समाचार
१३ जेठ, सप्तरी । सप्तरीमा कोरोना भाइरसको शंकास्पद लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया महिलाको मंगलबार घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार उनलाई कोरोना संक्रमणका जस्तै लक्षण देखापरेको थियो । ‘निरन्तर ज्वरो आउने, श्वास लिन समस्या हुने समस्या […]
१३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा स्थानीयको आक्रमणमा दलित युवकले ज्यान गुमाएको घटनामा गृहमन्त्रीको जवाफ माग गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भत्र्सना गर्दै सो घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गरेका हुन् । उनले मुलुकी […]
१३ जेठ, काठमाडौं । बारामा मंगलबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भयो । जसमध्ये क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना नेपाली सेनामा कार्यरत व्यक्ति छन् । पाँच जना भने भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरु हुन् । वैशाख ३१ गते भारतको बेग्ला बेग्लै तीन सहरबाट आएका उनीहरू पचरौता नगरपालिका–१ स्थित पिपरपाती माविको क्वारेन्टाइनमा बस्दै आएका […]
१३ जेठ, रौतहट । रौतहटमा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् । सदरमुकाम गौरमा पहिलो पटक सातजनामा संक्रमण देखिएको हो । यसैगरी देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि […]
१३ जेठ, काठमाडौं । गुल्मीमा सोमबार पुष्टि भएका दुई जनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासनीय अधिकृत काशीराम पन्थीका अनुसार जनप्रतिनिधिमा कोरोना देखिएको हो । ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ, अहिले निवासमै आइसोलेसनमा हुनुहुन्छ’ उनले अनलाइनखबरसँग भने, ‘अब कहाँ लैजाने भन्ने सम्बन्धमा हामी छलफल गर्दैछौं ।’ प्रमुख प्रशासकीय अधिकृत पन्थीका […]
१३ जेठ, बुटवल । कोरोना परीक्षणमा ढिलाई हुुँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्ने क्रम बढेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले गुनासो गरेका छन् । १४ दिनको बसाइ पूरा गर्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्न थालेका प्रमुख जिल्ला अधिकारी दर्घनारायण पौडेलले बताए । सोमबार राति साढे ९ बजे कपिलवस्तु नगरपालिका वडा– ४ मलपरवास्थित सुन्दर प्राथमिक विद्यालयमा […]
१३ जेठ, कैलाली । दाहिने काखमा एक महिनाको शिशु च्या…च्या…गरिरहेको छ । ६ बर्षकी छोरी बायाँ हातको चोर औला समातेर टोलाइरेकी छे । भुईंमा टेक्नै कठिन हुने गरी दुबै खुट्टा लुला भएका छन् । घोडाघोडी नगरपालिका– ६ कि टीका बोहरा थकाइ मेटाउन बेला बेलामा लामो सास फेर्छिन् । टीका, उनका श्रीमान वीरबहादुर र दुई छोरी […]
१३ जेठ, काठमाडौं । संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितको लोगो राखिएको हो । मन्त्रिपरिषदको ५ जेठको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो । सो नयाँ नक्सा ७ जेठमा भूमि व्यवस्था […]
१३ जेठ, काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो । वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका […]
१३ जेठ, बारा । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो । यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको […]
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा देखिएको बताएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लकडाउनमा समाजका गतिविधि बन्द हुँदा बेथिती र भ्रष्टाचारसँगै अलोकतान्त्रिक गतिविधि बढ्दै जाने देखिएकाले सञ्चार माध्यमले खबरदारीको भूमिका बढाउन जरुरी रहेको बताए । कोरोना महामारी […]
