Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आज गणतन्त्र दिवस

१५ जेठ, काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १३ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको […]

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

१५ जेठ, काठमाडौं । अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ९८ हजार ५ सय ८१ छ । यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोना संक्रमणबाट एक लाख […]

चौरजहारी घटनाबारेको भनाइ तोडमतोड गरेर राजनीतिकरण गरियो : जनार्दन

१४ जेठ, काठमाडौं । नेकपा नेता जनार्दन शर्माले चौरजहारी घटनाबारे आफूले राखेको भनाइलाई गलत ढंगले व्याख्या गरिएको गुनासो गरेका छन् । रुकुम पश्चिमका जनप्रतिनिधिसमेत रहेका शर्माले संसदमा बोलेका विषयलाई बंग्याएर गलत रूपमा व्याख्या गरिएको बताए । ‘संसदमा मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ,’ शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै […]

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर : चिकित्सक संघ

१४ जेठ, काठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत २ चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै घटनाका दोषीमाथि कारबाही गर्न माग गरेको हो । कोभिड–१९ रोकथाम, नियण्त्रण र उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेर मनोबल गिराउने काम गरिएको भन्दै संघले अस्पताललाई शान्ति क्षेत्र घोषणा गर्न […]

प्रदेश २ मा एकैदिन थपिए ४५ संक्रमित, ३५ जना रौतहटका

१४ जेठ, काठमाडौं । प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो । संक्रमितहरूमध्ये रौतहटका मात्रै […]

सलह किरा रोक्न नेपालमा हामी के गर्न सक्छौं ?

चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ताअगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (जसलाई नेपालीमा सलह भनिन्छ)ले धेरै नै क्षति पुर्‍याएको समाचारहरू प्रकाशित भए । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदैगर्दा यही खतरनाक किरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको […]

औद्योगिक क्षेत्रको जग्गा सदुपयोग नगर्ने चार दर्जन बढी उद्योग र गोदाम हटाइने

१४ जेठ, काठमाडौं ।  उद्योगमन्त्री लेखराज भट्टले  देशभरको औद्योगिक क्षेत्रभित्र ठाउँमात्रै ओगटेर बसेका उद्योग तथा व्यवसायका गोदाम हटाउन निर्देशन दिएका छन् । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन् । ‘देशभरका १० वटै औद्योगिक क्षेत्रभित्र रहेका सबै अनुत्पादक व्यवसायका दर्ता तथा ठाउँ मात्रै ओगटेका सो-रुम हटाउनुस्, […]

भारी वर्षाले काठमाडौंमै बाढी र डुवान (फोटो फिचर)

१४ जेठ, काठमाडौं । बुधबार दिउँसोदेखि परेको पानीका कारण काठमाडौं उपत्यका जलमग्न भएको छ । यहाँका खोला नदीहरुमा ठूलो बाढी आएको छ । नदी छेउका कतिपय वस्ती डुवानमा पनि परेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ६ मूलपानीमा मनोहरा खोलामा बाढी आउँदा किनारका बस्ती जलमग्न भएको छ । सो क्षेत्रमा २ घण्टासम्म लगातार असिनासहित वर्षा […]

मल र बीउ पाउन किसानलाई सधैं पिरलो

२४ वैशाख, काठमाडौं । खेती लगाउने बेला किसानले मल र बीउको अभाव खेप्नु नेपालमा एउटा परम्परा जस्तै भईसकेको छ । यस वर्ष पनि पहाड र तराईमा खेतिको सिजन सुरु भएको छ । सरकारी र नीजि गोदाममा मल र बीउ तत्कालकालागि पुग्दो मात्रामा रहेको सरकारी कम्पनीको दाबी छ । सरकारी कम्पनीहरुसँग झण्डै एक महिनालाई पुग्ने मल […]

कोरोना संक्रमितको उपचार गर्न सक्षम छ बागलुङ

१४ जेठ, पोखरा । चैतको दोस्रो सातातिर बागलुङमा २ जना कोरोना संक्रमित भेटिए । ती दुवै बेल्जियमबाट फर्किएका थिए । नेपालमा कोरोना संक्रमण देखिन थालेको सुरुआती समयमा भेटिएका ती संक्रमितलाई कहाँ राखेर उपचार गर्नेबारे अन्यौलता थियो । संक्रमणको सुरुआती समयमा कोरोनाबारे सही जानकारी र सूचनाभन्दा अपवाहले जनस्तरमात्रै नभई उपचारमा संलग्न हुने चिकित्सक नै त्रसित थिए […]

नेपालमा मनसुन ढिलो भित्रिने, तर हुनेछ औसत वर्षा

१४ जेठ, काठमाडौं । यस वर्षको मनसुन अवधिमा नेपालमा औसत वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । यद्यपि, यस वर्ष नेपालमा ढिलो मनसुन भित्रिने अनुमान मौसमविदको छ । सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ । यस वर्ष नेपालमा कम्तीमा एक हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविदले […]

बाली लगाउनुपूर्व नै सिफारिस भयो धानको समर्थन मूल्य

१४ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलोपटक बाली लगाउनुपूर्व नै धानको न्युनतम सर्मथन मूल्य सिफरिस गरेको छ । समान्यतयाः बाली भित्र्याउने बेलामा तोकिदै आएको सर्मथन मूल्य पहिलोपटक जेठमै सिफारिस भएको हो । मध्यम खालको धानको प्रतिक्वन्टल सर्मथन मूल्य दुई हजार आठ सय ८५ रुपैयाँ र मोटा धानको दुई हजार सात सय ३५ […]

