समाचार
१४ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई लकडाउन पछि जागिरबाट हटाइएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ फियन)ले आपत्ति जनाएको छ । फियनले बुधबार प्रेस विज्ञप्ती जारी गरी जागिरबाट हटाइएकोप्रति आपत्ति जनाउदै अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई पुनर्वहाली गर्न माग गरेको छ । खासगरी बीमा कम्पनीहरुले यसरी जागिरबाट […]
१४ जेठ, हेटौंडा । हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि चौकीटोलमा उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । यही जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हेटौंडा अस्पतालका डाक्टर प्रविण श्रेष्ठले […]
१४ जेठ, कैलाली । ८ जेठमा कैलालीको गौरीफन्टा नाकाबाट २४ सय ९८ जनाको उद्धार भयो । मंगलबारसम्म त्यहि भीडमा रहेका ६ जनामा कोरोना संक्रणको पुष्टि भइसकेको छ । मंगलबार अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै एकै दिन, एउटै नाकाबाट आएका ६ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि जेठ १० गते […]
१४ जेठ, सप्तरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एकै पटक ९० जना कोरोना संक्रमण देखापरेको भन्दै तथ्यांक सार्वजनिक गर्यो । मन्त्रालयका अनुसार प्रदेश २ का रौतहट, धनुषा, बारा, सिरहामा संक्रमित भेटिएका छन् । तर, प्रदेश २ कै सप्तरीमा मंगलबार पुष्टि भएका ११ जना संक्रमितबारे मन्त्रालयले हालसम्म औपचारिक जानकारी दिएको छैन । सप्तरीमा मंगलबार एक […]
१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा लगानी खुम्चिएको छ । यो वर्ष कुल लगानी ३.४ प्रतिशतले घटेको छ । गत वर्ष लगानी १९.२ प्रतिशतले बढेको थियो । तर, यो वर्ष लगानी खुम्चिएर १८ खर्ब ८९ अर्ब २६ करोडमा सीमित हुने भएको छ । आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार कोरोना रोगको नियन्त्रण र रोकथामको लागि चालिएको […]
१४ जेठ, काठमाडौं । अधिकारहरु आफूमा केन्द्रित गरेको भनेर प्रधानमन्त्री केपी शर्माको आलोचना भइरहेको बेला सबै विकास आयोजनाहरुको प्रगति विवरण प्रधानमन्त्रीले हेर्ने र निर्देशन दिने व्यवस्थासहितको विधेयक आएको छ । राष्ट्रिय सभामा मंगलबार पेश भएको ‘अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा विकास आयोजनाको अनुगमन र मुल्यांकन गर्न र आवश्यक निर्देशन दिन प्रधानमन्त्रीको अध्यक्षतामा […]
चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ताअगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (जसलाई नेपालीमा सलह भनिन्छ)ले धेरै नै क्षति पुर्याएको समाचारहरू प्रकाशित भए । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदैगर्दा यही खतरनाक किरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको […]
१४ जेठ, जनकपुरधाम । धनुषाको जटही नाकामा तनाव भएको छ । भारतबाट आएका नेपालीले सीमामा रोकिएको आक्रोसमा प्रहरीमाथि ढुंगामुढा गरेपछि त्यहाँ तनाव भएको हो । सीमामा भोकभोकै बस्नुपरेको भन्दै भारतबाट आएका नेपालीले प्रहरीका साथै एम्बुलेन्समा पनि तोड्फोड गरेका छन् । भारतबाट आएका एक गम्भीर बिरामी लिन पुगेको ज.१त १२१३ नम्बरको एम्बुलेन्समा उनीहरूले तोड्फोड गरेका हुन् […]
१३ जेठ, वीरगञ्ज । पार्साको जिराभवानी गाउँपालिक-१ को पकडी टोलका सुकुम्बासी, विपन्न माझी मुसहर तथा धांगड (उराँव)ले आफूहरुले सरकाी राहत नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरी गरेर जीवन निर्बाह गर्दै आएका आफूहरुको रोजीरोटी लकडाउनले खोसेको तर कसैले राहतको नाममा एक चम्चा नुनसमेत वितरण नगरेको उनीहरुको गुनासो छ । राहत नपाएको गुनासो आएपछि भोर सँस्थाले […]
१४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद ट्वीट गर्न थालेपछि ट्वीटरले त्यसको तथ्य जाँच (फ्याक्ट चेक) गर्न मिल्ने सुविधा प्रयोगकर्ताहरुलाई दिएको छ । ट्वीटरले पहिलो पटक ट्रम्पका दुई वटा ट्वीटमा आश्चर्यवाचक चिह्न राखिदिएर त्यसको तथ्य जाँच्न ट्वीटर प्रयोगकर्तालाई भनेको छ । ट्रम्पले हालै राष्ट्रपति चुनावको विषयमा एक ट्वीट गरेका थिए । उनले लेखेका […]
