Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सीमा नाकामा मृत्यु भएका युवकमा देखिएन कोरोना

१६ जेठ, जनकपुरधाम । भारतबाट फर्किने क्रममा सीमामै मृत्यु भएका युवकमा कोरोना नभएको पुष्टि भएको छ । चार महिनाअघि रोजगारीका लागि भारतको हरियाना गएका धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादवको घर फर्किने क्रममा बुधबार बिहान जटही नाकामा ज्यान गएको थियो । उनको शवलाई नेपाली सेनाको टोलीले बुधबारै प्रादेशिक अस्पतालमा ल्याएपछि स्वाब संकलन गरिएको […]

बजेटले कर बढाएपछि प्रतितोला साढे २३ सयले महंगियो सुन

१६ जेठ, काठमाडौं । सरकारले विहीबार घोषणा गरेको आर्थिक वर्ष ७७/७८ को बजेट पछि सुनको प्रतितोला मूल्यमा २३ सय ३२ रुपैयाँले भारथ थपिएको छ । कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब साढे २३ सय रुपैयाँ थपेर मात्रै नयाँ मूल्य तोक्न सकिने अवस्था भएको हो । यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच […]

भक्तपुरकी कोरोना संक्रमित ६ दिनमै डिस्चार्ज

१६ जेठ, भक्तपुर । एकजना कोरोना संक्रमित कोरोना पुष्टि भएर अस्पताल भर्ना भएको ६ दिनमै डिस्चार्ज भएकी छन् । पाटन अस्पतालमा भर्ना भएकी भक्तपुर नगरपालिका की ४२ वर्षीया महिलाको ६ दिनमै पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् । यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा उनको स्वाब सङ्कलन गरिएको थियो ।  […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३९९ पुग्यो

१६ जेठ, बुटवल । कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरु कपिलवस्तु नगरपालिका-१० का २४ वर्षका पुरुष र वडाम्बर ११ का २३, २५ र २६ वर्षका तीनजना पुरुष हुन् । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १३६ पुगेको छ । कपिलवस्तु नगरपालिकाको बुद्धपद्म मावि, निग्लिहवा र वडानम्बर ११ को जहदीका क्वारेन्टाइनबाट […]

विद्युतीय सवारीमा बढ्यो कर, यसरी बढ्नेछ मूल्य

१६ जेठ, काठमाडौं । सरकारको नीति छ, आगामी आर्थिक वर्षमा विद्युतको उपभोग उच्च दरमा बढाउने । त्यसका लागि विद्युतीय सवारीको प्रवद्र्धन गर्ने सरकारी योजना पनि छ । तर, बजेटले भने विद्युतीय सजवारीमा ब्यापक कर वद्धि गरेर आफ्नै योजनामा भाँजो हानेको छ । बिहीबार संसदमा प्रस्तुत आगामी आर्थिक बर्ष २०७७/०७८ वर्षको बजेटमा विद्युतीय सवारी आयात गर्दा […]

पर्वतारोहीको खुसी छिट्टै फर्कनेछ : पर्यटनमन्त्री

१६ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन छिट्टै पूर्ववत् अवस्थामा फर्कने र पर्वतारोहीको खुसी फिर्ता हुने विश्वास व्यक्त गरेका छन् । १३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा शुभकामना दिँदै मन्त्री भट्टराईले सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेको समेत उल्लेख गरे । नेपाल आगामी दिनमा विश्वको एक आकर्षक […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी

१६ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६३८ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या […]

स्थानीय सरकारलाई केन्द्रको बजेट : पोखरालाई सबैभन्दा धेरै, अरुलाई कति ?

१६ जेठ, काठमाडौं । पोखरा महानगरपालिकाले संघीय सरकारबाट सबैभन्दा धेरै बजेट पाएको छ । सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको छ । र, संघीय सरकारले स्थानीय सरकारलाई ४ किसिमको अनुदान दिने गरेको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ परिच्छेद-४ मा उल्लेखित मापदण्ड अनुसार दिइएको […]

आमाको हत्यापछि आत्महत्या, बचाउन छाडेर भिडियो खिच्न ब्यस्त

१६ जेठ, विराटनगर । बिहीबार दिउँसो मोरङ बेलबारी नगरपालिका–४, काकुमका ३१ वर्षीय जीवन लिम्बूले आफ्नै आमाको हत्यापछि आत्महत्या गरेका छन् । सामान्य विवादमा आमाको हत्या गरेका जीवनले आत्महत्या गरेका हुन् । बिहान करिब साढे ११ बजे खाना खाने क्रममा विवाद हुँदा आमालाई इँटाले टाउकोमा प्रहार गरे । टाउकोमा चोट लागेका कारण ढलेकी देवीमायाले घटनास्थलमै प्राण […]

७६ संक्रमितलाई निको बनाएका वीरगञ्ज कोभिड अस्पतालका नर्सहरूको अनुभव

१५ जेठ, वीरगञ्ज । प्रदेश नम्बर २ मा वीरगञ्जस्थित नारायणी अस्पतालले पहिलो पटक कोभिड संक्रमितको उपचार सुुरु गरेको थियो । ०७६ चैत २९ गते वीरगञ्जमा पहिलो पटक तीनजना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको थियो । उनीहरूलाई नै अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो । वैशाख १ गते रौतहटबाट थप एकजना संक्रमित भर्ना भएका […]

