समाचार
१८ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा सांसद विकास कोष (स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम) खारेज नहुनु दुःखद् भएको भन्दै त्यसको विरोध गरेका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै कम्तिमा कोभिड–१९ महामारीको संकटका बेला यो कोषका लागि रकम छुट्याउन नहुने उनको भनाइ छ । श्रेष्ठले भने, ‘प्रधानमन्त्री र […]
१८ जेठ, काठमाडौं । सत्तारुढ नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकार कोरोना नियन्त्रण गर्दै आर्थिक क्रियाकलाप तथा उत्पादनमा केन्द्रित हुने बताएका छन् । उनले बजेटले यही सिद्धान्तलाई प्राथमिकता दिएको दावी गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथि छलफलमा भाग लिदै महासचिव पौडेलले कोभिड १९ महामारी नियन्त्रण मुख्य अभिभारा भए पनि महामारी सकिएको भोलिपल्ट केही पनि […]
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा रिजालले मुलुकलाई संकटबाट जोगाएर आर्थिक विकास लागि प्राप्त अवसर बजेटले गुमाएको बताएका हुन् । ‘यसपालि मुलुकलाई संकट छ । दुनिया शताब्दीको गहिरो संकट भोग्दै छ […]
१८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सत्तारुढ दलभित्रै समझदारी नदेखिएको बताएका छन् । प्रतिनिधिसभामा सुरु भएको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले बजेटमा उल्लेख गरिएको ४ सय केभी क्षमताको अन्तरदेशीय प्रशारण लाइनको विषयमा नेकपाभित्रै समझदारी नदेखिएको भन्दै कार्यान्वयनमा आशंका गरे । ‘यो कत्तिको विश्वसनीय […]
१८ जेठ, काठमाडौं । नेपाल आंशिक प्राध्यापक संघले दुई बुँदे माग राख्दै विश्वविद्यालयका सम्पूर्ण शैक्षिक गतिविधिमा संलग्न नरहने घोषणा गरेको छ । संघका अध्यक्ष डा. महेशकुमार गजुरेल, महासचिव केशव चन्द र आन्दोलन समितिका संयोजक नरेन्द्रप्रसाद भण्डारीले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले अघि सारेको माग पूरा नभएसम्म प्राध्यापनमा नफर्किने चेतावनी समेत दिइएको छ । […]
१७ जेठ, काठमाडौं । सरकारले मेलम्चीको पानी काठमाडौंमा ल्याउने विषयमा वर्षौंदेखि पटक–पटक झुटो आश्वासन दिँदै आएको छ । झुटको यो सिलसिलालाई निरन्तरता दिएका छन् अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो बजेट भाषणमा । उनले आगामी आर्थिक वर्षको सुरुवातदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण थाल्ने असम्भव वाचा गरेका छन् । बजेटमा ‘आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक […]
१८ जेठ, पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ कि गर्भवती नरदिता गर्बुजालाई हेलिकप्टरमार्फत उपचारका लागि पोखरा ल्याइएको छ । प्रसुति गराउन स्थानीय स्वास्थ्य चौकी लगिएकी उनको निरन्तर रक्तस्राव भइरहेको र स्वास्थ्यकर्मीले रेफर गरेपछि हेलिकप्टरमार्फत उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो । स्थानीय स्वास्थ्यकर्मीले नै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनलाई खबर गरेपछि उनको […]
१८ जेठ, काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सकमाथि भएको कुटपिटको छानविन गर्न समिति गठन भएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले आइतबार विज्ञप्ति जारी गरी छानबिन समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका प्रहरी उपरीक्षकको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको बताएका छन् । रिजालका अनुसार प्रहरी […]
१८ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्चमाथि संसदीय समितिले चासो देखाएको छ । प्रदेशसभा अन्तर्गतको विधायन तथा प्रदेश मामिला समितिले सरकारले गरेको खर्च विवरण माग गरेको हो । प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना भएको उच्चस्तरीय प्रदेश विपद् व्यवस्थापन कोषबाट हालसम्म भएको खर्चको विवरण माग गर्ने […]
१८ जेठ, जनकपुरधाम । दुई वर्षअघि एक व्यक्तिको घाँटी रेटेर हत्या गरी फरार रहेको आरोपमा सिरहाका एक व्यक्तिलाई प्रहरीले ससुरालीबाट पक्राउ गरेको छ । मिर्चेया नगरपालिका-१ बस्ने २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई मिर्चेया नगरपालिकाकै सितापुरस्थित ससुरालीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यादवले गत २०७४ साल असोज २३ गते सिरहाकै कर्जन्हा नगरपालिका १० निवासी […]
