समाचार
१७ जेठ, काठमाडौं । भक्तपुरको मध्यपुरठिमीमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको कदमबास घर बताउने र हाल भक्तपुरको नगदेशमा बस्ने २१ वर्षीय सचिन तामाङ छन् । शनिबार बिहान करिब सवा २ बजेतिर मध्यपुरठिमी नगरपालिका वडा नम्बर ६ बाहखा बजारस्थित सन्जिब चित्रकारको घरको भुइँतलामा रहेको […]
१७ जेठ, काठमाडौं । शैक्षिक बेरोजगारहरुका लागि शैक्षिक प्रमाण पत्र धितोमा राखेर ऋण दिइने गत वर्ष अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा एउटा नयाँ कार्यक्रम घुसाए । बजेटमा नयाँ भए पनि बेलाबखतमा सर्टिफिकेट धितोमा राखेर ऋण दिने चर्चा चलिरहन्थ्यो । अर्थमन्त्री खतिवडाले ल्याएको एउटा लोकप्रीय कार्यक्रम थियो । जसलाई विद्यार्थीका संगठनहरुले खुलेरै स्वागत गरेका थिए । […]
१७ जेठ, काठमाडौं । नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि आमन्त्रित सदस्यको रूपमा सहभागी छन् । बजेटमा एमसीसी घुसाइएको भन्दै केही सचिवालय सदस्यहरुले विरोध गरेपछि नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो । सचिवालय बैठकअघि शुक्रबार […]
१७ जेठ, रूपन्देही । रुकुम पश्चिम र देवदहमा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्र संघअन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले गम्भीर चासो व्यक्त गरेको छ । ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले शुक्रबार जेनेभाबाट विज्ञप्ति जारी गर्दै दुवै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएकी […]
१७ जेठ, सुर्खेत । कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला संयोजक विवेककुमार पुनले पुष्टि गरेका हुन् । सुर्खेतमा रहेको प्रयोगशालामा चाप भएपछि […]
१७ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को बजेटले स्थानीय तहको भूमिका र जिम्मेवारीलाई ख्याल नगरेको गुनासो नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले गरेका छन् । बजेट घट्दा प्रदेश र स्थानीय तहको नघट्नु सकारात्मक भए पनि स्थानीय तहमा ‘तुच्छ’ बजेटले निरन्तरता पाएको उनीहरुको टिप्पणी छ । स्थानीय सरकार आफैँ योजना छनोट गर्ने, कार्यान्वयन गर्ने, योजना […]
१७ जेठ, विराटनगर । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार झापाको कचनकवल गाउँपालिकाबाट धरान पठाइएका २७ जना संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगरी रातभर बाहिरै राखेको छ । शुक्रबार राति करिब १० बजे झापाबाट २७ जना कोरोना संक्रमित धरान आइपुगेका थिए । अस्पतालले भर्ना नलिएपछि उनीहरु रातभर गाडीमै बसिरहन बाध्य भए । उनीहरुले रातभर […]
१७ जेठ, गुल्मी । गुल्मीमा हप्तामा ३ दिन बैंक खुल्ने भएका छन् । सामाजिक दुरी कायम गरेर र आवश्यक स्वास्थ्य सामाग्रीहरु कार्यालय परिसरमा राखेर आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म बैंक खोल्ने निर्णय भएको हो । लामो समयसम्म बैंक तथा वित्तीय संस्था बन्द हुँदा सेवाग्राही मर्कामा परेकाले हप्ता तीन दिन बैंक खोल्न […]
१७ जेठ, पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । अस्पताल निःसंक्रमण (स्यानिटाइज्ड) गर्ने काम दैनिक जारी छ । स्वास्थ्य मन्त्रालयले पनि नारायणीलाई पत्राचार गरेर बहिरंग लगायतका सेवा सुरु गर्न निर्देशन दिइसकेको छ । तर तत्काल सबै सेवा सुरु गर्न जनशक्ति अभाव छ । त्यसैले विरामी भर्ना गरिहाल्नु […]
१७ जेठ, धनगढी । कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् । देशभरि पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् । कैलालीको पूर्वी भेगबाट धनगढी बिरामी पठाउँदा समस्या भएपछि स्थानीय तहका प्रमुख अस्पताल सञ्चालनको तयारीमा जुटेका […]
१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध […]
१६ जेठ, काठमाडौं । अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शुक्रबार साँझ बालुवाटार […]
