Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पूर्वका उद्योगी भन्छन् : बजेटले निजी क्षेत्रको अपेक्षा पूरा गरेन

१५ जेठ, विराटनगर । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई लिएर विराटनगरका उद्योगीले मिश्रित प्रतिक्रिया दिएका छन् । निजी क्षेत्रका मागहरु सबै सम्बोधन नभए पनि कोरोना महामारी पछिको अवस्थालाई सम्बोधन गर्नेगरी बजेट आएको उनीहरुको टिप्पणी छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले सरकारले ल्याएको बजेटले कोरोना महामारीको प्रभावलाई सम्बोधन गरेको बताए […]

बजेट सरकार र नेकपाको असफलताको दस्तावेज : कांग्रेस

१५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटलाई नेपाली कांग्रेसले सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असफलताको रुपमा यो दस्तावेज भएको प्रतिक्रया दिएको छ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बिहीबार संसदमा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिए । ‘बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ’ डा. रिजालले भने ‘झण्डै दुई तिहाइको […]

कृषिका लागि बजेट राम्रो आयो : उद्योगी गोल्यान

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटलाई उद्योगी पवन गोल्यानले राम्रो भनी प्रतिक्रिया दिएका छन्। कृषि, साना तथा मझौला उद्यम व्यवसायका लागि आफूहरूले दिएको सुझाव पनि कार्यान्वयन भएको उनले बताए । बजेट राम्रै आएको भए पनि कार्यान्वयनमा भने चुनौती रहेको उनको भनाइ छ। ‘हामीले कृषिमा गर्न सकिने धेरै सुझाव दिएका थियौं, धेरै […]

कोरोना संक्रमितको शव लैजाँदा शवदाह गृहका कर्मचारी भागे

१५ जेठ, काठमाडौं । काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा कर्मचारी भागेका छन् । बिहीबार साँझसम्म शव जलाइरहेका उनीहरु कोरोनाका कारण मृत्यु  भएका व्यक्तिको शव ल्याउने बेलामा शव दाह गृहमा ताल्चा लगाएर भागेका हुन् । ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार साँझ मृत्यु भएका बुङ्मतीका एक पुरुषलाई दाह संस्कारका लागि शव […]

बजेट परम्पराभन्दा माथि उठ्न सकेन : अर्थशास्त्री खनाल

१५ जेठ, काठमाडौं । अर्थविद् डा. डिल्लीराज खनालले बजेट परम्पराभन्दा धेरैमाथि उठ्न नसकेको बताएका छन् । सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि प्रतिक्रिया दिँदै अर्थविद् खनालले बजेट परम्परागत नै भएको बताएका हुन् । आफू नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको केही सुझाव बजेटमा समेटिए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । […]

कपिलवस्तुमा एकैदिन थपिए २३ जना कोरोना संक्रमित

१५ जेठ, बुटवल । कपिलवस्तुमा बिहीबार एकैदिन २३ जना र रुपन्देहीमा एकजना कोरोना संक्रमित थपिएका छन् । कपिलवस्तुका २३ जनामध्ये विजयनगर गाउँपालिकाका ९ जना, कपिलवस्तु नगरपालिकाका १३ जना र महाराजगन्ज नगरपालिकाका एकजना छन् । विजयनगरको वडा नं ३ का २३ र ३० वर्षका पुरुष, वडा नं. ५ का वर्ष २६ का एक पुरुष, वडा नंं. […]

आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी भयो : सुरेन्द्र पाण्डे

१५ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी भएको बताएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिने बताएका थिए । पूर्वअर्थमन्त्री पाण्डेले कोरोना महामारी अझै केही समय रहने भन्दै यो महत्वाकांक्षी हुने […]

भारतबाट फर्किँदा अर्घाखाँचीका एक युवककाे सीमामै ज्यान गयो, जाँच गर्दा कोरोना पुष्टि

१५ जेठ, अर्घाखाँची । भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भूमिकास्थान नगरपालिका वडा नम्बर-९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरे । प्रजिअ पौडेलका अनुसार उनको कपिलवस्तु ल्याएर पोस्टमाटम […]

बजेटको आकार घट्यो, आगामी वर्ष १४ खर्ब, ७४ अर्ब, ६४ करोडको बजेट

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी […]

दाङको नारायणपुरमा विमानस्थल : सरकारले फेरि निराश नबनाओस्

१५ जेठ, दाङ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत् दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउने घोषणा गरेको छ । गत वर्षको बजेटमा नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उल्लेख गरिए पनि यस वर्ष आन्तरिक विमानस्थल मात्र बनाउने भनिएको छ। दाङको तुलसीपुरस्थित टरिगाउँमा आन्तरिक विमानस्थल चालु अवस्थामा छ । त्यसको करिब १० किलोमिटर वर नारायणपुरमा पनि आन्तरिक विमानस्थल […]

स्वदेश फर्किन प्रदेश २ का सातवटा नाका मात्रै खुल्ला रहने

१५ जेठ, जनकपुरधाम । भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन प्रदेश २ का सातवटा नाकामात्र सञ्चालनमा आउने भएको छ । सप्तरीस्थित कुनौली नाका, सिराहास्थित ठाडी र माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै नेपाली भारतबाट आउन पाउनेछन् । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नेपाल सरकारको जेठ १२ गते मन्त्री परिषद्को […]