नरैनापुरको क्वारेन्टाइन : शौचालय छैन, मध्यरातमा उठेर नुहाउनुपर्छ

१३ वैशाख, नेपालगञ्ज । कोही भारतको महाराष्ट्रबाट आएका छन् तर कोही गुजराज र कोही मुम्बईलगायतका स्थानबाट आएका छन् । सँगै आएकामध्ये ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पनि पुष्टि भएको छ । अहिले क्वारेन्टाइनमा ३५ जना छन् । तर उनीहरुका लागि एउटा पनि शौचालय छैन । यो धेरै संक्रमण भेटिएको बाँकेको नरैनापुरको गुल्सनेवारी क्वारेन्टाइनको […]

गण्डकीमा अझै बढ्न सक्छन् संक्रमित, प्रदेश सरकार भन्छ–चिन्ता नलिनू !

१४ जेठ, पोखरा । दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको बडिगाड गाउँपालिकाबासी त्रसित छन् । अर्कोतर्फ भारतबाट ल्याइएका गाउँवासीलाई राख्न क्वारेन्टाइनको व्यवस्था गर्न जनप्रतिनिधिलाई हतार छ । सुरुमा ३० जनाका लागि बनाएको क्वारेन्टाइनले भ्याउनेभन्दा धेरै मानिस भारतबाट ल्याउनु परेपछि अहिले क्वारेन्टाइन तयार गर्न रात दिन लाग्नुपरेको अध्यक्ष मेहरसिंह पाइजा बताउँछन् । ‘न सुत्ने फुर्सद […]

संघीयताका कारण कोरोनासँग जुध्न सहज भयो : मुख्यमन्त्री राई

१४ जेठ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय संरचनाका कारण कोरोना महामारीसँग जुध्न सहज भएको बताएका छन् । बुधबार सुरु प्रदेश १ को प्रदेशसभा अधिवेशनमा बोल्दै मुख्यमन्त्री राईले तीन तहका सरकार भएका कारण कोरोना रोकथाम तथा उपचारमा सहज भएको बताएका हुन् । संघीयताकै कारण कोरोना संक्रमण रोकथाममा प्रदेश सरकार र स्थानीय सरकारले […]

प्रदेश १ ले बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिने

१४ जेठ, विराटनगर । प्रदेश १ सरकारले कृषि, शिक्षा, स्वास्थ्य र उद्यमशीलतालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । बुधबार सुरु प्रदेशसभा अधिवेशनमा बजेट सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले उत्पादन र रोजगारीमा आधारित बजेट आउने बताए । बजेटको आकार चालु आर्थिक वर्षमा भन्दा घट्ने बताउँदै आङ्बोले बजेट […]

प्रदेश स्थापना दिवस मनाउन कर्णालीमा भदौ ४ गते सार्वजनिक विदा

१४ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले भदौ ४ गते प्रदेशमा सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले गत वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा शहीद दिवस घोषणा गरेको थियो । सोही दिन प्रदेशभर नै सार्वजनिक विदा दिने निर्णय निर्णय प्रदेश सरकारले गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्राप्तिको आन्दोलनमा मृत्यु […]

सर्वोच्चले भन्यो : गरिब र विदेशबाट फर्केकाको आरडीटी टेस्टमा पैसा नलिनू

१४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले गरिब र विदेशबाट फर्केका नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणका लागि पैसा नलिन आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते जारी गरेको अन्तरिम निर्देशिका सामाजिक न्यायको दृष्टिले उपयोगी नदेखिएको भन्दै तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएका हो । उक्त निर्देशिकामा […]

दलित युवक हत्याको विरोधमा बुटवलमा प्रदर्शन

१४ जेठ, बुटवल । अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा दलित युवकसहित चारजनाको हत्या भएको भन्दै बुटवलमा विरोध प्रदर्शन भएको छ । दलित अगुवा, मानव अधिकार तथा शान्ति समाज, राजनीतिक दलका नेता–कार्यकर्ता, विश्वकर्मा युथ क्लबले बुटवलको पुष्पलाल पार्कमा भेला भएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । करिब दुईसय जनाको संख्यामा उपस्थित उनीहरुले ‘जातीय आधारमा हत्या कहिलेसम्म […]

रुकुममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न माग

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद विमला नेपालीले रुकुममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न माग राखेकी छन् । ‘कथित माथिल्लो जातको युवतीको प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृत्युको खबरले स्तब्ध बनाएको छ । यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणको सहिद घोषणा गरियोस्’ […]

लकडाउनको दुई महिनामा के-के भयो, के-के भएन ?

निश्चय पनि अहिले विश्व नै कठिन समयमा छ । संसारभरका विज्ञहरू अलमलमा छन् । यो स्वाभाविक पनि हो, किनकि समस्या नयाँ छ । हरेक देशका विज्ञहरूले बनाएका रणनीतिहरू फेल खाएका छन् । त्यसको असर नेपाललाई पनि पर्ने नै भयो। यसो भन्दैमा हामीले हात बाँधेर बस्न पनि भएन । हामी दुई महिनादेखि लकडाउनमा छौं । लकडाउन सुरुहुँदा नेपालमा दोस्रो […]



from समाचार – Online Khabar https://ift.tt/2X6WgS4
via IFTTT
Powered by Blogger.