Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्राधिकरण टुक्र्याउन नदिने भन्दै कर्मचारी आन्दोलनमा

९ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक मन्त्रिपरिषदमा दर्ता भएसँगै कर्मचारीले विरोधमा उत्रेका छन् । प्राधिकरण नटुक्राउन माग गर्दै उनीहरुले आन्दोलन कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । प्राधिकरणको आधिकारिक ट्रेड युनियनले बुधबार पत्रकार सम्मेलन गरी भ्रमण वर्षकै मुखमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित कार्यक्रममा कालोपट्टी बाँध्नेदेखि नेपालका सम्पूर्ण विमानस्थलको सेवा ठप्प पार्नेसम्म […]

गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद

९ पुस, काठमाडौं । गायक रामकृष्ण ढकाल दम्पत्तिले सम्बन्धविच्छेद भएको छ । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् । जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । ‘उहाँहरुले सम्बन्ध […]

सरकार छाडेपछि उपेन्द्रले भने : हेरौं राजपाले के गर्छ अब ?

९ पुस, काठमाडौं । सरकारबाट बाहिरएपछि समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चाहेमा पार्टी एकता हुने बताएको छ । पछिल्लो समय राजपाले एकीकरणका लागि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने शर्त राखेको थियो । आफूहरु सरकारबाट बाहिरिएपछि राजपाको त्यो शर्त पूरा भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए । ‘राजपासँग पार्टी एकताका लागि धेरै कुरा मिलिसकेको […]

७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

९ पुस, काठाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार घुससहित सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ । उद्योग दर्ताका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ७० हजार घुस लिइसकेको अवस्थामा कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवाग्राहीसँग घुस […]

भ्रमण वर्षमा सरकारले नयाँ केही दिनुपर्‍यो : विद्यासुन्दर

९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी सरकारले कुनै नयाँ घोषणा नगरेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाले भने भ्रमण वर्षमा सफा र सुन्दर शहर बनाएर पर्यटकलाई आकर्षित गर्नेै योजना उनले सुनाए । ‘२०२० मै किन नेपाल जाने त भन्नेबारे त केही न केही नयाँ घोषणा हुनुपर्ने […]

यूरो ६ मापदण्डको पेट्रोल प्रयोगमा ल्याउन अध्ययन सुरु

९ पुस, काठमाडौं । नेपाल आयल निगमले उच्च गुणस्तरको यूरो–६ पेट्रोल प्रयोगमा ल्याउन डिपोहरुमा अध्ययन सुरु गरेको छ । पहिलो चरणमा निगमको थानकोट र त्रिभुवन विमानस्थल डिपोको स्तरोन्नतीको लागि काम सुरु गरिएको निगमले जनाएको छ । निगमसँगको सहकार्यमा भारतीय आयल निगमको विज्ञ टोलीले दुई डिपोको स्तरोन्नतीका लागि अध्ययन थालेको निगमका निर्देशक एवं इन्जिनियरिङ विभाग प्रमुख […]

साइकल लेन विदेशीले खुब मन पराउँदा रहेछन् : चिरिबाबु

९ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगरपालिकाले सुरु गरेको साइकल लेनलाई अन्य नगरपालिकासँग जोडेर तन्काउन प्रस्ताव गरेका छन् । भ्रमण वर्ष अवधिमा काठमाडौं उपत्यकामा विदेशीका लागि साइकल यात्रा मुख्य आकर्षण बन्न सक्ने भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘साइकल लेनलाई विदेशीले खुब मन पराउने रैछन,’ बुधबार संस्कृति, पर्यटन तथा नागरिक […]

बिहीबार बुटवलका विद्यालयमा बिदा

९ पुस, बुटवल । बुटवल उपमहानगरपालिकाले बिहीबार नगरभित्रका विद्यालयमा विदा दिएको छ । बिहीबार विहान ८ देखि ११ः ४५ बजेसम्म सूर्यग्रहण लाग्ने भएकाले बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ । वैज्ञानिक मान्यताअनुसार उक्त समयमा सूर्यबाट अल्ट्राभायोलेट किरण आउने भई आँखालाई हानी पुर्‍याउने हुँदा विद्यालयमा विदा दिएको उपमहानगरपालिकाका अधिकृत टीकाराम पन्थीले जानकारी दिए । बिहीबारको विदा स्थानीय […]

ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

९ पुस, काठमाडौं । ललितपुरबाट भरुवा बन्दुकसहित बुधबार एक जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१० का पूर्णबहादुर तामाङ भरुवा बन्दुकसहति पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तामाङलाई लाकुरी भञ्ज्याङबाट लुभु आउने क्रममा नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रनरेटमा बाजी मार्दै विराटनगर पीपीएलको इलिमिनेटरमा

९ पुस, काठमाडौं । बुटबल ब्लास्टरमाथि ठूलो जित हात पार्दै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल)को ‘इलिमिनेटर’ मा प्रवेश गरेको छ । बुटबलले यसअघि नै इलिमिनेटरमा स्थान बनाइसकेकाले उसलाई यो हारले फरक परेन । पोखरामा बुधबार बुटबलले दिएको १३४ रनको लक्ष्य, विराटनगरले आक्रामक ब्याटिङ गर्दै ११.४ ओभरमै लक्ष्य भेट्टायो । यसबाट उसको रनरेटमा सुधार गर्दै […]

