समाचार
१३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई सातामा २६ हजार नागरिक भित्रिएका छन् । २ जेठयता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् । उनीहरुमध्ये धेरै कैलालीको गौरिफन्टा नामाबाट भित्रिएका छन् । कैलालीको गौरिफन्टा नाकाबाट मात्रै १९ हजार ४ सय ८३ जना भित्रिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको […]
१३ जेठ, काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर ( करिब एक लाख ३१ हजार रुपैयाँ) पुगेको छ । सरकार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७अनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस्तो आकडामा पुगेको हो । गत आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १०४७ डलर रहेको थियो […]
१३ जेठ, काठमाडौं । काठमाडौंमा रहेका ठोरीका बासिन्दालाई एक सामाजिक संस्थाले राहत उपलब्ध गराएको छ । विभिन्न पेशा, व्यवसाय तथा अध्ययनको सिलसिलामा काठमाडौमा बस्दै आएकालाई ठोरी नागरिक समाजले राहत उपलब्ध गराएको हो । विशेष गरेर ज्याला मजदुरी गर्ने पीडित परिवारहरुको खोजी कार्य गरी उनीहरुलाई खाद्य सामग्री उपलब्ध गराएको काठमाडौं बस्दै आएका नागरिक समाजका देव श्रेष्ठले […]
१३ जेठ, काठमाडौं । रुकुम चौरजहारीको घटनाप्रति दुःख व्यक्त गर्दै साझा पार्टीले निष्पक्ष छानबिन गर्न माग गरेको छ । पश्चिम रुकुमको चौरजहारीमा गत शनिबार प्रेमिकासँग बिहे गर्न गएका भनिएका जाजरकोटका युवा नवराज विश्वकर्मा र उनका दुई साथीको हत्या भएको थियो । त्यस्तै, ३ जना हालसम्म बेपत्ता छन् । घटनाबारे चौतर्फी आलोचना भइरहेका बेला साझा पार्टीका […]
१३ जेठ, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये पाँचवटा संस्थानले शून्य कारोबार गरेका छन् । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये ५ वटा संस्थानको कारोबार शून्य देखिएको हो । यस अवधिमा २६ वटा संस्थान नाफामा र १३ वटा संस्थान भने घाटामा संचालन भएको अर्थ मन्त्रालयको आंकडामा उल्लेख छ । […]
१३ जेठ, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । एसियाली विकास बैंकले मंगलबार उक्त ऋण सहायता स्वीकृत गरेको हो । सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड-१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा यो रकम […]
१३ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी घटनाका पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले राहत दिने भएको छ । दलित युवासहितको मृत्यु भएको घटनाप्रति दुःखव्यक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवारलाई उचित राहत दिने बताएका हुन् । घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरिसकेको जानकारी गराउँदै मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट समेत छानबिन गरी दोषिमाथि कारबाही गर्न […]
१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षा गर्दै गर्दै रेमिट्यान्समा उच्च गिरावट आएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार गत चैत र वैशाख महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष (२०७५) को चैत र वैशाख महिनामा भने १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको […]
१३ जेठ, बुटवल । प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ३० जना पुगेको छ । मंगलबार देशभर ९० जना नयाँ संक्रमित थपिंदा प्रदेश ५ मा मात्रै ३२ जना नयाँ संक्रमित थपिएका छन् । ३२ जनामध्ये २४ जना कपिलवस्तुका र ८ जना बाँकेका हुन् । मंगलबार सार्वजनिक रिपोर्ट अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिकामा मात्रै […]
१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै १८ वटा वाणिज्य बैंकहरुले ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी गरेको जानकारी दिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा नै वाणिज्य बैंकहरुले […]
१३ जेठ, काठमाडौं । रुकुमको चौरजहारीमा दलित युवकमाथि भएको जातीय विभेदयुक्त हत्याको विरोधमा युवा विद्यार्थीले स्वतःस्फूर्त रुपमा विरोध प्रदर्शन थालेका छन् । कोरोना महामारीको लकडाउनका कारण सकडमा प्रदर्शन गर्न सम्भव नभएपछि सामाजिक सञ्जाल र पायक पर्ने ठाउँमा सामाजिक दूरीसहित भेला भएर जनचेतनामूलक प्लेकार्डसहित प्रदर्शन भइरहेका हुन् । संगठित रुपमा नभए पनि सामाजिक सञ्जाल र सञ्चार […]
