Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चिकित्सक कुटिएको विरोधमा एनएमसीका स्वास्थ्यकर्मी आन्दोलित

१८ जेठ, काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपाल मेडिकल कलेज (एनएमसी)का स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । कलेजका मेडिकल डाक्टर, इन्टरनल डाक्टरहरूले आइतबार इमर्जेन्सी, फिवर क्लिनिक र आइसोलेसन बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन थालेका हुन् । चिकित्सकमाथि भएको हातपातले अस्पतालमा बिरामी जाँच्ने वातावरण नभएको भन्दै उनीहरुले दोषीमाथि कारबाही र अस्पतालमा शान्तिसुरक्षाको व्यवस्था गर्न माग […]

गण्डकी प्रदेशमा थप ३ जनामा कोरना संक्रमण पुष्टि

१८ जेठ, पोखरा । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा २७ र ४० वर्षका २ जना र तनहुँको रिसिङ गाउँपालिकामा २८ वर्षका एक पुरूषमा कारोना संक्रमण देखिएको हो । प्रदेश स्वास्थ निर्देशनालयका अनुसार कोरोना संक्रमित तिनै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । योसँगै गण्डकी […]

रुकुम घटनाको अनुसन्धान गर्न मानव अधिकारको टोली घटनास्थल प्रस्थान

१८ जेठ, काठमाडौं । अन्तर्जातीय बिहेको विवादका कारण रुकुममा पाँच जना मारिएको घटनाको अनुगमन तथा अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थल प्रस्थान गरेको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली आइतबार घटनास्थल प्रस्थान गरेको हो । टोली घटना भएको स्थल पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्नेछ । यही […]

रुकुम घटनाको विरोध गर्न झापामा संघर्ष समिति

१८ जेठ, झापा । पश्चिम रुकुममा जातीय भेदभावका कारण भएको हत्याको विरुद्ध संघर्ष गर्न झापामा संघर्ष समिति गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी झापाका सचिवालय सदस्य एवम् युवा नेता हुकुमसिंह नेपालीको संयोजकत्वमा ३५ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । समितिमा भोला परियार, सुरेश बराइली, दल बहादुर विश्वकर्मा, गोपाल गजमेर, छविलाल विश्वकर्मा, वीर बहादुर […]

कोरोनाले भन्दा आत्महत्याले धैरैको ज्यान लियोः लालबाबु पण्डित

१८ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले नोवेल कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै पण्डितले भने, ‘कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको छ, यो विषयमा संघीय सरकारको ध्यान जानु पर्दछ ।’ पूर्वमन्त्री समेत रहेका सांसद पण्डितले […]

बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु, कोरोना परीक्षण गर्न स्वाब संकलन

१८ जेठ, कैलाली । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु भएको छ । भारतबाट नेपाल आएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार राति करिब २ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । ‘कैलालीका गौरिफन्टा नाकाबाट उनीहरु ८ दिन पहिले आएका […]

कर्णालीमा थपिए १८ जना कोरोना संक्रमित

१८ जेठ, सुर्खेत । कर्णालीमा आइतबार बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणबाट कालीकोट र दैलेखका १८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रलायको जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार कालीकोट शुभकालिका गाँउपालिकाका १९ वर्षीय युवक  र अन्य […]

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

१८ जेठ, काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक […]

कार्यसूचीमा राखियो संविधान संशोधन विधेयक

१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । बैठक सुरु हुनुअघि संसद सचिवालयले प्रकाशित गरेको आइतबारको कार्यसूचीमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने उल्लेख छ । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको कार्यसूचीमा फेरि राखिएको हो । […]

कर्णालीमा कोरोना संक्रमित १०५ पुगे

१८ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या एक सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा सल्यान, कालिकोट, दैलेख र सुर्खेतमा गरी ५९ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा […]

डडेल्धुरामा क्वारेन्टिनमा बसेका बालकको मुत्यु

१८ जेठ, डोटी । डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् । गएराति १२ बजेतिर उनको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । आमा–बाबुसँगै भारतको मुम्बइबाट उनी शनिबार राति १२ बजे मात्रै डडेल्धुरा आइपुगेका थिए […]

भारतीय समूह जबरजस्ती नेपाल छिर्न खोजेपछि हवाई फायर

१८ जेठ, काठमाडौं । भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको […]

अमेरिकामा चर्कियो रङ्गभेदको मुद्दा

१८ जेठ, काठमाडौं । गोरा जातिका प्रहरीले काला जातिका एक व्यक्तिको हत्या गरेपछि अमेरिकाको मिनेपोलिस लगायतका सहरहरूमा रङ्गभेदी आन्दोलन भड्किएको छ । मानिसहरुले सडकमा आएर आक्रोश व्यक्त गरिरहेका छन् । भाइरल भएको एक भिडियोमा एक गोरा प्रहरीले जर्ज फ्लोयड नाम गरेको कालाजातिका व्यक्तिको गर्धनमा घुँडाले थिचिरहेको देखिन्छ । त्यसको केही मिनेटमा नै ४६ वर्षीय जर्ज […]

क्वारेन्टिनबाट भागेर आत्महत्या

१८ जेठ, काठमाडौं । गुल्मीको क्वारेन्टिनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका ५६ वर्षीय चन्द्रबहादुर परियारले झुण्डिएर आत्महत्या गरेका हुन् । उनी शनिबार मात्रै भारतको नयाँदिल्लीबाट आएका थिए । उनलाई सुनौली नाकाबाट उद्धार गरी आदर्श माविको क्वारेन्टिनमा राखिएको थियो । छत्रकोट गाउँपालिका–४ का वडा अध्यक्ष डिलाराम न्यौपानेका अनुसार क्वारेन्टिनभन्दा दुई […]

हत्या आरोपमा २ जना पक्राउ

१८ जेठ, धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबार सुनसरी बराहक्षेत्र–३ इक्राही जमुना कित्तास्थित प्लटिङ जग्गामा कमल […]

कोरोनाको भ्याक्सिन यसै वर्षको अन्तमा विश्वबजारमा आउने दाबी

१८ जेठ, काठमाडौं । कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण […]

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

१७ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । केन्द्रीय कार्यसमितिले भनेको छ, सुगौली सन्धिले कालीपूर्वको भूभाग हाम्रो भएको प्रष्ट […]

कालीकोटका १७ जनामा कोरोना संक्रमण पुष्टि

१७ जेठ, सुर्खेत । कालीकोटमा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार  गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये कालीकोटका १७ जना छन् भने  दैलेखको दुल्लुका एक र बाजुराका एकजना रहेका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी […]

लकडाउन जेठ ३२ सम्म, सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ र […]

क्वारेन्टिनमा बसेका एक जनाले गरे आत्माहत्या

१७ जेठ, गुल्मी । गुल्मीमा क्वारेन्टिनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका वडा नम्बर-४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर […]

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

१७ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) का कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको बिहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]



from समाचार – Online Khabar https://ift.tt/2zL727L
via IFTTT
Powered by Blogger.