Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बजेटबारे अर्थमन्त्रीको स्पष्टीकरण : फड्को मार्नुअघि दुई पाइला पछि हटेँ

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक विकासका लागि शक्ति सञ्चय गरेर बजेट ल्याएको बताएका छन् । आगामी वर्षको बजेटले ठूलो आर्थिक वृद्धिको जग बसाउने उनको दाबी छ । बिहीबार १४ खर्ब १७ अर्ब ६४ करोडको बजेट संसदमा पेश गरेका अर्थमन्त्री डा. खतिवडाले बजेटको आकार घटाउनुका तीन आधार प्रस्तुत गरे । कोरोनाका कारण […]

राजपाको संविधान संशोधन प्रस्तावमा के छ ?

१६ जेठ, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गैर सरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न चाहे पनि शुक्रबार सम्भव भएन । नेताहरु संशोधन प्रस्ताव लिएर संसद सचिवालय पुगेका थिए तर महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्नुपर्ने भन्दै फर्काइदिएका छन् । आइतबार फेरि दर्ता प्रयास हुने नेताहरुले बताएका छन् । राजपाले दर्ता […]

सीमा नाकामा मृत्यु भएका युवकलाई शहीद घोषणा गर्न माग

१६ वैशाख, जनकपुरधाम । सरकारी लापरवाहीका कारण धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र यादवको सीमा नाकामै ज्यान गुमाउनुपरेको भन्दै स्थानीय तथा परिवारजनले उनलाई शहीद घोषणा गर्न माग गरेका छन् । साथै उनीहरुले परिवारलाई राहत पनि दिन माग गरेका छन् । भारतबाट आउने क्रममा ३० बर्षीय यादवको गत बुधबार बिहान जटही नाकामै मृत्यु भएको थियो । […]

एकदिनमा १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ । भारतबाट फर्किँदै गर्दा सीमा क्षेत्रमा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ कामा पनि संक्रमण भएको […]

सैनिक हवाई महानिर्देशनालयमा अनियमितता, उपरथीसहित ९ जना कारबाहीमा

१६ जेठ, काठमाडौं । सैनिक हवाई महानिर्देशनालयमा कार्यरत रहँदा अनियमितता गरेको अभियोगमा नेपाली सेनाका अवकाश प्राप्त प्राविधिक उपरथीसहित ८ जना सैनिक अधिकृत कारबाहीमा परेका छन् । अनियमिततामाथि अनुसन्धान सुरु भएपछि मंसिरमा राजीनामा दिएका उपरथी सुधीर श्रेष्ठलाई नसिहतसहित जरिवाना तिराउने फैसला समरी जनरल सैनिक अदालतले गरेको हो । श्रेष्ठसहित ९ जना सैनिक अधिकृतलाई सचेत गराउने अदालतले […]

सरकारले पेट्रोलियमबाट वार्षिक थप २० अर्ब कर उठाउने

१६ जेठ, काठमाडौं । कोरोनाका कारण आम्दानीका स्रोतहरु खुम्चिएपछि सरकारले पेट्रोलियम पदार्थमा करको दर बढाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत पेट्रोल, डिजेल र मटितेलमा लाग्दै आएको भन्सार शुल्कमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेका छन् । यो वृद्धिपछि शुक्रबारदेखि नेपाल भित्रिने पेट्रोलमा २५.२० रुपैयाँ, डिजेल र मटितेलमा १२ रुपैयाँ प्रतिलिटर […]

२५ जनाका लागि क्वारेन्टिनको तयारी, संक्रमित नै सय पुगे

१६ जेठ, विराटनगर । झापाको दक्षिणी क्षेत्रको कचनकवल गाउँपालिकाले कोरोना महामारी रोकथामका लागि एउटा क्वारेन्टिन स्थल निर्माण गरेको थियो । गाउँपालिकाले क्वारेन्टिनमा २०–२५ जना बस्न सक्ने अनुमान गरेको थियो । वैशाख दोस्रो सातासम्म अवस्था सामान्य थियो । तर भारतमा रेलसेवा सुरु भएसँगै नेपाल फर्कनेको संख्या बढ्यो । डेढ महिनासम्म तयारीमा ध्यान नदिएको गाउँपालिका मान्छे आउन […]

