Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सर्वदलीय बैठकका निश्कर्ष संसदमा सुनाऔं : मिनेन्द्र रिजाल

१४ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद डा. मिलेन्द्र रिजालले सर्वदलीय बैठकका निश्कर्ष वा निर्णय संसदलाई जानकारी गराउन सरकारलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको बैठकबाट भएको निर्णय संसदलाई सुनाउनुपर्ने बताएका हुन् । उक्त बैठकबाट संविधान संशोधन प्रस्ताव सबै दलको सहमतिमा छिटो […]

सप्तरीमा मृत्यु भएकी गर्भवतीको कोरोना रिपोर्ट नेगेटिभ

१४ जेठ, सप्तरी । मंगलबार मृत्यु भएकी सप्तरीकी गर्भवती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । कञ्चनरुप नगरपालिका- ११ ठेलियाकी २४ वर्षीया गर्भवती महिला निरन्तर ज्वरो आउने, श्वास लिन गाह्रो हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएको थियो । उनको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । […]

सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने

१४ जेठ, काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको आधिकारिक जानकारी नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् । नेपालले यसअघिनै शिखरमा सर्भे टोली पठाएको थियो भने चीनिया टोली बुधवार विहान शिखरमा पुगेको छ । दुवै देशको सहमति अनुसा रनै चिनियाँ सर्भे टोली सगरमाथाको उचाइ नाप्न शिखरमा पुगेको हो । […]

रौतहटको क्वारेन्टाइन : बोरा ओछ्याएर सुत्नुपर्छ, खाना घरबाट आउँछ

१४ जेठ, रौतहट । बुधबार थप ३५ जनाको रिपोर्ट पोजेटिभ आएसँगै रौतहटमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १०० नाघेको छ । भारतमा यातायात सेवा सुचारु भएसँगै घर फर्किनेसँगै क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढ्दो छ । र, पछिल्लो थपिएका संक्रमित क्वारेन्टाइनमा बस्नेहरु छन् । अहिले रौतहटमा १८ पालिकाको ३८ क्वारेन्टाइनमा ३ हजार १७४ जना बसेका छन् । […]

गण्डकीको कोरोना कनेक्सन : सुनौली र कृष्णनगर नाकाबाट भित्रिए २ हजार जना

१४ जेठ, पोखरा । बेल्जियमबाट आएका दुई जना नागरिक कोरोना निको भई घर फर्किइसकेपछि गण्डकी प्रदेशमा कोरोना संक्रमणको कनेक्सन सुनौली र कृष्णनगर नाका बनेको छ । भारतबाट आई सुनौली र कृष्णनगर नाकामा अलपत्र परेका र स्थानीय सरकारले गाउयँ ल्याएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्याङ्जाको वालिङमा २ जना र बुधबार बागलुङमा ६ जना […]

बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित

१४ जेठ, काठमाडौं । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम सर्वसम्मतले  पारित भएको हो । कोभिड—१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशभित्र निःशूल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हरेक स्वास्थ्य […]

सुदूरपश्चिमको प्रदेशसभामा सरकारको आलोचना

१४ जेठ, डोटी । मंगलबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशनमा प्रदेश सरकारको आलोचना भएको छ । प्रतिपक्षले मात्रै होइन सत्तापक्षका सांसदले पनि सरकारको बारेमा सोच्नु पर्ने बेला आएको अभिव्यक्ति दिएका छन । प्रदेशसभाको बैठकमा बोल्दै सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना आइरहेकोले […]

सप्तरीमा मृत्यु भएकी गर्भवतीको कोरोना रिपोर्ट नेगेटिभ

१४ जेठ, सप्तरी । मंगलबार मृत्यु भएकी सप्तरीकी गर्भवती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । कञ्चनरुप नगरपालिका- ११ ठेलियाकी २४ वर्षीया गर्भवती महिला निरन्तर ज्वरो आउने, श्वास लिन गाह्रो हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएको थियो । उनको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । […]

भेरी नदीमा बेपत्ता तीन युवक खाेज्न गाेताखाेर टाेली परिचालन

१४ जेठ, काठमाडौं । रुकुमको चौरजहारी घटनापछि भेरी नदीमा बेपत्ता भनिएका तीन जना युवकको खोजीमा सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर टोली परिचालित भएको छ । जाजरकोटस्थित सशस्त्र प्रहरी बलको आश्रीत गुल्मबाट डीएसपीको कमाण्डमा ४ जनाको गोताखोर टोली र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन […]

प्रदेश २ मा एकैदिन थपिए ४५ संक्रमित, ३५ जना रौतहटका

१४ जेठ, काठमाडौं । प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो । संक्रमितहरूमध्ये रौतहटका मात्रै […]

