर्भवती तथा सुत्केरीलाई […]
९ पुस, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन् । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्न नदिएपछि समाजवादीबाट सरकारमा गएका उपप्रधान तथा कानूनमन्त्री यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको […]
९ पुस, काठमाडौं । १ साउन २०७४, नेपाली स्वास्थ्य क्षेत्रको गर्व गर्नलायक मिति । त्यो दिन नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण सफल भयो । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले कलेजोको सफल प्रत्यारोपण गरेर एउटा इतिहास रच्यो । र, मृत्युको विकल्प नदेखिरहेका हिराबहादुर महर्जनले जीवनको दोस्रो इनिङ सुरु गरे । हिराकी २४ वर्षीया छोरी सरिताले कलेजो दिएर […]
९ पुस, काठमाडौं । चीन र नेपालको संयुक्त अपरेशनमा १२२ चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको नेपाल प्रहरीले स्वीकार गरेको छ । यो अपरेशनलाई ‘चार्ली फोक्स्टर’ नाम दिइएको छ । सोमबार एकैदिन काठमाडौंका बिभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरिएको थियो । चिनियाँ पक्षले मंगलबार नै नेपाल र चीनको संयुक्त अपरेशनमा उनीहरु पक्राउ परेको बताएको थियो […]
९ पुस, काठमाडौं । अमेरिकाले धार्मिक स्वतन्त्रताको मामिलामा पाकिस्तानलाई फेरि कालो सूचीमा राखेको छ । यसलाई पाकिस्तानले भने खारेज गरेको छ । जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालोसूचीमा राख्छ । अमेरिकाको वार्षिक सूचीमा पाकिस्तानसहित नौ देश दोस्रो पटक कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका देशहरुलाई अमेरिकाले प्रतिबन्ध लगाउने गर्दछ । पाकिस्तानले […]
from समाचार – Online Khabar https://ift.tt/2QbTeXW
via IFTTT






















