Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतमा कोरोना संक्रमित एक लाख ४५ हजार नाघे

१३ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार ३८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ५३५ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट […]

एमसीसीबारे प्रधानमन्त्रीको अभिव्यक्ति दम्भयुक्त  र दुर्भाग्यपूर्ण : साझा पार्टी

१३ जेठ, काठमाडौं । साझा पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति दम्भयुक्त र दुर्भाग्यपूर्ण भएको बताएको छ । मंगलबार प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी सरकारले समाजका विभिन्न कोणबाट उठेका चिन्ता र चासोलाई वेवस्ता गरेर बहुमतको आडमा एमसीसीलाई पारित गरेरै छाड्ने ढिपी गरेको टिप्पणी गरेका छन् । ‘यदि आपत्तिजनक […]

बजेटमा कृषि र रोजगारीलाई कस्ता कार्यक्रमबाट जोड्ने ?

१३ जेठ, काठमाडौं । कोरोनाको महामारी लागेपछि देशमा छेडिएको बहस हो, ‘अब कृषिवस्तुमा कसरी आत्मनिर्भर बन्ने र रोजगारी गुमाएकाहरुलाई कसरी नयाँ कामको अवसर दिने ?’ अर्थविदहरुले नेपालमा कृषिमा व्यवसायीकरण गर्नुपर्ने अवस्था रहेकाले त्यसै सम्भावनामा टेकेर रोजगारीको अवसर सिर्जना गर्न सरकारलाई सुझाव दिँदै आएका छन् । सरकारले पनि आगामी आर्थिक वर्ष कृषिलाई मुख्य आधार बनाउँदै रोजगारी […]

प्रकाशमानले भने– नेपाली भूमि रक्षा गर्न राष्ट्रिय एकता बलियो बनाऔं

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना भाइरस संक्रमणको जोखिममा सुरक्षित भएर पेशागत धर्म निर्वाह गर्न र सरकारलाई निरन्तर खबरदारी गरिरहन प्रेस युनियनलाई आग्रह गरेका छन् । नेपाली भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला राष्ट्रिय एकतालाई बलियो बनाउन पनि उनले अपिल गरेका छन् । नेपाल प्रेस युनियन २९ औं वर्ष प्रवेश […]

बेहुली लिन जाँदा यो हाल !

१३ जेठ, रुकुम । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीसँग विवाह गर्न चाहन्थे । उनी शनिबार राति १९ जना साथी लिएर दुलही ल्याउन सोती गएका थिए । केटी पक्षबाट पटक–पटक मानसिक रूपमा तनाव र शारीरिक रूपमा कुटपिट व्यहोरेका नवराज जब युवतीको घर नजिकै पुगे, युवतीले भन्दा उनकी आमाले चाँडै थाहा […]

भक्तपुरमा टिपरको ठक्करबाट सईको मृत्यु

१३ जेठ, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ […]

कोभिड–१९ बिमामा आकर्षण, एक महिनामै गरे २ लाखले बिमा

१३ जेठ, काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको छ । बिमा कम्पनीहरुले कोभिड–१९ को बिमा गर्न शुरु गरेको एक महिनामा नै २ लाख बढीले बिमा गरेका छन् । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापगाईंले सोमबारसम्मात्रै २ लाख १५ हजार व्यक्तिको कोरोना बीमा भइसकेको जानकारी दिए । […]

सुर्खेतमा भारतबाट आएका थप १२ जनामा कोरोना पुष्टि

१३ जेठ, काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना,  भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो । वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका […]

कोरोना संक्रमित संख्यामा भारत १० औं स्थानमा, जुलाईसम्ममा कस्तो होला अवस्था ?

१३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित संख्याको आधारमा अहिले भारत विश्वको १० औं बढी प्रभावित मुलुक बनेको छ । कोभिड–१९ को विषयमा अनुसन्धान गरिरहेका भारतीय शोधकर्ताका अनुसार जुलाइसम्ममा भारतमा केही लाख संक्रमित थपिन सक्छन् । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ३८ हजार नाघिसकेको छ । संक्रमित संख्याको हिसाबमा […]

प्रधानमन्त्रीज्यू ! आश्वासन पाइयो, अब हरेक दिन एक्सन चाहियो

१३ जेठ, काठमाडौं । कोभिड १९ महामारीविरुद्ध लड्न सरकारले लकडाउन गरेको ६३ औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको तेस्रो सम्बोधनले महामारी विरुद्धको लडाइ अझ लामो जाने प्रष्ट संकेत गरेको छ । प्रधानमन्त्रीको भनाइअनुसार कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ । रोगप्रतिरोधी आचरण र जीवनशैली अपनाउनुपर्छ र […]

संसदमा आर्थिक सर्वेक्षण पेश हुँदै, संविधान संशोधन विधेयक के हुन्छ ?

