समाचार
१६ जेठ, विराटनगर । बिहीबार दिउँसो मोरङ बेलबारी नगरपालिका–४, काकुमका ३१ वर्षीय जीवन लिम्बूले आफ्नै आमाको हत्यापछि आत्महत्या गरेका छन् । सामान्य विवादमा आमाको हत्या गरेका जीवनले आत्महत्या गरेका हुन् । बिहान करिब साढे ११ बजे खाना खाने क्रममा विवाद हुँदा आमालाई इँटाले टाउकोमा प्रहार गरे । टाउकोमा चोट लागेका कारण ढलेकी देवीमायाले घटनास्थलमै प्राण […]
१५ जेठ, वीरगञ्ज । प्रदेश नम्बर २ मा वीरगञ्जस्थित नारायणी अस्पतालले पहिलो पटक कोभिड संक्रमितको उपचार सुुरु गरेको थियो । ०७६ चैत २९ गते वीरगञ्जमा पहिलो पटक तीनजना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको थियो । उनीहरूलाई नै अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो । वैशाख १ गते रौतहटबाट थप एकजना संक्रमित भर्ना भएका […]
१६ जेठ, काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को त्रास नेपालमा व्यापक हुँदै गर्दा निजी क्षेत्रहरुले पनि आफ्ना गुनासाहरु सुनाउँदै गए । निजी क्षेत्र अप्ठेरोमा परेको भन्दै उनीहरुले धेरै सहुलियतका मागहरु राखे । निजी क्षेत्रहरुले राखेको मागहरु मध्ये एक हो पुनर्कर्जा सुविधा । उद्योगी–व्यवसायीहरुका हरेक संगठनहरुले बढाउनु पर्छ भन्दै आएको पुनकर्जा कोषको आकार बढेर एक खर्ब […]
१६ जेठ, चितवन । चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार ७३ जनाको बिहीबार परीक्षण गर्दा ७१ जनामा नेगेटिभ र नवलपुरका दुई जनामा पोजेटिभ आएको हो । भरतपुर अस्पतालले शुक्रबार बिहान सूचना […]
१६ जेठ, काठमाडौं । नेपालको पश्चिमी भागमा आज दिनभर बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यका भने बिहानमा पानी रोकिने र दिउँसो फेरि बादल लागेर वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसमविद गंगा नगरकोटीले काठमाडौं उपत्यकामा दुई–तीन बजेतिर पुनः बादल विकसित भएर वर्षा हुन सक्ने बताउँदै अनलाइनखबरसँग भनिन्, […]
१६ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा जारी तनावको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको टिप्पणी गरेका छन् । उनले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहोर्याएका पनि छन् । भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति […]
१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको भन्दा ५८ अर्ब कम आय-व्ययको अनुमान राखेर बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट आएको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो । कोरोना महामारीका […]
१५, जेठ । काठमाडौं । भारतले नेपालसँगको सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको छ। बिहीबार भारतीय विदेश मामला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो प्रस्ताव गरेका हुन् । छिमेकीहरूसँग पारिस्परिक संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको भन्दै श्रीवास्तवले सीमाको समस्या रचनात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको हिन्दुस्तान […]
१५ जेठ, काठमाडौं । ‘सांसद विकास कोष’ नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताए । चालु आर्थिक वर्षका लागि सरकारले संघीय संसद निर्वाचन क्षेत्रका […]
१५ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै बजेट ल्याएको छ । बजेटमा कोरोना महामारीको उपचारसँगै ३ सय शय्याको संक्रामक रोग अस्पताल निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । आगामी आर्थिक वर्ष २०७७/ ७८ सालको बजेटमा स्वास्थ्य क्षेत्रमा चालु आर्थिक वर्षमा भन्दा झण्डै २१ अर्ब ९१ करोड […]
१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा आर्थिक वर्ष ०७७/७८ को बजेट घोषणा गरिरहँदा कालो कोट लगाएर संसदमा उपस्थित कृषिमन्त्री घनश्याम भुसाल गम्भीर मुद्रामा देखिन्थे । मन्त्री भुसाल मात्र होइन, विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्कंदै गरेका युवाहरुमा पनि चासो थियो, सरकारले कृषि क्रान्तिका लागि के कस्ता कार्यक्रम ल्याउँदैछ ? कोरोना महामारीपछिको आर्थिक […]
१५ जेठ, काठमाडौं । सरकारले चुरोट, बिँडी, सिगार तथा अन्य अम्मलजन्य पदार्थमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ । बिहीबार संघीय संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले यी वस्तुहरूमा कर वृद्धि गरेको हो । अर्थमन्त्रालयका अनुसार अब विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादन हुने बिँडीमा प्रतिखिल्ली २५ पैसा भाउ बढ्ने भएको छ । […]
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । तर यस क्षेत्रमा गरिएको विनियोजन सन्तुलित र उत्पादनमुखी नभएको शिक्षाविदहरुले बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको अनुमानित आयव्यय विवरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन गरिएको छ, […]
१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको भन्दा ५८ अर्ब कम आय-व्ययको अनुमान राखेर बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट आएको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो । कोरोना महामारीका […]
१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेसँगै यसको पक्ष–विपक्षमा तर्कवितर्क भइरहेका छन् । सरकार पक्षधरले बजेटको प्रशंसा गर्ने र विरोधीहरुले आलोचना गर्ने सिलसिला यसपालि पनि जारी छ । केन्द्र सरकारले ल्याएको बजेट प्रदेश सरकारहरुका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ । खासगरि प्रदेशका अर्थमन्त्रीहरुले बजेटलाई चासोका साथ अध्ययन […]
१५ जेठ, काठमाडौं । नेपालमा एकैदिन बिहीबार एकैदिन १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार १९८ पुगेको छ । स्वार्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार […]
१५ जेठ, काठमाडौं । अर्थविद् डा. डिल्लीराज खनालले बजेट परम्पराभन्दा धेरैमाथि उठ्न नसकेको बताएका छन् । सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि प्रतिक्रिया दिँदै अर्थविद् खनालले बजेट परम्परागत नै भएको बताएका हुन् । आफू नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको केही सुझाव बजेटमा समेटिए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । […]
१५ जेठ, काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट औसत भएको बताएका छन्। महामारीको बेला आएको बजेटलाई आफूले औसतमै लिएको उनले बताए । कतिपय शीर्षकमा खर्च कटौती गरिएको भन्दै उनले यसलाई सकारात्मक रुपमा लिएको बताएका छन् भने केही बुँदामा रहेको कमजोरीबारे समेत टिप्पणी गरेका छन्। स्थानीय विकास साझेदारी कार्यक्रमको […]
१५ जेठ, विराटनगर । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई लिएर विराटनगरका उद्योगीले मिश्रित प्रतिक्रिया दिएका छन् । निजी क्षेत्रका मागहरू सबै सम्बोधन नभए पनि कोरोना महामारीपछिको अवस्थालाई सम्बोधन गर्नेगरी बजेट आएको उनीहरूको टिप्पणी छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले सरकारले ल्याएको बजेटले कोरोना महामारीको प्रभावलाई सम्बोधन गरेको बताए । […]
१५ जेठ, काठमाडौं । सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना, खाजा, प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको घोषणा गरेका हुन् । प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले यस्तो […]
१५ जेठ, काठमाडौं । सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । बिहीबार आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । […]
from समाचार – Online Khabar https://ift.tt/3ddGEBL
via IFTTT