डोल्पामा ‘एक घर एक व्यवसाय’ सञ्चालन

९ पुस, जाजरकोट । ‘एक घर, एक रोजगार’ कार्यक्रम लागू भएपछि डोल्पाका दुई स्थानीय तहका बासिन्दा खुशी भएका छन् । जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका र जगदुल्ला गाउँपालिकामा ‘एक घर एक व्यवसाय’ कार्यक्रमले स्थानीयवासी खुशी भएका हुन् । पचास प्रतिशत स्थानीय सरकार र ५० प्रतिशत स्थानीयवासीले रकम पठाउने सर्तमा सो कार्यक्रम लागू गरिएको शे-फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत […]

गर्भवती र सुत्केरीको हातमा अण्डा, घरमा झण्डा

९ पुस, जाजरकोट । गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिने भएको छ । नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा गाडेर सहयोग गर्ने भएको छ । नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाड्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । गर्भवती तथा सुत्केरीलाई […]

उपेन्द्र यादवको टिप्पणी : दुई तिहाईको दम्भ समाप्त भयो

९ पुस, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन् । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्न नदिएपछि समाजवादीबाट सरकारमा गएका उपप्रधान तथा कानूनमन्त्री यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको […]

कलेजो प्रत्यारोपणका ब्राण्ड रमेश सिंह भण्डारी

९ पुस, काठमाडौं । १ साउन २०७४, नेपाली स्वास्थ्य क्षेत्रको गर्व गर्नलायक मिति । त्यो दिन नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण सफल भयो । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले कलेजोको सफल प्रत्यारोपण गरेर एउटा इतिहास रच्यो । र, मृत्युको विकल्प नदेखिरहेका हिराबहादुर महर्जनले जीवनको दोस्रो इनिङ सुरु गरे । हिराकी २४ वर्षीया छोरी सरिताले कलेजो दिएर […]

चिनियाँविरुद्धको अपरेशनमा चीनसँगै सहकार्य, नाम दिइयो ‘चार्ली फोक्स्टर’

९ पुस, काठमाडौं । चीन र नेपालको संयुक्त अपरेशनमा १२२ चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको नेपाल प्रहरीले स्वीकार गरेको छ । यो अपरेशनलाई ‘चार्ली फोक्स्टर’ नाम दिइएको छ । सोमबार एकैदिन काठमाडौंका बिभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरिएको थियो । चिनियाँ पक्षले मंगलबार नै नेपाल र चीनको संयुक्त अपरेशनमा उनीहरु पक्राउ परेको बताएको थियो […]

पाकिस्तान दोस्रो पटक पनि अमेरिकाको कालोसूचीमा

९ पुस, काठमाडौं । अमेरिकाले धार्मिक स्वतन्त्रताको मामिलामा पाकिस्तानलाई फेरि कालो सूचीमा राखेको छ । यसलाई पाकिस्तानले भने खारेज गरेको छ । जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालोसूचीमा राख्छ । अमेरिकाको वार्षिक सूचीमा पाकिस्तानसहित नौ देश दोस्रो पटक कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका देशहरुलाई अमेरिकाले प्रतिबन्ध लगाउने गर्दछ । पाकिस्तानले […]

सुर्खेतका युवा भैंसीपालन तर्फ आकर्षित

९ पुस, सुर्खेत । पछिल्लो समय युवा पिँढीमा विदेशिने लहड बढ्दो अवस्थामा छ । रोजगारका निम्ति विदेशिन र अन्ततः समस्याको भारी लिएर फर्किने युवाको पनि कमी छैन । कमाउनका लागि ठूलो आश बोकेर विदेश जाने कतिपय नेपाली युवाको शव आएका घटना पनि नौलो होइन । मूलतः रोजगारीकै लागि खाडी मुलुकमा जाने नेपाली युवाले ठूलो दुःख […]

राजधानी ६ बजे सुत्छ, नाइट लाइफ ब्यूताऊँ : मन्त्री भट्टराई

९ पुस, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजधानीमा पर्यटन आकर्षण गर्न रात्रीकालीन गतिविधि बढाउनु पर्ने बताएका छन । राजधानी साँझ ५/६ बजे नै सुनसान हुने भन्दै उनले उपत्यकाको नाइट लाइफ जीवन्त राख्न आग्रह गरे । बुधबार राजधानीभित्रका महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले भने, ‘राजधानी ५/६ बजे नै सुतिसक्छ, […]

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

९ पुस, काठमाडौं । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको बुधबार बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए । ‘समाजवादी पार्टीले नेकपाको सरकारलाई दिँदै आएको […]

मानवसेवा आश्रममा सुतेकै अवस्थामा एक जना मृत भेटिए

९ पुस, काठमाडौं । वीरगञ्जको मानव सेवा आश्रम रानीघाटमा सुतेकै अवस्थामा एक जना पुरुष मृत फेला परेका छन् । गत असार २२ गते वीरगञ्जको घण्टाघरबाट उद्धार गरिएका करिब ५० वर्षीय परिचय खुल्न नसकेका व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । अघिल्लो राति सकुशल सुतेका उनी विहान मृत अवस्थामा देखेपछि आश्रमले प्रहरीलाई खबर गरेको […]

कहाँबाट कस्तो देखिन्छ सूर्यग्रहण ?

९ पुस, काठमाडौं । पुस १० गते बिहीबार खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्यग्रहण काठमाडौंमा विहान ८: ४३ मा सुरु भई ११ : ३३ मा सकिनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ : ३८ मा सुरु भई ११ : १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ : ४८ मा सुरु भई ११ः २७ मा सकिनेछ । […]



from समाचार – Online Khabar https://ift.tt/2PYkbQl
via IFTTT
Powered by Blogger.