समाचार
१४ जेठ, काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले देशभरको औद्योगिक क्षेत्रभित्र ठाउँमात्रै ओगटेर बसेका उद्योग तथा व्यवसायका गोदाम हटाउन निर्देशन दिएका छन् । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन् । ‘देशभरका १० वटै औद्योगिक क्षेत्रभित्र रहेका सबै अनुत्पादक व्यवसायका दर्ता तथा ठाउँ मात्रै ओगटेका सो-रुम हटाउनुस्, […]
२४ वैशाख, काठमाडौं । खेती लगाउने बेला किसानले मल र बीउको अभाव खेप्नु नेपालमा एउटा परम्परा जस्तै भईसकेको छ । यस वर्ष पनि पहाड र तराईमा खेतिको सिजन सुरु भएको छ । सरकारी र नीजि गोदाममा मल र बीउ तत्कालकालागि पुग्दो मात्रामा रहेको सरकारी कम्पनीको दाबी छ । सरकारी कम्पनीहरुसँग झण्डै एक महिनालाई पुग्ने मल […]
१४ जेठ, पोखरा । चैतको दोस्रो सातातिर बागलुङमा २ जना कोरोना संक्रमित भेटिए । ती दुवै बेल्जियमबाट फर्किएका थिए । नेपालमा कोरोना संक्रमण देखिन थालेको सुरुआती समयमा भेटिएका ती संक्रमितलाई कहाँ राखेर उपचार गर्नेबारे अन्यौलता थियो । संक्रमणको सुरुआती समयमा कोरोनाबारे सही जानकारी र सूचनाभन्दा अपवाहले जनस्तरमात्रै नभई उपचारमा संलग्न हुने चिकित्सक नै त्रसित थिए […]
१४ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलोपटक बाली लगाउनुपूर्व नै धानको न्युनतम सर्मथन मूल्य सिफरिस गरेको छ । समान्यतयाः बाली भित्र्याउने बेलामा तोकिदै आएको सर्मथन मूल्य पहिलोपटक जेठमै सिफारिस भएको हो । मध्यम खालको धानको प्रतिक्वन्टल सर्मथन मूल्य दुई हजार आठ सय ८५ रुपैयाँ र मोटा धानको दुई हजार सात सय ३५ […]
१३ वैशाख, नेपालगञ्ज । कोही भारतको महाराष्ट्रबाट आएका छन् तर कोही गुजराज र कोही मुम्बईलगायतका स्थानबाट आएका छन् । सँगै आएकामध्ये ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पनि पुष्टि भएको छ । अहिले क्वारेन्टाइनमा ३५ जना छन् । तर उनीहरुका लागि एउटा पनि शौचालय छैन । यो धेरै संक्रमण भेटिएको बाँकेको नरैनापुरको गुल्सनेवारी क्वारेन्टाइनको […]
१४ जेठ, पोखरा । दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको बडिगाड गाउँपालिकाबासी त्रसित छन् । अर्कोतर्फ भारतबाट ल्याइएका गाउँवासीलाई राख्न क्वारेन्टाइनको व्यवस्था गर्न जनप्रतिनिधिलाई हतार छ । सुरुमा ३० जनाका लागि बनाएको क्वारेन्टाइनले भ्याउनेभन्दा धेरै मानिस भारतबाट ल्याउनु परेपछि अहिले क्वारेन्टाइन तयार गर्न रात दिन लाग्नुपरेको अध्यक्ष मेहरसिंह पाइजा बताउँछन् । ‘न सुत्ने फुर्सद […]
१४ जेठ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय संरचनाका कारण कोरोना महामारीसँग जुध्न सहज भएको बताएका छन् । बुधबार सुरु प्रदेश १ को प्रदेशसभा अधिवेशनमा बोल्दै मुख्यमन्त्री राईले तीन तहका सरकार भएका कारण कोरोना रोकथाम तथा उपचारमा सहज भएको बताएका हुन् । संघीयताकै कारण कोरोना संक्रमण रोकथाममा प्रदेश सरकार र स्थानीय सरकारले […]
१४ जेठ, विराटनगर । प्रदेश १ सरकारले कृषि, शिक्षा, स्वास्थ्य र उद्यमशीलतालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । बुधबार सुरु प्रदेशसभा अधिवेशनमा बजेट सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले उत्पादन र रोजगारीमा आधारित बजेट आउने बताए । बजेटको आकार चालु आर्थिक वर्षमा भन्दा घट्ने बताउँदै आङ्बोले बजेट […]
१४ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले भदौ ४ गते प्रदेशमा सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले गत वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा शहीद दिवस घोषणा गरेको थियो । सोही दिन प्रदेशभर नै सार्वजनिक विदा दिने निर्णय निर्णय प्रदेश सरकारले गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्राप्तिको आन्दोलनमा मृत्यु […]
१४ जेठ, बुटवल । अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा दलित युवकसहित चारजनाको हत्या भएको भन्दै बुटवलमा विरोध प्रदर्शन भएको छ । दलित अगुवा, मानव अधिकार तथा शान्ति समाज, राजनीतिक दलका नेता–कार्यकर्ता, विश्वकर्मा युथ क्लबले बुटवलको पुष्पलाल पार्कमा भेला भएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । करिब दुईसय जनाको संख्यामा उपस्थित उनीहरुले ‘जातीय आधारमा हत्या कहिलेसम्म […]
