समाचार
१९ वैशाख, काठमाडौं । केहीहप्ता पहिले नेपाली कांग्रेसका एकजना नेताले मध्यावधि निर्वाचन माग गरेपछि उनको तीव्र आलोचना भयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किंदै जाँदा कतिपयले फेरि संसद विघटन र मध्यावधि निर्वाचनको चर्चा गर्न थालेका छन् । संविधानका जानकारहरू भने बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने र मध्यावधी निर्वाचन घोषणा […]
१८, वैशाख, काठमाडौं । नेपाल-भारत बीचको पर्यटनलाई कोरोना संकटपछि नयाँ गति दिने सम्बन्धमा पर्यटन टास्क फोर्स बनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र भारतीय निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित व्यवसायीहरुको छाता संगठनबीचको अनलाइन छलफलका क्रममा टास्कफोर्स बनाउने सम्बन्धमा सहमति भएको हो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भारतका पर्यटन संघ-संस्थाका प्रमुखसँग नेपाल-भारत […]
१९ वैशाख, काठमाडौं । पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीबाट अचानक प्रधानमन्त्रीको प्रस्ताव आएपछि उत्साहित भएका नेकपा उपाध्यक्ष बामदेव गौतमले आफू संसदमा जाने प्रक्रियाबारे कानुनी तथा राजनीतिक परामर्श थालेका छन् । बुधबारको सचिवालय बैठकमा ओलीले आफूले राजीनामा गर्नुपर्ने हो भने पुरानालाई होइन नयाँलाई मौका दिने भन्दै बामदेवको नाम अघि सारेका थिए । त्यसपछि गौतमले सार्वजनिक […]
१९ वैशाख, सप्तरी । हात्तीको त्रासका कारण सप्तरीको पूर्वी भेगका बासिन्दा घरभित्र बस्न पनि डराएका छन् । नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा निस्किने हात्तीले सर्वसाधारणको बालीनाली सखाप पार्ने, घर तोडफोड गर्ने र व्यक्तिमाथि आक्रमण गर्दै आएको छ । जिल्लाका कञ्चनरुप नगरपालिका, अग्निसाइर कृष्णासावरण तथा रुपनी गाउँपालिकाका वासिन्दा हात्तीका कारण हैरान छन् । […]
१९ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्स २४ वैशाखमा अष्ट्रेलियाको सिड्नी उड्ने निश्चित भएको छ । अष्टे्रलिया र नेपालस्थित अष्ट्रेलियन दूतावासबीच आगामी २४ वैशाखमा सिड्नी उडान गर्ने सम्बन्धमा सम्झौता भएको छ । दूतावासका अनुसार यस उडानबाट नेपालमा रोकिएका अष्ट्रेलियन नागरिकलाई घर फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरिएको हो । यसअघि नेपाल एयरलाइन्सले अष्ट्रेलियाको ब्रिस्वेनमा चार्टर्ड उडान […]
१९ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फेसबुकमा जथाभावी टिप्पणी गरेको अभियोगमा बिहीबार पत्रकार दीपक पाठक पक्राउ परे । रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पाठकलाई प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ । साइबर ब्युरोका एसएसपी नविन्द अर्याल पाठकविरुद्ध […]
१९ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अहिलेको अवस्थामा सरकार ढाल्ने खेल उचित नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दह्रो समर्थनमा उभिएका छन् । उनले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट जबरजस्ती हटाउन खोजे पार्टी फुट्ने चेतावनीसमेत दिएका छन् । मुख्यमन्त्री गुरुङले हिमालय टेलिभिजनसँग […]
१९ वैशाख, काठमाडौं । कोभिड-१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै श्रम तथा रोजगार क्षेत्र पनि प्रभावित भएको छ । महामारीले स्वास्थ्य संकट सिर्जना गर्नुका साथै विश्व श्रम बजारलाई पनि गहिरो प्रभाव पारेको छ । कोभिड-१९ का कारण हजारौँ उद्योग कलकारखाना बन्द हुने अवस्थामा पुगेका छन् । लाखौँ श्रमिक कामबाट बञ्जित छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन […]
१९ वैशाख, काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले हरेक परिवारको कम्तीमा एक जनामा कोरोना संक्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले कोरोना रोकथामका लागि परीक्षणको दायरा विस्तार गरी हरेक परिवारसम्म पुग्न निर्देशन दिएको हो । ‘कोभिड–१९ को परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तीमा एकजनाको नमूना छनौट गरी कोरोनाको परीक्षण […]
१८ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कोरोना प्रभावित उद्योगलाई राहत दिने विषय समेटिने बताएको छ । बैङ्क ब्याजदर र विद्युत महसुलमा सहुलियत र आयकर छुटसम्मको योजना नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । अन्तिम छलफल भइरहेको मन्त्रालयको नीति तथा कार्यक्रममा […]