१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएलगत्तै स्थानीय तह तथा समुदाय सिल नगर्न आग्रह गरेको छ । पछिल्लो समय संक्रमितको पूर्ण विवरण यकिन नहुँदै हल्लाकै भरमा स्थानीय तह तथा समुदाय सिल गर्ने प्रवृत्ति बढेको छ । यसले अनावश्यक स्थान सिल हुन पुगेको भन्दै स्वास्थ्य मन्त्रालयले हतारमा निर्णय नलिन […]
१३ जेठ, काठमाडौं । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफसी) ले कोभिड १९ को महामारीका कारण सिथिल बनेको निजी क्षेत्रलाई गतिशील पार्न भूमिका खेल्ने बताएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजना गरिएको वेविनारमा बोल्दै आइएफसीका नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर वेण्डी वर्नरले यस्तो बताएकी हुन् । अहिले कठीन परिस्थितिमा […]
१३ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ । रुसले मंगलबार दिएको आधिकारिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७४ पुगेको हो । यससँगै रुसमका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ८०७ पुगेको छ । त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा […]
१३ वैशाख,काठमाडौं । सरकारले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक लगानी बढेको जनाएको छ । मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दैं अर्थमन्त्री डा. युवराज खतिवडाले करिब १ खर्ब ८५ अर्ब लगानी स्वीकृत भएको जानकारी दिएका हुन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उद्योग विभागबाट २९ अर्ब ६७ करोड र लगानी […]
१२ जेठ, काठमाडौं । पेट्रोलियम बिक्री वितरणको क्षेत्रमा कार्यरत मजदुर कटौती हुनसक्ने व्यवसायीको चेतावनीप्रति अखिल नेपाल पेट्रोलियम मजदुर संगठनले आपत्ति जनाएको छ । सोमबार संघका अध्यक्ष शिव पोख्रेलले एक विज्ञप्ति जारी गर्दै अत्यवश्यक क्षेत्रका श्रमिक अन्यायमा परे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । श्रमिक र व्यवसायीको सहमतिमा समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा व्यवसायी संगठने एक […]
१३ जेठ, काठमाडौं । वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो । नारायणी अस्पतालका चिकित्सक […]
१३ जेठ, काठमाडौं । साझा पार्टीले रुकुम पश्चिममा दलित युवकको हत्या भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गरी साझा पार्टीले घटनालाई सामसुम पार्न राजनीतिक सक्रियता बढेको भन्दै छानबिन समिति राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएको छ । यो घटनालाई बर्बर र नृशंस अपराध भन्दै साझा पार्टीले वडाध्यक्षसमेत आक्रमणमा संलग्न […]
१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड नियन्त्रणमा कार्यरत अस्पतालका स्वास्थ्यकर्मीहरुलाई सिफ्टमा ड्युटी मिलाउन निर्देशन दिएको छ । स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले दुई समूह बनाई आलोपालो ड्युटी लगाउन निर्देशन दिएको हो । स्वास्थ्यकर्मीहरु काम गर्ने क्रममा संक्रमित हुन गई सेवा प्रवाहमा अफ्ठ्यारो नपरोस भनेर यो निर्णय गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन […]
१३ जेठ, कैलाली । कैलालीमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।जानकी गाँउपालिका- १ का ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । ६ गते १६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा मंगलबार एक जनामा संक्रमण देखिएको जानकी गाउँ पालिका स्वस्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले बाताए । भारतबाट जेठ ३ गते कैलाली आएका उनी […]
१३ जेठ, काठमाडौं । मुगुमा भूकम्प गएको छ । मंगलबार अपराहृन ठीक ४ बजे भूकम्पकको धक्का महसुुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जैर आसपास भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।
from समाचार – Online Khabar https://ift.tt/2X1vxX2
via IFTTT






















