समाचार
१७ जेठ, काठमाडौं । नेपाल सोसाइटी अफ इमर्जेन्सी फिजीसियन (एनएसईपी) ले चिकित्सकमाथि हातपात गर्नेहरूलाई तुरुन्त कारबाही गर्न माग गरेको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा ६४ वर्षीय बिरामीको मृत्यु भएको घट्नालाई लिएर हातपात गर्नेलाई एनएसईपीले शनिबार विज्ञप्तिमार्फत कारबाहीे माग गरेको हो । ‘नोवेल कोरोना भाइरसको महामारीमा आफ्नो ज्यानको बाजी लगाउँदै इमर्जेन्सीमा अहोरात्र खटिने […]
१७ जेठ, बुटवल । कपिलवस्तुमा शनिबार थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला छन् […]
१७ जेठ, वीरगञ्ज । बारामा शनिबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ का १८ वर्ष र ३५ वर्षका तथा सुवर्ण गाउँपालिकाको हर्दियाका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ मा संक्रमण पुष्टि भएका दुवै व्यक्ति […]
१७ जेठ, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाएर काम गर्नुपर्ने सरकारसँग माग गरेको छ । कोरोना महामारीविरुद्ध लड्न सरकार एक्लैले सम्भव नहुने भन्दै जनमुक्तिले संसदमा रहेका र संसद बाहिरका सबै दललाई समेटेर केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्रमार्फत काम गर्नुपर्ने माग गरेको हो । पार्टी निकट […]
१७ जेठ, कैलाली । कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–८ का १८ वर्षीय भुवन बोहोराको शनिबार बिहान माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएर सोही ठाउँका ४० वर्षे दुर्गा मन्नी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गणेश […]
१७ जेठ, कैलाली । कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य तुल्याएको आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्लाको लम्की चुहा नगरपालिका–७ खरैलाकी ३५ बर्षीया सरिता भण्डारीको आत्महत्याको कारण श्रीमान नै रहेको माइती पक्षले आरोप लगाएपछि प्रहरीले ३५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको मानसिक र शारीरिक यातना सहन नसकेर मंगलबार भण्डारीले आत्महत्या गरेको भन्दै मृतकका दाजु झंकर […]
१७ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७७/७८को बजेट वक्तव्यमार्फत कोभिड-१९ बाट प्रभावित क्षेत्रका लागि विभिन्न राहत घोषणा गर्यो । यो राहत प्याकेज कार्यान्वयनमा आउँदा नेपाल विद्युत प्राधिकरणलाई मात्रै १२ अर्ब रुपैयाँ आर्थिक भार पर्ने देखिएको छ । बजेटले विद्युत महसुलमा छुट र सहुलियतका विभिन्न व्यवस्थाहरु गरेकाले प्राधिकरणलाई यति भार थपिने भएको हो […]
१७ जेठ, वीरगञ्ज । पर्सामा चट्याङबाट बच्नका लागि भाग्ने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका–२ बहुअर्वाका ४२ वर्षीय रामबाबु महतो नुनिया रहेका छन् । घरदेखि पश्चिमतर्फको आँपको बगैँचामा काम गरिहेको समयमा आकाशमा गड्याङगुडुङ गर्दै चट्याङसहित पानी पर्न थालेपछि उनी ज्यान जोगाउन भाग्ने क्रममा लडेका थिए । बिहान साढे ९ […]
१७ जेठ, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता संसदबाट अनुमोदन नहुँदासम्म मिलेनियम च्यालेन्ज एमसीसीका कामहरु रोक्ने निर्णय गरेको छ । तर आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको अनुसूचीबाट भने एमसीसी तत्काल नहट्ने भएको छ । सरकारले बिहीबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० […]
१७ जेठ, काठमाडौं । सरकारले खानेपानी उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै खानेपानीको उपयोग गर्दा तिर्नुपर्ने बिजुलीको डिमाण्ड शुल्क मिनाहा दिने बताएका छन् । डिमाण्ड शुल्क मिनाहाको माग गर्दै खानेपानी उपभोक्ता समितिहरुले पट- पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए […]
१७ जेठ, विराटनगर । पुरानो रिसका कारण नाताले भिनाजु पर्ने कमल राईको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका– ३ का कमल राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नाताले सालो पर्ने बराह क्षेत्र ३ इक्राहीका २२ वर्षीय गणेश लिम्बु र गणेशका साथी १९ वर्षीय प्रदीप राजधामीलाई पक्राउ […]
