Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

२५ अर्बले घटाइयो भौतिक पूर्वाधारको बजेट

१५ जेठ, काठमाडौं । सरकारले यो वर्ष भौतिक पूर्वाधारतर्फको बजेट १ खर्ब ३८ अर्ब ८० करोड विनियोजन गरेको छ । यो वर्ष सरकारले भौतिक पूर्वाधार विकासको बजेट गत वर्षको भन्दा २४ अर्ब ७२ करोडले घटाएको हो । सरकारले यो वर्ष राजस्व स्रोतमा परेको दबावका कारण भौतिक पूर्वाधार आयोजनाहरुको कटौती गरेको हो । बजेट लिएर पनि […]

बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने

१५ जेठ, काठमाडौं । बैंकहरूका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा बैंकका सबै सबै शाखाले सहुलियत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था गरिने घोषणा गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा […]

खेलकुद क्षेत्रको बजेट साढे एक अर्ब घट्यो, कुल २ अर्ब ३६ करोड

१५ जेठ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको छ । आर्थिक वर्ष २०७७/७८ को लागि सरकारले खेलकुदतर्फ २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोडको बजेट विनियोजन भएको हो । यो बजेट चालु आर्थिक […]

पुनर्निर्माणको बजेट ६६ अर्बले घट्यो

१५ जेठ, काठमाडौं । सरकारले पुनर्निर्माणतर्फको बजेटमा भारी कटौती गरेको छ । सरकारले चालु आर्थिक वर्षमा पुनर्निर्माणतर्फ १२१ अर्ब रुपैयाँ छुट्याएको थियो । तर आगामी वर्षका लागि भने ५५ अर्ब रुपैयाँ मात्रै विनियोजन गरिएको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६६ अर्बले कम हो । अर्थमन्त्री युवराज खतिवडाका अनुसार, आगामी आवमा विद्यालय पुनर्निर्माणको काम […]

कोरोनाविरुद्ध खटिनेबाहेक सबै कर्मचारीको भत्ता कटौती

१५ जेठ, काठमाडौं । सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना, खाजा, प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको घोषणा गरेका हुन् । प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले यस्तो […]

काठमाडौं–तराई द्रुतमार्गको बजेट ८ अर्ब ९३ करोड

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै नेपाली सेनामार्फत ३ वर्षभित्र निर्माण सक्ने गरी ८ अर्ब ९३ करोड बजेट छुट्याएको जानकारी दिए । भदौ पहिलो साता मन्त्रिपरिषद्ले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार […]

सरकारले सबै सरकारी कर्मचारीको कोरोना बिमा गरिदिने

१५ जेठ, काठमाडौं । सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बिमा निःशुल्क गरिदिने जानकारी दिएका हुन् । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ। यद्यपि, बिमा समितिले नयाँ अभ्यास […]

चार अन्तर्राष्ट्रिय विमानस्थललाई १९ अर्ब ४२ करोड

१५ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ बजेट भाषण गर्दै भैरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि बजेट छुट्याएको घोषणा गरे । उनका अनुसार बाराको निजगढ विमानस्थलमा […]

टोखा सुरुङमार्ग बन्ने, सुरुङ मार्गहरूले पाए ६ अर्ब ४२ करोड

१५ जेठ, काठमाडौं । सरकारले सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट छु्ट्याएको छ । त्यस्तै, टोखा–नुवाकोट, सिद्धबाबालगायतमा नयाँ सुरुङमार्ग निर्माण गर्ने योजना पनि सरकारले अघि सारेको छ । अन्य विभिन्न सुरुङमार्गहरुको निर्माण अघि बढाउन पूर्वातयारीहरु सक्ने योजना पनि सरकारले अघि सारेको छ । बजेटमा मुख्यगरी गत असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको […]

रौतहटमा एकैदिन थपिए २० जना काेराेना संक्रमित

१५ जेठ, राैतहट । रौतहटमा कोभिड १९ का २० नयाँ संक्रमित थपिएका छन् । रौतहटको राजपुर र राजदेवी नगरपालिकाका व्यक्तिमा बिहीबार संक्रमण पुष्टि भएको हो । रौतहटको राजपुरमा १७ र राजदेवी नगरपालिकाको क्वारेन्टिनमा रहेका थप ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव […]

नेपालगञ्ज र भैरहवामा आईसीपी, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गरिने

१५ जेठ, काठमाडौं । सरकारले बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवामा एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) निर्माण गर्ने भएको छ । यस्तै कञ्चनपुरको दोधारा चाँदनीमा नयाँ सुख्खा बन्दरगाह निर्माणको कार्य अघि बढाइने नयाँ बजेटमा उल्लेख छ । यस्तै, काठमाडौंको चोभार र रसुवाको केरुङमा निर्माणाधीन सुख्खा बन्दरगाहको निर्माण सम्पन्न गर्ने, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र निर्माण गरिने […]

