समाचार
१३ जेठ, काठमाडौं । गुल्मीमा सोमबार पुष्टि भएका दुई जनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासनीय अधिकृत काशीराम पन्थीका अनुसार जनप्रतिनिधिमा कोरोना देखिएको हो । ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ, अहिले निवासमै आइसोलेसनमा हुनुहुन्छ’ उनले अनलाइनखबरसँग भने, ‘अब कहाँ लैजाने भन्ने सम्बन्धमा हामी छलफल गर्दैछौं ।’ प्रमुख प्रशासकीय अधिकृत पन्थीका […]
१३ जेठ, बुटवल । कोरोना परीक्षणमा ढिलाई हुुँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्ने क्रम बढेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले गुनासो गरेका छन् । १४ दिनको बसाइ पूरा गर्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्न थालेका प्रमुख जिल्ला अधिकारी दर्घनारायण पौडेलले बताए । सोमबार राति साढे ९ बजे कपिलवस्तु नगरपालिका वडा– ४ मलपरवास्थित सुन्दर प्राथमिक विद्यालयमा […]
१३ जेठ, कैलाली । दाहिने काखमा एक महिनाको शिशु च्या…च्या…गरिरहेको छ । ६ बर्षकी छोरी बायाँ हातको चोर औला समातेर टोलाइरेकी छे । भुईंमा टेक्नै कठिन हुने गरी दुबै खुट्टा लुला भएका छन् । घोडाघोडी नगरपालिका– ६ कि टीका बोहरा थकाइ मेटाउन बेला बेलामा लामो सास फेर्छिन् । टीका, उनका श्रीमान वीरबहादुर र दुई छोरी […]
१३ जेठ, काठमाडौं । संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितको लोगो राखिएको हो । मन्त्रिपरिषदको ५ जेठको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो । सो नयाँ नक्सा ७ जेठमा भूमि व्यवस्था […]
१३ जेठ, काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो । वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका […]
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा देखिएको बताएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लकडाउनमा समाजका गतिविधि बन्द हुँदा बेथिती र भ्रष्टाचारसँगै अलोकतान्त्रिक गतिविधि बढ्दै जाने देखिएकाले सञ्चार माध्यमले खबरदारीको भूमिका बढाउन जरुरी रहेको बताए । कोरोना महामारी […]
१३ जेठ, अर्घाखाँची । अर्घाखाँचीका कोरोना संक्रमितलाई दाङ पठाइने भएको छ । दाङको कोरोना अस्पतालमा समन्वय गरेर दाङ पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । रेडक्रसको एम्बुलेन्समा उनीहरुलाई दाङ लैजाने तयारी गरिएको छ । एम्बुलेन्स चालक र उनीहरु दुईजना मात्रै दाङ जानेछन् । अर्घाखाँचीमा सोमबार दुई जनामा कोरोना पुष्टि भएको थियो । […]
१३ जेठ, चितवन । चितवनको नारायणी नदी किनारलाई सिँगारेर सुन्दर बनाउने चर्चा वर्षौंदेखि चले पनि काम अघि नबढिरहेको बेला यस पटक पैदल हिँड्ने बाटो (वाकिङ पाथ) बनाउने काम सुरु भएको छ । नदी किनाराको माथिल्लो भागमा ४२५ मिटर लम्बाइ र २.५ मिटर चौडाइ रहने गरी मोजाइक टायल बिछ्याएर वाकिङ पाथ बनाउन थालिएको छ । तर […]
१३ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार ३८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ५३५ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट […]
१३ जेठ, काठमाडौं । साझा पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति दम्भयुक्त र दुर्भाग्यपूर्ण भएको बताएको छ । मंगलबार प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी सरकारले समाजका विभिन्न कोणबाट उठेका चिन्ता र चासोलाई वेवस्ता गरेर बहुमतको आडमा एमसीसीलाई पारित गरेरै छाड्ने ढिपी गरेको टिप्पणी गरेका छन् । ‘यदि आपत्तिजनक […]
