Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सप्तरी र सिराहाका स्थानीय तहलाई स्वास्थ्य सामग्री

१२ वैशाख, जनकपुरधाम । सप्तरी र सिराहाका केही स्थानीय तहलाई कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । सप्तरीको बिष्णुपुर र राजगढ गाउँपालिका तथा डाक्नेश्वरी नगरपालिकामा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । यस्तै, सिराहाको सिराहा, कल्याणपुर तथा कर्जन्हा नगरपालिकामा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । वेल्ट हङ्गर हिल्फेको आर्थिक सहयोगमा आसमान नेपाल, फरवार्ड नेपाल, दलित […]

पर्साको पचरुखीमा राहतको नाममा कुहिएको चामल ! 

१२ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नं ५ पचरुखीमा वितरण गरिएको राहतका खाद्यान्न मध्ये चामल कुहिएको पाइएको छ । वैशाख ६ गते नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा वितरण गरिएको राहतको चामल कुहिएको पाइएको हो । वडाले वैशाख ६ गते पचरुखी र भिगना टोलका २ सय २४ जना विपन्न व्यक्तिलाई राहत वितरण गरेको थियो । […]

असईविरुद्ध वडाध्यक्षद्वारा सीडीओलाई ज्ञापन

१२ वैशाख, काठमाडौं । लकडाउनको समयमा मदिरा पसल बन्द नगराएको आरोपमा कपिलवस्तुको मायादेवी गाउँपालिकाका वडाध्यक्षले प्रहरी सहायक निरीक्षण (असई) उदयभान यादवमाथि कारबाहीको माग गरेका छन् । शुक्रबार गाउँपालिकको ५ नं वडाका वडाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयले वडाकै लेटरहेडमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएर यादवमाथि कारबाहीको माग गरेका हुन् । पाण्डेयले बुझाएको पत्रमा गाउँपालिकाको वडा नं ५ बलुहवाअन्तर्गत […]

भारतको क्वारेन्टाइनमा २५ दिन बसेर फर्किए १०२ नेपाली

१२ वैशाख, बुटवल । भारतीय क्वारेन्टाइनमा २५ दिन बिताएका नेपालीहरूलाई स्वदेश फर्काउन सुरु गरिएको छ । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ४१ नेपाली छन् । तीमध्ये शुक्रबार १०२ जनालाई नेपाल ल्याइएको छ । पहिलो दिन कोरोना भाइरस परीक्षण गर्न समय लाग्ने भएकाले कम ल्याइएको र शनिबार बिहानैदेखि बाँकी नेपालीलाई ल्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव […]

सुदूरपश्चिममा १० हजार बढीको र्‍यापिड टेस्ट, ९ जनाको रिपोर्ट पोजेटिभ

१२ वैशाख कैलाली । सुदूरपश्चिम प्रदेशका ९ जनामा र्‍यापिड डाइग्नोस्टिक (आरडिटी) टेस्ट रिपोर्ट पोजेटिभ देखिएकाे छ।  १० हजार २०४ जनामा गरिएको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ । बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा दुई-दुई जना तथा अछाममा एक जनामा पोजेटिभ रिपोर्ट आएको स्वास्थ निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी […]

सुरक्षा घेरामा भुल्के, अत्यावश्यक वस्तु अभाव

१२ वैशाख, विराटनगर । पछिल्लो समय कोरोनाको संक्रमणको ‘हटस्पट’ बनेको छ उदयपुरको भुल्के । २८ जना संक्रमित भेटिएपछि सुरक्षाकर्मीको घेरामा राखिएको यस गाउँका स्थानीयवासी त्रसित छन् । भुल्केको नुरी मस्जिदमा बसेका र आसपासमा ती संक्रमित भेटिएका थिए । लगत्तै गाउँलाई पूर्णरुपमा सिल गरिएको छ । तर, कोरोनाबाट बच्न अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति हुन सकेको छैन […]

भूकम्पको ५ वर्ष : नेपालमा चिनियाँ सहयोग परियोजनामा प्रगति कति ?

