Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दलित युवक हत्याको विरोधमा बुटवलमा प्रदर्शन

१४ जेठ, बुटवल । अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा दलित युवकसहित चारजनाको हत्या भएको भन्दै बुटवलमा विरोध प्रदर्शन भएको छ । दलित अगुवा, मानव अधिकार तथा शान्ति समाज, राजनीतिक दलका नेता–कार्यकर्ता, विश्वकर्मा युथ क्लबले बुटवलको पुष्पलाल पार्कमा भेला भएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । करिब दुईसय जनाको संख्यामा उपस्थित उनीहरुले ‘जातीय आधारमा हत्या कहिलेसम्म […]

रुकुममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न माग

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद विमला नेपालीले रुकुममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न माग राखेकी छन् । ‘कथित माथिल्लो जातको युवतीको प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृत्युको खबरले स्तब्ध बनाएको छ । यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणको सहिद घोषणा गरियोस्’ […]

वागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पास

१४ जेठ, हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे । बुधबार नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए । सांसदहरु रमेश पौडेल, नीमा लामा, […]

गण्डकी सरकारको बजेट प्राथमिकता : स्वास्थ्य, पूर्वाधार र रोजगारी सिर्जना

१४ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने भएको छ । स्वास्थ्य संस्थाहरुको अवस्था सुधार गर्न र स्वास्थ्य क्षेत्रलाई विशिष्टीकृत गर्ने कामलाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । ‘विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा […]

विशेष संयन्त्रमार्फत चौरजहारी घटना अनुसन्धान गर : मानवअधिकारवादी

१४ जेठ, काठमाडौं । मानवअधिकारवादीहरूले गत शनिबार रुकुममा भएको हत्या घटनाको छानबिन गर्न उच्चस्तरीय विशेष संयन्त्रको माग गरेका छन् । विभिन्न ३३ वटा मानवअधिकारवादी संघ/संस्था तथा व्यक्तिहरूले बुधबार बुधबार विज्ञप्ति जारी गर्दै घटनाबारे चासो व्यक्त गरेका हुन् । जारी विज्ञप्तिमा ‘जातीय विभेद र छुवाछुतमा आधारित बर्बरतापूर्ण आक्रमण, हत्या, हिंसा र अत्याचारका सम्बन्धमा उच्चस्तरको विश्वसनीय विशेष […]

दाङका १५ जना काेराेना संक्रमित भारतबाट आएका थिए

१४ जेठ, दाङ । दाङमा बुधबार एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देउखुरीको लमहीमा ८ र सदरमुकाम घोराहीमा ७ जनामा संक्रमण पुष्टि भएको हो । लमहीका ८ जनामध्ये एकजना युवती दार्जिलिङबाट बस चढेर आएकी हुन् । अन्य व्यक्तिहरु भारतकाे हैदरावाद, उत्तरप्रदेश, राजस्थान, पञ्जाब र दिल्लीबाट आएका हुन् । उनीहरुलाई यही जेठ ९ […]

भुल्केका ४ जना संक्रमित कोरोना निको भएर फर्किए

१४ जेठ, विराटनगर । कोरोना संक्रमण निको भएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट आइतबार थप ४ जना डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केका एक पुरुष र तीन महिला डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ५८ पुरुष, ३६, ४० र ६५ वर्षीय महिला रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले […]

झापामा सिक्किमबाट आउनेलाई पनि कोरोना संक्रमण

१४ जेठ, विराटनगर । बुधबार कोरोना संक्रमण पुष्टि भएका झापाका १७ जना भारतबाट आएको पाइएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ जना झापाको कचनकवल गाउँपालिका र २ जना गौरादह नगरपालिकाका हुन् । संक्रमित सबै केही दिनअघि भारतबाट आएपछि स्थानीय सरकारले क्वारेन्टाइनमा राखेको थियो । कचनकवलमा नयाँ संक्रमण पुष्टि भएकाहरु दिल्ली र मुम्बईबाट आएकाहरु रहेको गाउँपालिका […]

धन्न काम पाएँ !

१४ जेठ, काठमाडौं । खोटाङकी सावित्री राई लकडाउन घोषणाको एक साताअघि काठमाडौंस्थित आफ्नो माइत आएकी थिइन् । आफन्त भेट्न यसअघि पनि उनको ओहोर–दोहोर चलिरहन्थ्यो । तर यसपालि सरकारले घोषणा गरेको लकडाउनले असहज परिस्थिति सिर्जना भइदियो । उनी यतै थुनिइन् । ओत लाग्न दिदीको डेरा त थियो । तर मजदुरी गरेर ७ जनाको परिवार पालिरहेकी दिदीकाेमा […]

फास्ट ट्र्रयाककाे काम दोस्रो चरणमा पुग्यो : आयोजना प्रमुख

१४ जेठ, काठमाडौं । काठमाडौं–निजगढ द्रुत मार्गको निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको आयोजना प्रमुख शरदलाल श्रेष्ठले बताएका छन् । यद्यपि, हालसम्मको स्थितिमा तोकिएको समयभित्र आयोजना पूरा गर्न कनै असर नपुग्ने उनको भनाइ छ । ‘हामीले ११ वटा क्लस्टर बनाएर एकैपटक काम गरिरहेका छौं’, बुधबार सेनाले आयोजना गरेको भिडियो कन्फरेन्समा उनले भने, ‘अहिलेको स्थितिलाई म्यानेज […]

