Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सीमा नाकामा मृत्यु भएका युवकलाई शहीद घोषणा गर्न माग

१६ वैशाख, जनकपुरधाम । सरकारी लापरवाहीका कारण धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र यादवको सीमा नाकामै ज्यान गुमाउनुपरेको भन्दै स्थानीय तथा परिवारजनले उनलाई शहीद घोषणा गर्न माग गरेका छन् । साथै उनीहरुले परिवारलाई राहत पनि दिन माग गरेका छन् । भारतबाट आउने क्रममा ३० बर्षीय यादवको गत बुधबार बिहान जटही नाकामै मृत्यु भएको थियो । […]

सैनिक हवाई महानिर्देशनालयमा अनियमितता, उपरथीसहित ९ जना कारबाहीमा

१६ जेठ, काठमाडौं । सैनिक हवाई महानिर्देशनालयमा कार्यरत रहँदा अनियमितता गरेको अभियोगमा नेपाली सेनाका अवकाश प्राप्त प्राविधिक उपरथीसहित ८ जना सैनिक अधिकृत कारबाहीमा परेका छन् । अनियमिततामाथि अनुसन्धान सुरु भएपछि मंसिरमा राजीनामा दिएका उपरथी सुधीर श्रेष्ठलाई नसिहतसहित जरिवाना तिराउने फैसला समरी जनरल सैनिक अदालतले गरेको हो । श्रेष्ठसहित ९ जना सैनिक अधिकृतलाई सचेत गराउने अदालतले […]

सरकारले पेट्रोलियमबाट वार्षिक थप २० अर्ब कर उठाउने

१६ जेठ, काठमाडौं । कोरोनाका कारण आम्दानीका स्रोतहरु खुम्चिएपछि सरकारले पेट्रोलियम पदार्थमा करको दर बढाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत पेट्रोल, डिजेल र मटितेलमा लाग्दै आएको भन्सार शुल्कमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेका छन् । यो वृद्धिपछि शुक्रबारदेखि नेपाल भित्रिने पेट्रोलमा २५.२० रुपैयाँ, डिजेल र मटितेलमा १२ रुपैयाँ प्रतिलिटर […]

२५ जनाका लागि क्वारेन्टिनको तयारी, संक्रमित नै सय पुगे

१६ जेठ, विराटनगर । झापाको दक्षिणी क्षेत्रको कचनकवल गाउँपालिकाले कोरोना महामारी रोकथामका लागि एउटा क्वारेन्टिन स्थल निर्माण गरेको थियो । गाउँपालिकाले क्वारेन्टिनमा २०–२५ जना बस्न सक्ने अनुमान गरेको थियो । वैशाख दोस्रो सातासम्म अवस्था सामान्य थियो । तर भारतमा रेलसेवा सुरु भएसँगै नेपाल फर्कनेको संख्या बढ्यो । डेढ महिनासम्म तयारीमा ध्यान नदिएको गाउँपालिका मान्छे आउन […]

२१ जेठदेखि विद्यार्थी भर्ना गर्न दिन माग

१६ जेठ, काठमाडौं । निजी विद्यालय सञ्चालक लगायतका सरोकारवालाहरूले २१ जेठबाट विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग राखेका छन् । उनीहरूले विज्ञप्तीमार्फत भर्ना प्रक्रिया अगाडि बढाउने वातावरण बनाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेका हुन् । भर्चुअल कक्षालाई औपचारिकता दिनुपर्ने, निजी विद्यालयका पाठ्यपुस्तक पनि निर्वाध बिक्री, वितरण गर्न पाउनुपर्ने लगायतका माग राखेका छन् । निजी तथा आवासीय […]