१७ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–७ मा साइकल लेनसहितको सडक बन्ने भएको छ । भरतपुर–७ को गौरीगञ्ज हेल्थपोष्ट चोकदेखि प्रेमबस्ती चोकसम्म १३ सय मिटर लामो साइकल लेनसहितको सडक बन्ने भएको हो । रु. ९ करोडको लागतमा बन्ने सडकको भरतपुर महानगर प्रमुख रेनु दाहालले शनिबार एक कार्यक्रमका बीच शिलान्यास गरिन् । पहिलो चरणमा […]
१७ जेठ, विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अपलत्र परेका २७ कोरोना संक्रमित अस्पतालको आइसोलेसनमा वार्डमा भर्ना भएका छन् । शुक्रबार राति झापाको कचनकवलबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका २७ जना कोरोना संक्रमित रातभर गाडीमा बसेका थिए । शनिबार बिहान उनीहरु भर्ना भएका हुन् । रातभर संक्रमितलाई बाहिरै राखेपछि प्रदेश १ […]
१७ जेठ, सुर्खेत । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बस्दै आएका एक व्यक्तिकाे मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष रहेका छन् । उनकको शनिबार बिहान दुल्लुस्थित विद्युत अफिसमा निर्माण गरिएको क्वारेन्टिनमा मृत्यु भएकाे दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. […]
१७ जेठ, काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले संसदमा विचाराधीन एमसीसी सम्झौताबारे संसदले जे फैसला गर्छ, त्यहीअनुसार अगाडि बढ्ने निष्कर्ष निकालेको छ । संसदले एमसीसी अनुमोदन नगरे बजेटको अनुसूची हेरफेर हुने बैठकको निश्कर्ष छ । साथै बैठकले एमसीसीएका महत्वपूर्ण कामहरु हाललाई रोक्ने निर्णय गरेको छ । ‘एमसीसीका बारेमा मुख्यतः बजेटमा प्रस्तुत अनुसूचिमा राखिएको […]
१७ जेठ, काठमाडौं । शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत सीमा समस्या र भारतले सीमा क्षेत्रमा निर्माण गरेका भौत्तिक संरचनाहरुका कारण नेपाललाई परेको समस्याबारेको छलफलमा सहभागी भए । लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई लिएर नेपाल–भारतबीच विवाद चलिरहेका बेला संसदको राज्य व्यवस्था समितिलाई परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग तीबाहेक अन्य भूभागमा रहेका गम्भीर समस्या पनि सुनाए । सीमा समस्या […]
१७ जेठ, वीरगञ्ज । पर्सामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब प्रमुख डा. निरा पाठकले जानकारी दिइन् । उनका अनुसार सखुवाप्रसौनी क्वारेन्टिनमा बसेका १८ वर्षीय युवक र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ६० वर्षीया […]
१७ जेठ, काठमाडौं । सरकारले बजेट वक्तव्यमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाको अनुदान रकम घुसाएको भनेर सत्तारुढ नेकपामा विवाद शुरु भएको छ । विवाद समाधानका लागि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको छ । सचिवालय बैठकमा नेकपाको एमसीसी कार्यदलका सदस्य रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावलका साथै अर्थमन्त्री डा. युवराज […]
१७ जेठ, सुर्खेत । कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला संयोजक विवेककुमार पुनले पुष्टि गरेका हुन् । सुर्खेतमा रहेको प्रयोगशालामा चाप भएपछि […]
१७ जेठ, काठमाडौं । भक्तपुरको मध्यपुरठिमीमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको कदमबास घर बताउने र हाल भक्तपुरको नगदेशमा बस्ने २१ वर्षीय सचिन तामाङ छन् । शनिबार बिहान करिब सवा २ बजेतिर मध्यपुरठिमी नगरपालिका वडा नम्बर ६ बाहखा बजारस्थित सन्जिब चित्रकारको घरको भुइँतलामा रहेको […]
१७ जेठ, काठमाडौं । शैक्षिक बेरोजगारहरुका लागि शैक्षिक प्रमाण पत्र धितोमा राखेर ऋण दिइने गत वर्ष अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा एउटा नयाँ कार्यक्रम घुसाए । बजेटमा नयाँ भए पनि बेलाबखतमा सर्टिफिकेट धितोमा राखेर ऋण दिने चर्चा चलिरहन्थ्यो । अर्थमन्त्री खतिवडाले ल्याएको एउटा लोकप्रीय कार्यक्रम थियो । जसलाई विद्यार्थीका संगठनहरुले खुलेरै स्वागत गरेका थिए । […]
from समाचार – Online Khabar https://ift.tt/2U99PPh
via IFTTT