नेपाल मेडिकल कलेजका २ डाक्टर कुटिए

१४ जेठ, काठमाडौं । नेपाल मेडिकल कलेज अत्तरखेलका दुई जना चिकित्सकमाथि बुधबार कुटपिट भएको छ । बिरामीको मृत्यु भएको विषयमा आफन्तले डा. श्री श्रेष्ठ र डा. राकेश सिंहमाथि कुटपिट भएको अस्पतालको फोकल पर्सन डा‍. गुञ्जन खड्काले बताए । उनका अनुसार बुधबार बिहान ६ बजे काठमाडौं बेसिगाउँका एक दमको बिरामी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा […]

वडाध्यक्षसहित २ मृतकको काेराेना रिपोर्ट नेगेटिभ

१४ जेठ, कैलाली । कैलाली र कञ्चनपुरमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको मृत्यु भएको थियो । बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा उनको स्वाब संकलन गरिएको थियो ।  अस्पताका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार उनकाे रिपोर्ट नेगेटिभ आएको […]

नेपाली सेनाले भोलि चीनबाट ल्याउँदैछ २८ टन स्वास्थ्य सामग्री

१४ जेठ, काठमाडौं । कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले बिहीबार चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदैछ । यसका लागि नेपाल एयरलाइन्सको वाइडवडी विमान बुधबार साँझ चीनको ग्वान्झाओतर्फ उड्दैछ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याइने बताए । जसमा पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई), कोरोना जाँचका लागि […]

रुकुम चौरजहारी घटना : थप एक जनाको शव भेरी किनारमा भेटियो

१४ जेठ, काठमाडौं । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका-११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु नजिक भेरी नदी किनारमा फेला परेको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले लोकेन्द्रको शव भेटिएको पुष्टि गरे […]

कर्णालीमा थपिए १५ जना कोरोना संक्रमित

१४ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट १५ जनामा पीसीआर पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना […]

भारतले नेपाल र चीनसँग परिस्थिति बिगारिरहेको छ : इमरान खान

१४ जेठ, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच जारी सीमा विवादका विषयमा मुख खोलेका छन् । धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको उनले बताएका छन् । प्रधानमन्त्री खानले ट्विटरमा लेखेका छन्, ‘नेपाल/चीनसगँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ ।’ अर्को ट्विटमा उनी लेख्छन्, ‘काश्मीरलाई अवैध रूपमा […]

नेम्वाङ नेतृत्वको संसदीय सुझाव अध्ययन समितिको समय थप

१४ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ नेतृत्वको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको समय थप भएको छ । नेम्वाङ नेतृत्वको समितिको कार्य अवधि सकिएको उल्लेख गर्दै बुधबार सभामुख अग्नि सापकोटाले कार्य अवधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको छ […]

करिब ६० वर्षपछि नेपालमा सलह आउँदैछ

१४ जेठ, काठमाडौं । अफ्रिकाको रैथाने सलह इरान, पाकिस्तान, भारत हुँदै नेपालतिर आउन लागेको छ । फट्याङ्ग्रा प्रजातिको यो किराको सम्भावित प्रवेशलाई लिएर कृषि तथा पशुपन्छी विकास मन्त्रालय सतर्क बनेको छ । ६० वर्षअघि काठमाडौं उपत्यका र आसपासका जिल्लामा सलहले ठूलो क्षति पुर्‍याएको थियो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार, […]

संविधान संशोधन विधेयक छिटो पेश गर्न माग

१४ जेठ, काठमाडौं । संविधान संशोधनको विषय संसदमा छिटो प्रस्तुत गर्न सांसदहरुले माग गरेका छन् । छुटेका नेपाली भूमिसमेत समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा अनुसार निशान छाप अद्यावधिक गर्न दर्ता गरिएको संविधान संशोधन विधेयक चाँडै पारित गर्नुपर्ने उनीहरुको भनाइ छ । ‘भारतद्वारा अतिक्रमित भूमि नक्शामा सरकारले समावेश गरेको छ । यसको पूर्ण कार्यान्वयनका लागि […]

नेपालमा मनसुन ढिलो भित्रिने, तर हुनेछ औसत वर्षा

१४ जेठ, काठमाडौं । यस वर्षको मनसुन अवधिमा नेपालमा औसत वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । यद्यपि, यस वर्ष नेपालमा ढिलो मनसुन भित्रिने अनुमान मौसमविदको छ । सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ । यस वर्ष नेपालमा कम्तीमा एक हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविदले […]

प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

१४ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए । प्रतिपक्षी दलको अवरोधपछि बैठक बिहीबारसम्मको लागि स्थगित गरिएको हो । बुधबार बिहान ११ बजे आह्वान गरिएको बैठकमा प्रतिपक्षी दल  साढे ११ […]



from समाचार – Online Khabar https://ift.tt/2XCbxJE
via IFTTT
Powered by Blogger.