समाचार
१८ जेठ, गुल्मी । गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका–४ का ५६ वर्षीय चन्द्रबहादुर परियारले क्वारेन्टाइनबाट भागेर आत्महत्या गरेको वडा अध्यक्ष डिलाराम न्यौपानेले जानकारी दिए । उनी शनिबार मात्रै भारतबाट आएका थिए । उनलाई आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो । छत्रकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष न्यौपानेका अनुसार […]
१८ जेठ, धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबार सुनसरी बराहक्षेत्र–३ इक्राही जमुना कित्तास्थित प्लटिङ जग्गामा कमल […]
१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ । निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो […]
१८ जेठ, काठमाडौं । कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण […]
१७ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । केन्द्रीय कार्यसमितिले भनेको छ, सुगौली सन्धिले कालीपूर्वको भूभाग हाम्रो भएको प्रष्ट […]
१७ जेठ, सुर्खेत । कालिकोटमा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये कालीकोटका १७ जना छन् भने दैलेखको दुल्लुका एक र बाजुराका एकजना रहेका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी […]
१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ र […]
१७ जेठ, गुल्मी । गुल्मीमा क्वारेन्टिनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका वडा नम्बर-४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर […]
१७ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) का कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको बिहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
१७ जेठ, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता संसदबाट अनुमोदन नहुँदासम्म मिलेनियम च्यालेन्ज एमसीसीका कामहरु रोक्ने निर्णय गरेको छ । तर आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको अनुसूचीबाट भने एमसीसी तत्काल नहट्ने भएको छ । सरकारले बिहीबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० […]
१७ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको अनुसूचीमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) समावेश गरिएको विषयलाई लिएर शनिबार बिहान बालुवाटारमा नेकपा सचिवालयको आकस्मिक बैठक बस्यो । बैठकमा सचिवालय सदस्य नरहेका भीम रावललाईसमेत निम्त्याइएको थियो । नेकपाका स्थायी कमिटी सदस्य रावल एमसीसी सम्झौताका खरो आलोचक हुन् । झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसी अध्यययन कार्यदलको […]
१७ जेठ, जनकपुरधाम । प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५४७ पुगिसकेको छ । हरेक दिन थपिने संक्रमितको संख्यामा प्रदेशका आठ जिल्लाकै ठूलो हिस्सा हुन्छ । यसरी थपिने अधिकांश संक्रमितहरु भारतबाट फर्किएर स्थानीय तहको क्वारेन्टिनमा बसेकाहरु छन् । अहिले पनि प्रदेशभरका क्वारेन्टिनमा १८ हजार बढी छन् । तर न्यूनमत मापदण्ड नै नपुगेको क्वारेन्टिन […]
१७ जेठ, कैलाली । गौरीफन्टा नाकाबाट ८ जेठमा २४ सय ९८ जना नेपाल प्रवेश गरे । दार्चुलाको धार्चुला नाकाबाट ३१९ जना भित्रिए । दुई नाकाबाट एकैदिन नेपाल आएका २८१७ जनामध्ये ७ जनामा कोरोना संक्रमणको पुष्टि भयो । उनीहरु मध्ये ६ जनाको कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेको सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । ‘८ गतेको […]
१७ जेठ, रौतहट । इशनाथ नगपारलिका–७ को जोकहामा रहेको अनवारुल इस्लामिक मदरसाको क्वारेन्टिनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमितलाई जिल्लाकै गरुडा विर्तामा रहेको प्रहरी विद्यालयमा बनाइएको आइसोलेसनमा पठाउन नगरपालिकाको टोली पुग्दा स्थानीयले विरोध गरे । विरोध गर्नेहरुको समूहमा महिला बढी थिए । क्वारेन्टिनमा बसेकाहरु पनि विरोधमा उत्रिए । सक्रमितलाई अन्यत्र लैजान नहुने, […]
१७ जेठ, वीरगञ्ज । पर्सामा शनिबार एकैदिन सात जनामा करोना संक्रमण पुष्टि भएको छ ।शनिबार बिहान र साँझ गरी पर्सामा सात जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । शनिबार साँझ पर्साको पटेर्वा सुगौली गाउँपालिकाको निचुटास्थित क्वारेन्टाइनमा बस्दै आएका ५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ जना महिला र ४ पुरुष छन् । नारायणी […]
१७ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत हेटौंडा घर भएकी एक २५ वर्षीया गर्भवती युवती कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमै संक्रमण मुक्त भएकी छिन् । हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालाले गत जेठ १४ गते ती महिलामा संक्रमण पुष्टि भएको जनाएको थियो । उनको जाँच जेठ १० गते भए पनि संक्रमण […]
१७ जेठ, काठमाडौं । शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत सीमा समस्या र भारतले सीमा क्षेत्रमा निर्माण गरेका भौत्तिक संरचनाहरुका कारण नेपाललाई परेको समस्याबारेको छलफलमा सहभागी भए । लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई लिएर नेपाल–भारतबीच विवाद चलिरहेका बेला संसदको राज्य व्यवस्था समितिलाई परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग तीबाहेक अन्य भूभागमा रहेका गम्भीर समस्या पनि सुनाए । सीमा समस्या […]
१७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) गठन गर्ने बताइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अन्तर्गत आएको उक्त प्रस्तावले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारी अचम्ममा परे । खाद्य सुरक्षा र गुणस्तरको समग्र गतिविधि […]
१७ जेठ, काठमाडौं । सर्लाहीकाे बिष्णु गाउँपालिका-६ सिमराबाट सशस्त्र प्रहरी (एपीएफ)काे टोलीले लागूऔषधसहित एक जनालाई शनिबार पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-४ बस्ने २७ वर्षीय फैइज आलम छन् । ज ३ प ५७६ नम्बरको मोटरसाइकलमा सवार आलमलाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनकाे साथबाट एक्सीप्लोन नामक ६ बोतल लागूऔषध बरामद भएको सशस्त्र प्रहरीले […]
१७ जेठ, काठमाडौं । सघीय संसद अन्तर्गत प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कोरोना भाइरस (कोभिन–१९) संक्रमण परीक्षणका लागि तत्काल आर्थिक प्याकेज ल्याउन सरकारलाई निर्देशन दिएको छ । शनिबार समिति सचिवालय सिंहदरबारमा बसेको बैठकले पीसीआर परीक्षणको संख्या बढाउन र त्यसका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । परीक्षणको दर […]
१७ जेठ, भक्तपुर । मध्यपुर थिमि नगरपालिका-६ बाहखा बजारस्थित एनआईसी एसिया बैंकको एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर थिमि नगरपालिका-६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ रहेका छन् । एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा शनिबार बिहान प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । […]
from समाचार – Online Khabar https://ift.tt/2As2Wl6
via IFTTT