२१ जेठदेखि विद्यार्थी भर्ना गर्न दिन माग

१६ जेठ, काठमाडौं । निजी विद्यालय सञ्चालक लगायतका सरोकारवालाहरूले २१ जेठबाट विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग राखेका छन् । उनीहरूले विज्ञप्तीमार्फत भर्ना प्रक्रिया अगाडि बढाउने वातावरण बनाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेका हुन् । भर्चुअल कक्षालाई औपचारिकता दिनुपर्ने, निजी विद्यालयका पाठ्यपुस्तक पनि निर्वाध बिक्री, वितरण गर्न पाउनुपर्ने लगायतका माग राखेका छन् । निजी तथा आवासीय […]

रुकुम घटनाको संसदीय समितिबाट छानबिन गर्न माग

१६ जेठ, बुटवल । रुकुमको चौरजहारीमा दलित युवकसहित पाँचजनाको मृत्यु भएको घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न विभिन्न संघसंस्थाहरुले माग गरेका छन् । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपभापति गोविन्द खनाल, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडी, उच्च अदालत बार एसोसिएशन बुटवलका अध्यक्ष जोगबहादुर खत्री, एडभोकेसी फोरम रुपन्देहीका शिवप्रसाद […]

कालापानी हिँडेका डा. केसी बाटोबाटै फर्किए

१६ जेठ, डोटी । बिहीबार कालापानी जाने भन्दै हिँडेका डा. गोविन्द केसी बाटोबाटै फर्किएका छन् । विगत तीन महिनादेखि सुदूरपश्चिमका बिभिन्न जिल्लामा निशुल्क सेवा दिँदै आएका केसी जेठ १ गते दार्चुला पुगेका थिए । केही समय दार्चुला जिल्ला अस्पतालमा सेवा दिएका केसी ११ गते व्यास गाउँपालिकाको केन्द्रस्थित स्वास्थ्य चौकी सुनेसरा पुगेका थिए । सुनसेरा स्वास्थ्य […]

महाकाली पारी अर्को कालापानी !

१६ जेठ, काठमाडौं । नेपालले आफ्नो अतिक्रमित भूभाग लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि भारतले त्यसको विरोध गर्दै आएको छ । भारतले नेपालको दार्चुला जिल्लाको कालापानी, लिपुलेकलाई समेत आफ्नो भूमि भनेर गलत प्रचार गरिरहेको छ । ब्रिटिश सर्भे अफ इन्डियाले निकालेको एक सय ६४ वर्ष पुरानो नक्सामा भने महाकाली नदीको पश्चिममा पनि एउटा कालापानी देखाइएको छ । […]

बजेटमा कांग्रेसको टिप्पणी : आम्दानी अठन्नी खर्च रुपैयाँ जस्तै भयो

१६ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले जनताको हित विपरित बजेट आएको भन्दै स्वीकार्य नहुने बताएको छ । सरकारले बिहीबार १४ खर्ब ७४ अर्ब १६ करोडको बजेट पेश गरेपछि कांग्रेसले पार्टी निकट अर्थशास्त्रीहरुलाई बोलाएर सांसदहरुसँग छलफल गरेको थियो । पूर्व अर्थमन्त्री डा. रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द […]

डोटीमा भारतबाट पाँच हजार बढी भित्रिए, जाँचका लागि किट अभाव

१६ जेठ, डोटी । जेठ २ गतेयता डोटी जिल्लामा भारतबाट आएकाहरुको संख्या ५ हजार ७ सय २ पुगेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्णवहादुर बोहोराले दिएको जानकारी अनुसार शुक्रबार मात्रै करिब एक हजार जना जिल्ला भित्रिएका छन् । बोहाेराका अनुसार सबैभन्दा बढी शिखर नगरपालिकामा भित्रिएका छन् । यस नगरपालिकामा एक […]