विदेशबाट आउने तरकारी र फलफूलको अग्रिम कर बढ्यो

१६ जेठ, काठमाडौं । सरकारले स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न विदेशबाट आयात हुने तरकारी र फलफूलको अग्रिम आयकरमा वृद्धि गरेको छ । भारत तथा चिन लगायतका मुलुकबाट नेपाल भित्रिने सबैखाले हरियो तरकारी र फलफूलको कर ४ प्रतिशतले बृद्धि गरिएको हो । यस अघि ५ प्रतिशत मात्रै लाग्ने उक्त कर बजेटमार्फत ९ प्रतिशत पुर्‍याइएको छ […]

रुकुम घटनाको संसदीय समितिबाट छानबिन गर्न माग

१६ जेठ, बुटवल । रुकुमको चौरजहारीमा दलित युवकसहित पाँचजनाको मृत्यु भएको घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न विभिन्न संघसंस्थाहरुले माग गरेका छन् । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपभापति गोविन्द खनाल, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडी, उच्च अदालत बार एसोसिएशन बुटवलका अध्यक्ष जोगबहादुर खत्री, एडभोकेसी फोरम रुपन्देहीका शिवप्रसाद […]

कालापानी हिँडेका डा. केसी बाटोबाटै फर्किए

१६ जेठ, डोटी । बिहीबार कालापानी जाने भन्दै हिँडेका डा. गोविन्द केसी बाटोबाटै फर्किएका छन् । विगत तीन महिनादेखि सुदूरपश्चिमका बिभिन्न जिल्लामा निशुल्क सेवा दिँदै आएका केसी जेठ १ गते दार्चुला पुगेका थिए । केही समय दार्चुला जिल्ला अस्पतालमा सेवा दिएका केसी ११ गते व्यास गाउँपालिकाको केन्द्रस्थित स्वास्थ्य चौकी सुनेसरा पुगेका थिए । सुनसेरा स्वास्थ्य […]

महाकाली पारी अर्को कालापानी !

१६ जेठ, काठमाडौं । नेपालले आफ्नो अतिक्रमित भूभाग लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि भारतले त्यसको विरोध गर्दै आएको छ । भारतले नेपालको दार्चुला जिल्लाको कालापानी, लिपुलेकलाई समेत आफ्नो भूमि भनेर गलत प्रचार गरिरहेको छ । ब्रिटिश सर्भे अफ इन्डियाले निकालेको एक सय ६४ वर्ष पुरानो नक्सामा भने महाकाली नदीको पश्चिममा पनि एउटा कालापानी देखाइएको छ । […]

रुख काट्न र ओसारपसार गर्न रोक

१६ जेठ, काठमाडौं । सरकारले वनको साललगायतका रुख कटान, संकलन, ढुवानी तथा ओसारपसारमा रोक लगाएको छ । काठ तस्करी अनियन्त्रित रुपमा बढेपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले कटान भइसकेका रुख, काठ र गोलिया जे जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा राख्ने निर्देशन दिएको छ । वन तथा वातावरण मन्त्रालयले यस विषयमा […]

कांग्रेसको निश्कर्ष : बजेटले जनताको जीवन रक्षा गर्न सक्दैन

१६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ । शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट प्रचारमुखी मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो । ‘सरकारकाले बजेट प्रचारमुखीमात्रै देखिन्छ । यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन । जनताको […]

डोटीमा भारतबाट पाँच हजार बढी भित्रिए, जाँचका लागि किट अभाव

१६ जेठ, डोटी । जेठ २ गतेयता डोटी जिल्लामा भारतबाट आएकाहरुको संख्या ५ हजार ७ सय २ पुगेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्णवहादुर बोहोराले दिएको जानकारी अनुसार शुक्रबार मात्रै करिब एक हजार जना जिल्ला भित्रिएका छन् । बोहाेराका अनुसार सबैभन्दा बढी शिखर नगरपालिकामा भित्रिएका छन् । यस नगरपालिकामा एक […]