काठमाडौंको पहुँचमा मात्रै पुनर्कर्जा सुविधा, कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

१६ जेठ, काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को त्रास नेपालमा व्यापक हुँदै गर्दा निजी क्षेत्रहरुले पनि आफ्ना गुनासाहरु सुनाउँदै गए । निजी क्षेत्र अप्ठेरोमा परेको भन्दै उनीहरुले धेरै सहुलियतका मागहरु राखे । निजी क्षेत्रहरुले राखेको मागहरु मध्ये एक हो पुनर्कर्जा सुविधा । उद्योगी–व्यवसायीहरुका हरेक संगठनहरुले बढाउनु पर्छ भन्दै आएको पुनकर्जा कोषको आकार बढेर एक खर्ब […]

बजेटमा वित्तीय क्षेत्रः सहुलियत कर्जा लगानीमा कडाइ, सहकारीलाई ऋण

१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेटमा वित्तीय क्षेत्रलाई थोरै मात्रै समेट्यो । निजी क्षेत्रको माग संवोधनकै क्रममा बैंकहरु जोडिए पनि छुट्टै बैंकिङ विषयले भने कमैमात्रै प्राथमिकता बजेटमा पायो । बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रलाई मर्जरका लागि प्रोत्साहन गर्ने बताए । तर यो चालु आर्थिक वर्ष २०७६÷७७ […]

पूर्वी नवलपरासीको देवचुलीमा थप दुई जनालाई कोरोना

१६ जेठ, चितवन । चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार ७३ जनाको बिहीबार परीक्षण गर्दा ७१ जनामा नेगेटिभ र नवलपुरका दुई जनामा पोजेटिभ आएको हो । भरतपुर अस्पतालले शुक्रबार बिहान सूचना […]

मौसमविद भन्छन्– पश्चिमी भेगमा आज दिनभर पानी पर्छ

१६ जेठ, काठमाडौं । नेपालको पश्चिमी भागमा आज दिनभर बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यका भने बिहानमा पानी रोकिने र दिउँसो फेरि बादल लागेर वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसमविद गंगा नगरकोटीले काठमाडौं उपत्यकामा दुई–तीन बजेतिर पुनः बादल विकसित भएर वर्षा हुन सक्ने बताउँदै अनलाइनखबरसँग भनिन्, […]

सीमा विवादले मोदीको मुड ठिक छैन : ट्रम्प

१६ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा जारी तनावको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको टिप्पणी गरेका छन् । उनले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहोर्याएका पनि छन् । भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति […]

नयाँ बजेटका विशेषता : मझौलो आकार, आंशिक सुधार

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको भन्दा ५८ अर्ब कम आय-व्ययको अनुमान राखेर बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट आएको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो । कोरोना महामारीका […]

नेपाललाई भारतको प्रस्ताव : सीमा विवादमा रचनात्मक समाधान खोजौं

१५, जेठ । काठमाडौं । भारतले नेपालसँगको सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको छ। बिहीबार भारतीय विदेश मामला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो प्रस्ताव गरेका हुन् । छिमेकीहरूसँग पारिस्परिक संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको भन्दै श्रीवास्तवले सीमाको समस्या रचनात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको हिन्दुस्तान […]

सांसद विकास कोषको बजेट घट्यो, एक निर्वाचन क्षेत्रलाई ४ करोड

१५ जेठ, काठमाडौं । ‘सांसद विकास कोष’ नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताए । चालु आर्थिक वर्षका लागि सरकारले संघीय संसद निर्वाचन क्षेत्रका […]

स्वास्थ्यको पूर्वाधार विकासमा उल्लेख्य बजेट, कोरोना उपचारका लागि ६ अर्ब

१५ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै बजेट ल्याएको छ । बजेटमा कोरोना महामारीको उपचारसँगै ३ सय शय्याको संक्रामक रोग अस्पताल निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । आगामी आर्थिक वर्ष २०७७/ ७८ सालको बजेटमा स्वास्थ्य क्षेत्रमा चालु आर्थिक वर्षमा भन्दा झण्डै २१ अर्ब ९१ करोड […]

घनश्याम भुसाल कृषिमन्त्री हुँदा यस्तो बजेट आउनु दुःखद् : विज्ञ

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा आर्थिक वर्ष ०७७/७८ को बजेट घोषणा गरिरहँदा कालो कोट लगाएर संसदमा उपस्थित कृषिमन्त्री घनश्याम भुसाल गम्भीर मुद्रामा देखिन्थे । मन्त्री भुसाल मात्र होइन, विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्कंदै गरेका युवाहरुमा पनि चासो थियो, सरकारले कृषि क्रान्तिका लागि के कस्ता कार्यक्रम ल्याउँदैछ ? कोरोना महामारीपछिको आर्थिक […]

कति बढ्यो चुरोटको मूल्य ?

१५ जेठ, काठमाडौं । सरकारले चुरोट, बिँडी, सिगार तथा अन्य अम्मलजन्य पदार्थमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ । बिहीबार संघीय संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले यी वस्तुहरूमा कर वृद्धि गरेको हो । अर्थमन्त्रालयका अनुसार अब विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादन हुने बिँडीमा प्रतिखिल्ली २५ पैसा भाउ बढ्ने भएको छ । […]



from समाचार – Online Khabar https://ift.tt/3gAa3Iw
via IFTTT
Powered by Blogger.