क्वारेन्टिनको विषयमा रौतहटको गुजरामा झडप, वडाध्यक्ष पक्राउ

१६ जेठ, रौतहट । भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्ने विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ । मुम्वईमा ब्याग उद्योगमा काम गरेर फर्किएकाहरुलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टिनमा राख्न खोजेको थियो । तर वडा नम्बर ४ का वडाध्यक्ष पवन गिरीले आफ्नो वडामा नराख्न भनेपछि विवाद भएको हो । गिरी समर्थकहरुले प्रहरीमाथि ढुङ्गामुढा […]

दर्ता भएन राजपाको संविधान संशोधन विधेयक

१६ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लिएर गएको संविधान संशोधन प्रस्ताव संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ । राजपा संसदीय दलका नेता महन्थ ठाकुर पार्टी नेताहरुलाई लिएर संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका थिए । राजपाले शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला असफल भएको संशोधन विधेयकलाई नै दर्ता गर्न खोजेको […]

प्रदेश २ मा एकै दिन थपिए ९२ जना संक्रमित

१६ जेठ, वीरगञ्ज । प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ९२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा सप्तरीमा ५, धनुषामा १, सर्लाहीमा ४ जना, रौतहटमा ७३ जना, बारामा ४ र पर्सामा ५ जनामा कोरोना संक्रणको पुष्टि भएको हो । सप्तरीको राजविराज नगरपालिकाका ५ जना पुरुष, धनुषाको खजुरीमा १ जना, सर्लाहीको कौडेना […]

छिमेकी जिल्लामा कोरोना, पोखरामा सतर्कता

१६ जेठ, पोखरा । छिमेकी जिल्ला स्याङ्जा र बागलुङमा कोरोना संक्रमितको संख्या बढेपछि पोखरामा पनि उच्च सर्तकता अपनाउन थालिएको छ । यद्यपि ती ठाउँमा भेटिएका कोराना संक्रमित हालै भारतबाट उद्धार गरिएका हुन् । विभिन्न नाका तथा जिल्लामा लम्बिँदो लकडाउनका कारण अलपत्र रहेका व्यक्तिलाई गण्डकी प्रदेशका विभिन्न स्थानीय तहले उद्वार गरिरहेका छन् । अलपत्र परेका नागरिकलाई […]

अर्थमन्त्री भन्छन् – विद्युतीय भन्दैमा असीमित छुट दिन सकिँदैन

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी र उपकरणलाई असीमित छुट दिन नसकिने बताएका छन् । उनले पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय सवारी साधनलाई विगतमा भन्सार छुट दिए पनि दुई वर्षको पेट्रोलियम आयातभन्दा ठूलो रकमको विद्युतीय सवारी आयात भएको बताए । सरकारले आगामी आर्थिक वर्षको लागि आएको बजेटमार्फत विद्युतीय सवारीमा ४० प्रतिशत […]

भारतबाट फर्किनेहरुका लागि सरकारले तोक्यो २० नाका

१६ जेठ, काठमाडौं । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेको हो । स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । उनकाअनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, […]

राजपाको छुट्टै संविधान संशोधन प्रस्ताव

१६ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरु छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन् । गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसदीय दलका नेता महन्थ ठाकुरसहित राजपा नेताहरु संसद सचिवालयमा पुगेका हुन् । ‘संशोधन प्रस्ताव दिएर आएका हौं’ नेता केशव झाले भने । सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन […]

कर्णालीको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा

१६ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र कृषिलाई रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रममा धेरैजसो पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाबिरुद्ध ठुलो जनशक्ति […]



from समाचार – Online Khabar https://ift.tt/2ZQPFx8
via IFTTT
Powered by Blogger.