समाचार
१५ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी भएको बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिने बताएका थिए । पूर्वअर्थमन्त्री पाण्डेले कोरोना महामारी अझै केही समय रहने भन्दै यो महत्वाकांक्षी […]
१५ जेठ, जनकपुरधाम । धनुषामा बालबालिकालाई भेला पारेर पाठ्यपुस्तक वितरण गर्ने क्रम रोकिएको छैन । जिल्लाको शहीद नगरपालिकामा बालबालिकाको भेला पारेरै पाठ्यपुस्तक वितरण गरिँदै आएको छ । पछिल्लो पटक यो नगरपालिकाभित्रको एसएनआर जनता माध्यमिक विद्यालयले बालबालिका भेला पारी पाठ्यपुस्तक वितरण गरेका छन् । वडा नम्बर ७ धबौलीको यो विद्यालयले झण्डै २ सयभन्दा बढी बालबालिकालाई भेला […]
१५ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सकारात्मक नै भएको प्रक्रिया दिएका छन् । सरकारले बजेटका विभिन्न खर्चहरु कटौति गरेको र करका दरहरु पनि घटाएको भन्दै उनले आगामी आर्थिक वर्षको बजेटलाई आफूले सकारात्मक नै लिएको बताए । इद्यपि, निजी क्षेत्रका लागि आवश्यक सहुलियतका प्याकेज भने […]
१५ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने बताएका छन् । उनले स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसक्ने बताए । संघीय संसद भवनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि पत्रकारसँग प्रतिक्रिया […]
१६ जेठ, वीरगञ्ज । पर्सामा ४ जना कोरोना संक्रमित थपिएका छन् । पर्साको पोखरीया नगरपालिकास्थित रामदेव साह कलवार स्कुल क्वारेन्टिनमा बसेका ४ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । पोखरीया नगरपालिका ९ घर भएका ३६, ४२, २१, ३९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डक काेभिड हस्पिटलका कोओर्डिनेटर डा. उदयनारायण सिंहले अनलाइनखबरलाई जानकारी दिए […]
१५ जेठ, जनकपुरधाम । जनकपुरधामका पत्रकार वीरेन्द्र रमण कोरोना निकाे भएर बिहीबार डिस्चार्ज भएका छन् । पत्रकार रमण ३१ वैशाखमा संक्रमित देखिएका थिए । उनलाई सोही दिन प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मुटुका बिरामी समेत थिए । रमणसँगै प्रदेश २ मा ९८ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
१५ जेठ, काठमाडौं । सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । बिहीबार आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
१५ जेठ, काठमाडौं । सरकारले अस्थायी र करार लगायत सबै राष्ट्रसेवक कर्मचारीहरुको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/0७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँसम्मको कोरोना बीमा निःशुल्क गरिदिने जानकारी दिए । सामान्यतयाः युद्ध र महामारीको बीमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, […]
१५ जेठ, काठमाडौं । सरकारले तेस्रो मुलुकसँगको व्यापारका लागि चीनतर्फको ढोकालाई प्राथमिकतामा राखेको छ ।चीनले उपलब्ध गराएको तीन सुख्खा र चारवटा सामुन्द्रिक बन्दरगाहलाई सरकारले आफ्नो प्राथमिकतामा राखेको हो । आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले चीनतर्फका बन्दरगाह खोल्न विशेष व्यवस्था गर्ने बताए । चिनियाँ बन्दगाह भएर तेस्रो मुलकसँग व्यापार गर्न आवश्यक […]
१५ जेठ, काठमाडौं । सरकारले यो वर्ष भौतिक पूर्वाधारतर्फको बजेट १ खर्ब ३८ अर्ब ८० करोड विनियोजन गरेको छ । यो वर्ष सरकारले भौतिक पूर्वाधार विकासको बजेट गत वर्षको भन्दा २४ अर्ब ७२ करोडले घटाएको हो । सरकारले यो वर्ष राजस्व स्रोतमा परेको दबावका कारण भौतिक पूर्वाधार आयोजनाहरुको कटौती गरेको हो । बजेट लिएर पनि […]
१५ जेठ, काठमाडौं । बैंकहरूका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा बैंकका सबै सबै शाखाले सहुलियत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था गरिने घोषणा गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा […]
१५ जेठ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको छ । आर्थिक वर्ष २०७७/७८ को लागि सरकारले खेलकुदतर्फ २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोडको बजेट विनियोजन भएको हो । यो बजेट चालु आर्थिक […]
१५ जेठ, काठमाडौं । सरकारले पुनर्निर्माणतर्फको बजेटमा भारी कटौती गरेको छ । सरकारले चालु आर्थिक वर्षमा पुनर्निर्माणतर्फ १२१ अर्ब रुपैयाँ छुट्याएको थियो । तर आगामी वर्षका लागि भने ५५ अर्ब रुपैयाँ मात्रै विनियोजन गरिएको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६६ अर्बले कम हो । अर्थमन्त्री युवराज खतिवडाका अनुसार, आगामी आवमा विद्यालय पुनर्निर्माणको काम […]
१५ जेठ, काठमाडौं । ‘सांसद विकास कोष’ नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताए । चालु आर्थिक वर्षका लागि सरकारले संघीय संसद निर्वाचन क्षेत्रका […]
१५ जेठ, काठमाडौं । सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना, खाजा, प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको घोषणा गरेका हुन् । प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले यस्तो […]
१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै नेपाली सेनामार्फत ३ वर्षभित्र निर्माण सक्ने गरी ८ अर्ब ९३ करोड बजेट छुट्याएको जानकारी दिए । भदौ पहिलो साता मन्त्रिपरिषद्ले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार […]
१५ जेठ, काठमाडौं । सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बिमा निःशुल्क गरिदिने जानकारी दिएका हुन् । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ। यद्यपि, बिमा समितिले नयाँ अभ्यास […]
१५ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ बजेट भाषण गर्दै भैरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि बजेट छुट्याएको घोषणा गरे । उनका अनुसार बाराको निजगढ विमानस्थलमा […]
१५ जेठ, काठमाडौं । सरकारले सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट छु्ट्याएको छ । त्यस्तै, टोखा–नुवाकोट, सिद्धबाबालगायतमा नयाँ सुरुङमार्ग निर्माण गर्ने योजना पनि सरकारले अघि सारेको छ । अन्य विभिन्न सुरुङमार्गहरुको निर्माण अघि बढाउन पूर्वातयारीहरु सक्ने योजना पनि सरकारले अघि सारेको छ । बजेटमा मुख्यगरी गत असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको […]
१५ जेठ, राैतहट । रौतहटमा कोभिड १९ का २० नयाँ संक्रमित थपिएका छन् । रौतहटको राजपुर र राजदेवी नगरपालिकाका व्यक्तिमा बिहीबार संक्रमण पुष्टि भएको हो । रौतहटको राजपुरमा १७ र राजदेवी नगरपालिकाको क्वारेन्टिनमा रहेका थप ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव […]
१५ जेठ, काठमाडौं । सरकारले बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवामा एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) निर्माण गर्ने भएको छ । यस्तै कञ्चनपुरको दोधारा चाँदनीमा नयाँ सुख्खा बन्दरगाह निर्माणको कार्य अघि बढाइने नयाँ बजेटमा उल्लेख छ । यस्तै, काठमाडौंको चोभार र रसुवाको केरुङमा निर्माणाधीन सुख्खा बन्दरगाहको निर्माण सम्पन्न गर्ने, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र निर्माण गरिने […]
from समाचार – Online Khabar https://ift.tt/2TKLbUG
via IFTTT