Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सेती अस्पतालको आइसोलेसनमा एकजनाको मृत्यु, भारतबाट आएका थिए उनी

१४ जेठ, कैलाली । कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । ‘भारतबाट आएको, त्यसैमाथि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको […]

पर्सामा थप २१ जना कोरोनामुक्त, गण्डक अस्पतालबाट डिस्चार्ज

१४ जेठ, वीरगञ्ज । पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि कोरोना  भाइरसमुक्त भएका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन् । उनीहरुलाई राति नै डिस्चार्ज गरिएको छ । गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए । […]

कञ्चनपुरमा ठगी र लापरबाही गर्ने ३५ ब्यापारीलाई कैद तोकियो

१४ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले संक्रामक रोग ऐन–२०२० मा टेकेर ४८ जना ब्यापारीलाई कारबाही गरेको छ । लकडाउनमा पनि अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गरेर संक्रामक रोग कोरोनाको नियन्त्रणमा बाधा पुर्‍याएको र महामारकिो मौका छोपेर कालोबजारी गरेको ठहर गर्दै कञ्चनपुर प्रशासनले ४८ जना ब्यापारीलाई जरिवाना र कैद सजाय सुनाएको हो । कञ्चनपुरका […]

‘नारायण नगरपालिकाले चाप थाम्न सक्दैन’

१४ जेठ, दैलेख। नारायण नगरपालिका दुईतर्फी समस्यामा परेको छ । एकातिर आफ्ना ११ वडाका नागरिकको व्यवस्थापनको चुनौती कायमै रहेको छ भने अर्कोतर्फ जिल्लाका नौमूले, भगवतीमाई, भैरवी, दुल्लुलगायत पालिकाका नागरिकसमेत दैलेख सदरमुकाम आएर जाने क्रम बढेपछि थाम्न नसक्ने समस्या भएको नारायण नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्काले बताए । उनले भने, ‘विभिन्न पालिकाबाट आएका व्यक्तिलाई नारायण क्याम्पसमै ल्याएर […]

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

१४ जेठ, कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती […]

जोगबनी नाका हुँदै विराटनगर भित्रिए ३०४ नेपाली

१४ जेठ, काठमाडौं । मोरङको विराटनगरमा भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु भित्रिएका छन् । उनीहरुलाई गएराति उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलको होल्डिङ स्टेसनमा राखिएको छ । ३०४ जनामध्ये २३ जना सुनसरीका थिए । उनीहरुलाई दुहबी नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले सुनसरीतर्फ […]

संविधान संशोधन विधेयक संसदमा पेश हुँदै

१४ जेठ, काठमाडौं । संविधान संशोधन प्रस्ताव बुधबारको संसद बैठक पेश हुँदैछ । संसद बैठक बुधबार दिउँसो २ बजे बस्दै छ । सो बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । यसलाई सर्वसम्मत पारित गराउने पहल सरकारले गर्दै आएको छ । लिम्पियाधुरा, कालापानी […]

तत्काल कोरोनाबाट मुक्त हुन सकिँदैन, अब के गर्ने ?

नेपाल काँतरहरुको देश होइनथ्यो। तर, अहिले थुरथुर कामिरहेको छ। ‘लौ अब नेपाल इटाली र न्युयोर्क हुँदैछ।’ ‘सरकार परीक्षण बढाऊ नत्र भयावह हुन्छ ।’ ‘यहाँ भुँसभित्रको आगोजस्तै सल्किरहेको छ ।’ ‘परीक्षणको दायरा बढाएकाले ह्वात्तै संख्या बढेको हो । यीआर्तनादहरु अखबारका ‘ब्रेकिङ्ग न्यूज’ का आधारशlला हुन्। यस्तै समाचार पढेर काठमाडौं थुरथुर कामेको छ र सरकार गदगद हाँसेको छ । काम गर्नु छैन […]

प्रधानमन्त्रीज्यू ! आश्वासन पाइयो, अब हरेक दिन एक्सन चाहियो

१३ जेठ, काठमाडौं । कोभिड १९ महामारीविरुद्ध लड्न सरकारले लकडाउन गरेको ६३ औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको तेस्रो सम्बोधनले महामारीविरुद्धको लडाइँ अझ लामो जाने प्रष्ट संकेत गरेको छ । प्रधानमन्त्रीको भनाइअनुसार कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ । रोगप्रतिरोधी आचरण र जीवनशैली अपनाउनुपर्छ र सतर्कतासहित […]

एकैदिन ९० जनामा कोरोना, कूल स‌ंक्रमित– ७७२

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । महोत्तरीको मनरा गाउँपालिका–१० का ३० र ३५ वर्षीय […]

दलित युवकको हत्या छानबिन गर्न ५ सदस्यीय समिति गठन

१३ जेठ, काठमाडौं । सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति […]

कहिलेसम्म ब्राह्मणवाद हावी हुने यो देशमा ?