१३ जेठ, अर्घाखाँची । अर्घाखाँचीका कोरोना संक्रमितलाई दाङ पठाइने भएको छ । दाङको कोरोना अस्पतालमा समन्वय गरेर दाङ पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । रेडक्रसको एम्बुलेन्समा उनीहरुलाई दाङ लैजाने तयारी गरिएको छ । एम्बुलेन्स चालक र उनीहरु दुईजना मात्रै दाङ जानेछन् । अर्घाखाँचीमा सोमबार दुई जनामा कोरोना पुष्टि भएको थियो । […]
१३ जेठ, चितवन । चितवनको नारायणी नदी किनारलाई सिँगारेर सुन्दर बनाउने चर्चा वर्षौंदेखि चले पनि काम अघि नबढिरहेको बेला यस पटक पैदल हिँड्ने बाटो (वाकिङ पाथ) बनाउने काम सुरु भएको छ । नदी किनाराको माथिल्लो भागमा ४२५ मिटर लम्बाइ र २.५ मिटर चौडाइ रहने गरी मोजाइक टायल बिछ्याएर वाकिङ पाथ बनाउन थालिएको छ । तर […]
१३ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार ३८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ५३५ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट […]
१३ जेठ, काठमाडौं । साझा पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति दम्भयुक्त र दुर्भाग्यपूर्ण भएको बताएको छ । मंगलबार प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी सरकारले समाजका विभिन्न कोणबाट उठेका चिन्ता र चासोलाई वेवस्ता गरेर बहुमतको आडमा एमसीसीलाई पारित गरेरै छाड्ने ढिपी गरेको टिप्पणी गरेका छन् । ‘यदि आपत्तिजनक […]
१३ जेठ, काठमाडौं । कोरोनाको महामारी लागेपछि देशमा छेडिएको बहस हो, ‘अब कृषि उपजमा कसरी आत्मनिर्भर बन्ने र रोजगारी गुमाएकाहरूलाई कसरी नयाँ कामको अवसर दिने ?’ अर्थविद्हरूले नेपालमा कृषिमा व्यवसायीकरण गर्नुपर्ने अवस्था रहेकाले त्यसै सम्भावनामा टेकेर रोजगारीको अवसर सिर्जना गर्न सरकारलाई सुझाव दिँदै आएका छन्। सरकारले पनि आगामी आर्थिक वर्षमा कृषिलाई मुख्य आधार बनाउँदै रोजगारी […]
१३ जेठ, काठमाडौं । कोभिड १९ महामारीविरुद्ध लड्न सरकारले लकडाउन गरेको ६३ औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको तेस्रो सम्बोधनले महामारीविरुद्धको लडाइँ अझ लामो जाने प्रष्ट संकेत गरेको छ । प्रधानमन्त्रीको भनाइअनुसार कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ । रोगप्रतिरोधी आचरण र जीवनशैली अपनाउनुपर्छ र सतर्कतासहित […]
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना भाइरस संक्रमणको जोखिममा सुरक्षित भएर पेशागत धर्म निर्वाह गर्न र सरकारलाई निरन्तर खबरदारी गरिरहन प्रेस युनियनलाई आग्रह गरेका छन् । नेपाली भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला राष्ट्रिय एकतालाई बलियो बनाउन पनि उनले अपिल गरेका छन् । नेपाल प्रेस युनियन २९ औं वर्ष प्रवेश […]
१३ जेठ, रुकुम । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीसँग विवाह गर्न चाहन्थे । उनी शनिबार राति १९ जना साथी लिएर दुलही ल्याउन सोती गएका थिए । केटी पक्षबाट पटक–पटक मानसिक रूपमा तनाव र शारीरिक रूपमा कुटपिट व्यहोरेका नवराज जब युवतीको घर नजिकै पुगे, युवतीले भन्दा उनकी आमाले चाँडै थाहा […]
१३ जेठ, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब […]
१३ जेठ, काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको छ । बिमा कम्पनीहरुले कोभिड–१९ को बिमा गर्न शुरु गरेको एक महिनामा नै २ लाख बढीले बिमा गरेका छन् । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापगाईंले सोमबारसम्मात्रै २ लाख १५ हजार व्यक्तिको कोरोना बीमा भइसकेको जानकारी दिए । […]
from समाचार – Online Khabar https://ift.tt/2LWIxH1
via IFTTT




















