Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘नारायण नगरपालिकाले चाप थाम्न सक्दैन’

१४ जेठ, दैलेख। नारायण नगरपालिका दुईतर्फी समस्यामा परेको छ । एकातिर आफ्ना ११ वडाका नागरिकको व्यवस्थापनको चुनौती कायमै रहेको छ भने अर्कोतर्फ जिल्लाका नौमूले, भगवतीमाई, भैरवी, दुल्लुलगायत पालिकाका नागरिकसमेत दैलेख सदरमुकाम आएर जाने क्रम बढेपछि थाम्न नसक्ने समस्या भएको नारायण नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्काले बताए । उनले भने, ‘विभिन्न पालिकाबाट आएका व्यक्तिलाई नारायण क्याम्पसमै ल्याएर […]

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

१४ जेठ, कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती […]

जोगबनी नाका हुँदै विराटनगर भित्रिए ३०४ नेपाली

१४ जेठ, काठमाडौं । मोरङको विराटनगरमा भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु भित्रिएका छन् । उनीहरुलाई गएराति उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलको होल्डिङ स्टेसनमा राखिएको छ । ३०४ जनामध्ये २३ जना सुनसरीका थिए । उनीहरुलाई दुहबी नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले सुनसरीतर्फ […]

संविधान संशोधन विधेयक संसदमा पेश हुँदै

१४ जेठ, काठमाडौं । संविधान संशोधन प्रस्ताव बुधबारको संसद बैठक पेश हुँदैछ । संसद बैठक बुधबार दिउँसो २ बजे बस्दै छ । सो बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । यसलाई सर्वसम्मत पारित गराउने पहल सरकारले गर्दै आएको छ । लिम्पियाधुरा, कालापानी […]

तत्काल कोरोनाबाट मुक्त हुन सकिँदैन, अब के गर्ने ?

नेपाल काँतरहरुको देश होइनथ्यो। तर, अहिले थुरथुर कामिरहेको छ। ‘लौ अब नेपाल इटाली र न्युयोर्क हुँदैछ।’ ‘सरकार परीक्षण बढाऊ नत्र भयावह हुन्छ ।’ ‘यहाँ भुँसभित्रको आगोजस्तै सल्किरहेको छ ।’ ‘परीक्षणको दायरा बढाएकाले ह्वात्तै संख्या बढेको हो । यीआर्तनादहरु अखबारका ‘ब्रेकिङ्ग न्यूज’ का आधारशlला हुन्। यस्तै समाचार पढेर काठमाडौं थुरथुर कामेको छ र सरकार गदगद हाँसेको छ । काम गर्नु छैन […]

प्रधानमन्त्रीज्यू ! आश्वासन पाइयो, अब हरेक दिन एक्सन चाहियो

१३ जेठ, काठमाडौं । कोभिड १९ महामारीविरुद्ध लड्न सरकारले लकडाउन गरेको ६३ औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको तेस्रो सम्बोधनले महामारीविरुद्धको लडाइँ अझ लामो जाने प्रष्ट संकेत गरेको छ । प्रधानमन्त्रीको भनाइअनुसार कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ । रोगप्रतिरोधी आचरण र जीवनशैली अपनाउनुपर्छ र सतर्कतासहित […]

दलित युवकको हत्या छानबिन गर्न ५ सदस्यीय समिति गठन

१३ जेठ, काठमाडौं । सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति […]

निजी अस्पतालमा र उपत्यका प्रवेश गर्नेको आरडीटी टेस्ट बेकार !

१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई साताअघि निजी अस्पतालले र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्न पाउनुपर्ने निर्देशिका जारी गर्‍यो । त्यसका लागि ९ वटा कम्पनीको किट तोकिएको छ । जसमध्ये सात वटा किटले सम्बन्धित देशमा नै प्रयोग गर्ने अनुमति पाएको छैन । त्यसको केही दिनमै गृह मन्त्रालयले अत्यावश्यक कामले काठमाडौं […]

कोरोना महामारीले ल्याएको अवसर गुमाउँदैछ नेपाल

महामारीका कारण देश लकडाउनको अवस्थामा रहेको बेला आगामी वर्षका कार्यक्रमहरु र बजेट तयारीको अन्तिम अवस्थामा पुग्दा सरकार, नीति निर्माताहरु, व्याख्या विश्लेषकहरु, पत्रकारका खोज खबरीहरु र आम जनमानसले देशमा व्याप्त दुई वटा महामारीको खासै ख्याल नगरेको जस्तो देखियो । न देशलाई लामो समयदेखि गाँजेको दलाल पुँजीवादी महामारीका बारेमा चिन्तन गरेको देखियो, न कोरोना महामारीपछि विश्वगजत र […]

लैनचौर आइसोलेसनमा बसेको छैन, नेपाली एक होऔं

तत्कालीन ७ राजनीतिक दल र माओवादीबीच भारतको राजधानी नयाँदिल्लीमा भएको चर्चित १२ बुँदे साझा समझदारीको परिणाम नेपाल अधिराज्य गणतन्त्र नेपालमा परिणत भएको, अर्थात राजसंस्थाको अन्त्य भएर गणतन्त्र स्थापना भएको यो जेष्ठ १५ गते १२ वर्ष पूरा हुँदैछ । नेपाली समाजमा ‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्छन् ! भारतले नेपालको भुभाग लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर […]

गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली घर फर्किए

१३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई सातामा २६ हजार नागरिक भित्रिएका छन् । २ जेठयता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् । उनीहरुमध्ये धेरै कैलालीको गौरिफन्टा नामाबाट भित्रिएका छन् । कैलालीको गौरिफन्टा नाकाबाट मात्रै १९ हजार ४ सय ८३ जना भित्रिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको […]

वीरगञ्जमा डाक्टरका दुई समूहबीच कुटाकुट

१३ जेठ, काठमाडौं । वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो । नारायणी अस्पतालका चिकित्सक […]

संविधान संशोधन विधेयक एक साताभित्र पारित गर्ने तयारी

१२ जेठ, काठमाडौं । संविधान संशोधन विधेयक भोलि बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । र, बढीमा एक साताभित्र संविधान संशोधन विधेयक पारित गरिसक्ने तयारी सरकार र संसद सचिवालयको छ । लिम्पियाधुरा कालापानी र लिपुलेकलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको सरकारले त्यसअनुसार निसान छाप संशोधन गर्न शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको […]

रुखले च्यापिएर मकवानपुरमा दुई जनाको मृत्यु

१३ जेठ, हेटौंडा । मकवानपुरमा पानीसँगै आएको हावाहुरीले ढलेको रुखले च्यापिएर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ्ग गाउँपालिका- ५ चैनपुरमा ५६ वर्षीय वीरमाया प्रजा र वडानम्बर ३ का ६ वर्षीय आयुश मगर रहेका छन् । घरमा नजिकै बारीमा हिँड्दै गरेकी प्रजाको सिमलको रुखले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक […]

‘रुकुम पश्चिमको घटना दलितमाथिको सामूहिक हत्या’

१३ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा प्रेमिकासँग विवाह गर्न गएका नवराज विकसहित ३ जनाको हत्या र ३ जना बेपत्ता भएको घटनाको संसदीय छानविन गर्न माग उठेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलले घटनाको संसदीय छानबिन गर्नुपर्ने माग गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पार्वतीकुमारी विशंखेले […]

उद्योगमार्फत रोजगारी व्यवस्थापन गर्न सरकारले श्रम बैंक गठन गर्ने

१३ वैशाख, काठमाडौं । कोरोना महामारीले सिर्जना हुने बेरोजगारी दर उद्योगमार्फत व्यवस्थापन गर्न सरकारले श्रम बैंकको अवधारणा अघि बढाएको छ । सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा करिब २० लाख श्रमिकलाई रोजगार बनाउने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले श्रम बैंकको गठनबारे छलफल अघि बढाएको हो । नेपालको श्रम बजारमा हरेक वर्ष थपिने ६ लाख तथा […]

नेपालीको प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर

१३ जेठ, काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर ( करिब एक लाख ३१ हजार रुपैयाँ) पुगेको छ । सरकार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७अनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस्तो आकडामा पुगेको हो । गत आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १०४७ डलर रहेको थियो […]

संविधान संशोधन प्रस्ताव सर्वसम्मत पारित गर्न प्रधानमन्त्रीको आग्रह

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गरेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसे केन्द्रीय कार्य समिति बैठक बस्नुपर्ने भन्दै केही समय मागेको छ भने समाजवादी र राष्ट्रिय जनता पार्टीले आफ्ना माग […]

रुकुम घटनाबारे छानबिन गर्न २१ नागरिक अगुवाको माग

१३ जेठ, काठमाडौं । ३ जनाको मृत्यु र ३ बेपत्ता भएको पश्चिम रुकुम चौरजहारी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न नागरिक अगुवाहरूले माग गरेका छन् । नागरिक अगुवाहरू दमननाथ ढुंगाना, कनकमणि दीक्षित , विपिन अधिकारीलगायत २१ अगुवाले मंगलबार एक विज्ञप्ति जारी गरी यसबारे छानबिन गर्न माग गरेका हुन् । ‘चौरजहारी घटना गम्भीर र अपराधिक प्रकृतिको […]

नेपाली बोकेर जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्सको चार्टर्ड विमान

१३ जेठ,काठमाडौं । लकडाउनका कारण नेपालमै अड्किएका दुई जापानीसहित प्रवासी नेपालीहरुलाई लिएर नेपाल एयरलाइन्सको चार्टर्ड विमान जपानको क्युसुको फुकुओकातर्फ उड्ने भएको छ । विमानमा २६४ जना नेपाली छन् । उनीहरु जापानमा विद्यार्थी र कामदार भिसामा कार्यरत रहेका बेला बिदामा नेपाल आएका थिए । नेपालमा लकडाउन भएपछि यतै रोकिएकाहरुलाई सरकारको अनुमतिपछि मार्गिक ट्राभल्स एण्ड टुर्स र […]

एडीबीद्वारा कोभिड-१९सँग जुध्न नेपाललाई ३० अर्बको ऋण स्वीकृत

१३ जेठ, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । एसियाली विकास बैंकले मंगलबार उक्त ऋण सहायता स्वीकृत गरेको हो । सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड-१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा यो रकम […]



from समाचार – Online Khabar https://ift.tt/3gwXZIj
via IFTTT
Powered by Blogger.