शैक्षिक संस्था छिटो खुलाउन हिसानको माग

१४ जेठ, काठमाडौं । उच्च शिक्षालाय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले विद्यालय तथा कलेजहरु छिटो खुल्ने वातावरण बनाइ पठनपाठन र परीक्षा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितलाई भेटेर विद्यालय सञ्चालकका समस्या अवगत गराउँदै हिसानले पठनपाठन सञ्चालनको वातावरण बनाउन आग्रह गरेको हो […]

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

१४ जेठ, विराटनगर । झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् । संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् । योसँगै झापामा कोरोना […]

कोसी अस्पतालमा थप ४ जना काेराेना संक्रमित निकाे भए

१४ जेठ, विराटनगर । विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमित निकाे भएका छन् । कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार ४ जनाको रिपोर्ट नेगेटिभ आएकाे जानकारी दिइन् । उनका अनुसार काेराेना निकाे हुने चारै जना उदयपुर भुल्केका हुन । कोरोना निको हुनेमा ३ महिला र १ […]

विकास अर्को वर्ष गरौंला, अहिले नागरिकको जीवन रक्षा गरौं : मेयर खाँड

१४ जेठ, पोखरा । स्याङ्जाको वालिङमा संक्रमण देखिएका २ जनासहित ७ जनालाई ४ दिनअघि नगरपालिकाले नै गाडी पठाएर ल्याएको थियो । भारतको दिल्ली हुँदै सुनौली नाकासम्म आएका आफ्ना नागरिकले फोन गरेपछि नगरपालिकाले गाडी पठाएर झिकाएको थियो । वालिङ नगरपालिकाले उनीहरुलाई पछिल्लो पटक ल्याएको थियो । यसअघि पनि नगरपालिकाले नै गाडी पठाएर सुनौली र कृष्णनगरदेखि उद्धार […]

संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाको निर्णय

१४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो । सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले विधेयकको पक्षमा मतदान […]

पौने ५ खर्ब लगानीका सार्वजनिक संस्थानको रोजगारीमा नगन्य योगदान

१४ जेठ, काठमाडौं । सरकारले सार्वजनिक संस्थानका नाममा करिव ५ खर्ब रुपैयाँ लगानी गरिरहेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार सरकारले अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमा अहिले पनि २ खर्ब ७१ अर्ब ८३ करोड रुपैयाँ शेयर र १ खर्ब ९२ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । तर, खर्बौ रुपैयाँ लगानी भएपनि धेरैजसो […]

प्रतिनिधिसभाको कार्यसूचीबाट संविधान संशोधन विधेयक हट्यो

१४ जेठ, काठमाडौं । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ । संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले  बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो । संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको बताइएको […]

बैङ्कका अस्थायी तथा करार कर्मचारी पुनर्बहाली गर्न फियनको माग

१४ जेठ, काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई लकडाउनपछि जागिरबाट हटाइएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले आपत्ति जनाएको छ। फियनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीलाई संकटको घडीमा जागिरबाट हटाइएकोप्रति आपत्ति जनाएको छ। संस्थाले उनीहरूलाई अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई पुनर्बहाली गर्न माग पनि गरेको छ । […]

हेटौंडाकी २५ वर्षीया महिलामा कोरोना पुष्टि

१४ जेठ, हेटौंडा । हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि चौकीटोलमा उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । यही जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हेटौंडा अस्पतालका डाक्टर प्रविण श्रेष्ठले […]

जटही नाकामा एक नेपालीको मृत्यु

१४ जेठ, जनकपुरधाम । आफ्नो भूमिमा आउने प्रयास गरेका एक जना नेपालीको मृत्यु भएको छ । धनुषाको शहीद नगरपालिका ९ निवासी विरेन्द्र गुरमैता यादवको जटही नाकामा मंगलबार बिहान मृत्यु भएको छ । उनीसहित झण्डै २ सय जना भारतबाट आएर जटही नाकामा रोकिएका थिए । यही भिडमा अस्वस्थ भएपछि ३० वर्षीय गुरमैताले आफ्ना परिवारलाई चाँडो आइदिन […]

बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि

१४ जेठ, पोखरा । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो । पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश प्रगोलशालाका एक कर्मचारीले जानकारी दिए । संक्रमितबारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी दिइएको उनले बताए । तमानखोला गाउँपालिकाका […]



from समाचार – Online Khabar https://ift.tt/3c43lab
via IFTTT
Powered by Blogger.