समाचार
१५ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता हो ।’ उनले […]
१५ जेठ, नवलपरासी । पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । देवचुली नगरपालिका–१ घर भएका १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जेठ १० गते भारतको हरिद्धारबाट आएका उनाई नगरपालिकाले जनज्योति नमुना माविको क्वारेन्टाइनमा राखेको थियो । […]
१५ जेठ, पोखरा । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘उहाँहरु भारतबाट आउनु भएको हो र क्वारेन्टाइनमै छन् । अब सरकारी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ,’ निर्देशनालयका डा. […]
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र स्थापनाको छोटो समयको उपलब्धीबाट नेपाललाई विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विगतका अलोकतान्त्रिक शासन प्रणालीहरुका कारण क्षति हुन गएको, सुस्ताएको हाम्रो विकास यात्रा, ओझेलमा परेका समृद्धिका आकांक्षाहरु र कमजोर बन्न […]
१५ जेठ, काठमाडौं । काभ्रेको रोशी–३ खहरेपाङ र भकुण्डे–६ खाक्सी भन्ने स्थानमा बाढीमा फसेका ३ जनालाई गएराति उद्धार गरिएको छ । खाक्सीमा फसेकालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले तथा खहरेपाङमा फसेका व्यक्तिलाई प्रहरी र स्थानीयबासीले उद्धार गरेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए । बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी ८० […]
१५ जेठ, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् । राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार […]
१५ जेठ, काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय […]
१४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका […]
१४ जेठ, काठमाडौं । नेकपा नेता जनार्दन शर्माले चौरजहारी घटनाबारे आफूले राखेको भनाइलाई गलत ढंगले व्याख्या गरिएको गुनासो गरेका छन् । रुकुम पश्चिमका जनप्रतिनिधिसमेत रहेका शर्माले संसदमा बोलेका विषयलाई बंग्याएर गलत रूपमा व्याख्या गरिएको बताए । ‘संसदमा मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ,’ शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै […]
१४ जेठ, काठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत २ चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै घटनाका दोषीमाथि कारबाही गर्न माग गरेको हो । कोभिड–१९ रोकथाम, नियण्त्रण र उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेर मनोबल गिराउने काम गरिएको भन्दै संघले अस्पताललाई शान्ति क्षेत्र घोषणा गर्न […]
१४ जेठ, काठमाडौं । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको […]
१४ जेठ, काठमाडौं । भोलि बिहीबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछन् । आफ्नो कार्यकालको तेस्रो बजेट ल्याउन लागेका उनको टेबुलमा जनअपेक्षाको चाङ छ । उनी आफैँ भने स्रोत व्यवस्थापनको चर्को दबाबमा छन् । जति दबाबमा भए पनि उनले खोल्ने ब्रिफकेस यसपटक कोरोना महामारीबाट बिरामी बनेको अर्थतन्त्रको लागि […]
१४ जेठ, काठमाडौं । प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो । संक्रमितहरूमध्ये रौतहटका मात्रै […]
१४ जेठ, काठमाडौं । फागुन २१ मा पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि डा. युवराज खतिवडाले भनेका थिए, ‘म विकास र सामाजिक न्यायको लडाकु हुँ । मुलुकको रोग, भोक, अन्याय, गरिबी र अभाव अन्त्य नभएसम्म लडिरहन्छु ।’ खतिवडाको कार्यकाल सकिएर रिक्त हुने पदमा वामदेव गौतमलाई नियुक्त गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सिफारिस गरेपछि खतिवडाको […]
१४ जेठ, काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले देशभरको औद्योगिक क्षेत्रभित्र ठाउँमात्रै ओगटेर बसेका उद्योग तथा व्यवसायका गोदाम हटाउन निर्देशन दिएका छन् । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन् । ‘देशभरका १० वटै औद्योगिक क्षेत्रभित्र रहेका सबै अनुत्पादक व्यवसायका दर्ता तथा ठाउँ मात्रै ओगटेका सो-रुम हटाउनुस्, […]
२४ वैशाख, काठमाडौं । खेती लगाउने बेला किसानले मल र बीउको अभाव खेप्नु नेपालमा एउटा परम्परा जस्तै भईसकेको छ । यस वर्ष पनि पहाड र तराईमा खेतिको सिजन सुरु भएको छ । सरकारी र नीजि गोदाममा मल र बीउ तत्कालकालागि पुग्दो मात्रामा रहेको सरकारी कम्पनीको दाबी छ । सरकारी कम्पनीहरुसँग झण्डै एक महिनालाई पुग्ने मल […]
१४ जेठ, पोखरा । चैतको दोस्रो सातातिर बागलुङमा २ जना कोरोना संक्रमित भेटिए । ती दुवै बेल्जियमबाट फर्किएका थिए । नेपालमा कोरोना संक्रमण देखिन थालेको सुरुआती समयमा भेटिएका ती संक्रमितलाई कहाँ राखेर उपचार गर्नेबारे अन्यौलता थियो । संक्रमणको सुरुआती समयमा कोरोनाबारे सही जानकारी र सूचनाभन्दा अपवाहले जनस्तरमात्रै नभई उपचारमा संलग्न हुने चिकित्सक नै त्रसित थिए […]
१४ जेठ, काठमाडौं । यस वर्षको मनसुन अवधिमा नेपालमा औसत वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । यद्यपि, यस वर्ष नेपालमा ढिलो मनसुन भित्रिने अनुमान मौसमविदको छ । सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ । यस वर्ष नेपालमा कम्तीमा एक हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविदले […]
१४ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलोपटक बाली लगाउनुपूर्व नै धानको न्युनतम सर्मथन मूल्य सिफरिस गरेको छ । समान्यतयाः बाली भित्र्याउने बेलामा तोकिदै आएको सर्मथन मूल्य पहिलोपटक जेठमै सिफारिस भएको हो । मध्यम खालको धानको प्रतिक्वन्टल सर्मथन मूल्य दुई हजार आठ सय ८५ रुपैयाँ र मोटा धानको दुई हजार सात सय ३५ […]
१३ वैशाख, नेपालगञ्ज । कोही भारतको महाराष्ट्रबाट आएका छन् तर कोही गुजराज र कोही मुम्बईलगायतका स्थानबाट आएका छन् । सँगै आएकामध्ये ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पनि पुष्टि भएको छ । अहिले क्वारेन्टाइनमा ३५ जना छन् । तर उनीहरुका लागि एउटा पनि शौचालय छैन । यो धेरै संक्रमण भेटिएको बाँकेको नरैनापुरको गुल्सनेवारी क्वारेन्टाइनको […]
१४ जेठ, पोखरा । दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको बडिगाड गाउँपालिकाबासी त्रसित छन् । अर्कोतर्फ भारतबाट ल्याइएका गाउँवासीलाई राख्न क्वारेन्टाइनको व्यवस्था गर्न जनप्रतिनिधिलाई हतार छ । सुरुमा ३० जनाका लागि बनाएको क्वारेन्टाइनले भ्याउनेभन्दा धेरै मानिस भारतबाट ल्याउनु परेपछि अहिले क्वारेन्टाइन तयार गर्न रात दिन लाग्नुपरेको अध्यक्ष मेहरसिंह पाइजा बताउँछन् । ‘न सुत्ने फुर्सद […]
from समाचार – Online Khabar https://ift.tt/2M7FyvH
via IFTTT