१२ वैशाख, काठमाडौं । नेपालमा विनाशकारी भूकम्प गएको आज पाँच वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गतेको भूम्पपछि पुनर्निर्माणको लागि चीनले विभिन्न पाँच क्षेत्रका २५ पुनर्निर्माण परियोजनालाई अनुदान दिएको छ । ती पाँच क्षेत्रहरुमा संरचना निर्माण, हिमाली क्षेत्रको बसोबास, ऐतिहासिक सम्पदा पुनर्निर्माण, संकटको पूर्वतयारी र स्वास्थ्य रहेका छन् । अहिले यीमध्ये १२ […]

कोरोना परीक्षण गर्न सबै पालिकामा स्वास्थ्यकर्मीको टोली

१२ वैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै पालिकाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा नर्स एक–एक जना रहेको टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा […]

सांसद खरिद काण्डमा प्रहरीलाई लात्ती !

अहिलेको बहुविवादित अध्यादेश, दल विभाजनको चलखेल र सांसद अपहरणमा पूर्वप्रहरीको संलग्नतासम्बन्धी समाचारले मलाई २३ वर्ष अगाडिका क्षणहरू सम्झाइदिएको छ । त्यसबेला मलाई माथिबाट आदेश आए’थ्यो- किलो २० ! एलर्ट रहेर आफ्नो एरियामा बसोबास रहेका नवनियुक्त मन्त्रीको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनू। काठमाडौँ जिल्ला प्रहरी प्रमुखबाट यस्तो आदेश आएपछि भर्खरै मन्त्रिपरिषद् पुनर्गठनमा नियुक्त भएका मन्त्रीहरूको बसोबास रहेको […]

प्रदेश २ का सबै जिल्लामा स्वास्थ्यकर्मीको टोली, १५ सय बढी नमूना संकलन गर्ने लक्ष्य

१२ वैशाख, काठमाडौं । सरकारले प्रदेश २ मा कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेको छ । प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सय भन्दा बढी स्वाब नमूना संकलनका लागि टोली परिचालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेना, स्वास्थ्यकर्मी र प्रयोगशालाका […]

तिलोत्तमामा खेतीयोग्य जग्गा बाँझो राख्न नपाइने !

१२ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य जमिन बाँझो राख्न नपाउने गरी गरेको निर्णय कार्यान्वयनमा कडाइ गरेको छ । बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए संधियार (छिमेकी) वा अन्य व्यक्तिले खेती गर्न सक्ने नगर कार्यपालिका वैठकले निर्णय गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी बाँझो जग्गामा जग्गाधनीले १५ दिनभित्र बाली लगाउन […]

एक सेट पीपीईमा २ हजार रुपैयाँ नाफा !, कारबाहीमा परे विक्रेता

१२ वैशाख, काठमाडौं । एन–९५ मास्क र पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) बढी मूल्यमा बिक्री गर्ने तथा विवरण लुकाउने तीन विक्रेतालाई वाणिज्य विभागले कारबाही गरेको छ । बढी मूल्यमा पीपीई बिक्री गर्ने त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टर प्राइजेजलाई दुई लाख तथा एन–९५ मास्कलाई बढी मूल्यमा बिक्री गर्ने चाबहिलको कालिका ट्रेडर्सलाई तीन लाख रुपैयाँ तथा स्वास्थ्य सामाग्रीको खरिद […]

विराटनगर कोरोना अस्पताल : स्वास्थ्यकर्मीको उदाहरणीय ‘टिमवर्क’

१२ वैशाख, विराटनगर । कोशी अस्पताल विराटनगरको कोरोना विशेष अस्पताल ५० शय्याको छ । तीमध्ये आधा पछिल्लो एकसातामा भरिएको छ । १२ भारतीय र १६ जना नेपाली कोरोना भाइरस संक्रमित उपचाररत छन् । भोजपुरका एक युवक पनि शुक्रबार यहीँ भर्ना हुँदैछन् । संक्रमित थपिँदै गर्दा चिकित्सकसहित स्वास्थ्यकर्मीको टिम दह्रो मनोबलका साथ खटेको छ । संक्रमितलाई […]