दर्ता भएन राजपाको संविधान संशोधन विधेयक

१६ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लिएर गएको संविधान संशोधन प्रस्ताव संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ । राजपा संसदीय दलका नेता महन्थ ठाकुर पार्टी नेताहरुलाई लिएर संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका थिए । राजपाले शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला असफल भएको संशोधन विधेयकलाई नै दर्ता गर्न खोजेको […]

प्रदेश २ मा एकै दिन थपिए ९२ जना संक्रमित

१६ जेठ, वीरगञ्ज । प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ९६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा सप्तरीमा ५, धनुषामा १, सर्लाहीमा ४ जना, रौतहटमा ७३ जना, बारामा ४ र पर्सामा ५ जनामा कोरोना संक्रणको पुष्टि भएको हो । सप्तरीको राजविराज नगरपालिकाका ५ जना पुरुष, धनुषाको खजुरीमा १ जना, सर्लाहीको कौडेना […]

छिमेकी जिल्लामा कोरोना, पोखरामा सतर्कता

१६ जेठ, पोखरा । छिमेकी जिल्ला स्याङ्जा र बागलुङमा कोरोना संक्रमितको संख्या बढेपछि पोखरामा पनि उच्च सर्तकता अपनाउन थालिएको छ । यद्यपि ती ठाउँमा भेटिएका कोराना संक्रमित हालै भारतबाट उद्धार गरिएका हुन् । विभिन्न नाका तथा जिल्लामा लम्बिँदो लकडाउनका कारण अलपत्र रहेका व्यक्तिलाई गण्डकी प्रदेशका विभिन्न स्थानीय तहले उद्वार गरिरहेका छन् । अलपत्र परेका नागरिकलाई […]

अर्थमन्त्री भन्छन् – विद्युतीय भन्दैमा असीमित छुट दिन सकिँदैन

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी र उपकरणलाई असीमित छुट दिन नसकिने बताएका छन् । उनले पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय सवारी साधनलाई विगतमा भन्सार छुट दिए पनि दुई वर्षको पेट्रोलियम आयातभन्दा ठूलो रकमको विद्युतीय सवारी आयात भएको बताए । सरकारले आगामी आर्थिक वर्षको लागि आएको बजेटमार्फत विद्युतीय सवारीमा ४० प्रतिशत […]

भारतबाट फर्किनेहरुका लागि सरकारले तोक्यो २० नाका

१६ जेठ, काठमाडौं । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेको हो । स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । उनकाअनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, […]

भारतीय सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन

१६ जेठ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल भारत सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न शुक्रबार बसेको समिति बैठकले दशगजा क्षेत्रको भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिएको हो । समितिले दिएको निर्देशनमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय […]

राजपाको छुट्टै संविधान संशोधन प्रस्ताव

१६ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरु छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन् । गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसदीय दलका नेता महन्थ ठाकुरसहित राजपा नेताहरु संसद सचिवालयमा पुगेका हुन् । ‘संशोधन प्रस्ताव दिएर आएका हौं’ नेता केशव झाले भने । सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन […]

अर्थमन्त्रीको स्पष्टीकरण : तस्करी हुन नदिन पेट्रोल र सुनमा कर वृद्धि

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालबाट भारततर्फ हुने पेट्रोलियम पदार्थ र सुनको चोरी तस्करी रोक्न आयातमा कर बढाइएको बताएका छन् । बिहीबार संसदमा प्रस्तुत भएको बजेटमार्फत अर्थमन्त्री खतिवडाले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर थपेका थिए । अर्थमन्त्री खतिवडाले पेट्रोलियम पदार्थको सीमावारी र पारीको मूल्यमा अहिले नै २० देखि ३० रुपैयाँ […]

एकदिनमा थपिए १७० संक्रमित

१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ । भारतबाट फर्किँदै गर्दा सीमा क्षेत्रमा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ कामा पनि […]



from समाचार – Online Khabar https://ift.tt/2BfNqZV
via IFTTT
Powered by Blogger.