१३ जेठ, काठमाडौं । कोरोनाको महामारी लागेपछि देशमा छेडिएको बहस हो, ‘अब कृषि उपजमा कसरी आत्मनिर्भर बन्ने र रोजगारी गुमाएकाहरूलाई कसरी नयाँ कामको अवसर दिने ?’ अर्थविद्हरूले नेपालमा कृषिमा व्यवसायीकरण गर्नुपर्ने अवस्था रहेकाले त्यसै सम्भावनामा टेकेर रोजगारीको अवसर सिर्जना गर्न सरकारलाई सुझाव दिँदै आएका छन्। सरकारले पनि आगामी आर्थिक वर्षमा कृषिलाई मुख्य आधार बनाउँदै रोजगारी […]
१३ जेठ, काठमाडौं । कोभिड १९ महामारीविरुद्ध लड्न सरकारले लकडाउन गरेको ६३ औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको तेस्रो सम्बोधनले महामारीविरुद्धको लडाइँ अझ लामो जाने प्रष्ट संकेत गरेको छ । प्रधानमन्त्रीको भनाइअनुसार कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ । रोगप्रतिरोधी आचरण र जीवनशैली अपनाउनुपर्छ र सतर्कतासहित […]
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना भाइरस संक्रमणको जोखिममा सुरक्षित भएर पेशागत धर्म निर्वाह गर्न र सरकारलाई निरन्तर खबरदारी गरिरहन प्रेस युनियनलाई आग्रह गरेका छन् । नेपाली भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला राष्ट्रिय एकतालाई बलियो बनाउन पनि उनले अपिल गरेका छन् । नेपाल प्रेस युनियन २९ औं वर्ष प्रवेश […]
१३ जेठ, रुकुम । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीसँग विवाह गर्न चाहन्थे । उनी शनिबार राति १९ जना साथी लिएर दुलही ल्याउन सोती गएका थिए । केटी पक्षबाट पटक–पटक मानसिक रूपमा तनाव र शारीरिक रूपमा कुटपिट व्यहोरेका नवराज जब युवतीको घर नजिकै पुगे, युवतीले भन्दा उनकी आमाले चाँडै थाहा […]
१३ जेठ, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब […]
१३ जेठ, काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको छ । बिमा कम्पनीहरुले कोभिड–१९ को बिमा गर्न शुरु गरेको एक महिनामा नै २ लाख बढीले बिमा गरेका छन् । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापगाईंले सोमबारसम्मात्रै २ लाख १५ हजार व्यक्तिको कोरोना बीमा भइसकेको जानकारी दिए । […]
१३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित संख्याको आधारमा अहिले भारत विश्वको १० औं बढी प्रभावित मुलुक बनेको छ । कोभिड–१९ को विषयमा अनुसन्धान गरिरहेका भारतीय शोधकर्ताका अनुसार जुलाइसम्ममा भारतमा केही लाख संक्रमित थपिन सक्छन् । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ३८ हजार नाघिसकेको छ । संक्रमित संख्याको हिसाबमा […]
१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ । आर्थिक सर्वेक्षण पेश भएको पर्सिपल्ट नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा प्रस्तुत हुने छ । हरेक वर्ष जेठ १५ गते बजेट […]
१३ जेठ, काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुंगेल पुनः नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । यसअघि उनी वि.सं. २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए । उनको कार्यकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद […]
१३ जेठ, झापा । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो । मोरङतिरबाट आएको हात्तीलाई नेपाली र […]
१३ जेठ, काठमाडौं । बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले प्रेस ब्रिफिङमा १५ जुनदेखि अत्यावश्यक बाहेकका खुद्रा पसल पनि खोल्न दिइने बताएका हुन् । यद्यपि सबै पसलहरुले सरसफाइमा भने विशेष ध्यान दिनुपर्ने छ । साथै व्यक्ति–व्यक्तिबीचको दुरी पनि कायम राख्नुपर्ने छ । बेलायत सरकारले कोरोना महामारीका कारण गरिएको लकडाउन […]
from समाचार – Online Khabar https://ift.tt/2ZBVa2w
via IFTTT





