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ । आर्थिक सर्वेक्षण पेश भएको पर्सिपल्ट नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा प्रस्तुत हुने छ । हरेक वर्ष जेठ १५ गते बजेट […]

राष्ट्रिय युवा परिषदमा पुन: ढुंगेल नियुक्त

१३ जेठ, काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुंगेल पुनः नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । यसअघि उनी वि.सं. २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए । उनको कार्यकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद […]

झापामा हात्तीको आक्रमणबाट युवकको मृत्यु

१३ जेठ, झापा । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो । मोरङतिरबाट आएको हात्तीलाई नेपाली र […]

बेलायतमा अत्यावश्यक बाहेकका खुद्रा पसल पनि खुल्ने

१३ जेठ, काठमाडौं । बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले प्रेस ब्रिफिङमा १५ जुनदेखि अत्यावश्यक बाहेकका खुद्रा पसल पनि खोल्न दिइने बताएका हुन् । यद्यपि सबै पसलहरुले सरसफाइमा भने विशेष ध्यान दिनुपर्ने छ । साथै व्यक्ति–व्यक्तिबीचको दुरी पनि कायम राख्नुपर्ने छ । बेलायत सरकारले कोरोना महामारीका कारण गरिएको लकडाउन […]

हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीमा प्रयोग गर्न अस्थायी प्रतिबन्ध

१३ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको छ । कोरोनासँग बच्न भनेर जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको छ। त्यहाँ मृत्युको खतरा धेरै रहेको निष्कर्षयुक्त एक अनुसन्धान रिपोर्ट हालै साइन्स जर्नल ‘ल्यासेन्ट’मा प्रकाशित भएको थियो। यो अध्ययन निष्कर्ष सार्वजनिक भएपछि डब्ल्यूएचओको सोलिड्यारिटी ट्रायल (डब्ल्यूएचओको निगरानीमा भइरहेको […]

कोरोना जाँच नभएको भन्दै कपिलवस्तुमा क्वारेन्टाइनबाट ३० जना भागे

१२ जेठ, बुटवल । क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि […]

‘कोरोना अझै फैलिन सक्छ, लकडाउनको मोडल फेरिन्छ’

१२ जेठ, काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को महामारी अझै फैलिन सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओली विदेशमा समस्यामा परेकाहरुको उद्धारमा भने लचिलो देखिएका छन् । साथै लाकडाउनको मोडल परिवर्तन हुने प्रधानमन्त्रीले संकेत गरेका छन् । सोमबार साँझ टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गरेका थिए । उनले नेपालमा कोरोना भाइरस […]

दाहसंस्कार गरेको ९ दिनपछि कोरोना संक्रमण पुष्टि हुनुको अन्तरकथा

१२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । चारमध्ये तीन केसको एउटै संयोग छ, मृत्युपछि कोरोना संक्रमण पुष्टि । अर्थात, कोरोना संक्रमण पुष्टि हुनुअघि नै मृत्यु । र, सबै मृत्यु विवादित । त्यसमध्ये चौथो केसको घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको हो । मन्त्रालयको नियमित पत्रकार […]

प्रदेश २ मा भारतबाट एक सातामै आए साढे ६ हजार जना

१२ जेठ जनकपुरधाम । प्रदेश २ का जिल्लामा भारतबाट एक सातामै साढे ६ हजार भन्दा धेरै मानिस आएका छन् । जेठ ६ देखि १२ गतेसम्म प्रदेश २ मा ६ हजार ७ सय १३ जना मानिस भारतबाट आएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यी मानिसहरुलाई राख्न एक सातामा थप ७८ क्वारेन्टाइन थपिएको छ । […]

चौरजहारी घटना : ३ को शव भेटियो, वडाध्यक्षसहित १२ पक्राउ

१२ जेठ, काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता ३ युवाको शव फेला परेको छ ।  बेपत्ता ४ युवाको अवस्था भने अझै अज्ञात छ । प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवक नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ […]

फार्ममा आगलागी हुँदा १२८ बाख्रा जले

१२ जेठ, बर्दिया । गेरुवा गाउँपालिका—३, शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ बाख्रा जलेर मरेका छन् । आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् । सञ्चालक विजय चलाउका अनुसार आगलागीबाट रु ८० लाख बराबरको क्षति भएको छ । विद्युत् लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण […]



from समाचार – Online Khabar https://ift.tt/2XnlB9a
via IFTTT
Powered by Blogger.