‘सुनको चुरा लगाउनेले राहत नलिनुस् भन्दा रिसाए’

१२ वैशाख, काठमाडौं । डेढ लाखभन्दा बढीको ज्यान लिइसकेको कोेभिड–१९ (कोरोना भाइरस) महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल पनि लकडाउन भएको एक महिना कटेको छ । साँझ–बिहान खान नपाउनेहरूलाई विभिन्न स्थानीय सरकारले राहत वितरण पनि गरेको छ । राहत वितरणमा खटेका जनप्रतिनिधिहरू आवश्यक नै नपर्ने व्यक्तिहरू समेत राहत लिन आएर हैरान पारेको बताउँछन् । आफ्नै […]

‘मेरो असल मनसाय थियो, साथीहरूले बुझेनन्’

१२ वैशाख, काठमाडौं । सरकारले राजनीतिक दल फुटाउन खुकुलो बनाउने अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेश फिर्ता लिने प्रस्ताव राखेका थिए । त्यसक्रममा उनले क्याबिनेटमा स्पष्टीकरणसमेत दिएको एक मन्त्रीले जानकारी दिए । ‘कुनै दल तोडफोड गर्न होइन, मैले असल मनसायले यो […]

लकडाउनमा वीरगञ्ज बजार अनुगमन, पाँच पसल कारबाहीमा

१२ वैशाख, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकमा लकडाउन आव्हान गरिएको छ । लकडाउन भएपनि वीरगञ्जमा अत्यावश्यक खाद्यान्नका पसल बिहान ११ बजेदेखि ३ बजेसम्म र औषधी पसल २४ अ‍ैं घण्टा खोल्न दिइएको छ । लकडाउनको ३१ औं दिन शुक्रबार वीरगञ्जमा बजार अनुगमन गरिएको छ । लकडाउनको मौकाछोपी उपभोक्तालाई ठगिएको गुनासो आएपछि बजार अनुमगन […]

प्रधानमन्त्रीलाई देउवाको सुझाव – सांसद ‘अपहरण’ गर्नेलाई कारबाही गर्नुस्

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसद एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेहरुलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् । शुक्रबार अपराह्न बालुवाटारमा भएको भेटमा देउवाले निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी […]

‘प्रधानमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठ्यो’

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् । सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले […]

जरायोको सुकुटी भनेर फेसबुकमा लेख्ने होटल सन्चालक पक्राउ

१२ वैशाख, काठमाडौं । कतिपयले सामाजिक सन्जालमा आफ्ना हरेक गतिविधि सार्वजनिक गर्छन् । यस्तै बानीका कारण दाङका एक व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन् । गढवा गाउँपालिका वडा नम्बर ६ का शिवराज पुन पक्राउ परेका हुन् । उनले फेसबुकमा जरायोको सुकुटी पकाएको भन्दै आफ्नो फोटो राखेका थिए । फेसबुकमा राज पुन नाम रहेका उनले लेखेका थिए, […]

काठमाडौका मस्जिदमा रहेका सबैको कोरोना परीक्षण सुरु

१२ वैशाख, काठमाडौं । सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड-१९) परीक्षण सुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण सुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पीसीआर) सुरु गरिएको छ । […]

अब डोल्पा अस्पतालमै शल्यक्रियासहितको प्रसूति सेवा  

१२ वैशाख, डोल्पा । सदरमुकाम दुनैमा रहेको एक मात्र जिल्ला अस्पतालले शल्याक्रियासहितको प्रसूति सेवा दिन थालेपछि अस्पतालमा सुत्केरी गराउनेको संख्यामा वृद्धि भएको छ । अस्पतालले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक नै नियुक्ति गरेर शल्यक्रियासहितको प्रसुति सेवा सुरु गरेपछि सुत्केरी गराउने महिलाको संख्या बढेको हो । जिल्लामै जटिल अवस्था भएका गर्भवतीको पनि सफल शल्यक्रिया हुन थालेकाले […]



from समाचार – Online Khabar https://ift.tt/2Y90utz
via IFTTT
Powered by Blogger.