Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि, आमा पनि संक्रमित

१८ जेठ, धनगढी । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या थियो […]

खुला आकाशमुनि सुत्नुस् भनेर झुल थमाइदिए !

१८ जेठ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिने भारतसहित अन्यत्रबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राखने गरिएको छ । भारतमा यातायातका साधनहरु चल्न थालेसँगै नेपाल आउनेहरु बढेका छन् । आइतबारसम्मको तथ्यांकअनुसार प्रदेश २ मा मात्र १९ हजार ९८३ जना क्वारेन्टिनमा छन् । तर क्वारेन्टिनमा उनीहरुलाई निकै अव्यवस्थित रुपमा राखिएको छ । दृष्टान्त १ धनुषाको […]

सामुदायिक स्कुलको जिम्मा निजीलाई दिने कार्यक्रममा शिक्षामन्त्रीकै असहमति !

१८ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको पूर्वधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने कार्यक्रम आफूले प्रस्ताव नगरेको स्पष्टीकरण दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटको बुँदा नम्बर १६६ मा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयको सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक […]

बजेटमा फेरि मेलम्चीबारे झुटो बाचा

१७ जेठ, काठमाडौं । सरकारले मेलम्चीको पानी काठमाडौंमा ल्याउने विषयमा वर्षौंदेखि पटक–पटक झुटो आश्वासन दिँदै आएको छ । झुटको यो सिलसिलालाई निरन्तरता दिएका छन् अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो बजेट भाषणमा । उनले आगामी आर्थिक वर्षको सुरुवातदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण थाल्ने असम्भव वाचा गरेका छन् । बजेटमा ‘आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक […]

व्यापार घाटा कम गर्न अर्थमन्त्रीले के–के अस्त्र निकाले ?

१८ जेठ, काठमाडौं । नेपालको अर्थव्यवस्थाको लागि सबैभन्दा ठूलो टाउको दुखाईको विषय हो– व्यापार घाटा । हरेक वर्ष व्यापार घाटा चुलिँदै झण्डै देशको बजेटकै आकारमा पुग्न थालेको छ । चालु आर्थिक वर्षको १० महिनामा मात्रै व्यापार घाटा ९ खर्ब ४३ अर्ब भन्दा बढी रह्यो । जबकि सरकारले आगामी आव २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्बको […]

लकडाउनमा घरबाहिर निस्कनेहरु …(फोटो फिचर)

१८ जेठ, काठमाडौं । कोरोना महामारी रोकथामका लागि सरकारले लकडाउन गरेको झण्डै ७० दिन पुगिसक्यो । समुदायमा महामारी फैलिन नदिन मानिस–मानिसबीच दूरी कायम गर्न लकडाउन नै प्रभावकारी उपाय हो । सरकारले चैत ११ गते एक हप्ताका लागि सुरु गरेको लकडाउन बढाउँदै बढाउँदै जेठ ३१ गतेसम्म पुर्‍याएको छ । लामो समयको लकडाउनका कारण सर्वसाधारण घरभित्रै खुम्चिन […]

गण्डकीमा आफ्नै सरुवा रोग अस्पताल, विपन्नलाई सुपथ मूल्य कार्ड

१८ जेठ, पोखरा । बेरोजगारलाई रोजगारी र आहातलाई राहत दिने भन्दै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । कोरोना भाइरसको महामारीबाट मानव जीवनको रक्षा गर्न सरकारका विकासका लक्ष्य पुनःप्राथमिकीकरण गर्ने योजनासहित सरकारले नीति तथा कार्यक्रम ल्याएको हो । पोखरा सभागृहमा आइतबार प्रदेश प्रमुख अमिक शेरचनले गण्डकीको नीति तथा कार्यक्रम प्रस्तुत […]

बुटवलको कोरोना अस्पतालबाट ४ जना डिस्चार्ज

१८ जेठ, बुटवल । बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालबाट चारजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जना छन् । उनीहरु वैशाख २९ र ३० गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । अस्पतालका कोभिड-१९ फोकल पर्सन तथा वरिष्ठ कन्सल्टेन्ट डा. सुदर्शन थापाका अनुसार […]

वीरगञ्जको कोरोना परीक्षण ल्याब बन्द

१८ जेठ, वीरगञ्ज । प्रदेश २ मा पछिल्लो २४ घण्टामा आइतबार ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषामा २१ जना, सर्लाहीमा १०, रौतहटमा २९ जना र पर्सामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय नाघिसकेको छ । ९८ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् । […]

दलित युवक हत्याको विरोधमा बाबुराम भट्टराई सडकमा

१८ जेठ, काठमाडौं । रुकुम पश्चिममा दलित युवकको हत्याको विरोधमा आइतबार जनता समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरमा जनता समाजवादी पार्टीका नेता, विद्यार्थी र विभिन्न संगठनका प्रतिनिधि उपस्थित भई प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् । प्रदर्शन र धर्नामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, […]

दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द

१८ जेठ, दैलेख । जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ । भारतबाट आएका एक युवक क्वारेन्टिनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको आकस्मिक कक्षमा उपचार गराएको र उनको कोरोना आरडीटी गर्दा पोजेटिभ देखिएपछि कक्ष बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाइस वर्षीय पुरुष मधुमेहका बिरामी हुन् । उनले अस्पतालमा […]

उडान सुरु गर्न तयार भयो त्रिभुवन विमानस्थल

१८ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण संसारभर सबैभन्दा बढी प्रभावित क्षेत्र हो हवाई उद्योग । साढे दुई महिनायता व्यवसायिक उडान बन्द हुँदा ठूलो आर्थिक क्षति ब्यहोरेको हवाई क्षेत्र लकडाउन खुल्ने र सरकारबाट उडान सञ्चालनको घोषणाको मितिको पखाईमा छ । सोही कारण यससँग सम्बन्धित सरोकारवाला निकायले उडान प्रतिवन्ध खुला भएपछि उडान सञ्चालन गर्ने उपायबारे तयारी […]

विन्दबासिनी गाउँपालिकामा कर्मचारीले गरे तालाबन्दी

१८ जेठ, वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिका कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । ११ महिनादेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । २०७६ साउन १ गतेदेखि वडा कार्यालय र गाउँपालिकाको निर्देशनमा काम गरे पनि तलब नपाएको भन्दै गाउँपालिका र वडा कार्यालयमा कार्यरत कार्यालय सहायक, सामाजिक परिचालक, पशु प्राविधिक आन्दोलनमा […]

बजेट परम्परागत र यथास्थितिवादी : राष्ट्रिय जनमोर्चा

१८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले हालै ल्याएको आगामी आर्थिक वर्षको बजेट यथास्थितिवादी र पुँजीवादी प्रकारको भएको ठहर गरेको छ । बजेट विगतको जस्तै परम्परागत रहेको भन्दै राजमोले बजेटले निजीकरणमै जोड दिएको निश्कर्ष निकालेको छ । अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति निकाल्दै बजेटमा आयातमुखी र परनिर्भर अर्थतन्त्रबाट मुक्त हुने कुनै योजना नभएको उल्लेख गरेका […]

रुकुम पश्चिमको घटनामा प्रश्न नउठ्ने गरी अनुसन्धान हुन्छः गृहमन्त्री थापा

१८ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रुकुम पश्चिम घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । आइतबार गृह मन्त्रालयमा रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै थापाले घटनाका दोषीलाई कानूनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाही गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको बताएका हुन् […]

डोटीमा सेनाले बनायो अस्थायी क्वारेन्टिन

१८ डोटी, जेठ । नेपाली सेनाले डोटीको शिखर नगरपालिका-३ आलीमा अस्थायी क्वारेन्टिन निर्माण गरेको छ । शिखर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको आवश्यक सामाग्री सहयोगमा नेपाली सेनाको रुद्धध्वज गणले अस्थायी क्वारेन्टिन निर्माण गरेको हो । गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले नगरपालिकाले अस्थायी क्वारेन्टिन  निर्माणका लागि सहयोग गर्न माग गरेपछि आफूहरुले क्वारेन्टिन तयार गरेको बताए […]

एक पटक फेरि सम्पत्तिको स्वघोषणा गर्न दिऔं : बाबुराम भट्टराई

१८ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक पटकलाई फेरि सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिन सरकारलाई सुझाव दिएका हुन् । ‘सम्पत्ति स्वयं घोषणा गर्न दिऔं, कालोसेतो नभनौं एकचोटीलाई’ उनले भने ‘सबैले सम्पत्ति […]

कर्णालीका सांसदको चिन्ता : इटालीकै स्थिति हुने भयो

१८ जेठ, काठमाडौं । कर्णालीका प्रदेश सांसदहरुले प्रदेशमा इटालीको स्थिति आउने भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरुले क्वारेन्टिनको कमजोर व्यवस्थापनले स्थिति भयाबह हुन सक्ने बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको लापरबाहीले कर्णालीमा कोरोनाको संक्रमण भयाबह हुन सक्ने बताए । कोरोना […]

प्रदेश १ मा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

१८ जेठ, विराटनगर । प्रदेश १ मा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार झापामा ४ र मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जना र विराटनगरमा महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित […]

बजेट औपनिवेशिक योजनाको निरन्तरता : राजेन्द्र महतो

१८ जेठ, काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आगामीे आर्थिक बर्ष २०७७/७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले ‘आफू मालिक र अरू भिखारी’ प्रवृत्ति बोकेको औपनिवेशिक प्रकृतिको बजेट आएको टिप्पणी गरेका हुन् । बजेटले आम नेपाली जनतालाई […]

थप १६६ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये १६२ जना पुरुष छन् भने ४ महिला छन् । यससँगै कुल संक्रमितको संख्या १५६७ […]



from समाचार – Online Khabar https://ift.tt/36QsLqT
via IFTTT
Powered by Blogger.