१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक विकासका लागि शक्ति सञ्चय गरेर बजेट ल्याएको बताएका छन् । आगामी वर्षको बजेटले ठूलो आर्थिक वृद्धिको जग बसाउने उनको दाबी छ । बिहीबार १४ खर्ब १७ अर्ब ६४ करोडको बजेट संसदमा पेश गरेका अर्थमन्त्री डा. खतिवडाले बजेटको आकार घटाउनुका तीन आधार प्रस्तुत गरे । कोरोनाका कारण […]
१६ जेठ, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गैर सरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न चाहे पनि शुक्रबार सम्भव भएन । नेताहरु संशोधन प्रस्ताव लिएर संसद सचिवालय पुगेका थिए तर महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्नुपर्ने भन्दै फर्काइदिएका छन् । आइतबार फेरि दर्ता प्रयास हुने नेताहरुले बताएका छन् । राजपाले दर्ता […]
१६ वैशाख, जनकपुरधाम । सरकारी लापरवाहीका कारण धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र यादवको सीमा नाकामै ज्यान गुमाउनुपरेको भन्दै स्थानीय तथा परिवारजनले उनलाई शहीद घोषणा गर्न माग गरेका छन् । साथै उनीहरुले परिवारलाई राहत पनि दिन माग गरेका छन् । भारतबाट आउने क्रममा ३० बर्षीय यादवको गत बुधबार बिहान जटही नाकामै मृत्यु भएको थियो । […]
१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ । भारतबाट फर्किँदै गर्दा सीमा क्षेत्रमा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ कामा पनि संक्रमण भएको […]
१६ जेठ, काठमाडौं । सैनिक हवाई महानिर्देशनालयमा कार्यरत रहँदा अनियमितता गरेको अभियोगमा नेपाली सेनाका अवकाश प्राप्त प्राविधिक उपरथीसहित ८ जना सैनिक अधिकृत कारबाहीमा परेका छन् । अनियमिततामाथि अनुसन्धान सुरु भएपछि मंसिरमा राजीनामा दिएका उपरथी सुधीर श्रेष्ठलाई नसिहतसहित जरिवाना तिराउने फैसला समरी जनरल सैनिक अदालतले गरेको हो । श्रेष्ठसहित ९ जना सैनिक अधिकृतलाई सचेत गराउने अदालतले […]
१६ जेठ, काठमाडौं । कोरोनाका कारण आम्दानीका स्रोतहरु खुम्चिएपछि सरकारले पेट्रोलियम पदार्थमा करको दर बढाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत पेट्रोल, डिजेल र मटितेलमा लाग्दै आएको भन्सार शुल्कमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेका छन् । यो वृद्धिपछि शुक्रबारदेखि नेपाल भित्रिने पेट्रोलमा २५.२० रुपैयाँ, डिजेल र मटितेलमा १२ रुपैयाँ प्रतिलिटर […]
१६ जेठ, विराटनगर । झापाको दक्षिणी क्षेत्रको कचनकवल गाउँपालिकाले कोरोना महामारी रोकथामका लागि एउटा क्वारेन्टिन स्थल निर्माण गरेको थियो । गाउँपालिकाले क्वारेन्टिनमा २०–२५ जना बस्न सक्ने अनुमान गरेको थियो । वैशाख दोस्रो सातासम्म अवस्था सामान्य थियो । तर भारतमा रेलसेवा सुरु भएसँगै नेपाल फर्कनेको संख्या बढ्यो । डेढ महिनासम्म तयारीमा ध्यान नदिएको गाउँपालिका मान्छे आउन […]
१६ जेठ, काठमाडौं । सरकारले तेस्रो मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने निर्णय गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले उद्धारसम्बन्धी कार्ययोजनालाई अन्तिम रुप दिएको छ । मन्त्रिपरिषदको १२ जेठको बैठकले अप्ठ्यारोमा परेका नागरिकको उद्धार गर्ने नीतिगत निर्णय गरेको थियो । त्यसअनुसार समितिले ककसलाई कुन चरणमा उद्धार गर्ने भन्ने कार्ययोजना बनाएको […]
१६ जेठ, काठमाडौं । निजी विद्यालय सञ्चालक लगायतका सरोकारवालाहरूले २१ जेठबाट विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग राखेका छन् । उनीहरूले विज्ञप्तीमार्फत भर्ना प्रक्रिया अगाडि बढाउने वातावरण बनाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेका हुन् । भर्चुअल कक्षालाई औपचारिकता दिनुपर्ने, निजी विद्यालयका पाठ्यपुस्तक पनि निर्वाध बिक्री, वितरण गर्न पाउनुपर्ने लगायतका माग राखेका छन् । निजी तथा आवासीय […]
from समाचार – Online Khabar https://ift.tt/36Jh6dk
via IFTTT