१८ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संकटको बेला सन्तुलित बजेट ल्याइए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । उनले बजेट महत्वाकांक्षी भने नरहेको बताए । प्रतिनिधिसभामा बजेटमाथि छलफलमा भाग लिदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता पाण्डेले बजेटको आकार घटाएर ल्याइनुले पनि यो महत्वाकांक्षी नरहेको र सबैलाई समेट्न खोजेको बताए । राजश्वमा आउने गिरावट […]
१८ जेठ, काठमाडौं । सांसदहरूले कोभिड–१९ महामारीबाट जोगिन लगाइएको लकडाउनका बेला गर्भवती, सुत्केरी तथा बालबालिकाको अकालमा ज्यान गइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिसभा बैठकमा बोल्दै सांसदहरूले गर्भवतीहरूले आधारभूत स्वास्थ्य सेवा समेत नपाएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विद्या भट्टराईले लकडाउन अवधिमा ५६ जना सुत्केरीको मृत्यु भएको बताइन् । […]
१८ जेठ, रौतहट । रौतहटको गौरमा खाद्यान्न सामग्री बोकेको ट्रकबाट प्रहरीले दश हजार थान गुट्खा बरामद गरेको छ । कपिलवस्तुको चन्द्रौटाबाट आएको लु २ ख ३३४३ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा प्रहरीले करिब २२ लाख मूल्य बराबरको गुटखा बरामद गरेकाे हो । चामल र लुगा धुने सर्फसँगै लोड गरी ल्याएकाे अवस्थामा उक्त गुट्खा बरामद गरिएकाे […]
१८ जेठ, काठमाडौं । शनिबार बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्नुपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएपछि शनिबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गर्यो । साथै, असार १६ सम्म सीमा नाका एवं हवाई उडान रोक्ने अनि नाकाहरूमा सुरक्षाकर्मी थप परिचालन गर्ने […]
१७ जेठ,काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव राखेका छन् । बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको भन्दै श्रम, सीप भएको वर्गलाई हेपेपछि देशको विकास हुन […]
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशतको राखेको छ । कोरोना महामारीका कारण अर्थतन्त्र शिथिल भएको समयमा आएको बजेटले राखेको यो लक्ष्य ‘अति नै महत्वाकांक्षी’ रहेको विज्ञहरु बताउँछन् । तर, अर्थमन्त्री डा. युवराज खतिवडा भने निकै आशावादी देखिएका छन् । बजेटपछिको पत्रकार सम्मेलनका क्रममा शुक्रबार उनले लगातार तीन वर्ष […]
१८ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख ६३ हजार ७२५ पुगेको छ । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा अहिलेसम्म १७ लाख ७० हजारभन्दा धेरै मानिस संक्रमित […]
१८ जेठ, वीरगञ्ज । कोभिडबाट जनरलमा परिणत भएकाे वीरगञ्जस्थित नारायणी अस्पतालले आइतबारबाट डायलासिस सेवा सुरु गरेको छ । अस्पतालले नेशनल मेडिकल कलेजमा पठाएको मिर्गौलाका बिरामीलाई ल्याएर सेवा सुरु गरेको हो । नारायणी टर्सरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेपछि गत वैशाख २ गतेबाट डायलासिस सेवा बन्द गरिएको थियो । नारायणी अस्पतालमा ११ वटा डायलासिस मेसिन भएपनि […]
१८ जेठ, काठमाडौं । सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको रकम खर्च गर्न थालेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस कोषबाट पहिलो पटक दुई दर्जन जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई रकम पठाइएको छ । कार्यालयका अनुसार पहिलो पटक यस कोषमा जम्मा भएको रकमबाट ५ करोड १७ लाख ७९ हजार रुपैयाँ […]
१८ जेठ, काठमाडौं । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची-३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । मन्त्रिपरिषद् बैठकले ५ जेठमा […]
१८ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा आठ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३८० नयाँ संक्रमित थपिएका हुन् । यो भारतको लागि एकैदिन थपिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ८२ […]
from समाचार – Online Khabar https://ift.tt/2XPjqLS
via IFTTT