बजेट उत्कृष्ट पनि होइन, निम्छरो पनि छैन : अर्थविद् अधिकारी

१५ जेठ, काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट औसत भएको बताएका छन् । महामारीको बेला आएको बजेटलाई आफूले औसतमै लिएको उनले बताए । कतिपय शीर्षकमा खर्च कटौती गरिएको भन्दै उनले यसलाई आफूले सकारात्मक रुपमा लिएको बताए । स्थानीय विकास साझेदारी कार्यक्रमको बजेट कटौती गर्नुपर्ने अर्थविद् अधिकारीले यसअघि पनि […]

प्रदेश २ का सांसदको कोरोना परीक्षण सुरु

१५ जेठ, जनकपुरधाम । प्रदेश २ का सांसदको कोरोना परीक्षण थालिएको छ । प्रदेशसभाको अधिवेशन मिति आउन ६ दिन बाँकी हुँदा यहाँका  सांसदहरूको कोरोना परीक्षण थालिएको हो । बिहीबारदेखि थालिएको परीक्षण तीन दिनसम्म रहनेछ । पहिलो दिन उप–सभामुख उपमा कुमारी देवसहित केही सांसदको स्वाब संकलन भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । उनका अनुसार, प्रदेशका […]

बजेटमाथि मिश्रित प्रतिक्रिया : सकारात्मक, तर चुनौतीपूर्ण

१५ जेठ, काठमाडौं । सत्तारुढ र विपक्षी दलले सरकारको आगामी आर्थिक वर्षको बजेट सकारात्मक तर, लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले कोरोना भाइरस (कोभिड–१९ को) महामारीका बेला आएको बजेट उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले […]

म्याग्दीमा पनि एकजनामा कोरोना पुष्टि

१५ जेठ, पोखरा । म्याग्दीमा पनि एक जनामा कोरोना पुष्टि भएको छ । मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ । कोरोना पुष्टि भएका पुरुष बेनी नगरपालिकामा रहेको क्वारैन्टाइनमा रहेका थिए । पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई बेनीकै आइसोलेसनमा राखिएको दिर्नेशनालयले जनाएको छ । म्याग्दीमा एकजनामा […]

बजेटमा समेटिए कला, संस्कृति क्षेत्रका चार नयाँ कार्यक्रम

१५ जेट, काठमाडौं । चालु आर्थिक वर्षका धेरै कार्यक्रमलाई निरन्तरता र केही नयाँ कार्यक्रमलाई थप गरेर सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट सार्वजनिक गरेको छ । नयाँ कार्यक्रममा संस्कृति र कला क्षेत्रका ४  याेजना पनि छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको भागमा परेको कुल २६ अर्ब ६२ करोड रुपैयाँको बजेटबाट सञ्चालन गर्ने […]

जनपक्षीय बजेट आयो, खुसी छु : प्रचण्ड

१५ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट प्रगतिशील र जनपक्षीय भएको प्रतिक्रिया दिएका छन्  । बजेटबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘कोराना महामारीको यो विषम परिस्थितिमा पनि सन्तुलित, जनतालाई राहत दिने किसिमले सिर्जनात्मक, प्रगतिशील, जनपक्षीय ढंगले समाजवादउन्मुख बाटो पक्रिने बजेट आयो, म […]

सस्तिने भयो हवाई भाडा, यात्रु र वायुसेवा दुवैलाई सहुलियत

१५ जेठ, काठमाडौं । सरकारले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयनपछि हवाई भाडा सस्तिने भएको छ । सरकारले आन्तरिक हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार करमा छुट घोषणा गरेको छ। हवाई इन्धनमा पूर्वाधार करबापत नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ कर लिँदै आएको थियो । उक्त करमा छुट भएसँगै अब हवाई इन्धनको […]

बजेटले कोरोना संकटलाई सम्बोधन गरेन : गगन थापा

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आर्थिक वर्ष २०७७/०७८ को बजेट कोभिड-१९ संकट सम्बोधन हुने गरी नआएको बताएका छन् । बिहीबार प्रारम्भिक प्रतिक्रिया दिँदै उनले सबै कुरा सामान्य हुँदाको जस्तो बजेट आएको बताए । ‘स्रोत जुटाउने र खर्च गर्ने प्राथमिकता हेर्दा आगामी दुई-तीन महिनाभित्र कोरोनाबाट पूर्ण रुपमा मुक्त भइन्छ भन्ने हिसाबले बजेट […]

कपिलवस्तु र रुपन्देहीमा थपिए १६ जना कोरोना संक्रमित

१५ जेठ, बुटवल । कपिलवस्तु र रुपन्देहीमा १६ जना कोरोना संक्रमित थपिएका छन् । १६ जनामध्ये १५ जना कपिलवस्तु र एक जना रुपन्देहीका हुन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको आरटी-पीसीआर परीक्षणमा कपिलवस्तुको मायादेवी गाउँपालिकाका १५ जना र रुपन्देहीको सैनामैना नगरपालिकाको क्वारेन्टिनमा बसेका एक जनामा संक्रमण पुष्टि भएकाे हो । संक्रमित सबैजना भारतका विभिन्न सहरबाट […]

बजेट सकारात्मक, तर उत्साहित बनाएन : मुरारका

१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले निजी क्षेत्र उत्साहित हुन नसकेको प्रतिक्रिया दिएका छन् । सरकारले बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि अनलाइनखबरलाई प्रतिक्रिया दिँदै उनले केही व्यवस्थाहरू सकारात्मक भए पनि निजी क्षेत्र उत्साहित हुने खालको कार्यक्रम नआएको बताए । कोरोना महामारीका […]



from समाचार – Online Khabar https://ift.tt/2B6a1I5
via IFTTT
Powered by Blogger.