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद विमला नेपालीले रुकुममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न माग राखेकी छन् । ‘कथित माथिल्लो जातको युवतीको प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृत्युको खबरले स्तब्ध बनाएको छ । यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणको सहिद घोषणा गरियोस्’ […]
१४ जेठ, हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे । बुधबार नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए । सांसदहरु रमेश पौडेल, नीमा लामा, […]
१४ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने भएको छ । स्वास्थ्य संस्थाहरुको अवस्था सुधार गर्न र स्वास्थ्य क्षेत्रलाई विशिष्टीकृत गर्ने कामलाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । ‘विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा […]
१४ जेठ, काठमाडौं । मानवअधिकारवादीहरूले गत शनिबार रुकुममा भएको हत्या घटनाको छानबिन गर्न उच्चस्तरीय विशेष संयन्त्रको माग गरेका छन् । विभिन्न ३३ वटा मानवअधिकारवादी संघ/संस्था तथा व्यक्तिहरूले बुधबार बुधबार विज्ञप्ति जारी गर्दै घटनाबारे चासो व्यक्त गरेका हुन् । जारी विज्ञप्तिमा ‘जातीय विभेद र छुवाछुतमा आधारित बर्बरतापूर्ण आक्रमण, हत्या, हिंसा र अत्याचारका सम्बन्धमा उच्चस्तरको विश्वसनीय विशेष […]
१४ जेठ, दाङ । दाङमा बुधबार एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देउखुरीको लमहीमा ८ र सदरमुकाम घोराहीमा ७ जनामा संक्रमण पुष्टि भएको हो । लमहीका ८ जनामध्ये एकजना युवती दार्जिलिङबाट बस चढेर आएकी हुन् । अन्य व्यक्तिहरु भारतकाे हैदरावाद, उत्तरप्रदेश, राजस्थान, पञ्जाब र दिल्लीबाट आएका हुन् । उनीहरुलाई यही जेठ ९ […]
१४ जेठ, विराटनगर । कोरोना संक्रमण निको भएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट आइतबार थप ४ जना डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केका एक पुरुष र तीन महिला डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ५८ पुरुष, ३६, ४० र ६५ वर्षीय महिला रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले […]
१४ जेठ, विराटनगर । बुधबार कोरोना संक्रमण पुष्टि भएका झापाका १७ जना भारतबाट आएको पाइएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ जना झापाको कचनकवल गाउँपालिका र २ जना गौरादह नगरपालिकाका हुन् । संक्रमित सबै केही दिनअघि भारतबाट आएपछि स्थानीय सरकारले क्वारेन्टाइनमा राखेको थियो । कचनकवलमा नयाँ संक्रमण पुष्टि भएकाहरु दिल्ली र मुम्बईबाट आएकाहरु रहेको गाउँपालिका […]
१४ जेठ, काठमाडौं । खोटाङकी सावित्री राई लकडाउन घोषणाको एक साताअघि काठमाडौंस्थित आफ्नो माइत आएकी थिइन् । आफन्त भेट्न यसअघि पनि उनको ओहोर–दोहोर चलिरहन्थ्यो । तर यसपालि सरकारले घोषणा गरेको लकडाउनले असहज परिस्थिति सिर्जना भइदियो । उनी यतै थुनिइन् । ओत लाग्न दिदीको डेरा त थियो । तर मजदुरी गरेर ७ जनाको परिवार पालिरहेकी दिदीकाेमा […]
१४ जेठ, काठमाडौं । काठमाडौं–निजगढ द्रुत मार्गको निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको आयोजना प्रमुख शरदलाल श्रेष्ठले बताएका छन् । यद्यपि, हालसम्मको स्थितिमा तोकिएको समयभित्र आयोजना पूरा गर्न कनै असर नपुग्ने उनको भनाइ छ । ‘हामीले ११ वटा क्लस्टर बनाएर एकैपटक काम गरिरहेका छौं’, बुधबार सेनाले आयोजना गरेको भिडियो कन्फरेन्समा उनले भने, ‘अहिलेको स्थितिलाई म्यानेज […]
१४ जेठ, काठमाडौं । नेपाल मेडिकल कलेज अत्तरखेलका दुई जना चिकित्सकमाथि बुधबार कुटपिट भएको छ । बिरामीको मृत्यु भएको विषयमा आफन्तले डा. श्री श्रेष्ठ र डा. राकेश सिंहमाथि कुटपिट भएको अस्पतालको फोकल पर्सन डा. गुञ्जन खड्काले बताए । उनका अनुसार बुधबार बिहान ६ बजे काठमाडौं बेसिगाउँका एक दमको बिरामी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा […]
१४ जेठ, कैलाली । कैलाली र कञ्चनपुरमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको मृत्यु भएको थियो । बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा उनको स्वाब संकलन गरिएको थियो । अस्पताका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार उनकाे रिपोर्ट नेगेटिभ आएको […]
from समाचार – Online Khabar https://ift.tt/3dbiJTQ
via IFTTT