१८ वैशाख, कैलाली । महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरिएको छ । बिहीबार रातिसम्म बैतडी र दार्चुलाको सीमापारि अलपत्रपरेका २५ सय ९५ जनाको उद्धार गरिएको हो । एकैदिन दार्चुलापारि धार्चुलाबाट १ हजार २९६ जनाको र बैतडीपारि पिथौरागडबाट १ हजार २९९ नेपालीहरुको उद्धार गरिएको हो । दार्चुलाका दुई नाकाबाट उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी […]
१९ वैशाख, काठमाडौं । भोलि वैशाख २० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । अध्यादेश प्रकरणपछि उत्पन्न विवादको समाधान खोज्न यो सचिवालय बैठक निर्णायक हुने नेकपा नेताहरुको दाबी छ । र, यो बैठकले सम्भवतः ‘बामदेव कार्ड’ को छिनोफानोसमेत गर्ने छ । पहिलो बरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको बैठकमा […]
१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले रोल्पामा बेबारिसे बम विस्फोट भएर ४ बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बेबारिसे बम खेलाउँदा ४ बालबालिकाको मृत्यु भएको थियो । उक्त घटनाले मर्माहत भएको भन्दै कांग्रेसले सशस्त्र द्वन्द्वको घाउमा खाटा बस्न बाँकी रहेको बेला यस्तो घटना देखिनु […]
१९ वैशाख, काठमाडौं । वैशाखको पहिलो साता उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसिरहेका १२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक थिए भने अर्का जमाती विराटनगरका थिए । उनीहरूको सम्पर्कमा आएका ६८ जनाको थ्रोट स्वाब संकलन गरेर जाँच गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि पनि संक्रमित थपिए […]
१९ वैशाख. काठमाडौं । कैलालीको उदासीपुरस्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौरीगंगा नगरपालिका-८ बढैपुर बजारबाट सोही नगरपालिका १० बस्ने धामीलाई घुस लिइसकेको अवस्थामा बिहीबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मसुरीयामा घरायसी विवादबारे दर्ता भएको मुद्दाका विषयमा प्रहरी कर्मचारीसँग […]
२८ वैशाख, काठमाण्डौ । कोरोना भाइरस -कोभिड-१९) महामारीबाट नेपाली अर्थतन्त्रसमेत प्रभावित हुने विषयलाई मध्यनजर गर्दै राजधानीमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटका प्राथमिकताबारे ‘भर्चुअल’ सम्मेलन आयोजना गरिएको छ । दिवंगत भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले पूर्वअर्थमन्त्री अधिकारीको ८५औं जन्मोत्सवको अवसर पारेर भोलि -शनिबार ‘आर्थिक वर्ष २०७७/०७८ को बजेटको कार्यदिशा’ नामक भर्चुअल अन्तरक्रिया आयोजना गरेको हो । […]
१९ वैशाख, जनकपुरधाम । अज्ञात रोगका कारण मृत्यु भएको भनिएका महोत्तरीको भंगहा नगरपालिकाका ७ जनाको परिवारलाई नगरपालिकाले किरिया खर्च दिने भएको छ । नगरपालिका प्रमुख सञ्जीवकुमार साहले मृत्यु भएका सबैको परिवारलाई २१ हजार रुपैयाँका दरले किरिया खर्च उपलब्ध गराइने जानकारी दिए । ‘नगरपालिकाका अधिकृत काठमाडौं जानुभएको छ, आउनेबित्तिकै यो रकम उनीहरुलाई उपलब्ध गराउँछु’ प्रमुख साहले […]
१९ वैशाख, काठमाडौं । काठमाडौं अड्किएका सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयलाई हवाईजहाजबाट उद्धार गरी गाउँ फर्काइने भएको छ । गाउँपालिकाले यसको जानकारी गराएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै सडक मार्गबाट गाउँ र्फकन नपाएका व्यक्तिलाई हवाईजहाजबाट फिर्ता गर्न लागिएको जनाएको छ । यसरी र्फकंदा हवाई जहाजमा लाग्ने टिकटको मूल्य भने यात्रु आफैले तिर्नुपर्ने शर्त […]
१९ वैशाख, जनकपुरधाम। आज जानकी नवमी अर्थात् माता जानकीको जन्म दिन । तर माता जानकीको माइत जनकपुरधाम सुनसान छ । लकडाउनका कारण यहाँ कुनै किसिमको चहलपहल छैन् । गत वर्षहरुमा चार दिनअघि देखि नै जानकी नवमीको चहलपहल देखिने गरेकोमा यस पटक सुनसान छ । जानकी नवमीका दिन जानकी मन्दिरमा हुने जन्म आरतीमा हजारौंको सहभागिता हुने […]
१९ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा रोजगारी सिर्जना र कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिन माग गरेको छ । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग परिसंघ पदाधिकारीले भेट गरेका थिए । भेटमा परिसंघको तर्फबाट आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना, निजी क्षेत्रको विकास, कृषिसहित लघु, घरेलु, साना तथा मझौता उद्योगको […]
१९ वैशाख, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले बिहीबार साँझ रोल्पामा भएको बम विस्फोट र त्यसबाट भएको मानवीय क्षतिबारे छानबिन गर्न सम्वद्ध पक्षसँग आग्रह गरेका छन् । रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पुनले शोक वक्तव्य जारी गर्दै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग […]
from समाचार – Online Khabar https://ift.tt/2z3Hv8U
via IFTTT





















