समाचार
१२ वैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै पालिकाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा नर्स एक–एक जना रहेको टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा […]
१२ वैशाख, काठमाडौं । सरकारले प्रदेश २ मा कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेको छ । प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सय भन्दा बढी स्वाब नमूना संकलनका लागि टोली परिचालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेना, स्वास्थ्यकर्मी र प्रयोगशालाका […]
१२ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य जमिन बाँझो राख्न नपाउने गरी गरेको निर्णय कार्यान्वयनमा कडाइ गरेको छ । बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए संधियार (छिमेकी) वा अन्य व्यक्तिले खेती गर्न सक्ने नगर कार्यपालिका वैठकले निर्णय गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी बाँझो जग्गामा जग्गाधनीले १५ दिनभित्र बाली लगाउन […]
१२ वैशाख, काठमाडौं । एन–९५ मास्क र पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) बढी मूल्यमा बिक्री गर्ने तथा विवरण लुकाउने तीन विक्रेतालाई वाणिज्य विभागले कारबाही गरेको छ । बढी मूल्यमा पीपीई बिक्री गर्ने त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टर प्राइजेजलाई दुई लाख तथा एन–९५ मास्कलाई बढी मूल्यमा बिक्री गर्ने चाबहिलको कालिका ट्रेडर्सलाई तीन लाख रुपैयाँ तथा स्वास्थ्य सामाग्रीको खरिद […]
१२ वैशाख, विराटनगर । कोशी अस्पताल विराटनगरको कोरोना विशेष अस्पताल ५० शय्याको छ । तीमध्ये आधा पछिल्लो एकसातामा भरिएको छ । १२ भारतीय र १६ जना नेपाली कोरोना भाइरस संक्रमित उपचाररत छन् । भोजपुरका एक युवक पनि शुक्रबार यहीँ भर्ना हुँदैछन् । संक्रमित थपिँदै गर्दा चिकित्सकसहित स्वास्थ्यकर्मीको टिम दह्रो मनोबलका साथ खटेको छ । संक्रमितलाई […]
१२ वैशाख, काठमाडौं । डेढ लाखभन्दा बढीको ज्यान लिइसकेको कोेभिड–१९ (कोरोना भाइरस) महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल पनि लकडाउन भएको एक महिना कटेको छ । साँझ–बिहान खान नपाउनेहरूलाई विभिन्न स्थानीय सरकारले राहत वितरण पनि गरेको छ । राहत वितरणमा खटेका जनप्रतिनिधिहरू आवश्यक नै नपर्ने व्यक्तिहरू समेत राहत लिन आएर हैरान पारेको बताउँछन् । आफ्नै […]
१२ वैशाख, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकमा लकडाउन आव्हान गरिएको छ । लकडाउन भएपनि वीरगञ्जमा अत्यावश्यक खाद्यान्नका पसल बिहान ११ बजेदेखि ३ बजेसम्म र औषधी पसल २४ अैं घण्टा खोल्न दिइएको छ । लकडाउनको ३१ औं दिन शुक्रबार वीरगञ्जमा बजार अनुगमन गरिएको छ । लकडाउनको मौकाछोपी उपभोक्तालाई ठगिएको गुनासो आएपछि बजार अनुमगन […]
१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसद एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेहरुलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् । शुक्रबार अपराह्न बालुवाटारमा भएको भेटमा देउवाले निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी […]
१२ वैशाख, काठमाडौं । कतिपयले सामाजिक सन्जालमा आफ्ना हरेक गतिविधि सार्वजनिक गर्छन् । यस्तै बानीका कारण दाङका एक व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन् । गढवा गाउँपालिका वडा नम्बर ६ का शिवराज पुन पक्राउ परेका हुन् । उनले फेसबुकमा जरायोको सुकुटी पकाएको भन्दै आफ्नो फोटो राखेका थिए । फेसबुकमा राज पुन नाम रहेका उनले लेखेका थिए, […]
१२ वैशाख, काठमाडौं । सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड-१९) परीक्षण सुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण सुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पीसीआर) सुरु गरिएको छ । […]