आयात निरुत्साहित गरिने, पेय पदार्थको मापदण्ड तोकिने

१५ जेठ, काठमाडौं । सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न एण्डी डम्पिङ र काउन्टर बिलिङ शुल्को माध्यमबाट आयत निरुत्साहित गर्ने भएको छ । बिहीबार संसदमा आव २०७७/७८ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । बजेटमार्फत सरकारले आयात हुने खाद्य वस्तु र पिये पदार्थको मापदण्ड निर्धारण गरेर भन्सार नाकामै कडाइसाथ […]

सांसद विकास कोषको बजेट घट्यो, एक निर्वाचन क्षेत्रलाई ४ करोड

१५ जेठ, काठमाडौं । ‘सांसद विकास कोष’ नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताए । चालु आर्थिक वर्षका लागि सरकारले संघीय संसद निर्वाचन क्षेत्रका […]

हुलाकी सडकलाई ७ अर्ब १ करोड विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ७ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा यो वर्ष हुलाकी राजमार्गका लागि ७ अर्ब १ करोड बजेट छुट्याइएको जानकारी दिएका हुन् । यो आयोजना ३ वर्षभित्र बनाइसक्ने बजेटमा उल्लेख छ । २९ […]

मध्यपहाडी लोकमार्गले पायो ८ अर्ब २७ करोड बजेट

१५ जेठ, काठमाडौं । सरकारले ३ वर्षभित्र निर्माण सक्ने गरी पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्ष ०७७/०७८ मा ८ अर्ब २७ करोड बजेट छुट्याएको छ । यसमा सरकारको आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गरिने भएको छ । बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो राष्ट्रिय गौरवको आयोजनाका […]

रुग्ण तथा बन्द उद्योग सञ्चालन गर्न निजी क्षेत्र भित्र्याइने

१५ जेठ, काठमाडौं । सरकारले देशभरका रुग्ण र बन्द उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई साझेदारको रुपमा भित्र्याउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा‍. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । थप लगानी, नयाँ प्रविधि र व्यावसायिक व्यवस्थापनको माध्यमबाट त्यस्ता उद्योगको पुनरुथान गरिने आर्थिक वर्ष २०७७/७८ को  बजेटमा उल्लेख गरिएको […]

आगामी वर्ष १३ सय मेगावाट बिजुली थपिने, दूधकोसी आयोजना बन्ने

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष एक हजार तीन सय मेगावाट बिजुली थपिने बताएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा दूधकोसी जलाशययुक्त आयोजना निर्माण सुरु गर्ने घोषणा पनि गरिएको छ। यसमा ४ वटा दातृ निकायले लगानी गर्नेछन्। माथिल्लो तामाकोसी, रसुवागढीलगायत आयोजनाको निर्माण सकाउने बजेटमा उल्लेख छ । ‘नेपालको पानी जनताको लगानी’ […]

निर्यातमूलक उद्योगले पाउने भए छुट सुविधा

१५ जेठ, काठमाडौं । सरकारले स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उत्पादन तथा निर्यात गर्ने उद्योगलाई कर प्रणालीमार्फत सहुलियत दिने भएको छ। सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा यस्तो व्यवस्था गरेको हो । औद्योगिक क्षेत्र, विशेष औद्योगिक क्षेत्र र औद्योगिक ग्रामभित्र स्थापना हुनुपर्ने त्यस्ता उद्योगका लागि कर प्रणालीमार्फत सहुलियत दिइने अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । […]

मेलम्ची खानेपानी आयोजनाको बजेट साढे ५ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्चीका लागि पाँच अर्ब ४० करोड अर्ब बजेट विनियोजन भएको जानकारी दिए। उनले चालु आर्थिक वर्षभित्रै काम सकेर आगामी वर्षको सुरुवातमै काठमाडौंमा पानी वितरण थाल्ने घोषण […]

युरेनियम उत्पादनको सम्भाव्यता अध्ययन गरिने

१५ जेठ, काठमाडौं । सरकारले युरेनियमको व्यवसायिक उत्पादन गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो कार्यक्रम अघि बढाइएको हो । सुन, तामा, फालम, युरेनियमको व्यवसायिक उत्पादनका कार्यक्रम अघि बढाइने अर्थमन्त्री डा‍. युवराज खतिवडाले बजेट वक्तव्यमार्फत जानकारी दिए । यस्तै, रासायनिक मलमा प्रयोग हुने फस्फोरस उत्खननबारे बैतडी र बझाङमा तथा उदयपुरमा […]

ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने

१५ जेठ, काठमाडौं । ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऋणपत्रलाई सेयर बजारको दोस्रो बजारमा कारोबार गराउने घोषणा गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै ऋणपत्रको दोस्रो बजारमा कारोबार खुला हुने बताए । चालु आर्थिक वर्ष ०७६/७७ को तेस्रो त्रैमाससम्ममा […]



from समाचार – Online Khabar https://ift.tt/3evEQVh
via IFTTT
Powered by Blogger.