१४ जेठ, वीरगञ्ज । रक्सौल नाकामा अलपत्र नेपालीहरुलाई वीरगञ्ज ल्याउने क्रम सुरु भएको छ । वीरगञ्जसँग सिमाना जोडिएको भारतको रक्सौलस्थित क्वारेन्टाइनमा लामो समयदेखि बस्दै आएका नेपालीहरुलाई वीरगञ्ज भित्र्याउने क्रम सुरु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । सहायक प्रजिअ बस्नेतका अनुसार अहिलेसम्म २ सयको हाराहारीमा नेपालीहरु वीरगञ्ज भित्री सकेका छन् । […]
१४ जेठ, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीहरु सबै डिस्चार्ज भएपछि वीरगञ्जस्थित नारायणी अस्पताललाई स्यानिटाइज गरिएको छ । तर अस्पतालका डाक्टरहरु भने माथिल्लो निकायबाट गाइडलाइन नआएकाले नियमित सेवा कसरी सुरु गर्ने भन्ने अन्योलमा छन् । आइतबार १८ संक्रमित र सोमबार ४३ संक्रमित उपचारपछि घर फर्किएपछि नारायणी अस्पताल अहिले खाली छ । अन्य ३० जना […]
१४ जेठ, कैलाली । कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । ‘भारतबाट आएको, त्यसैमाथि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको […]
१४ जेठ, वीरगञ्ज । पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि कोरोना भाइरसमुक्त भएका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन् । उनीहरुलाई राति नै डिस्चार्ज गरिएको छ । गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए । […]
१४ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले संक्रामक रोग ऐन–२०२० मा टेकेर ४८ जना ब्यापारीलाई कारबाही गरेको छ । लकडाउनमा पनि अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गरेर संक्रामक रोग कोरोनाको नियन्त्रणमा बाधा पुर्याएको र महामारकिो मौका छोपेर कालोबजारी गरेको ठहर गर्दै कञ्चनपुर प्रशासनले ४८ जना ब्यापारीलाई जरिवाना र कैद सजाय सुनाएको हो । कञ्चनपुरका […]
१४ जेठ, दैलेख। नारायण नगरपालिका दुईतर्फी समस्यामा परेको छ । एकातिर आफ्ना ११ वडाका नागरिकको व्यवस्थापनको चुनौती कायमै रहेको छ भने अर्कोतर्फ जिल्लाका नौमूले, भगवतीमाई, भैरवी, दुल्लुलगायत पालिकाका नागरिकसमेत दैलेख सदरमुकाम आएर जाने क्रम बढेपछि थाम्न नसक्ने समस्या भएको नारायण नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्काले बताए । उनले भने, ‘विभिन्न पालिकाबाट आएका व्यक्तिलाई नारायण क्याम्पसमै ल्याएर […]
१४ जेठ, कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती […]
१४ जेठ, काठमाडौं । मोरङको विराटनगरमा भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु भित्रिएका छन् । उनीहरुलाई गएराति उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलको होल्डिङ स्टेसनमा राखिएको छ । नेपाल प्रवेश गर्नेहरुमा झापादेखि रुकुम पश्चिमसम्मका छन् । रुकुम पश्चिमका ८ जना छन् । सुनसरीका २३ जनालाई […]
१४ जेठ, काठमाडौं । संविधान संशोधन प्रस्ताव बुधबारको संसद बैठक पेश हुँदैछ । संसद बैठक बुधबार दिउँसो २ बजे बस्दै छ । सो बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । यसलाई सर्वसम्मत पारित गराउने पहल सरकारले गर्दै आएको छ । लिम्पियाधुरा, कालापानी […]
१३ जेठ, काठमाडौं । मंगलबार संघीय संसदका दुवै सदन (प्रतिधिसभा र राष्ट्रिय सभा) मा रुकुम पश्चिम चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाबारे गर्मागर्मी बहस भयो । सांसदहरुले सरकारको ध्यानाकर्षण गरे, गृहमन्त्री रामबहादुर थापाले दुई हप्ताभित्र निश्पक्ष प्रतिवेदन आउने आश्वासन दिए । यस विभत्स घटनालाई जोडेर सांसदहरुले नेपालको संविधान, संवैधानिक व्यवस्था, नियम कानुनको कार्यान्वयन […]
नेपाल काँतरहरुको देश होइनथ्यो। तर, अहिले थुरथुर कामिरहेको छ। ‘लौ अब नेपाल इटाली र न्युयोर्क हुँदैछ।’ ‘सरकार परीक्षण बढाऊ नत्र भयावह हुन्छ ।’ ‘यहाँ भुँसभित्रको आगोजस्तै सल्किरहेको छ ।’ ‘परीक्षणको दायरा बढाएकाले ह्वात्तै संख्या बढेको हो । यीआर्तनादहरु अखबारका ‘ब्रेकिङ्ग न्यूज’ का आधारशlला हुन्। यस्तै समाचार पढेर काठमाडौं थुरथुर कामेको छ र सरकार गदगद हाँसेको छ । काम गर्नु छैन […]
from समाचार – Online Khabar https://ift.tt/2M3uPlK
via IFTTT