१२ वैशाख, डोल्पा । सदरमुकाम दुनैमा रहेको एक मात्र जिल्ला अस्पतालले शल्याक्रियासहितको प्रसूति सेवा दिन थालेपछि अस्पतालमा सुत्केरी गराउनेको संख्यामा वृद्धि भएको छ । अस्पतालले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक नै नियुक्ति गरेर शल्यक्रियासहितको प्रसुति सेवा सुरु गरेपछि सुत्केरी गराउने महिलाको संख्या बढेको हो । जिल्लामै जटिल अवस्था भएका गर्भवतीको पनि सफल शल्यक्रिया हुन थालेकाले […]
१२ वैशाख, गोरखा । गोरखा भूकम्प-२०७२ को पाँच वर्ष बित्यो । यस अवधिमा जिल्लाका ५७ हजार बढी घरहरु ठडिए । चार सय बढी विद्यालयका कक्षाकोठा बनिसके । ६ वटा सरकारी कार्यालय भवन पुनर्निर्माण भए । तर ऐतिहासिक गोरखा दरबार अझै ठडिन सकेको छैन । २०७६ साल कात्तिक मसान्तभित्र सक्नुपर्ने काममा ठेकेदारको लापरवाही छर्लङ्ग छ । […]
१२ वैशाख, काठमाडौं । गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ । उनी हाल महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत् छन् । श्याम प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीका भाइ समेत हुन् । त्यस्तै, महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा एसएसपी दिपक थापालाई पठाइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन […]
१२ वैशाख, काठमाडौं । विवादास्पद अध्यादेश खारेज भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक्लाएक्लै एक घण्टा भेटवार्ता भएको छ । ओली र देउवाबीच छुट्टै भेटवार्ता भएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सो छलफलमा सहभागी भएका छन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । ‘एक घण्टा द्विपक्षीय छलफल भएपछि […]
१२ वैशाख, काठमाडौं । सरकारले राजनीतिक दल फुटाउन खुकुलो बनाउने अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेश फिर्ता लिने प्रस्ताव राखेका थिए । त्यसक्रममा उनले क्याबिनेटमा स्पष्टीकरणसमेत दिएको एक मन्त्रीले जानकारी दिए । ‘कुनै दल तोडफोड गर्न होइन, मैले असल मनसायले यो […]
अहिलेको बहुविवादित अध्यादेश, दल विभाजनको चलखेल र सांसद अपहरणमा पूर्वप्रहरीको संलग्नतासम्बन्धी समाचारले मलाई २३ वर्ष अगाडिका क्षणहरू सम्झाइदिएको छ । त्यसबेला मलाई माथिबाट आदेश आए’थ्यो- किलो २० ! एलर्ट रहेर आफ्नो एरियामा बसोबास रहेका नवनियुक्त मन्त्रीको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनू। काठमाडौँ जिल्ला प्रहरी प्रमुखबाट यस्तो आदेश आएपछि भर्खरै मन्त्रिपरिषद् पुनर्गठनमा नियुक्त भएका मन्त्रीहरूको बसोबास रहेको […]
१२ वैशाख, डोटी । ‘म सुदूरपश्चिमको पहिलो कोरोना भाइरस संक्रमितको ‘ट्राभल हिस्ट्री’ लिइरहेकी थिएँ । विवरणहरू फाराममा भर्दै गर्दा उहाँको रिपोर्ट पोजेटिभ भएको खबर आयो । त्यो सुन्दा आफू उभिएको भुइँ सरेजस्तो लाग्यो ।’ यो अनुभव हो सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्सिङ्ग इन्चार्ज सीमा शर्माको । आफूले हेर्दै आएको बिरामीमा कोरोना संक्रमण भएको थाहा भएपछि […]
१२ वैशाख, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले कोरोना भाइरस (कोभिड-१९) संक्रमणविरुद्ध लड्ने बेला गुट र फुटमा नलाग्न सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार बिहान बसेको समितिको बैठकमा कोभिड-१९ ले नेपालमा परेको प्रभाव र यसको प्रभावकारी समाधानको विषयमा छलफल भएको थियो । छलफलमा सहभागी सांसदहरूले सरकारको कार्यशैलीको आलोचना गरे । खासगरी […]
१२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरण शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा […]
१२ वैशाख, काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि […]
१२ वैशाख, काठमाडौं । नेपालीको भान्सामा अत्यावश्यक वस्तुमध्ये चिनी एक हो । छिनछिनमा चियाको चुस्किदेखि मिठाईका परिकारसम्म अनिवार्य चिनीमा मुलुक आत्मनिर्भर भने छैन । नोवल कोरोना भाइरसका कारण लकडाउन लम्बी रहँदा चिनी उत्पादन, आपूर्ति, मौज्दात, बजार मूल्य लगायतका बिषय महत्वपूर्ण बनेको छ । गत वर्ष सामान्य अवस्थामा चिनीको दैनिक खपत २० हजार मेट्रिक टन र […]
from समाचार – Online Khabar https://ift.tt/352BbKR
via IFTTT






