१३ जेठ, काठमाडौं । मंगलबार संघीय संसदका दुवै सदन (प्रतिधिसभा र राष्ट्रिय सभा) मा रुकुम पश्चिम चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाबारे गर्मागर्मी बहस भयो । सांसदहरुले सरकारको ध्यानाकर्षण गरे, गृहमन्त्री रामबहादुर थापाले दुई हप्ताभित्र निश्पक्ष प्रतिवेदन आउने आश्वासन दिए । यस विभत्स घटनालाई जोडेर सांसदहरुले नेपालको संविधान, संवैधानिक व्यवस्था, नियम कानुनको कार्यान्वयन […]

रुकुम घटनामा संसद् निरीह : न छानबिन, न ‘रुलिङ’

१३ जेठ, काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले पश्चिम रुकुमको चौरजहारीमा गत शनिबार भएको हत्या घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठनको माग गरे । तर, सभामुख अग्नि सापकोटाले सुनेको नसुन्यै गरे । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बैठकमा भने, ‘सरकारले आफ्नो काम गर्ला, तर दलितहरूलाई मानव नै नमान्ने यस्तो […]

आर्थिक वृद्धि २.३ प्रतिशत मात्र, प्रक्षेपण भेट्न पनि मुस्किल

१३ जेठ, काठमाडौं । मंगलबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७५/७६’ को २८ बुँदे कार्यकारी सारांश वाचन गरे । उनले यो वर्ष २.३ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण रहेको संसदलाई जानकारी दिए । गत चैतदेखि मुलुक कोरोना संक्रमणसँग जुधिरहेकाले आर्थिक गतिविधि ठप्प भएको अवस्थामा उच्च अंकको आर्थिक वृद्धि हात पार्न नसकिएको अर्थमन्त्री […]

निजी अस्पतालमा र उपत्यका प्रवेश गर्नेको आरडीटी टेस्ट बेकार !

१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई साताअघि निजी अस्पतालले र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्न पाउनुपर्ने निर्देशिका जारी गर्‍यो । त्यसका लागि ९ वटा कम्पनीको किट तोकिएको छ । जसमध्ये सात वटा किटले सम्बन्धित देशमा नै प्रयोग गर्ने अनुमति पाएको छैन । त्यसको केही दिनमै गृह मन्त्रालयले अत्यावश्यक कामले काठमाडौं […]

कोरोना महामारीले ल्याएको अवसर गुमाउँदैछ नेपाल

महामारीका कारण देश लकडाउनको अवस्थामा रहेको बेला आगामी वर्षका कार्यक्रमहरु र बजेट तयारीको अन्तिम अवस्थामा पुग्दा सरकार, नीति निर्माताहरु, व्याख्या विश्लेषकहरु, पत्रकारका खोज खबरीहरु र आम जनमानसले देशमा व्याप्त दुई वटा महामारीको खासै ख्याल नगरेको जस्तो देखियो । न देशलाई लामो समयदेखि गाँजेको दलाल पुँजीवादी महामारीका बारेमा चिन्तन गरेको देखियो, न कोरोना महामारीपछि विश्वगजत र […]

लैनचौर आइसोलेसनमा बसेको छैन, नेपाली एक होऔं

तत्कालीन ७ राजनीतिक दल र माओवादीबीच भारतको राजधानी नयाँदिल्लीमा भएको चर्चित १२ बुँदे साझा समझदारीको परिणाम नेपाल अधिराज्य गणतन्त्र नेपालमा परिणत भएको, अर्थात राजसंस्थाको अन्त्य भएर गणतन्त्र स्थापना भएको यो जेष्ठ १५ गते १२ वर्ष पूरा हुँदैछ । नेपाली समाजमा ‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्छन् ! भारतले नेपालको भुभाग लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर […]

गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली घर फर्किए

१३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई सातामा २६ हजार नागरिक भित्रिएका छन् । २ जेठयता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् । उनीहरुमध्ये धेरै कैलालीको गौरिफन्टा नामाबाट भित्रिएका छन् । कैलालीको गौरिफन्टा नाकाबाट मात्रै १९ हजार ४ सय ८३ जना भित्रिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको […]

वीरगञ्जमा डाक्टरका दुई समूहबीच कुटाकुट

१३ जेठ, काठमाडौं । वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो । नारायणी अस्पतालका चिकित्सक […]

संविधान संशोधन विधेयक एक साताभित्र पारित गर्ने तयारी

१२ जेठ, काठमाडौं । संविधान संशोधन विधेयक भोलि बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । र, बढीमा एक साताभित्र संविधान संशोधन विधेयक पारित गरिसक्ने तयारी सरकार र संसद सचिवालयको छ । लिम्पियाधुरा कालापानी र लिपुलेकलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको सरकारले त्यसअनुसार निसान छाप संशोधन गर्न शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको […]

रुखले च्यापिएर मकवानपुरमा दुई जनाको मृत्यु

१३ जेठ, हेटौंडा । मकवानपुरमा पानीसँगै आएको हावाहुरीले ढलेको रुखले च्यापिएर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ्ग गाउँपालिका- ५ चैनपुरमा ५६ वर्षीय वीरमाया प्रजा र वडानम्बर ३ का ६ वर्षीय आयुश मगर रहेका छन् । घरमा नजिकै बारीमा हिँड्दै गरेकी प्रजाको सिमलको रुखले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक […]



from समाचार – Online Khabar https://ift.tt/2XAJryj
via IFTTT
Powered by Blogger.