समाचार
१८ जेठ, रौतहट । रौतहटको गौरमा खाद्यान्न सामग्री बोकेको ट्रकबाट प्रहरीले दश हजार थान गुट्खा बरामद गरेको छ । कपिलवस्तुको चन्द्रौटाबाट आएको लु २ ख ३३४३ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा प्रहरीले करिब २२ लाख मूल्य बराबरको गुटखा बरामद गरेकाे हो । चामल र लुगा धुने सर्फसँगै लोड गरी ल्याएकाे अवस्थामा उक्त गुट्खा बरामद गरिएकाे […]
१७ जेठ,काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव राखेका छन् । बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको भन्दै श्रम, सीप भएको वर्गलाई हेपेपछि देशको विकास हुन […]
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशतको राखेको छ । कोरोना महामारीका कारण अर्थतन्त्र शिथिल भएको समयमा आएको बजेटले राखेको यो लक्ष्य ‘अति नै महत्वाकांक्षी’ रहेको विज्ञहरु बताउँछन् । तर, अर्थमन्त्री डा. युवराज खतिवडा भने निकै आशावादी देखिएका छन् । बजेटपछिको पत्रकार सम्मेलनका क्रममा शुक्रबार उनले लगातार तीन वर्ष […]
१८ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख ६३ हजार ७२५ पुगेको छ । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा अहिलेसम्म १७ लाख ७० हजारभन्दा धेरै मानिस संक्रमित […]
१८ जेठ, वीरगञ्ज । कोभिडबाट जनरलमा परिणत भएकाे वीरगञ्जस्थित नारायणी अस्पतालले आइतबारबाट डायलासिस सेवा सुरु गरेको छ । अस्पतालले नेशनल मेडिकल कलेजमा पठाएको मिर्गौलाका बिरामीलाई ल्याएर सेवा सुरु गरेको हो । नारायणी टर्सरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेपछि गत वैशाख २ गतेबाट डायलासिस सेवा बन्द गरिएको थियो । नारायणी अस्पतालमा ११ वटा डायलासिस मेसिन भएपनि […]
१८ जेठ, काठमाडौं । सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको रकम खर्च गर्न थालेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस कोषबाट पहिलो पटक दुई दर्जन जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई रकम पठाइएको छ । कार्यालयका अनुसार पहिलो पटक यस कोषमा जम्मा भएको रकमबाट ५ करोड १७ लाख ७९ हजार रुपैयाँ […]
१८ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा आठ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३८० नयाँ संक्रमित थपिएका हुन् । यो भारतको लागि एकैदिन थपिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ८२ […]
१८ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक पटकलाई फेरि सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिन सरकारलाई सुझाव दिएका हुन् । ‘सम्पत्ति स्वयं घोषणा गर्न दिऔं, कालोसेतो नभनौं एकचोटीलाई’ उनले भने ‘सबैले सम्पत्ति […]
१८ जेठ, चितवन । चितवनको भरतपुर अस्पतलामा उपचाररत कोरोना संक्रमित एक महिला डिस्चार्ज भएकी छिन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल घर भएकी एक २५ वर्षीया गर्भवती महिला कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमा नै संक्रमण मुक्त भएपछि अस्पतालले आइतबार बिहान डिस्चार्ज गरेको हो । गर्भवती ती महिलाले आफूलाई कोरोनाको संक्रमण कहाँबाट कसरी भयो […]
१८ जेठ, पोखरा । तनहुँको रिसिङ गाउँपालिकाका कोरोना संक्रमित एकजना ब्यास नगरपालिकाको क्वारेन्टाइनमा बसेको खुलेको छ । भारतबाट १० गते आएका उनलाई भानुभक्त क्याम्पसस्थित क्वारेन्टाइनमा राखिएको थियो । उनीसँगै १० जनाको समूह ब्यास नगरपालिका आएको स्वास्थ शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । ‘१० जनाको समूहमा आएको जानकारी पायौं । उनीहरूसहित ५४ जनाको स्वाब परीक्षणका […]
१८ जेठ, काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक […]
१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । बैठक सुरु हुनुअघि संसद सचिवालयले प्रकाशित गरेको आइतबारको कार्यसूचीमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने उल्लेख छ । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको कार्यसूचीमा फेरि राखिएको हो । […]
१८ जेठ, सुर्खेत । कर्णालीमा आइतबार बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणबाट कालीकोट र दैलेखका १८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रलायको जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार कालीकोट शुभकालिका गाँउपालिकाका १९ वर्षीय युवक र अन्य […]
१८ जेठ, काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपाल मेडिकल कलेज (एनएमसी)का स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । कलेजका मेडिकल डाक्टर, इन्टरनल डाक्टरहरूले आइतबार इमर्जेन्सी, फिवर क्लिनिक र आइसोलेसन बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन थालेका हुन् । चिकित्सकमाथि भएको हातपातले अस्पतालमा बिरामी जाँच्ने वातावरण नभएको भन्दै उनीहरुले दोषीमाथि कारबाही र अस्पतालमा शान्तिसुरक्षाको व्यवस्था गर्न माग […]
१८ जेठ, कैलाली । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु भएको छ । भारतबाट नेपाल आएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार राति करिब २ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । ‘कैलालीका गौरिफन्टा नाकाबाट उनीहरु ८ दिन पहिले आएका […]
१८ जेठ, पोखरा । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा २७ र ४० वर्षका २ जना र तनहुँको रिसिङ गाउँपालिकामा २८ वर्षका एक पुरूषमा कारोना संक्रमण देखिएको हो । प्रदेश स्वास्थ निर्देशनालयका अनुसार कोरोना संक्रमित तिनै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । योसँगै गण्डकी […]
१८ जेठ, काठमाडौं । अन्तर्जातीय बिहेको विवादका कारण रुकुममा पाँच जना मारिएको घटनाको अनुगमन तथा अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थल प्रस्थान गरेको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली आइतबार घटनास्थल प्रस्थान गरेको हो । टोली घटना भएको स्थल पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्नेछ । यही […]
१८ जेठ, काठमाडौं । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची-३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । मन्त्रिपरिषद् बैठकले ५ जेठमा […]
१८ जेठ, झापा । पश्चिम रुकुममा जातीय भेदभावका कारण भएको हत्याको विरुद्ध संघर्ष गर्न झापामा संघर्ष समिति गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी झापाका सचिवालय सदस्य एवम् युवा नेता हुकुमसिंह नेपालीको संयोजकत्वमा ३५ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । समितिमा भोला परियार, सुरेश बराइली, दल बहादुर विश्वकर्मा, गोपाल गजमेर, छविलाल विश्वकर्मा, वीर बहादुर […]
१८ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले नोवेल कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै पण्डितले भने, ‘कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको छ, यो विषयमा संघीय सरकारको ध्यान जानु पर्दछ ।’ पूर्वमन्त्री समेत रहेका सांसद पण्डितले […]
१८ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या एक सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा सल्यान, कालिकोट, दैलेख र सुर्खेतमा गरी ५९ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा […]
from समाचार – Online Khabar https://ift.tt/3gDrLuS
via IFTTT